• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

बैसाखमा प्रधानमन्त्रीले निर्वाचन गराउनु हुन्न : डा‍. प्रकाशशरण महत [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, पुस २३, २०७७  ०८:२५
1140x725

नेपाली कांंग्रेस अन्ततः प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा जाने भएको छ। सडकमा जाँदैगर्दा कांग्रेसले प्रतिनिधिसभा पुनर्बहालीको माग उठाउनेप्रति आशंका कायमै छ। पार्टी सभापति शेरबहादुर देउवा समूह निर्वाचनकै पक्षमा छ। संस्थापनइतरका नेताहरुको दबाब सडकको विरोधलाई प्राथमिकतामा राख्नुपर्नेमा छ। संस्थापन पक्षको चाहना, कांग्रेसको सडक प्रदर्शनलगायतका विषयमा केन्द्रित रहेर सभापति देउवानिकट नेता तथा सहमहामन्त्री डा प्रकाशशरण महतसँग नेपाल लाइभले गरेको अन्तवार्ता:

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पनि जारी छ। बाहिर आएका कतिपय विषयले निर्वाचनका लागि तयार भएको छनक दिन्छ। कांग्रेस निर्वाचनमा जान खोजिरहेको बुझ्दा हुन्छ?
कांग्रेस प्रजातन्त्रमा विश्वास गर्ने पार्टी हो। जनताको मतबाट नै सत्तामा जाने हाम्रो सिद्धान्त हो। जनताको बीचमा जाने कुराका लागि हामी सधैं तयार हुनुपर्छ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक पनि भन्नुभएको छ। सँगै निर्वाचनका लागि तयार छु भन्नुले कहीँ न कहीँ दोहोरो चरित्र भएन र?
हामीले संवैधानिक व्यवस्था निर्माण गरेको हो। प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन संविधानअनुसार भएन भनि विरोध जनाइसकेका छौं। त्यसविरुद्ध पुस १३ मा १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्‍यौं। गाउँनगर तहसम्म विरोध प्रदर्शनको घोषणा पनि गरेका छौं। 

जनतालाई प्रतिनिधिसभा विघटनकाे विषयलाई सूसुचित पनि गर्छौं। आन्दोलन पनि गर्छौं। जनअनुमोदित भएर मात्रै सत्तामा जान मिल्छ भन्ने हाम्रो मान्यता हो। निर्वाचन त ढिलो-चाँडो जानु नै छ, जानैपर्छ। जनताबाट निर्वाचित नभई सत्तामा जाने अवस्था नेपालमा छैन। त्यही प्रणालीकै लागि नेपाली कांग्रेसले विगतमा पनि पटक-पटक आन्दोलन गरेको हो। लोकतान्त्रिक पद्धति पनि कांग्रेसले बसालेको हो। कम्युनिस्ट विचार सिद्धान्तमा जनताबाट अनुमोदित भएर आउने भन्ने नै छैन।

कम्युनिस्ट व्यक्तिको सर्वोच्चतामा विश्वास गर्छन्। लोकतन्त्रको मोह कम्युनिस्टलार्ई छैन। कम्युनिस्ट दललाई लोकतान्त्रिक प्रक्रियामा ल्याउन कांग्रेसले बाध्य पारेकाे हाे। त्यसकारण जनताबाट अनुमोदित भएर आउने त स्वाभाविक प्रक्रिया हो।

प्रतिनिधिसभा पुनर्बहालीभन्दा निर्वाचनको पक्षमा तपाईंको बढी मोह हो?
प्रतिनिधिसभा विघटन संविधानको अक्षर र मर्म अनुसार छैन। असंवैधानिक निर्णय हामीले भनेका छौं। संविधानको मर्म अनुसार चल्ने भएकाले हामीले त्यसो भनेका हौं। संविधान निर्माण कांग्रेसकै अगुवाइमा भएको हो। संविधानका क्राइटेरिया पुरा गरेर संसद विघटन गरिएको छैन। 

सम्पूर्ण विकल्पहरु प्रयोग नभई विघटन भएको छ। तर, विपक्षी पार्टीका लागि निर्वाचनमा जानु त स्वाभाविक हो। सत्तामा भएको दल विफल भएको छ। जनताबाट अनुमोदित भएपछि पाएको समयलाई यो सत्ताले प्रयोग गर्न सकेन। सत्ता सञ्चालन हुन नसक्नु नेकपाको विफलता हो। यी विषय चर्चाका लागि पनि जनतामा जानुपर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

