• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

विदेशबाट फर्किएर अलमलिएकी प्रविका यसरी बनिन् आत्मनिर्भर

64x64
निर्मला घिमिरे बिहीबार, पुस २३, २०७७  १३:१३
1140x725

काठमाडौं–उनले कल्पना गरेको परदेश निकै झिलीमिली थियो। त्यस्ताे सहरमा सजिलै टन्न कमाइ गर्ने सोच थियो । ‘तर परदेश सोचे झैँ रहेनछ,’ खोटाङ साबिक बाहुनी डाँडाकी प्रविका राईलाई आफैँले भोगेपछि मात्रै थाहा भयो परदेश के हो भनेर। 

‘नेपालमा ट्वाईलेट पनि नदेखेको मान्छे। त्यहाँ गएर ट्वाईलेट सफा गर्नेदेखि सबै काम गर्नुपर्‍याे। त्यतिखेर मलाई साह्रै नराम्रो लाग्यो। विरक्त लागेर आयो,’ राईले सुनाइन्। 

घरेलु कामदारका रुपमा कुवेत पुगेकी उनले नेपालमा कहिल्यै नगरेको काम गर्नुप¥याे। काममा लामो समय खट्नुपर्‍याे। त्यसमाथि पनि कहिल्यै नसोचेको र नभोगेको जिन्दगी भोग्नुपर्‍याे। 

कच्चा उमेरमा भोग्नु परेको परदेशको पीडा र यथार्थले नै उनलाई पोल्यो। ५,६ महिना त आमाबुबा, घर परिवार र आफन्तको अभावमा छटपटिमै बिते । 

त्यो सबै दुःखलाई चटक्कै माया मारेर आफ्नै देश फर्कने रहन उनलाई कहाँ नभएको हो र ? तर परदेशको ठाउँ। त्यहाँ जाँदा लागेको ऋण सम्झिएर उनले पीडालाई सहिदिइन् । दुःख-सुख ३ वर्ष कुवेतमा कटाइन्। 

कमाइ खासै राम्रो थिएन । अलिअलि बचाएको रकम पनि साथीभाइले सापटी मागे। तर  फिर्ता आएन। 

‘एकजना साथी बिरामी हुनु भएको थियो। उनलाई सहयोग पनि गरेँ । १ वर्षभरिको कमाइ त मेरो साथीले पछि दिन्छु भनेर लगेका फिर्ता पनि दिएनन् । म सोझी मान्छे मेरो कमाइ त्यतिकै हरायो,’ उनले गुनासो पोखिन्। 

परदेशको ठाउँमा नेपालीले नै छलेपछि विश्वासको डोरी चुँडियो। डोरी छिनेको चंगाझैँ निरीह भइन् उनी। 

Ncell 2
Ncell 2
nimb
nimb

सुरुमा २ वर्षको करार अवधिका लागि कुवेत पुगेकी उनी त्यो घरमालिक परिवर्तन गरेर अर्को घरमा काम गर्न थालिन् । अर्को घरमा २ वर्ष कामको सम्झौता भएको थियो। तर त्यहाँ पनि सोचेझैँ भएन। रातदिन नभनी काममा खट्दा पनि घरमालिकले पारिश्रमिक दिन आनाकानी गरिदिए। त्यहाँ करिब १ वर्ष काम गरेपछि उनले स्वदेश फर्कने सोच बनाइन्। घरमालिकलाई आफू स्वदेश फर्कन चाहेको सुनाईन्। तर घरमालिकले अनुमति दिएनन्। अनि त्यहाँबाट भाग्नुको अरु विकल्प थिएन । उनी त्यहाँबाट निस्किएर दूतावास पुगिन्। दूतावासको सहयोगमा उनी स्वदेश फर्किइन्। 

फर्किएको दशक बितिसकेछ। तर फर्किएकोमा उनलाई कुनै पछुताे छैन। न त कुनै गुनासो नै । बरु परदेश त्यागेर स्वदेश फर्किएपछि पीडासँग खेलेको सिँगौरीसँग निकै प्रेम भएको छ उनलाई ।

देश नफर्किएको भए के थाहा ? यतिबेला उनी कुन हालतमा हुन्थिन् । कसैको घरमा भाँडा माझ्दै हुन्थिन वा सरसफाई गर्दै ? घरमालिकको टोकसो सुन्दै पो हुन्थिन् कि!

No description available.

