काठमाडौं- नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टीका शीर्ष नेताहरूलाई जनताको सिंहासनमा बस्न सुझाव दिएका छन्। राजनीतिक जीवनमा २४ वर्ष जेल बसेका नेल्सन मण्डेलाको उदाहारण दिँदै पन्तले त्यहाँबाट सिक्न आग्रह गरे।
काठमाडाैंमा बुधबार आयोजित विरोध सभामा बोल्दै पन्तले धेरै राजामहाराजा सुनको सिंहासनमा बसेपनि कसैले नसम्झने बताए।
‘केपी ओलीलाई समान नेताको जस्तो कुर्सीले भएन। उनलाई सिंहासन चाहियो अग्लो। नेपालमा कति प्रधानमन्त्री कसले सम्झान्छन् ? कति राजा भए कसले सम्झन्छ। सुनको सिंहासनमा बस्ने धेरै राजा भए कसले सम्झन्छ ?’ पन्तले भने, ‘हाम्रो नेताहरूलाई आग्रह छ। त्यस्तो सिंहासनमा नबस्नुस्। जनता,नेता र कार्यकर्ताको मनमा बस्ने नेताहरू बन्नुस्। नेपाली जनताले खोजेको त्यही हो।’
अब बन्ने नयाँ पार्टी क्रान्तिकारी संघर्षशील पार्टी बनाउने पन्तले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।