• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न फेरि विदेशी कम्पनीको खोजी!

64x64
उत्तम काप्री बिहीबार, माघ १, २०७७  ०९:११
1140x725

काठमाडौं- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले पुनः विदेशी कम्पनीको खोज्ने तयारी अघि बढाएको छ। यसअघि विदेशी कम्पनी भित्र्याउन गरिएका सबै प्रक्रिया रद्द गरेको सरकारले पुनः नयाँ प्रक्रियाबाट ग्लोबल टेन्डर गरी विदेशी कम्पनी खोज्ने तयारी अघि बढाएको हो। 

प्रक्रिया रद्द भएपछि अर्को व्यवस्था नभएसम्म विमानस्थल नागरिक उड्डयन प्राधिकरणले नै सञ्चालन गर्ने र क्रमशः टेन्डर प्रक्रियाबाट नयाँ कम्पनी छनोट गर्ने गरी छलफल सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

यसअघि विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको ‘म्युनिख’ विमानस्थललाई दिन अगाडि बढाएका सबै प्रक्रिया रद्द गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सञ्चालन गरेर फाइदामा लैजान नसक्ने निष्कर्ष निकाल्दै सरकारले ‘जिटुजी’मोडलमा चलाउने निर्णय गरेर पनि पछि हटेको थियो। जर्मनीको म्युनिखलाई ३० वर्षका लागि सञ्चालनको जिम्मा दिने गरी अगाडि बढाइएको प्रक्रिया रद्द गरिएको थियो। 

‘सुरुवाती चरणमा विमानस्थल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन नै गर्छ,’ पोखरेलले भने, ‘भावी दिनका लागि भने टेन्डरबाट नयाँ कम्पनी छनोट गरेर विमानस्थल सञ्चालनको जिम्मा दिने विषयमा अहिले छलफल सुरु भएको छ। तर, कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ।’

पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र प्रधिकरणका प्रतिनिधि सम्मिलित प्राविधिक समितिमा म्युनिखलाई दिने विषयमा सहमति नजुटेपछि सरकार पछि हटेको थियो।

समितिमा गैरसैनिक हवाई उड्डयन ऐन २०५३ मा विमानस्थल, निर्माण, सञ्चालन र संरक्षणको जिम्मा नागरिक उड्डयन प्राधिकरणको हुने उल्लेख गरिएकोले पनि सिधै कम्पनीलाई विमानस्थल सञ्चालनको जिम्मा दिने वा नदिने भन्ने विषयमा समितिमा हुन सकेको थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसबेला विदेशी कम्पनीलाई जिम्मा दिने गरी अघि बढेको सरकार बीचमा प्रक्रिया रद्द गर्ने र पुनः विदेशी कम्पनी खोज्ने अवस्थामा पुगेको हो।

अहिले सार्वजनिक बोलपत्र आह्वान गरेर मात्रै कम्पनीको छनोट गर्ने विषय अगाडि बढाइएको छ। सरकारकै आग्रहमा म्युनिखले २०७६ कात्तिकमा ३० वर्षका लागि विमानस्थल सञ्चालनका लागि विस्तृत प्रस्ताव पठाएको थियो। सरकारले सोही प्रस्तावको आधारमा दुईपक्षीय छलफललाई तीव्रता समेत दिइएको थियो। तर, विरोध भएपछि उक्त प्रक्रिया रद्द गरेर प्राधिकरणले नै विमानस्थल सञ्चालन गर्ने निर्णय भएको थियो।

गौतम बुद्ध विमानस्थल प्राधिकरणले नै सञ्चालन गर्ने भएसँगै नेपाल वायुसेवा निगमलाई विमानस्थलको ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालनको जिम्मा दिने निर्णय भइसकेको छ। निगमले भने सोही निर्णयको आधारमा विमानस्थल सञ्चालनको पूर्वाधार तयारीमा जुटिसकेको बताएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विमानस्थल संचलनका लागि म्युनिखले २०७५ माघमा नेपाललाई अनौपचारिक प्रस्ताव गरेको थियो। गत साउन पहिलो साता नेपाल सरकारलाई औपचारिक पत्र लेख्दै भैरहवा विमानस्थलको सञ्चालन जिम्मा दिन आग्रह सहितको पत्र पनि पठाएको थियो। सोही आधारण्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले सैद्धान्तिक सहमतिसमेत दिइएको थियो। पछि एकाएक सरकार पछि हटेको थियो। 

