• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

राजनीति मेरो सरोकार : ‘डाक्टरभन्दा पहिले नागरिक हुँ, त्यसकारण राजनीतिबारे बोल्छु’

64x64
नेपाल लाइभ आइतबार, माघ १८, २०७७  २०:२७
1140x725

राजनीति, सबै नीतिहरुको मूल नीति। तर, दलीयकरणले समाजका प्रत्येक अवयवलाई गाँज्दै लैजाँदा राजनीतिप्रति समाजमा असन्तुष्टि, अझ भनौं– नकारात्मक धारणा चुलिँदो छ। राजनीतिक नेतृत्व, दलका नेताप्रतिको असन्तुष्टि र आक्रोशमा त्यो धारणा अझ प्रष्ट देखिन्छ। सबैतिर दलगत स्वार्थ हावी हुँदा र दलीयकरण चुलिँदा एकातिर संस्था र प्रणालीको क्षयीकरण हुँदै गएको चर्चा हुने गर्छ, अर्कोतर्फ समाजमा एउटा पनि त्यस्तो पेसा, व्यवसाय वा क्षेत्र छैन जसले राजनीतिबारे टिकाटिप्पणी नगरोस्। आफ्नो पेसामा अब्बल व्यक्तिहरु पनि यस्तै टिकाटिप्पणीले बेलाबेला विवादमा तानिन्छन्, सार्वजनिक रुपमा आलोचनाको तारो बन्छन्। आखिर राजनीतिबारे टिकाटिप्पणी गर्ने हुटहुटी सबैमा योबिघ्न किन देखिन्छ?

संक्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी पनि पछिल्लो समय राजनीतिबारे तीखो टिप्पणी गरिरहन्छन्। आमसञ्चारका माध्यमसँगै सामाजिक सञ्जालमा जनस्वास्थ्यका विषयमा उपयोगी र महत्वपूर्ण सूचना र जानकारी प्रवाह गरिरहने उनी बेलाबेला राजनीतिबारे तीखो टिप्पणी पनि गर्छन्। त्यहीकारण कतिपयले उनको पेसागत दक्षता र निष्ठामाथि पनि प्रश्न उठाउँछन्। आफू र आफ्नो पेसामाथि प्रश्न उठ्नेगरी उनी आखिर किन राजनीतिक विषयमा टिकाटिप्पणी गर्छन् त? डा. सूवेदीले नेपाल लाइभकर्मी पुष्पा केसी र निमेषजंग राईलाई यसरी सुनाएः- 

आफू र आफ्नो पेसामाथि प्रश्न उठ्नेगरी राजनीतिक विषयमा टिकाटिप्पणी गरिरहनुहुन्छ। खास कारण पनि छ कि?
राजनीतिक विषयमा टिकाटिप्पणी गर्नुका पछाडिको खास कारण के हो भने कुनै पनि पेसाकर्मी, डाक्टर भन्दा अगाडि म नागरिक हुँ। अरुलाई जस्तै मलाई पनि देशमा के भइरहेको छ भन्ने चिन्ता हुन्छ। किनभने मेरा बालबच्चाले यो देशमा आफ्नो कस्तो भविष्य देख्छन्? उनीहरुको उज्वल भविष्यका लागि हाम्रो शिक्षा, स्वाथ्य, वातावरण आदी निर्धारण गर्ने राजनीतिक प्रणाली कस्तो छ? यी र यस्ता विषयबारे जानकारी राख्नु हरेक नागरिकको कर्तव्य हो। आफ्नै बालबच्चाले हामीसँग कतै मलाई नेपालमा ल्याएर/जन्माएर तपाईंले गल्ती गर्नुभो भन्ने प्रश्न तेर्स्याउने पो हुन् कि? 

एकातिर यस्ता कुरा हुन्छन्। अर्कोतर्फ वरिपरि जेजसो भइरहेको हुन्छ, हामी त्यो सबै देखिरहेका, सुनिरहेका हुन्छौं। त्यसमाथि एउटा नागरिकले दिने प्रतिक्रिया सामान्य कुरा हो। किनभने पेसाकर्मी हुँदाहुँदै नागरिकका रुपमा हामीले बहन गर्ने अभिभारा पनि छ। 

आफ्नो र बालबच्चाको भविष्य कस्तो देखिरहनु भएको छ नि?
राजनीतिक हिसाबले हामी अहिले जटिल मोडमा छौं। केहि वर्ष अघिसम्म म परिवारसहित अमेरिकामा थिएँ। नेपाल फर्किने योजना त पहिलेदेखि नै बनिरहेको थियो।

