• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली पक्ष अलमलमा

64x64
वीरेन्द्र ओली आइतबार, माघ १८, २०७७  १३:०९
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सबैको ध्यान निर्वाचन आयोग र सर्वोच्च अदालततिर मोडिएको छ। ती दुवै संस्थाको गतिविधिलाई नजिकबाट नियाल्न थालिएको छ। उनीहरूले गर्न सक्ने निर्णयका आधारमा नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ - माधवकुमार नेपाल पक्ष र ओली पक्षले के कस्ता रणनीति बनाउलान् भन्ने विषयमा अनेक टिकाटिप्पणी हुन थालेका छन्।

नेकपा विवाद सुरु भएको ३५ दिनपछि माघ ११ गते निर्वाचन आयोगले आफ्नै शैलीमा निर्णय सुनायो। उसले नेकपा विभाजन नभएको र पार्टी अध्यक्ष ओली र प्रचण्ड नै भएको बतायो। उसले पुस ५ गतेयता दुवै पक्षले गरेको निर्णयलाई एकमुष्ट खारेज गर्‍यो। आयोगको सो निर्णयलाई नेकपाका दुवै पक्षले आफू अनुकूल व्याख्या गरे।

निर्णय आएको दुई दिनपछि पुस १४ गते ओली पक्षका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै समर्थन जनाए। उनले नेकपालाई फुटाउन चाहने वा फुटको घोषणा गर्नेहरूलाई स्वीकार नगरेको भन्दै आयोगप्रति आभार प्रकट गरे।

‘पार्टी अध्यक्षको पदमा महिमा मण्डन हुन चाहनेहरूलाई पनि पार्टीको वैधानिक र औपचारिक मञ्चबाहेक सार्वजनिक चोक चौतारीमा बसेर यस्तो नगर र गर्न मिल्दैन। फुटको वकालत गर्नेहरू, यसैमा रमाउनेहरू यसो गर्दा आफ्नो पदीय आकांक्षा पूरा हुने दुःस्वप्न देख्नेहरूलाई समेत आयोगबाट राम्रो सवक मिलेको हुनुपर्छ’, पोखरेलले उल्लेख गरे।

प्रचण्डलाई लक्षित गर्दै पोखरेलले एमालेको गुटबन्दीमा आफूअनुकूल वातावरण बनाउन खोजेर ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति समेत असफल भएको भन्दै खुशी व्यक्त गरे। 

पोखरेलको यस्तो अभिव्यक्ति र आयोग सत्ताको दबाबमा परेर अनिर्णित भएको भन्दै प्रचण्ड–नेपाल पक्षले क्रुद्ध हुँदै असहमति प्रकट गरे। सत्ताको अनुचित दबाबमा परेर सही फैसला हुन नसकेको भन्दै पुनर्विचार गर्न आग्रह गर्ने अभिव्यक्ति दिए।

यसरी सबैभन्दा ठूलो दलमा विवाद कायमै हुँदा निर्वाचन प्रक्रिया अघि बढाउन समस्या हुने देखेपछि दुवै पक्षलाई आयोगले पुस १६ गते उपस्थिति हुन आग्रह गर्‍यो। आयोगमा दुवै पक्ष उपस्थित भए पनि प्रचण्ड–माधव पक्षका नेताहरुले अध्यक्षले नै छलफल गर्ने भन्दै आयोगको छलफलमा नबसी बाहिरिए। आफ्ना अध्यक्षद्वय १८ गतेसम्म कार्यक्रमको व्यस्तताले गर्दा आयोगमा उपस्थित हुन नभ्याउने जवाफ दिए। ओली पक्षका नेताहरु भने अनौपचारिक छलफल गरी बाहिरिए। सो पक्षले निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गर्‍यो।

अहिले आयोगको निर्णयले सबैभन्दा धेरै छटपटी प्रचण्ड–माधव पक्षलाई भएको छ। पार्टीका बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको निर्णय बुझाउँदासमेत आधिकारिकता पाउन नसकेकोमा सो पक्ष आक्रोशित भएको छ। आयोग आफैं अनिर्णित हुँदा सो पक्ष ओलीसँग टाँसिएर बस्नुपर्ने, नभए छुट्टै पार्टी खोल्नुपर्ने अवस्थामा पुर्‍याएपछि सो पक्षलाई चिन्तित बनाएको हो। उता ओली पक्ष आफ्नो प्रतिकूल निर्णय हुँदैन भन्नेमा ढुक्क देखिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

राजनीतिक घटनाक्रम अर्कै दिशातिर मोडिएर आयोगले आफ्नो पक्षमा निर्णय नगरेको खण्डमा के गर्ने भन्ने विषयमा ओलीले पक्षले स्पष्ट योजना बनाएको देखिँदैन। उनीहरू आयोगको निर्णय आफूअनुकूल आउनेमै विश्वस्त छन्। तर, पार्टीको आधिकारिकता प्रचण्ड-नेपाल पक्षले पाउने आकलन समेत गरेका छन्। त्यसो हुँदा ओली पक्षले यसअघि नै दर्ता भइसकेको एमाले र उसकै चुनाव चिह्नबाट चुनाव लड्ने विश्लेषण गर्न थालिएको छ।  

