• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

यहाँका वकिल र न्यायाधीशहरु जाडोमा एउटा र गर्मीमा अर्को व्याख्या गर्छन् : सत्यनारायण मण्डल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, माघ १६, २०७७  २२:११
1140x725

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ। अहिले नेकपाको केपी ओली पक्ष प्रतिनिधि सभा विघटन सही भएको भन्दै देशैभर निर्वाचनको माहोल बनाउन लागेको छ। उता नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने भन्दै सडक संघर्षमा छ। ओलीले प्रतिनिधि सभा विघटन गरेपछिको राजनीतिक परिदृष्यका विषयमा उनी निकट मानिने स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलसँग नेपाल लाइभकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सारसंक्षेपः

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा निर्वाचन घोषणा गरि सक्नुभएको छ। तपाईंहरु निर्वाचनको तयारीमै हुनुहुन्छ?
हामी पूरै निर्वाचनको अभियानमा जुटिसकेका छौं। निर्वाचन हुनेमा कुनै शंका छैन। निश्चिन्त ढंगले निर्वाचन हुन्छ। हरेक जिल्ला जिल्लामा अगुवा कार्यकर्ता र जनभेला गरेर एकस्तरको माहोल बनाइसक्यौं। केही दिन अघि मात्रै सप्तरीमा कार्यक्रम राखिएको थियो। प्रतिकूल समयका बाबजुद पनि धेरै राम्रो उपस्थिति देखिएको छ। पार्टीको स्थानीय तहका कमिटीहरु र वडा कमिटीहरुलाई पनि त्यसैअनुसार निर्देशन दिइसकिएको छ।

विभिन्न राजनीतिक दल सहित लेखक, पत्रकार, नागरिक अगुवा, बुद्धिजीवी लगायतले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भनेर आन्दोलन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले निर्वाचन गराउनका लागि मिति तोकेका पनि होइनन् भनिरहेका छन् नि? 
हेर्नुस्, नेपालका नागरिक समाज, मानव अधिकारकर्मी, सञ्चारकर्मीहरु सबै उस्तै हुन्। उनीहरु एनजिओ/आइएनजिओबाट सञ्चालित छन्। डलर, यूरो र भारुको करामतले विश्लेषण गरिरहेका छन्। यहाँका धेरै प्राध्यापक, डाक्टरहरु, विश्लेषकहरु नचाहिने विश्लेषण गर्छन्। स्वतन्त्र रुपले निष्पक्ष भई राष्ट्र र राष्ट्रिय राजनीतिका बारेमा विश्लेषण भए उचित हुन्छ। कमीकमजोरी केपी ओलीका पनि हुन सक्छन्। तर, यहाँ पूर्वाग्रही ढंगले विश्लेषण गरिरहेका छन्। 

अदालतमा विचाराधीन मुद्दाको सवालमा चार/चारवटा पूर्वप्रधानन्यायाधीशले एकपक्षीय रुपमा बोलेका छन्। त्यो कसरी न्याय भयो? यसले न्यायमूर्तिहरुको न्यायिक चरित्रमाथि नै प्रश्न उठ्दैन? जसले नागरिक समाजका अगुवाहरु भन्छन्, उनीहरुमा पनि स्वतन्त्र चरित्र देखिएन।

जनताबाट पराजित भएकाहरु (माधव नेपाल) राज्यको ओहोदा (प्रधानमन्त्री) हुँदा कुनै नागरिक समाज र पत्रकारले लेखे? दुई/दुई ठाउँबाट निर्वाचन हारेको मान्छे, पार्टीलाई तेस्रो पोजिसनमा पुर्‍याएको मान्छे माधव नेपाल कसरी संविधान सभामा पुगे? कसरी संवैधानिक समितिको मस्यौदा समितिको सभापति भए? त्यहाँबाट कसरी छलाङ मारेर प्रधानमन्त्री हुन पुगे? यो कत्तिको लोकतान्त्रिक पद्धति थियो? किन कोही नागरिक समाजले त्यसमा आवाज उठाएन? त्यसमा कुनै मानव अधिकारवादी वा न्यायाधीशहरुले कुरा उठाए त? माधव नेपालले चुनाव हारे, अहिले आएर प्रचण्डले अध्यक्ष बनाइदिँदा सहर्ष स्वीकार गरे। देखिन्छ नि, कसले कोमाथि रिस पोखिरहेको थियो? को केका लागि पार्टीमा लडिरहेका थिए?

