काठमाडौं–प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना भएको राजपत्र ‘ब्याक डेट’ मा छपाएर इजलासमा पेश गरेको भन्दै इजलासमा निवेदन दर्ता भएको छ। रिट निवेदक देव गुरुङका तर्फबाट निवेदन दर्ता गरिएको हो।
बिहीबार अधिवक्ता ओमप्रकाश अर्यालले विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए। लगत्तै रातारात छापेर शुक्रबारको इजलासमा पेश भएको थियो।
यो विवादमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बोल्न खोजेका थिए। तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले फर्काएका थिए। उनीहरुले राजपत्र छपाई र पेश गर्ने कुरामा गलत गरेको भन्दै आफ्ना कुरा राख्न खोजेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।