अन्तिम चरणमा निर्माण ठप्प!
भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेपनि निर्माण सम्पन्न हुने मितिबार भने अन्योल देखिएको छ। अन्तिम पटक थप भएको भनिएको समय पनि निर्माण सम्पन्न नहुँदै सकिएको छ।

सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने भन्दै २०२० को डिसेम्बरसम्मको समय थप गरेको थियो। तर, तोकिएको समयमा पनि चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले  प्राविधिक दक्ष जनशक्ति नेपाल ल्याएर उपकरण जडानको काम नगर्दा थप समयमा पनि काम सम्पन्न हुन सकेको छैन।

निर्माण कम्पनीले कोरोनाको कारण देखाउँदै प्राविधिक दक्ष कामदार ल्याउन नसक्दा टर्मिनल भवनको उकरण जडान र एसी जडानको काम हुन सकेका छैनन्।

चिनियाँ कम्पनीले ५ महिनादेखि प्राविधिक कर्मचारी आउँदैछन् भनेर आलटल गरिरहेको छ। पछिल्लो पटक कम्पनीले नेपाल आइपुगेका कामदारमा कोरोना देखिएको र उनीहरू विमानस्थलको क्वारेन्टाइनमा रहेको भन्दै आएको छ। सोहीकारण विमानस्थल निर्माणमा ढिलासुस्ती भएको छ।

यतिबेला ३५ जना प्राविधिक ल्याएर उपकरण जडान गर्नुपर्ने अवस्थामा काम रोकिएको छ। तर, उपकरण भने सबै निर्माणस्थलमा आइसकेका छन्। विमानस्थलमा नेपालमा रहेका केही चिनियाँ प्राविधिक र नेपाली प्राविधिकै भरमा रन-वे लाइट, ब्यागेज ह्यान्डलिङ र कन्भर बेल्टको उपकरण जडानको काम भने भइरहेको छ। तर, आवश्यक दक्ष प्राविधिक कामदार चीनबाट नआउँदा 'आइसिबी जिरो वान'अन्तर्गत रहेको एसी र टर्मिनल भवनको उपकरणको काम रोकिएको आयोजनाका प्रमुख प्रवेश अधिकारी बताउँछन्। यो काम दक्ष जनशक्ति नेपाल आएर जडान थाल्दा पनि न्यूनतम २ देखि ३ महिनासम्म लाग्ने हुन्छ। प्राविधिक कामदार नआउँदा समय कति थप्ने विषयमा समेत निर्णय हुन सकेको छैन।

यसैगरी, 'आइसिबी जिरो टु'अन्तर्गतको सर्भिलेन्स जडानको काम पनि प्राविधिक कामदारको अभावका कारण रोकिएको छ। यो अन्तर्गतका काम गर्ने कामदार भने अमेरिका र अष्ट्रियाबाट आउनुपर्ने हुन्छ। उनीहरू पनि नेपाल नआउँदा काम रोकिएको आइसिबी जिरो टु आयोजनाका प्रमुख प्रविन न्यौपाने बताउँछन्। आइसिबी जिरो टुको काम सक्न पनि ३ महिना लाग्ने उनको भनाइ छ। तर, कामदार नआउँदा समस्या सिर्जना भएको उनको तर्क छ।

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न हुनु पर्ने थियो। उक्त समय सीमा पनि सकिएको छ। अब पुनः समय थप गर्नु पर्ने अवस्था आएको छ। यो आयोजनाको कुल लागत ३० अर्बभन्दा बढी भइसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमार्फत् दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थल निर्माण थालिएको थियो। विमानस्थलको रनवे ३ हजार मिटरको हुनेछ। साथै विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेसन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा उद्धार भवनलगायत सञ्चार तथा पथ प्रदर्शक सामग्री जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्ने उद्देश्य सरकारको छ।

दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ। यो परियोजना कूल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी–१ का लागि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो।

 

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  ०९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्