पार्टीमा अप्ठ्यारो पारे भन्दैमा प्रधानमन्त्रीले संविधानमै हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्न पाइन्छ? प्रतिनिधि सभा विघटनलाई धेरैले घरमा झगडा परेपछि घरमै आगो लगाउने काम भयो भन्दै टिप्पणी गरेका छन्!
नेपालको संविधानको व्याख्याता सर्वोच्च अदालत हो। प्रधानमन्त्रीले संविधानको कुनचाहिँ धारालाई निलम्बन गरेर निर्वाचन घोषणा गरे? त्यो त जग हँसाउने टिप्पणी भयो। घरमा झगडा भयो भन्छन् त किन दलको बैठक बोलाएर केपी ओलीलाई हटाउन सक्दैनन्? किन अविश्वासको प्रस्ताव दर्ता गर्न खोजे? विदेशीको बुइँ चढेर उनीहरुको चाकडी गरेर नेपालको अस्तित्व मेटाउन पाइन्छ? माधव र प्रचण्डको नेपाललाई भारतमा विलय गराउने योजना हो। के यिनीहरुमा देशभक्ति छ? देशको माया छ?

अदालतमा विचाराधीन मुद्दाको सवालमा चार/चारवटा पूर्वप्रधानन्यायाधीशले एकपक्षीय रुपमा बोलेका छन्। त्यो कसरी न्याय भयो?

अहिले कतिपय मान्छेहरुले भन्न थालेका छन्- लोकतान्त्रिक गणतन्त्र ल्याइयो, त्यसको राजा प्रचण्ड भइरहेका छन्। प्रचण्डले दाबी गर्छन्, मैले सबैलाई प्रधामन्त्री बनाएँ। तर आफ्नो छोरीज्वाइँ, नातेदार विभिन्न पदमा आसिन गराएका छन्। यत्रो जनयुद्धमा लागेर १७ हजारको ज्यान लिए। कति अहिले घाइते र अपांग छन्। प्रचण्डले तिनीहरुको लागि के गरे? यो कुरा बुझ्दैनन्। तर, प्रचण्डले जे भन्छन्, त्यही ठिक। माधवले जे भन्छन्, त्यहीँ ठिक?

Ncell 2
Ncell 2

माधवलाई भारतको इतिहासमा देखिने ५ गद्दारहरु मध्ये एउटा गद्दार जस्तै भन्ने गरेको छु। माधव नेपाल भनेको कुनै बेला भारतका राजा जयचन्द हुन्। मोहम्मद गोरीसँग मिलेर राष्ट्रघाती काम गरे। नेपालको अवस्थामा माधव नेपाल त्यही जयचन्द हुन्। मैले दुई पात्रलाई लिएको छु। अर्को मुगल साम्राज्यका अन्तिम बंगालको राजा थिए, सिराजुदौला। त्यसको प्रधानसेनापति थिए, निर जाफर। उनले ५० हजार सेनाको नेतृत्व गरेका थिए। त्यो बेला इस्ट इन्डियामा ३५ सय  सेना थिए। जब खटपट सुरु भयो। पलासी भन्ने ठाउँमा युद्ध भयो। युद्ध हुँदा सिराजुदौला कमाण्डरले सेनापति बन्न अंग्रेजसँग दोस्ती गरेर सम्झौता गरे। त्यसपछि ३५ सय सेनाको जित भयो। ५० हजार सेनाको हार भयो। त्यहाँको राजालाई हटाइयो। त्यसको केही समयपछि निर जाफरको हत्या गरेर त्यसको भतिजो मिर्जा सिंहलाई राजा बनायो। मिर्जा सिंहलाई हटाएर इस्ट इण्डिया कम्पनीले २ सय वर्षसम्म आफ्नो झण्डा फहरायो। प्रचण्ड र माधव नेपाल भनेका नेपालको इतिहासमा निर जाफर हुन्।

सर्वोच्च अदालतको निर्णय मान्न हामी तयार छौं। सर्वोच्चले जे फैसला गर्छ त्यसलाई सबैले मान्नु नै पर्ने हुन्छ। जुन किसिमले प्रभावित गर्ने काम भइरहेको छ, त्योचाहिँ ठीक भएन। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की न्यायाधीश हुँदा महाअभियोग लगाइयो। केपी ओली नै उभिएका थिए उनको पक्षमा। हामी पनि थियौं, संविधान सभाको सदस्य थियौं। बचायौं। यसैगरी अनूपराज शर्माले कति अर्ब घुस खाए एनसेलको कर काण्डमा? तपार्इं खाली मिलाएर बोल्ने भन्नुहुन्छ। मैले के मिलाएर बोल्ने? उनीहरुले गरेकै हो नि त। अहिले उनीहरु जथाभावी बोल्न पाउँछन्? जनताभन्दा माथि हुन पूर्व प्रधानन्यायाधीशहरु?

