काठमाडौं- नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतन्त्रको हत्या गर्नलाई चुनाव आवश्यक नभएको बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै श्रेष्ठले लोकतन्त्रलाई ध्वस्त गराउनलाई चुनाव आवश्यक नरहेको बताए ।
‘सबैभन्दा धेरै लोकतन्त्रवादी हौं भनेर स्यालहुइयाँ सरकारी गुटले गरिराखेको छ। चुनावको पक्षमा हामीपनि हौं। सारा लोकतन्त्रवादीहरू छन्’ श्रेष्ठले भने, ‘तर, कुन चुनाव ? संविधानलाई लागू गर्ने चुनाव कि सविधानलाई ध्वस्त गर्ने चुनाव ? संविधानलाई अपहरण गरेर संविधान विरोधी चुनाव अहिले आवश्यक छैन।’
चुनाव लोकतन्त्रको अभ्यास भएको बताउँदै श्रेष्ठले केपी ओली चुनाव गराउन घोषणा नगरेको बताए। ‘लोकतन्त्रलाई ध्वस्त गर्न, लोकतन्त्रको हत्या गर्न चुनाव घोषणा गरिएको हो। यो वास्ताविक चुनाव होइन। केपी ओलीले चुनाव नगर्नलाई घोषणा गरेको चुनाव हो’ श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।