तर, नेपाल फर्कने बेला भएपछि साथीहरुले सुनाए– ‘किन फर्कन लागेको? देशको राजनीति राम्रो छैन, यस्तो बेला किन जान्छौ?’ त्यतिबेला मैले आशावादी हुँदै ढुक्कसँग भनेको थिएँ– ‘नेपाल त यसै पनि जाने नै हो, किनभने त्यो देश आफ्नो हो। राजनीतिक आन्दोलनले देशलाई एउटा निश्चित मोडमा पुर्‍याएको छ। देश स्थिरतातर्फ अघि बढ्दैछ, संविधान बनेको छ। निर्वाचन सकिएर संविधान कार्यान्वयनको चरणमा देश पुगिसकेको छ। संविधानमा समेट्न बाँकी विषयका लागि ठूलै राजनीतिक उथल–पुथल चाँहिदैन। देश अब विकास निर्माणका काममा फोकस हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यही आशा साथमै बोकेर म अमेरिकाबाट फर्कें। तर, नेपाल आएपछिका करिब डेढ वर्षमा मेरो यस्तो आशामा निराशा थपिँदै गएको छ। एक–दुई महीनाका राजनीतिक घटनाक्रमले त हाम्रा उपलब्धि नै अस्थिर रहेछन् भन्ने देखाएको छ। प्रदूषण बढिरहेको छ, फोहोरको व्यवस्थापन हुन सकेको छैन। यस्ता कति समस्या छन्, जसलाई हामीले वास्ता नै गरेका छैनौं। 

तर, यति हुँदाहुँदै पनि समग्रमा म आशावादी मानिस भएकाले भविष्य त राम्रै हुन्छ भन्ने ठान्छु।

अमेरिका रहँदा पनि देशप्रतिको चिन्ता यत्तिकै हुन्थ्यो? त्यतिबेला राजनीतिक विषयमा कत्तिको टीकाटिप्पणी गर्नुहुन्थ्यो?
हो, त्यहाँ हुँदा पनि म राजनीतिक विषयमा बोल्ने, टिकाटिप्पणी गर्ने गरिरहन्थें। संविधानसभामा नयाँ संविधानबारे बहस हुँदै गर्दा शासकीय स्वरुप कस्तो हुनुपर्छ भनेर मैले लेख नै लेखेको थिएँ। तर, उता हुँदा यहाँ जस्तो छलफल गर्न मौका पाइँदैन्थ्यो। 

तपाईंले गर्ने टिकाटिप्पणीबारे पनि टिप्पणी हुन्छ होला नि?
कोभिड–१९ को महामारीमा सरकारको जवाफदेहीताबारे मैले धेरै आलोचनात्मक टिकाटिप्पणी गरेको छु। त्यसलाई कतिपयले रुचाउनु भएको छैन। मप्रति व्यक्तिगत टिकाटिप्पणी त त्यति धेरै भएको छैन तर, कतिपयले तपाईं किन यति धेरै आलोचना गर्ने हुनु भएको भनेर सोध्नुहुन्छ।

Xtrem

Xtrem

तपाईं नराम्रो मात्रै देखिरहनु भएको छ भनेर पनि भन्नु हुन्छ। कतिपयले भने व्यक्तिगत इमानमै प्रश्न गर्नुहुन्छ। केहीले नियतमै औंला उठाउनुहुन्छ भने कतिपयले कुनै पार्टीको बिल्ला पनि भिराइदिनुहुन्छ। 

बेला बेलामा यस्ता विषयले तनाव पनि दिन्छन्। अहिले भने मैले यस्ता आलोचना पचाउन सिकिसकेको छु।  

आलोचनात्मक टिप्पणी गर्दा इमानमाथि नै प्रश्न किन उठाइन्छ होला?
सबभन्दा सजिलो नै त्यही हुन्छ नि। जस्तो कि, जनस्वास्थ्यका कुनै पनि सहलमा बहस हुँदैछ र त्यसमा आफूले गर्ने बलियो तर्क छैन भने इमानमा प्रश्न उठाइदिए विषयान्तर गर्न सजिलो हुन्छ। अनि जनस्वास्थ्यका मुद्दामा बहस नै गर्नुपर्दैन। 

म निजी अस्पतालमा काम गर्छु। सरकारी अस्पतालमा काम गर्न नपाएरै मैले नीजि अस्पतालमा काम गरेको हो। नीजि अस्पतालमा काम गर्ने, अनि सरकारी सेवाप्रति प्रश्न गर्ने भन्ने कोणबाट पनि कतिपयले इख लिन्छन्। 

मुख्य कुरा हामीकहाँ आलोचनात्मक कोणबाट बहस, छलफल गर्ने संस्कार भएन। राम्रो र नराम्रो गहन बहस गर्ने विषयमा सहिष्णुता पनि कम छ।

राजनीतिक समूहमा त भयो रे, प्रोफेस्नल सर्कलमा त यस्तो नहुनुपर्ने हो। स्वास्थ्य मन्त्रालयमा पढेलेखेका विज्ञहरु हुनुहुन्छ, केही विषयमा मतान्तर भए प्रोफेस्नल रुपमै बहस गर्न सकिन्थ्यो। तर, हाम्रा कुरालाई त्यसरी लिईंदैन। कमजोरी यो ठाउँमा छ। 