संविधानलाई नै भत्काउने, संविधानमै भएको व्यवस्था नमान्नेको नेतृत्वमा अब कसरी निर्वाचन सम्भव हुन्छ भन्दै प्रश्न गर्न थालिएको छ नि त?
यस्ता प्रश्नको कुनै तुकै छैन। कसले प्रश्न गर्छ? कसले संविधान मानेको छैन? संसदीय व्यवस्था हो। जुन राजनीतिक प्रणाली हो, त्यस अन्तर्गत कसरी प्रधानमन्त्रीलाई अधिकार छैन? अझ संविधानको व्याख्या गर्छन्। यहाँका वकिलहरु र न्यायाधीशहरुले कानुनको मौसमी व्याख्या गर्छन्। जाडोमा एउटा, गर्मीमा अर्को व्याख्या गर्छन्। देश सुहाउँदो नेपालको माटो सुहाउँदो व्याख्या गर्नु पर्‍यो नि! अनि हामीले शीरोधार्य गर्छौ। कुनै एउटा व्यक्तिले भन्दैमा त्यो कुरा मान्ने हुन्छ? यहाँ संविधानको व्याख्या गर्नेहरुले नेपालको हितविरोधी व्याख्या  गर्दैछन्।

प्रतिनिधि सभा पुनःस्थापनाको विषयको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा छ। सरकार आफैं काम चलाउ भइसकेको छ। झण्डै दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री आफैंले राजनीतिक अस्थिरता निम्त्याउनुभयो है? 
तपाईंहरुले प्रश्न गर्न कहाँबाट तालिम लिनुहुन्छ? केपी ओलीले राजनीतिक अस्थिरता निम्त्याएको हो? एक वर्षदेखि पार्टीमा अप्ठ्यारो पार्ने र सरकारलार्ई काम गर्न नदिने काम कसले गरेको हो? यिनीहरु पदका लागि मरिमेटेका होइनन्? मैले अघि भनिसकें, दुई ठाउँबाट पराजित मान्छे लोकतन्त्रमा कहाँबाट प्रधानमन्त्री बन्न पाउथ्यो? भए नि हैन! त्यो कुरा किन मान्छेले सोध्दैनन्। प्रतिनिधि सभा भंग गर्नैपर्ने थियो, केपी ओलीले, गरे।

संविधानको व्याख्या गर्नेहरुले नेपालको हितविरोधी व्याख्या  गर्दैछन्।

निर्वाचन आयोगले नेकपा फुटेको छैन भनिसकेको छ। फेरि एउटै पार्टी हुने अवस्था देख्नुहुन्छ?
कसरी रहन्छ सिंगै पार्टी? कि प्रचण्ड र माधव नेपालले माफी मागेर आउनुपर्‍यो। प्रचण्डले जुन संगीन आरोप लगाएका छन्, १९ पेजको। त्यो पनि फिर्ता लिनुपर्‍यो। उनीहरुले गल्ती गर्‍यौं भनेर आत्मालोचना गर्नुपर्‍यो। त्यस्तो भयो भने सिंगै पार्टी एक हुन पनि सक्छ।

जसले पार्टीको महाधिवेशनबाट जितेर आयो। त्यस्तो मान्छेलाई हारेको माधव नेपालले प्रश्न गर्न मिल्छ? माधव नेपाललाई केपी ओलीलाई साधारण सदस्यबाट निकाल्ने अधिकार कसले दियो? उनीहरुसँग सहकार्य गरेर एक हुन सक्छ? नेपाल कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने उनीहरु नै हुन्। तपाईंहरुको हिम्मत हुँदैन उनीहरुलाई प्रश्न सोध्न? तपाईंहरु खाली केपी ओली र उनका समर्थकलाई यत्तिकै परेसान गर्नुहुन्छ।

प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगलाई सत्ताले अनुचित दबाबमा पारेर सही निर्णय गर्न सकेन भन्छन्? 
निर्वाचन आयोग हाम्रो दबाबमा पर्‍यो रे? उनीहरु किन भारतको दबाबमा परेर यस्तो गर्दैछन्? देश डुबाउन खोज्नेलाई परास्त गर्न सत्ता प्रयोग हुन्छ नि। यो बुझ्नुपर्‍यो नि!

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  २२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची !
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक, यस्तो छ सूची ! आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
सुदूरपश्चिममा एमालेबाट लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्