भनिन्छ पढेर जानिन्छ कि परेर। प्रविकाले पनि आफूलाई परेपछि मात्रै देशमै बेश भन्ने कुरा बुझिन्। देश फर्किए सिलाई सीप सिकेकी प्रविका अहिले हरेक फेशनका कपडा सिलाउँछिन्। कपडासँगै पछिल्लो समय उनले तयार गरेको ‘कपडाको प्याड’ को हलेसी तुवाचुङ नगरपालिकाभरि चर्चा छ।

सर्वसुलभ, सजिलो र स्वास्थ्यका दृष्टिकोणले समेत उपयुक्त भएपछि पालिकाभरि उनले बनाएको कपडाको प्याडको माग बढ्दै गएको छ। आफ्नै ठाउँमा आफ्नो सीपको माग बढेसँगै प्रविका आफैँसँग दंग भएकी छन्। 

भन्छिन्, ‘म यहाँसम्म आइपुग्छु भन्ने कहिले कल्पनासम्म पनि गरेकी थिइँन्। म अहिले आफूले आफूलाई नै गर्व गर्न सक्ने भएकी छु। म अलपत्र परिरहेका बेला मलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर तथा उपमेयरज्यूले निकै सहयोग गर्नु भयो । जसले मलाई निडर भएर काम गर्ने हिम्मत मिल्यो ।’

सीप भएर पनि सीप पोख्ने ठाउँ नभेटेर अलमल्ल परेकी प्रविकालाई नगरपालिकाले बाटो देखाई दियो। केही आर्थिक सहयोग पनि जुटाई दियो । त्यसमाथि नगरपालिकाकी उपमेयर बिमला राईले बेलाबेला ढाडस दिँदै गइन्। 

नगरपालिकाकी उपमेयर विमला राईको सक्रियतामा उनले नगरपालिकाबाट सिलाइ पसल सञ्चालन गर्न सुरुवाती पुँजी ५० हजार पाइन्। त्यसपछि प्रविकालाई हिम्मत थपियो । साथीहरुसँग सरसापट मागेर १ लाख ५० हजार लगानीमा उनले सिलाइ पसल सुरु गरिन् । 

अहिले उनले त्यो पसलमा ५ देखि ६ लाखसम्म लगानी गरिसकेकी छन् । आम्दानी पनि सोचेझैँ राम्रो भएको छ । ‘केही काम भएन भनेका बेला पनि ३० हजारसम्म कमाइ हुन्छ। काम हुँदा त त्योभन्दा राम्रो कमाइ हुन्छ,’ उत्साहित हुँदै प्रविकाले सुनाइन्। 

कपडाको प्याड सिलाउने आइडिया पनि उनलाई नगरपालिकाले नै दिएको हो। नगरपालिकाकी उपमेयर राई भन्छिन्, ‘अरु अधिकांश स्थानीय तहहरुले किशोरीहरुलाई रेडिमेड प्याडहरु वितरण गरिरहेको देखियो। मलाईचाहिँ स्वास्थ्यका दृष्टिकोणले पनि सुरक्षित,  सुलभ पनि, आफ्नै उत्पादन प्रयोग गरौँ भन्ने लाग्यो ।’

कपडाको प्याड एकपटक प्रयोग गरिसकेपछि धोएर पुनः प्रयोग गर्न मिल्ने तथा बजारमा पाइने कम गुणस्तरका रेडिमेड स्यानिटरी प्याडको तुलनामा कपडाको प्याड निकै उपयुक्त भएको उनको भनाइ छ। कपडाको प्याड पुनः प्रयोग गर्न मिल्ने हुँदा वातावरण प्रदुषण हुनबाट समेत जोगिने विश्वास उपमेयर राईको छ। 

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीका समयमा आवश्यक पर्ने सामग्री उपलब्ध गराउन तय गरेको स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ मा निश्चित मापदण्डअनुसार स्थानीय तहले आफैँ प्याड उत्पादन गर्न सक्ने व्यवस्थासमेत छ । सोही व्यवस्थाअनुसार तोकिएको मापदण्डभित्र रहेर कपडाको प्याड तयार गर्ने जिम्मा नगरपालिकाले प्रविका राईलाई दियो। 

No description available.