आ–आफ्नो पेसामा दत्तचित्त भएर लागेका पेसाकर्मीले राजनीतिक विषयमा टिकाटिप्पणी गरिरहनु राम्रो हो त? 
यसमा मेरो केही फरक धारणा छ। नेपालमा अति राजनीतिकरण, अझ भनौं पेसागत क्षेत्रमा दलीयकरण भएको छ। विश्वविद्यालयका प्राध्यापक, डाक्टर, इन्जिनियर लगायत विभिन्न दलमा बाँडिएका छन्। दलीय राजनीतिकै आधारमा उनीहरु आ–आफ्ना संगठनमा निर्वाचन हुन्छन्। पेसाकर्मीको हकहितमा भन्दा पार्टीका नेता र त्यसमा पनि गुटका नेताको प्रभाव संघ–संगठन–संस्थाहरुमा देखिन्छ। त्यो राम्रो होइन। 

कुनै विचारमा आस्था राख्ने र नागरिकको राजनीतिक कर्तव्य वहन गर्ने अधिकार सबैलाई छ। तर, पेसागत क्षेत्रमा राजनीति घुसाउँनु राम्रो होइन। 

मैले राजनीतिक विषयमा टिकाटिप्पणी गर्दा दलको पक्ष र विपक्षमा भन्दा समग्र नागरिकका सवाल उठाउँछु भन्ने लाग्छ। गएको एक/डेढ महिनमा प्रतिनिधि सभा विघटन भएपछि जे भइरहेको छ, त्यसमा हामीलाई पनि चिन्ता लाग्छ। देश देश खतरनाक मोडमा पुगेको छ भन्ने लाग्छ। उहाँहरुका आफ्ना तर्क होलान्, तर के यसको जरुरत थियो? लामो समयको संघर्षपछि हामीले प्राप्त गरेको उपलब्धिलाई संविधानमा ल्याएर समेट्यौं। तर, संविधान नै धरासायी बनाएर यो देशलाई त २५ वर्ष पछाडि फर्काइदिने काम भयो नि। संवैधानिक आधारबिना नितान्त व्यक्तिगत स्वार्थका लागि भएको यो षडयन्त्र खतरनाक छ।

निर्वाचनमा कुनै पार्टी जित्नु र कुनैले हार्नु स्वाभाविक प्रक्रिया हो, त्यसमा हामी बोल्नु पर्दैन, बोल्नु पनि हुँदैन। तर, संविधानलाई नै मार्ने, लोकतन्त्रलाई नै धरासायी बनाइदिने षडयन्त्र भएका बेला सबै पेसाकर्मी र नागरिक बोल्नुपर्दछ। 

प्रतिनिधि सभा विघटनको पक्षमा पनि एउटा समूह छ। विघटनको विपक्षमा उभिँदा तपाईंलाई ‘डाक्टरको काम गर्नुस्, राजनीति नगर्नुस्’ भन्ने खालका सुझाव या दबाब पनि आउँछन् होला नि? 
नेकपाको एउटा गुट संसद विघटनको समर्थनमा छ। जसले पदको लोभ बोकेका छन्, उनीहरु विघटनकै समर्थनमा छन्। तर ठूलो तप्का विघटनको विपक्षमै उभिएको छ। यसमा विवाद हुने कुरै छैन। यति हुँदाहुँदै पनि म कुनै पार्टीको झण्डा बोकेर उभिएको छैन। लोकतन्त्र, संघीयता लगायत जति पनि विषयमा बोलेको छु, ती विषय देश र नागरिककै हितमा छन्। 

पेसाकर्मीले राजनीतिक टीकाटिप्पणी गर्नुहुन्न भन्नेहरुलाई के भन्नु हुन्छ?  
उहाँहरुलाई के भन्ने ! मेरो भनाई यति हो, नागरिकका बृहत् चासोका विषयमा सबैले बोल्नुपर्छ। 

त्यसले आफ्नो पेसागत निष्ठा र पहिचानमा असर पर्दैन? 
मैले निश्चित विचारका आधारमा कुनै राजनीतिक पार्टीलाई भोट दिएँ भने विपक्षी पार्टीको बिरामी आउँदा उपचार गर्दिनँ र? जब त्यस्तो हुँदैन भने यसले पनि कुनै असर पार्दैन। बिरामी को, कुन पार्टीको भन्नेसँग डाक्टरको सरोकार हुँदैन। मेरो पेसाकर्ममा म पूरा निष्ठाका साथ कुनै भेदभावबिना काम गरिरहेको छु। 

मुख्य कुरा, फरक विचारलाई सम्मान गर्नुपर्‍यो। राजनीतिक आस्थाका आधारमा पेसाकर्मीले कुनै पार्टीमा गएर आफ्नो स्वार्थ हेर्नुभएन। मेरो बोली कसैलाई उपेक्षा नगर्ने, दुर्व्यवहाररहित, शालीन र शिष्ट हुनुपर्‍यो। त्यति भएपछि त राष्ट्रिय प्रश्नमा सबैले बोल्न पाइन्छ, मिल्छ नि।

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्