काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा विचाराधीन विषयमा पटक–पटक अभिव्यक्ति दिएको भन्दै कानुन व्यवसायीले इजलासमा ध्यानाकर्षण गराएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बाहिरका कुरामा नजाऔं भन्दै रोकेका छन्।
‘बाहिर पूर्व र बहालवाला धेरै बोलेका छन्, इजलासले यहाँ जे आएको छ, त्यही सुनौं,’ प्रधानन्यायाधीशले भने। बाहिर आएका धेरै कुरा सुन्ने काम ईजलासले नगर्ने उनको आशय थियो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालत र कानुन व्यवसायीमाथि टिप्पणी गर्न ओलीलाई रोक लगाउनु पर्ने कुरा उठाएका थिए। त्यसपछि राणाले इजलासमा उठेका कुराहरुमा मात्र केन्द्रित भएर बहस गर्न त्रिपाठीलाई आग्रह गरेका थिए।
प्रधानन्यायाधीशको यो आग्रहपछि उनी निवेदनको मूल मुल विषयमा बहस गर्न थालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।