प्रविका भन्छिन्,‘मसँग १० वर्षको सिलाइ अनुभव छ । मैले नगरपालिकाले भनेअनुसार प्याड तयार गरेँ । सुरुको लटमा नगरपालिकाको अर्डरअनुसार ६ सय थान प्याड तयार गरिदिएँ ।’

दोस्रो लटमा नगरपालिकालाई २ हजार थान कपडाको प्याड आवश्यक पर्‍याे। कपडा नगरपालिकाले ल्याइदियो । प्रविकाले ज्यालामा प्याड सिलाईन्। एउटा प्याड तयार गरेको १५० रुपैयाँसम्म लिइन् उनले। २ हजार प्याड २ महिनामा तयार गरिसक्नुपर्ने भएकाले प्रविकासँगै अन्य ४ जना युवाहरुले समेत यसमा रोजगारी पाए। 

नगरपालिकासँगै कपडाको प्याडको माग अन्य निजी क्षेत्रहरुबाट पनि हुन थालेको छ। ‘अरु रेडिमेड प्याडभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो भएकाले कपडाको प्याडको माग बढ्दै गएको छ,’ प्रविका भन्छिन्, ‘गाउँमा थुप्रै अन्य महिला दिदीबहिनीहरुले पनि अर्डर गर्न थाल्नु भएको छ।’ कपडाको प्याड सिलाउन धेरै मेहनत गर्नुपर्छ । बलियो सिलाउनुपर्छ । इन्टरलक पनि लगाउनुपर्छ । मेहनत अनुसार ग्राहकले आफ्नै कपडा लिएर आए एक थान प्याड सिलाएको १५० रुपैयाँ लिन्छिन् । ग्राहकले कपडा नल्याउँदा प्याडमा प्रयोग गरिएको कपडाअनुसार फरक-फरक मूल्य पर्छ। 

हिजोआज अन्य कपडासँगै कपडाको प्याडले प्रविकालाई अझ खुसी थपिदिएको छ। पालिकामा नयाँ कन्सेप्ट हुँदा पनि यसको माग चुलिँदै गएको छ । योसँगै प्रविकाले यस अघिको दुःखलाई बिस्तारै भुल्दै गएकी छन् ।

हुन त दुःखपछि नै सुख आउने हो । प्रविकाको जीवनमा पनि दुःखपछि नै सुखका छालहरुले विस्तारै छुन थालेका छन्। ‘दुःख त मैले सानैदेखि गरेँ । सामान्य परिवार। स्कुल पनि टाढा थियो। धेरै पढ्न पनि पाइनँ। १८ वर्षमै परदेश पुगेँ। त्यहाँ ठक्कर खाइयो । फर्किएर पनि कति ठक्कर खाएँ,’ उनको स्वर मसिनो सुनिन्छ। 

विदेशबाट फर्किएर सिलाई सिक्ने क्रममा पनि प्रविकाले धेरै दुःख पाइन्। काम खोज्दै काठमाडौंमा भौतारिँदा कति दिन त भोकै पनि कटाइन् उनले। कहिले आधा पेट पनि खाइन्। समस्यामा गुज्रिरहेकी प्रविकाले नगरपालिकाको सहयोगपछि आफ्नो सीप पोखेर आत्मनिर्भर बनेकी छन्। आफूसँगै घरपरिवार खर्च चलाई रहेकी छन्। आफूसँगै राखेर दुई भाइलाई पनि पढाएकी छन्। 

केही समयअघिमात्रै विवाह बन्धनमा बाधिएकी प्रविकाले आफ्ना श्रीमानलाई पनि देशमै केही गरेर आत्मनिर्भर बन्ने सल्लाह दिएकी छन्। ‘बिहे त भर्खरै हो गरेको । उहाँ पहिलेदेखि विदेशमा बस्नुहुन्थ्यो। यतिबेला यतै हुनुहुन्छ। मैले त अब देशमै केही गरौँ भनेकी छु ’ उनी सुनाउँछिन्।

पीडा र दुःखबीच अल्झिएको जिन्दगीलाई प्रविकाको सीपले खुसीमा परिणत गरिदिएको छ। अहिले उनी सीपकै कारण आत्मनिर्भर बनेकी छन्। कामको खोजीमा विदेश जाने सोच बनाएकाहरुलाई उनी भन्छिन्–‘सीप सिकेर नेपालमै केही व्यवसाय सुरु गरे नेपालमै अवसर छ ।’ 

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो शुक्रबार, असोज २, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) शुक्रबार, असोज २, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्