लोकतान्त्रिक दलले निर्वाचनमा चाहनु स्वाभाविक भनिरहँदा अर्को कोणबाट के भनिन्छ भने कांग्रेसलाई सिंहदरबार छिर्न हतार छ। अर्को दल फुटेकाले त्यसलाई कांग्रेसले अवसर बुझेको हो?
त्यो होइन,जसलाई यो लागिरहेको छ। हाम्रो स्पष्ट धारणा छ। अदालतमा संसद विघटनको मुद्धा विचाराधीन छ। दृष्टिकोण पनि राखिसकेका छौं। दृष्टिकोण राखेको मात्रै होइन,असंवैधानिक भन्दै सडकमा गइसकेका पनि छौं।

कुनै पनि विषय विचाराधीन अवस्थामा पुगेपछि बोल्न नहुने संविधानले नै भनेको छ। सर्वोच्चले जे फैसला गर्छ,त्यही अन्तिम निर्णय हुन्छ।

सर्वोच्चले पुनर्स्थापनाकाे बाटो रोज्यो भने निर्वाचनका लागि केही समय पर्खनुपर्‍यो। निर्वाचन अलि ढिलो भए पनि जानु नै छ। सरकारका असफलता कुराहरु पनि लिएर जनतामा जानु नै पर्छ। अहिलेदेखि नै जनतालाई बुझाएर जाँदा झनै राम्रो पनि हो। प्रतिनिधि सभा विघटनलाई सर्वोच्चले सदर गर्‍यो भने जनतामा जाने अवस्था छिटो आउँछ। 

Xtrem

Xtrem

तपाईहरुको बोलीले निर्वाचन वा पुनर्बहाली कुन पक्षमा भन्ने स्पष्ट देखिएन। कांग्रेसको लाइन क्लियर हुने गरि निर्णय हुनुपर्ने होइन?
विघटनको निर्णय असंवैधानिक भनि हामीले निर्णय त गरिसक्यौं। हामीले भन्ने यही नै हो। फैसला गर्ने अब सर्वोच्चले हो। सर्वोच्चमा यो विषय विचाराधीन छ। सर्वोच्चले गरेको फैसलाको खिलाफमा जाने त हामीले भनेका छैनौं। 

अदालतले नै त्यहाँ पुगेको विषयको अन्तिम फैसला दिने अधिकार राख्छ। फैसलामा असहमत भएपनि अस्वीकार गर्छु भन्न मिल्दैन।

फैसला आएपछि कांग्रेसले त्यसलाई अस्वीकार गर्छु भन्दैन होला। राजनीतिक दलसहित कानुनका ज्ञाताले असंवैधानिक कदम हो, सच्याउनुपर्छ भनिरहेका छन्। त्यो पक्षको आवाजलाई क्याच गर्न तपाईंहरु असफल भएको त हो नि? 
असंवैधानिक भएको निर्णय भनि त्यसको प्रतिवादको लिडिङ त हामीले गरेका छौं। अरुसँग यसमा हामीलाई जोड्नुपर्ने किन आवश्यकता छ? विरोध सडकमा जनाएका छौं। अरु दलले आफ्नो तरिकाले विरोध गर्नुभएको छ। हामी अरुसँग मिसिनुपर्ने आवश्यकता नै छैन।

अरु दलले गरेको विरोधलाई जोड्न खोजिएको होइन। प्रमुख प्रतिपक्ष दल त तपाईंहरु हो। तर प्रतिपक्षको भूमिका माइतीघरमा अरु शक्तिले देखाइरहेका छन्?
माइतीघरमा गएर मात्रै विरोध हुन्छ भन्ने छैन। विरोध देशको अन्य जहाँसुकै गएर पनि गर्न सकिन्छ। हामी जनताको नजिक गएर विरोध गर्छौं। १६५ निर्वाचन क्षेत्रमा गइसक्यौं। अब प्रदेश निर्वाचन क्षेत्र र वडास्तरमा जादैंछौं। संसद विघटनविरुद्ध जनताको बीचमा हाम्रा कुरा राख्छौं। विरोध गर्छौं। हाम्रो विरोध सत्ता र सर्वोच्चले पनि देख्छ।

तपाई संस्थापन पक्षको नेता पनि हुनुहुन्छ। संस्थापनइतरका नेताहरुले पुनर्बहालीको मागलाई जोड दिइरहेका छन्। पार्टीभित्रका सबै नेताको बोली समान खालको किन नसुनिएको?
केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनि सर्वसम्मत पारित गरेको छ। वक्तव्यबाट विरोध सुरुकै दिनमा गरेकै हौं। सडकमा जाने निर्णय पनि गरेका छौं। ति निर्णय सर्वसम्मतमा भएका निर्णय हुन्।

