• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

६ वर्षमा पनि ‘हेर्न भ्याइएन’ छायाँ सेन्टरको मुद्दा 

चार वर्षमा २२ न्यायाधीशका ११ इजलासमा पेसी  
64x64
दुर्गा दुलाल सोमबार, माघ ५, २०७७  ०७:४६
1140x725

काठमाडाैं-आइतबार सरकारी वकील (सह–न्यायाधिवक्ता) उद्धव पुडासैनी काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको विवादसम्बन्धी मुद्दामा बहस गर्न झण्डै एक दर्जन नजीर बोकेर सर्वोच्च अदालत पुगे। यसकै लागि उनी पछिल्लो दुई दिन पूरै तयारीमा जुटेका थिए। सर्वोच्चको इजलास नम्बर २ को तेस्रो नम्बरमा रहेको मुद्दाको पेसी तोकिएको थियो। आइतबार पेसीमा चढेको मुद्दाको पालो आउने आशाका साथ पुडासैनी सर्वाेच्च पुगेका थिए। 

ठीक ११ बजे पुगेका थिए उनी। केही समयमै इजलास बस्यो। उनले बहस गर्ने यो मुद्दाभन्दा पहिले दुई वटा मुद्दा सूचीमा थिए। तिनमा इजलासले फाइल मगाउने आदेश गर्‍यो। उनलाई लाग्यो, अब छायाँ सेन्टरको मुद्दाको पालो आउनेछ। तर, इजलास सुरु भएलगत्तै न्यायाधीश कुमार रेग्मीले आफूले यो मुद्दा हेर्न नमिल्ने सुनाए। त्यसपछि यसको सुनुवाइ केही हप्ताका लागि पछि सारियो। ‘सायद १५ दिनपछि पेसी तोकिएला, पालो त कहिले हो कहिले’, बहसका लागि पुगेर फर्किएका अर्का एक सरकारी वकीलले भने, ‘सरकारको नाममा पुर्जा भएको जग्गाको विवाद हो, केही वर्ष चल्ला।' 

यो मुद्दा सर्वोच्च अदालत आइपुगेको ६ वर्ष भइसकेको छ। २०७१ वैशाख ३० गते पहिलो पटक अधिवक्ता दीपकविक्रम मिश्रले यसबारे मुद्दा दायर गरेका थिए। लगत्तै २०७१ असोज २४ गते अधिवक्ता रामहरि श्रेष्ठ समेतले यसमा दोस्रो रिट निवेदन दर्ता गराएका थिए। फेरि २०७३ चैत २१ गते भागवत नरसिंह प्रधानले सर्वोच्चमा अर्को मुद्दा दायर गरे। यी तीन वटै मुद्दालाई एकै ठाउँ राखेर २०७४ भदौ ४ गते पेसी तोकिएको थियो।  

चार वर्षमा २२ न्यायाधीशका ११ इजलासमा पेसी  
छायाँ सेन्टरको मुद्धा एकीकृत रुपमा सुनुवाइ गर्ने पहिलो मिति (पेसी) तोकिएकोे चार वर्ष बित्यो। यो अवधिमा यसले एक पटक मात्र सुनुवाइको मौका पाएको छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले दुई पटक आफ्नै इजलासमा पेसी तोकेका थिए। सुरुमा, पहिलो पेसीमा विपक्षीतर्फका कानुन व्यवसायीले सुनुवाइ सार्ने निवेदन दिएपछि हटेको मुद्दा दोस्रो पेसीमा पराजुली र न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले २०७४ कात्तिक ५ गते सुनुवाइ गर्दै मिसिल झिकाउने आदेश गरेको थियो। त्यसपछि उक्त मुद्दामा बहस हुन सकेको छैन।

हालसम्म दुई जना प्रधानन्यायाधीशले यो मुद्धाको पेसी तोकेर अवकाश पाइसकेका छन् भने अहिले तेस्रो प्रधानन्यायाधीशले इजलास तोकिरहेका छन्। यसअघि गोपाल पराजुली र  ओमप्रकाश मिश्रको समयमा पनि पेसी तोकिने तर सुनुवाइ नहुने उपक्रम देखिएको यो मुद्दामा वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको समयमा पनि सोही क्रमले निरन्तरता पाएको छ। यो मुद्दाको सुनुवाइ हालसम्म ११ पटक पेसीमा चढेको छ, पटक–पटक गरी २२ जना न्यायाधीशको इजलासमा। 

