• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रेमजीवन ठीक भयो भने बाँकी सबै ठीक चल्छ : इन्दिरा जोशी [अन्तवार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, माघ २, २०७७  ०८:३०
1140x725

देशमा अनेक थोक भइरहेको छ। राजनितीक माहोल ठीक छैन। स्वास्थ्यको माहोल ठीक छैन। यसैसँग जोडिएर अन्य क्षेत्रको माहोल पनि यतिखेर ठीक छैन। मनोरञ्जन क्षेत्र पनि मनोरञ्जन दिनसक्ने अवस्थामा छैन। यति हुँदाहुँदै पनि कलाकारहरु नव सामान्यिकरणका लागि जुटिरहेका छन्। यहि क्रममा गायिका इन्दिरा जोशीले आफ्नो नयाँ गीत ‘बेग हानी गाको’ ल्याएकी छन्। नेपाल आइडलकी 'जज'समेत रहेकी गायिका इन्दिरा जोशीसँग नेपाल लाइभका डिबी खड्काले गरेको संवाद:

करिब नौ महिनापछि फेरि पहिलेकै अवस्थामा फर्किन खोजिरहेका छौं। तपाईंलाई नयाँ समयमा प्रवेश गरेजस्तो लाग्दैछ?
कोरोना नयाँ रोग भयो हामी सबैका लागि।  तर पनि हामीले यससँग जुध्यौं र जुधिरहेका छौं। फर्केर हेर्ने हैन, अगाडी नै बढ्ने हो।  मान्छेको प्रकृति भनेको पनि सधैं अगाडि बढ्ने नै हुन्छ। जहाँबाट हामी रोकिएका थियौं,  त्यहीँबाट निरन्तरता दिने हो। तर तरिका फरक होला। जस्तो कि, पहिले सामाजिक दूरी कायम गर्नुपर्ने थिएन, अहिले छ। आफू र आफ्नाहरुको स्वास्थ्यको ख्याल राख्दै काम गर्नुपर्ने समय अहिले आएको छ। 

नौ महिना अर्थात् कोभिड भरको अवधि कसरी कटाउनुभयो त ?
त्यस्तो सकसपूर्ण भएन। एकदम सक्रिय जिन्दगी बाँचिरहेको मान्छेलाई केही समय त मज्जा आयो। मन लागेको कुरा गर्न पाइयो, मन लागेको खानेकुरा पकाएर खान पाइयो। म त केटी मान्छे, छालालाई स्याहार गर्ने मौका पाइएको थिएन, कपालमा तेल लगाउने समय मिलेको थिएन, त्यो पाइयो। अडियो बुक, मन लागेको फिल्म, सिरिज हेर्न पाएँ। परिवारसँग समय बिताउन पाउँदा मज्जा आयो। तर बिस्तारै मान्छे मरेका समाचार सुन्न थालियो अनि नराम्रो लाग्न थाल्यो। अहिले त अब सामान्य अवस्थातिरै जिन्दगी अगाडी बढ्दैछ। 

भर्खरै बाहिर आएको नयाँ गीत त छँदै छ,  त्यो बाहेक केके गर्नुभयो यो नौ महिनाको समयमा?
नौ महिनाको विश्रामपछि मैले कार्यक्रम गरेकै अंग्रेजी नयाँ वर्षको दिन हो। त्यसमा पनि अडियन्सबाट निकै टाढा थिएँ, निश्चित अडियन्सको साथमा। 

डर त लागेन नि, कोभिडपछि पहिलोपल्ट मासमा जाँदा?
लागेन। म त निकै एक्साइटेड थिएँ। स्टेजको न्यास्रो लागेको थियो। लामो समयपछि कन्सर्ट गर्न पाउँदा निकै मज्जा आयो। 

तपाईंका रोमान्टिक गीत धेरै थिए। अहिले फरक विधामा 'बेग हानी गाको' ल्याउनुभयो। स्टेजमा नाच्ने गीत मात्रै गाउँछे भन्ने छवि मेटाउन यस्तो गीत गाउनुभयो कि?
अँ, मेरो निकै रहरले जन्मिएको गीत हो यो। यस्तो प्रकारको गीतमा मेरो निकै रुची थियो। फरक शैलीको अर्को गीत पनि अब छिट्टै आउँदैछ, त्यो मैले रेकर्ड गराइसकें। मार्च २५ मा मेरो १० बर्ष पुग्छ गायन क्षेत्रमा प्रवेश गरेको। तर अहिलेसम्म मैले आफूलाई रुची भएको काम गर्न पाएको थिइन, त्यसैको फलस्वरुप 'बेग हानी' ल्याएँ। अहिले सबैले यसलाई मन पराइदिनुभएको छ। 

अभिनय पनि गर्नुभएछ। यो पनि रहरकै हो कि ?
मलाई हाम्रो निर्देशक एलिन श्रेष्ठले अभिनयका लागि उक्साउनुभएको हो। नत्र हामीले त अर्कै नायिका खोज्नेबारे सोचेका थियौं। अडियो लकडाउन अगाडि नै तयार भएपनि कोभिडले ढिलो गरायो। नियम परिवर्तन भएको भयै गरेर हैरान परेका थियौं। त्यसैले मात्रै यसमा मैले अभिनय गरें। अहिले सबैले मन पराइदिनुभएको छ, रमाइलो लागिरहेको छ।

