• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

यहाँका वकिल र न्यायाधीशहरु जाडोमा एउटा र गर्मीमा अर्को व्याख्या गर्छन् : सत्यनारायण मण्डल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, माघ १६, २०७७  २२:११
1140x725

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ। अहिले नेकपाको केपी ओली पक्ष प्रतिनिधि सभा विघटन सही भएको भन्दै देशैभर निर्वाचनको माहोल बनाउन लागेको छ। उता नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने भन्दै सडक संघर्षमा छ। ओलीले प्रतिनिधि सभा विघटन गरेपछिको राजनीतिक परिदृष्यका विषयमा उनी निकट मानिने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सारसंक्षेपः

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा निर्वाचन घोषणा गरि सक्नुभएको छ। तपाईंहरु निर्वाचनको तयारीमै हुनुहुन्छ?
हामी पूरै निर्वाचनको अभियानमा जुटिसकेका छौं। निर्वाचन हुनेमा कुनै शंका छैन। निश्चिन्त ढंगले निर्वाचन हुन्छ। हरेक जिल्ला जिल्लामा अगुवा कार्यकर्ता र जनभेला गरेर एकस्तरको माहोल बनाइसक्यौं। केही दिन अघि मात्रै सप्तरीमा कार्यक्रम राखिएको थियो। प्रतिकूल समयका बाबजुद पनि धेरै राम्रो उपस्थिति देखिएको छ। पार्टीको स्थानीय तहका कमिटीहरु र वडा कमिटीहरुलाई पनि त्यसैअनुसार निर्देशन दिइसकिएको छ।

विभिन्न राजनीतिक दल सहित लेखक, पत्रकार, नागरिक अगुवा, बुद्धिजीवी लगायतले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनेर आन्दोलन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले निर्वाचन गराउनका लागि मिति तोकेका पनि होइनन् भनिरहेका छन् नि? 
हेर्नुस्, नेपालका नागरिक समाज, मानव अधिकारकर्मी, सञ्चारकर्मीहरु सबै उस्तै हुन्। उनीहरु एनजिओ/आइएनजिओबाट सञ्चालित छन्। डलर, यूरो र भारुको करामतले विश्लेषण गरिरहेका छन्। यहाँका धेरै प्राध्यापक, डाक्टरहरु, विश्लेषकहरु नचाहिने विश्लेषण गर्छन्। स्वतन्त्र रुपले निष्पक्ष भई राष्ट्र र राष्ट्रिय राजनीतिका बारेमा विश्लेषण भए उचित हुन्छ। कमीकमजोरी केपी ओलीका पनि हुन सक्छन्। तर, यहाँ पूर्वाग्रही ढंगले विश्लेषण गरिरहेका छन्। 

अदालतमा विचाराधीन मुद्दाको सवालमा चार/चारवटा पूर्वप्रधानन्यायाधीशले एकपक्षीय रुपमा बोलेका छन्। त्यो कसरी न्याय भयो? यसले न्यायमूर्तिहरुको न्यायिक चरित्रमाथि नै प्रश्न उठ्दैन? जसले नागरिक समाजका अगुवाहरु भन्छन्, उनीहरुमा पनि स्वतन्त्र चरित्र देखिएन।

जनताबाट पराजित भएकाहरु (माधव नेपाल) राज्यको ओहोदा (प्रधानमन्त्री) हुँदा कुनै नागरिक समाज र पत्रकारले लेखे? दुई/दुई ठाउँबाट निर्वाचन हारेको मान्छे, पार्टीलाई तेस्रो पोजिसनमा पुर्‍याएको मान्छे माधव नेपाल कसरी संविधान सभामा पुगे? कसरी संवैधानिक समितिको मस्यौदा समितिको सभापति भए? त्यहाँबाट कसरी छलाङ मारेर प्रधानमन्त्री हुन पुगे? यो कत्तिको लोकतान्त्रिक पद्धति थियो? किन कोही नागरिक समाजले त्यसमा आवाज उठाएन? त्यसमा कुनै मानव अधिकारवादी वा न्यायाधीशहरुले कुरा उठाए त? माधव नेपालले चुनाव हारे, अहिले आएर प्रचण्डले अध्यक्ष बनाइदिँदा सहर्ष स्वीकार गरे। देखिन्छ नि, कसले कोमाथि रिस पोखिरहेको थियो? को केका लागि पार्टीमा लडिरहेका थिए?