प्रतिनिधि सभा विघटनलाई लिएर दुवै पक्ष सडकमा आमसभा गरेर जनमत आफ्नो पक्षमा पार्न लागि परेका छन्। ओली पक्ष प्रतिनिधि सभा विघटन गर्नु ठीक भएको र ताजा जनादेशमा जानुपर्ने भन्दै चुनावी माहोल बनाउन लागेका छन्। प्रचण्ड-नेपाल पक्षसहित कांग्रेस‚ जनता समाजवादी पार्टीलगायत दलहरूले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने भन्दै सडकबाट दबाब बढाइरहेका छन्।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसको क्रममा छ। प्रचण्ड-माधव पक्षले भने संविधानमै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको भन्दै पुनःस्थापना हुनुपर्ने मागका साथ देशैभर आमसभा जारी राखेका छन्। सडक संघर्षमार्फत् सर्वोच्चलाई प्रधानमन्त्रीको निर्णयका विरुद्धमा जनताको मत देखाउने प्रयास उसको छ।

जसरी ओली सर्वोच्चले पनि आफ्नो कदमलाई सही ठहर्‍याउँछ भन्ने विश्वासमा छन्, त्यसैगरी प्रचण्ड-माधव पक्ष पनि गलत ठहर्‍याउँछ भन्नेमा विश्वासमा छन्।

यदि संसद पुनःस्थापना भए तपाईंहरुको योजना के हो भन्ने प्रश्नमा ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले अनभिज्ञता प्रकट गरे। प्रतिनिधि सभा पुनःस्थापना भए के गर्ने भन्ने विषयमा सोच्दै नसोचिएको नेम्वाङले बताए। ‘सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ गरिरहेको छ‚ मुद्दाको सुनुवाइ नगरुन्जेलसम्म बोल्न मिलेन’, नेम्वाङले भने, ‘हामी अदालतको निर्णय पर्खेर बसेका छौँ। त्यसपछि मात्रै योजना बनाएर जाने सोचेका छौँ।’

त्यस्तै, पोखरेलले प्रधानमन्त्रीले ६४ प्रतिशत जनमतका साथ गरेको निर्णयलाई अदालतले अन्यथा फैसला नगर्ने दाबी गरे। ‘संसदको ६४ प्रतिशतसहित प्रधानमन्त्रीले गरेको निर्णयमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने लाग्दैन‚’ पोखरेलले भने, ‘यदि अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरे कुनै टिप्पणी हुँदैन। जस्तो परिस्थिति आउँछ‚ त्यसरी पुनःव्यवस्थित भएर जानेछौँ।’

लोकतान्त्रिक अभ्यासमा शक्ति पृथकीकरणको सिद्धान्त सबैले अवलम्बन गर्नुपर्ने पोखरेलले बताए। ‘हामीले न्यायपालिकाले गरेको फैसलालाई शिरोधार्य गर्छौं‚’ पोखरेलले भने, ‘यो केसमा प्रधानमन्त्रीले ताजा जनादेशमा जान्छु भन्नु कुनै असंवैधानिक, निरंकुश, असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर जसले भन्छन्‚ ती मानिसहरुले वास्तवमा लोकतन्त्रको अभ्यासलाई नबुझेको भन्ने ठान्छु।’

संसदबाट वैधानिक रुपमा ६४ प्रतिशत जनमतको प्रधानमन्त्रीले सरकार चलाउन कठिनाइ भएको भन्दै जनतामा जान्छु भन्नु असंवैधानिक नभएको पोखरेलले तर्क गरे। ‘यदि प्रधानमन्त्रीले असंवैधानिक अलोकतान्त्रिक काम गरेको छ भने जनतामा गएर बेस्सरी नङ्ग्याउनुपर्‍यो‚ थोत्रो बनाउनु पर्‍यो। किन आँट नगरेको?’, पोखरेलले भने, ‘यहाँ उल्टै 'खबरदार निर्वाचनका कार्यक्रम घोषणा नगर' भन्दै प्रचण्ड-माधव नेपाल थर्काउन निर्वाचन आयोग जान्छन्।’

यदि केपी ओलीले असंवैधानिक निर्णय गरेको भए जनतामा गएर हराएर देखाउन पोखरेलले चुनौति दिए।

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एकै निर्वाचनले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न हुँदैन : विद्या भण्डारी ‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीररुपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ ।एक निर्वाचनको मतरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष... आइतबार, असार १४, २०८३
राष्ट्र ऋण उठाउने विधेयक पारित सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। आइतबार, असार १४, २०८३
आरेन राईले भने– एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस् आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य सुरक्षित गर्न सरकारले फिफाले तोकेका सबै स... आइतबार, असार १४, २०८३
ताजा समाचारसबै
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
सहकारीले ऋणीबाट बाँकी ब्याजको ५ प्रतिशत हर्जाना लिन पाउने आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्