अब इन्दिरा जोशीलाई तीन मिनेटमा हैन, तीन घण्टामा देख्न सकिन्छ?
म आफैं फिल्म मन पराउने मान्छे हो। पहिले पनि अफर आएको थियो। चुलबुली र फास्ट गीत गाउने देखेर त्यस्तो आएको हुनसक्छ। अब भने मेरो सिरियस गीत र अभिनय हेरेर यदि राम्रो भुमिकामा अप्रोच गर्नुभयो भने पक्कै पनि गर्छु होला।

Ncell 2
Ncell 2
nimb
nimb

म्युजिक भिडियोमा अन्तरजातीय प्रेम देखाउन खोजिएको छ। यो नयाँ कुरा होइन रिलका लागि, रियलका लागि पनि। किन यही कथावस्तु रोज्नुभयो?
कथा वियोगान्त छ। जति समाज विकसित भएपनि हाम्रा दिमागमा यो कुरा अझै छ। अहिलेको जमानामा आइपुग्दा जातीय बिभेद नहुनुपर्ने थियो तर छ। हाम्रो जेनेरेसनले अब हटाउनुपर्छ। मलाई पनि संयोगान्त अन्त गर्न र रमाइलो गीत मात्रै गाउन मन छ। यस्ता वियोगान्त र समाजको तितो यथार्थ चित्रण गरेका गीत संगीतमा काम गर्न मन छैन। तर समय जति बिकास भएपनि हाम्रो सोच विकसित हुन सकेको छैन। विज्ञानले समेत दुई जातको जिन मिसियो भने राम्रो बच्चा जन्मन्छ भन्छ तर हामी अझै किन जातमा अल्झिरहेका छौं। मनबाटै यो कुरा फिल भएरै मैले यस्तो भिडियो बनाएको हो।

कमेन्टमा पनि आएको थियो, इन्दिराको पनि अन्तरजातीय प्रेम नै छ कि क्या हो भनेर !
म यस्तो कुरा पक्कै हेर्दिनँ। पर्दामा आउने मान्छे, धेरैले गायिकाको रुपमा लिने मान्छे भएकाले जात हेर्दिनँ। जुन जातसँग प्रेम हुन्छ, उसैसँग बिहे गर्छु। 

रमाइलोसँगै सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुभयो त्यसो भए म्युजिक भिडियो मार्फत्?
हामीलाई सधैं मनोरञ्जन गर्ने मान्छेहरुसँग मात्रै तुलना गर्न मिल्दैन नि त। 

गायनको जज अर्थात् जाँचकी पनि हुनुहुन्छ। अर्काको गायनलाई जाँचिरहँदा कस्तो अनुभव हुनेरहेछ ?
म निकै राम्रो स्रोता हुँ। पहिलेदेखि नै अन्य सहकर्मीलाई सल्लाह सुझाव दिइरहेको हुन्थे। त्यही भएर यो कुनै नौलो कुरा भएन। बरु नेपाल आइडलमा आएपछि मैले धेरै कुरा सिक्ने मौका पाएँ। अहिलेका जेनेरेशनसँग हामीमा नभएको कन्फिडेन्ट छ। धेरै कुरा सिक्ने र थोरै कुरा सिकाउने मौका पाएकोमा आफूलाई भाग्यमानी ठान्छु। 

Xtrem

Xtrem

अहिले चलिरहेको द्वन्द्व छ नि गायक र संगीत उत्पादकको। तपाई पनि हुनुहुन्छ ५७ जनाको टोलीमा? 
कोही कलाकारलाई अन्याय हुन्छ भने अहिले मात्रै होइन, पहिलेदेखि नै मेरो समर्थन छ। सम्झौतामा भएका कुरा पालना नगर्ने, गीतमा जस्को अधिकार छ त्यसलाई वास्ता नगर्ने अनि आफू मात्रै कमाइरहने तरिकाले कलाकार मारमा पर्छन्। त्यसैले मेरो साथ समर्थन छ। ५७ जनामा म पनि छु।

डिजिटल अधिकारको बारेमा सरकार र हामी सबै नयाँ छौं। तर नयाँ भनेर अन्याय सहेर बस्नपनि त भएन। हामी नेपालीलाई थाहा छैन, एउटा चलेको गीत भनेको करोडौं रकम हो। त्यो कलाकालाई नदिई एक्लै कुम्ल्याउनु भएन। अहिले युट्युवमा मानिसको लगाव बढ्नुको कारण पनि यही हो। यो पारदर्शी छ। तुरुन्तै डलरमा कमाइ देखाइदिन्छ। 

तपाईंलाई थाहा छ, देशको राजनीति के भइरहेको छ?
थाहा छ। तर म कसैको पक्ष र बिपक्षमा बोल्न चाहन्नँ। एउटा नागरिक भएको कारण यी कुरा जान्न जरुरी पनि छ। फेरि चुनाव हुँदैछ रे। कोरोनाले अर्थतन्त्र थिलोथिलो भएको बेला झनै आर्थिक भार किन थपेका छन्। के यसको अर्को विकल्प थिएन होला र? मसँग त प्रश्नै प्रश्न मात्रै छन्। अस्ति एउटा समाचार पढेको थिएँ, सवैभन्दा कमजोर पासपोर्ट भएको देशमा पर्दोरहेछ हाम्रो देश त।

भिडियो कुराकानी

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो बुधबार, असोज १४, २०८३
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्