पार्टीमा अप्ठ्यारो पारे भन्दैमा प्रधानमन्त्रीले संविधानमै हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्न पाइन्छ? प्रतिनिधि सभा विघटनलाई धेरैले घरमा झगडा परेपछि घरमै आगो लगाउने काम भयो भन्दै टिप्पणी गरेका छन्!
नेपालको संविधानको व्याख्याता सर्वोच्च अदालत हो। प्रधानमन्त्रीले संविधानको कुनचाहिँ धारालाई निलम्बन गरेर निर्वाचन घोषणा गरे? त्यो त जग हँसाउने टिप्पणी भयो। घरमा झगडा भयो भन्छन् त किन दलको बैठक बोलाएर केपी ओलीलाई हटाउन सक्दैनन्? किन अविश्वासको प्रस्ताव दर्ता गर्न खोजे? विदेशीको बुइँ चढेर उनीहरुको चाकडी गरेर नेपालको अस्तित्व मेटाउन पाइन्छ? माधव र प्रचण्डको नेपाललाई भारतमा विलय गराउने योजना हो। के यिनीहरुमा देशभक्ति छ? देशको माया छ?

अदालतमा विचाराधीन मुद्दाको सवालमा चार/चारवटा पूर्वप्रधानन्यायाधीशले एकपक्षीय रुपमा बोलेका छन्। त्यो कसरी न्याय भयो?

अहिले कतिपय मान्छेहरुले भन्न थालेका छन्- लोकतान्त्रिक गणतन्त्र ल्याइयो, त्यसको राजा प्रचण्ड भइरहेका छन्। प्रचण्डले दाबी गर्छन्, मैले सबैलाई प्रधामन्त्री बनाएँ। तर आफ्नो छोरीज्वाइँ, नातेदार विभिन्न पदमा आसिन गराएका छन्। यत्रो जनयुद्धमा लागेर १७ हजारको ज्यान लिए। कति अहिले घाइते र अपांग छन्। प्रचण्डले तिनीहरुको लागि के गरे? यो कुरा बुझ्दैनन्। तर, प्रचण्डले जे भन्छन्, त्यही ठिक। माधवले जे भन्छन्, त्यहीँ ठिक?

Ncell 2
Ncell 2
nimb
nimb

माधवलाई भारतको इतिहासमा देखिने ५ गद्दारहरु मध्ये एउटा गद्दार जस्तै भन्ने गरेको छु। माधव नेपाल भनेको कुनै बेला भारतका राजा जयचन्द हुन्। मोहम्मद गोरीसँग मिलेर राष्ट्रघाती काम गरे। नेपालको अवस्थामा माधव नेपाल त्यही जयचन्द हुन्। मैले दुई पात्रलाई लिएको छु। अर्को मुगल साम्राज्यका अन्तिम बंगालको राजा थिए, सिराजुदौला। त्यसको प्रधानसेनापति थिए, निर जाफर। उनले ५० हजार सेनाको नेतृत्व गरेका थिए। त्यो बेला इस्ट इन्डियामा ३५ सय  सेना थिए। जब खटपट सुरु भयो। पलासी भन्ने ठाउँमा युद्ध भयो। युद्ध हुँदा सिराजुदौला कमाण्डरले सेनापति बन्न अंग्रेजसँग दोस्ती गरेर सम्झौता गरे। त्यसपछि ३५ सय सेनाको जित भयो। ५० हजार सेनाको हार भयो। त्यहाँको राजालाई हटाइयो। त्यसको केही समयपछि निर जाफरको हत्या गरेर त्यसको भतिजो मिर्जा सिंहलाई राजा बनायो। मिर्जा सिंहलाई हटाएर इस्ट इण्डिया कम्पनीले २ सय वर्षसम्म आफ्नो झण्डा फहरायो। प्रचण्ड र माधव नेपाल भनेका नेपालको इतिहासमा निर जाफर हुन्।

सर्वोच्च अदालतको निर्णय मान्न हामी तयार छौं। सर्वोच्चले जे फैसला गर्छ त्यसलाई सबैले मान्नु नै पर्ने हुन्छ। जुन किसिमले प्रभावित गर्ने काम भइरहेको छ, त्योचाहिँ ठीक भएन। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की न्यायाधीश हुँदा महाअभियोग लगाइयो। केपी ओली नै उभिएका थिए उनको पक्षमा। हामी पनि थियौं, संविधान सभाको सदस्य थियौं। बचायौं। यसैगरी अनूपराज शर्माले कति अर्ब घुस खाए एनसेलको कर काण्डमा? तपार्इं खाली मिलाएर बोल्ने भन्नुहुन्छ। मैले के मिलाएर बोल्ने? उनीहरुले गरेकै हो नि त। अहिले उनीहरु जथाभावी बोल्न पाउँछन्? जनताभन्दा माथि हुन पूर्व प्रधानन्यायाधीशहरु?