 ६ पटकसम्म विपक्षीका कानुन व्यवसायीले सारे 
कानुन व्यवसायीले दुई पटकसम्म मुद्दाको पेसी सार्ने अधिकार कानुनले दिएको छ। तर, छायाँ सेन्टरको मुद्दामा ६ पटकसम्म त विपक्षीका कानुन व्यवसायीले नै विभिन्न बहानामा निवेदन दिएर पेसी सारेको सर्वोच्चको तथ्यांकमै उल्लेख  छ। यो विवाद दुई पटक ‘हेर्न नभ्याइएको’ छ भने ६ पटकसम्म विपक्षीका कानुन व्यवसायीले हटाउने निवेदन दिँदै मुद्दाको सुनुवाइ सारेका छन्। एक पटक मुद्दाको पक्षका कानुन व्यवसायीले स्थगित गर्न निवेदन दिएका छन्। अर्थात् यसको सुनुवाइ एकपटक मात्र भएको छ।

अदालतमा आफूअनुकुलको फैसलाका निम्ति कानून व्यवसायीले ‘इजलास सपिङ’ गर्ने गरेको चर्चा चल्ने गर्छ। कतिपयले विपक्षीका कानुन व्यवसायीले यसमा पनि सोही उद्धेश्य राखेको हुनसक्ने बताएका छन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सार्वजनिक रुपमै आफूअनुकुल फैसला गराउन ‘वेञ्च सपिङ’ हुने गरेको खुलासा गरेकी थिइन्।  विपक्षीका कानुन व्यवसायीहरुले यो मुद्दामा निवेदन दिएर २०७४ भदौ ४, २०७६ असोज १, २०७६ साउन २०, २०७६ कात्तिक १८, २०७६ पुस २ र २०७६ माघ १ मा निवेदन दिएर पेसी सारेका हुन्।  

Ncell 2
Ncell 2

यो मुद्दामा हालसम्म सबभन्दा धेरै इजलास तोकिने न्यायाधीशमा आनन्दमोहन भट्टराई छन्। उनी संलग्न इजलासमा चार पटक पेसी चढेको छ। 

के हो छायाँ सेन्टर विवाद ?
२०४४ सालमा थँवहिल (ठमेल) (काठमाडौं महानगरपालिका वडा नम्बर २९) को ५७.१४.३.२ रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गा तत्कालीन श्री ५ को सरकारले आफ्नो नाममा दर्ता गरेपछि यसको विवाद सुरु भएको देखिन्छ। त्यसरी दर्ता गरिएको कमलपोखरीको कित्ता नं १६७ को १२.१३.२.२ रोपनी जग्गाको विवरणमा आवादीमा पर्ती पोखरी र घर जग्गाको महलमा पोखरी कायम गरिएको  थियो। जग्गाधनीको नाममा ‘श्री ५ को सरकार’ उल्लेख थियो, मोहीको महलमा पोखरी नै उल्लेख गरिएको थियो।  

तर, २०४७ माघ १८ गते अम्बिका राणाले कित्ता नम्बर १६७ को जग्गा आफू र आफ्नो दाइ शंकरप्रसाद शाहको नाममा गुठी रैतानी (ब्यक्तिगत नाममा) दर्ता गरेपछि फेरि विवाद सिर्जना भयो। गुठी संस्थानले भुलवश आफ्ना कर्मचारीका कारण सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता हुन गएको भन्दै दुई महिना नबित्दै (२०४७ चैत १५ गते) त्यसरी दर्तामा संलग्न श्री सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठियार र सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्‍यो। र, जग्गा श्री सिंहसार्थ बाहु गरुड भगवान गुठीलाई नै फिर्ता गराउने निर्णय भयो। सो निर्णय खारेज गर्न राणा र शाहले गुठी संस्थानविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरे। जिल्ला अदालतले उनीहरुको विपक्षमा फैसला सुनायो। 

