काठमाडौं–प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा आइतबारको सुनुवाइ सुरु हुनुअघि केहीबेर सवालजवाफ भएको छ।
आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका बारेमा इजलासमा निवदेन पेश गरेपछि दुई मिनेट बोल्ने समय मागेपछि वकिलहरुबीच भनाभन भएको हो। इजलासले निवदेनका विषयमा आफ्नो पालामा मात्रै कुरा राख्न भनेको थियो।
श्रेष्ठले कुरा गर्न खोजेपछि लगत्तै सरकारी वकिलहरुले बीचबीचमा निवेदनहरु ल्याएर त्यसबारे बहस नगर्न भनेका थिए। लगत्तै सरकारी वकिलका तर्फबाट महान्यायधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त तथा नायब महान्यायधिवक्ता पदमप्रसाद पाण्डेले श्रेष्ठलाई समय दिन नहुने भनेर उभिएर प्रतिवाद गरेका थिए।
त्यस क्रममा दुवै पक्षबीच भनाभनजस्तै भएको थियो। इजलासले पछि समय नदिने भनेपछि वरिष्ठ अधिवक्ता श्रेष्ठ पछि हटे। त्यसपछि सरकारी वकिलहरु पनि आ(आफ्ना स्थानमा बसे। पालो अनुसार निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।