संविधानलाई नै भत्काउने, संविधानमै भएको व्यवस्था नमान्नेको नेतृत्वमा अब कसरी निर्वाचन सम्भव हुन्छ भन्दै प्रश्न गर्न थालिएको छ नि त?
यस्ता प्रश्नको कुनै तुकै छैन। कसले प्रश्न गर्छ? कसले संविधान मानेको छैन? संसदीय व्यवस्था हो। जुन राजनीतिक प्रणाली हो, त्यस अन्तर्गत कसरी प्रधानमन्त्रीलाई अधिकार छैन? अझ संविधानको व्याख्या गर्छन्। यहाँका वकिलहरु र न्यायाधीशहरुले कानुनको मौसमी व्याख्या गर्छन्। जाडोमा एउटा, गर्मीमा अर्को व्याख्या गर्छन्। देश सुहाउँदो नेपालको माटो सुहाउँदो व्याख्या गर्नु पर्‍यो नि! अनि हामीले शीरोधार्य गर्छौ। कुनै एउटा व्यक्तिले भन्दैमा त्यो कुरा मान्ने हुन्छ? यहाँ संविधानको व्याख्या गर्नेहरुले नेपालको हितविरोधी व्याख्या  गर्दैछन्।

प्रतिनिधि सभा पुनःस्थापनाको विषयको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा छ। सरकार आफैं काम चलाउ भइसकेको छ। झण्डै दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री आफैंले राजनीतिक अस्थिरता निम्त्याउनुभयो है? 
तपाईंहरुले प्रश्न गर्न कहाँबाट तालिम लिनुहुन्छ? केपी ओलीले राजनीतिक अस्थिरता निम्त्याएको हो? एक वर्षदेखि पार्टीमा अप्ठ्यारो पार्ने र सरकारलार्ई काम गर्न नदिने काम कसले गरेको हो? यिनीहरु पदका लागि मरिमेटेका होइनन्? मैले अघि भनिसकें, दुई ठाउँबाट पराजित मान्छे लोकतन्त्रमा कहाँबाट प्रधानमन्त्री बन्न पाउथ्यो? भए नि हैन! त्यो कुरा किन मान्छेले सोध्दैनन्। प्रतिनिधि सभा भंग गर्नैपर्ने थियो, केपी ओलीले, गरे।

Xtrem

Xtrem

संविधानको व्याख्या गर्नेहरुले नेपालको हितविरोधी व्याख्या  गर्दैछन्।

निर्वाचन आयोगले नेकपा फुटेको छैन भनिसकेको छ। फेरि एउटै पार्टी हुने अवस्था देख्नुहुन्छ?
कसरी रहन्छ सिंगै पार्टी? कि प्रचण्ड र माधव नेपालले माफी मागेर आउनुपर्‍यो। प्रचण्डले जुन संगीन आरोप लगाएका छन्, १९ पेजको। त्यो पनि फिर्ता लिनुपर्‍यो। उनीहरुले गल्ती गर्‍यौं भनेर आत्मालोचना गर्नुपर्‍यो। त्यस्तो भयो भने सिंगै पार्टी एक हुन पनि सक्छ।

जसले पार्टीको महाधिवेशनबाट जितेर आयो। त्यस्तो मान्छेलाई हारेको माधव नेपालले प्रश्न गर्न मिल्छ? माधव नेपाललाई केपी ओलीलाई साधारण सदस्यबाट निकाल्ने अधिकार कसले दियो? उनीहरुसँग सहकार्य गरेर एक हुन सक्छ? नेपाल कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने उनीहरु नै हुन्। तपाईंहरुको हिम्मत हुँदैन उनीहरुलाई प्रश्न सोध्न? तपाईंहरु खाली केपी ओली र उनका समर्थकलाई यत्तिकै परेसान गर्नुहुन्छ।

प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगलाई सत्ताले अनुचित दबाबमा पारेर सही निर्णय गर्न सकेन भन्छन्? 
निर्वाचन आयोग हाम्रो दबाबमा पर्‍यो रे? उनीहरु किन भारतको दबाबमा परेर यस्तो गर्दैछन्? देश डुबाउन खोज्नेलाई परास्त गर्न सत्ता प्रयोग हुन्छ नि। यो बुझ्नुपर्‍यो नि!

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  २२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्