त्यसपछि उनीहरु पुनरावेदन गए। २०५३ जेठ २५ मा पुनरावेदन अदालतले राणा र शाहको पक्षमा फैसला सुनायो। लगत्तै उक्त क्षेत्रमा भवन निर्माण सुरु गरिए। उक्त निर्णयको विरोधमा २०५५ मंसीर १८ गते श्री सिंहसार्थ वाहु गरुड भगवान गुठीका गुठीयारहरुले ‘पोखरी र डिल पुरानै स्वामित्वमा फर्काउन र पुनरावेदन अदालतको निर्णय बदर गर्न’ माग गर्दै गुठी संस्थान केन्द्रीय कार्यालय, गुठी लगत तथा तहसिल कार्यालय, अम्बिका राणा र शंकरप्रसाद शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरे। 

साँस्कृतिक सम्पदा कमलपोखरी फर्काउन संघर्ष गरिरहेका हिरण्यश्वरमान प्रधानसहितका गुठीका केही नेताहरुले २०६२ असार १६ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा मिलापत्र गरे। गुठी सञ्चालन गर्न आर्थिक अभाव भएकाले कमलपोखरीको जग्गामा गुठीयारद्वारा हकदावी छाड्ने र त्यसबापत अम्बिका राणाले एक करोड पचास लाख र चार आना जग्गा दिने सहमतिमा मिलापत्र गरिएको थियो।  

२०६२ सालमा डेढ करोड रुपैयाँ लिई अम्बिका राणासँग अदालतमा मिलापत्र गरेपछि २०७० सालमा जिल्ला अदालतमा गुठीयारहरुकै कुलका ६ जना (भागवत नरसिंह प्रधान, सन्जिवमान प्रधान,  अर्जुनलाल प्रधान,  अन्जिरमान प्रधान,  राजेशमान प्रधान र रन्जयमान प्रधान)ले हिरण्यश्वरमान प्रधान लगायतलाई विपक्षी बनाएर सर्वोच्च पु¥याए। त्यसमा सुनुवाइ लम्बिएपछि २०७३ सालमा आफैं निवेदक भएर भागवत नरसिंह सर्वोच्च पुगे। 

सर्वोच्चमै छ नजिर 
कमलपोखरी संरक्षणमा सक्रिय हिरण्यश्वरमान प्रधानका बुवा, सर्वाेच्चका तत्कालीन न्यायाधीश हिरामान प्रधानको नेतृत्वमा कमलपोखरी र डिल कायम हुनुपर्ने मागसहित २०२७ सालमा एउटा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा  सर्वाेच्च अदालतले उनीहरुकै पक्षमा फैसला सुनाएको थियो। त्यो नजीर अहिले पनि कायम छ। तत्कालीन न्यायाधीशद्वय प्रकाशबहादुर केसी र विश्वनाथ उपाध्यायको संयुक्त इजलासले २०३३ पुस ३ गते गरेको निर्णयमा ‘श्री सिंहसार्थ वाहु गरुड भगवान गुठीको मातहत रहेको पुरातात्विक महत्वको कमलपोखरी र त्यसको डिल कायम हुनुपर्ने’ ठहर गरेको थियो।  
 

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  ०७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने २००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ ग... बिहीबार, माघ २२, २०८२
जेनजी आन्दोलनमा सिंहदरबार आगजनी गर्ने चितवनका महेन्द्र गौतम पक्राउ सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै सगर्व बोलेका गौतमलाई सबै प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुम... बिहीबार, माघ २२, २०८२
गृहमन्त्री अर्यालले भने : ‘टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो’ बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेल... बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने बिहीबार, माघ २२, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ बिहीबार, माघ २२, २०८२
जेनजी आन्दोलनमा सिंहदरबार आगजनी गर्ने चितवनका महेन्द्र गौतम पक्राउ बिहीबार, माघ २२, २०८२
यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता बिहीबार, माघ २२, २०८२
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्