कुनै विषयमा कुनै नेताले आफ्नो दृष्टिकोण राख्नुहुन्छ भने त्यो उहाँको कुरा हो। सर्वसम्मत निर्णय के हो भने प्रतिनिधि सभा भंगको निर्णयलाई विरोध गर्छौं भन्ने हो।

बैशाखमा तोकिएको निर्वाचनलाई प्रधानमन्त्रीले त्यसै समयमा गर्नुहोला भन्नेमा कांग्रेस कति विश्वस्त छ?
तोकिएको समयमा प्रधानमन्त्रीले निर्वाचन नगराउन सक्नुहुन्छ। अहिलेको घटना सत्तारुढ दलको विवादको परिणाम हो। सत्ता र पावर नै सबै चीज हो भन्ने छ। जनता केही होइनन् भन्ने उहाँहरुलाई छ। सत्ताकै लागि नेकपामा चरम विवाद भयो।

एउटा पक्षले प्रधानमन्त्रीमा केपी शर्मा हुँदैहुन्न भनि निकाल्नै खोज्यो। ओलीले कुनै पनि हालतमा नछोड्ने। त्यसको परिणाम संसदको विघटन हो। ओलीले चुनाव गराउनेमा हामीलाई विश्वास छैन। संसद विघटन भयो भने कांग्रेसको सबै आन्दोलन निर्वाचन गराउनका लागि खबरदारी गर्न हुन्छ। कुनै पनि हालतमा निर्वाचन तलमाथि गर्न पाइँदैन। केयरटेकर सरकारले निष्पक्ष स्वतन्त्र निर्वाचन गराउन दबाब दिने कार्य कांग्रेसले गर्छ।

संसद पुनर्स्थापना गर्नका लागि कि सर्वोच्चले पुनर्बहाली गर्नुपर्‍यो कि छिटो निर्वाचन हुनुपर्‍यो। जुनसुकै बाटोबाट भए पनि संसद छिटो पुनर्बहाली हुनुपर्छ भन्ने कांग्रेसको भनाइ हो। पुनर्बहाली भए संसदमा कम्युनिस्ट असफल भएको कुरालाई उठाउँछौं। विघटनलाई सर्वोच्चले सदर गरे निर्वाचन छिटो गराउन हाम्रो दबाब हुन्छ। कम्युनिस्ट सरकारलाई विस्थापित गर्ने बाटो चाँडो नै आउँदैछ।

निर्वाचन समयमा नगराउन ओलीले टार्न सक्नुहुन्छ। निर्वाचन हुन नदिने कार्यलाई रोक्न कांग्रेसको सबै शक्ति लाग्छ। 

केन्द्रीय समितिको बैठक तोकिएको समयमा भन्दा ढिलो गरि सुरु हुन्छ। बैठकमा ३/४ जना मात्रै बोलेर स्थगित गरिन्छ। बैठकको औपचारिक निर्णय कुर्न कहिलेसम्म पर्ने हो?
विरोधका कार्यक्रम त हामीले ल्याई नै सक्यौं त। यही विषयमा धेरै छलफल अब हुँदैन। महाधिवेशनको विषयमा छलफल हुन्छ। 

एउटा आशंका के छ भने संसद पुनर्बहाली भयो भने सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मानेर ओली समूह सरकार रहने भन्ने छ। यसमा कति सत्यता छ?
हल्लाको पछि लाग्नुको कुनै तात्पर्य छैन। कल्पनाको सत्तासँग हाम्रो कुनै सरोकार पनि छैन। पुनर्बहाली वा निर्वाचनमा जाने कुरा अहिले थाहा पनि छैन। जुन परिस्थिति आउँछ,त्यो बेला हामीले निर्णय गरौंला। यही संसद रहे पनि कांग्रेस सरकारमा जान आतुर छैन। कसले बनाउँछ बनाओस्।

ढिलो/चाँडो जनताबाट निर्वाचित भएर नै सरकारमा आउने हाम्रो आकांक्षा हो। 

कांग्रेसप्रति किन पनि आशंका छ भने संवैधानिक निकायमा भएको सिफारिसमा तपाईंहरुले भागवण्डा पाएपछि विरोध गर्नुभएन नि?संवैधानिक निकायमा गरिएका नाम कांग्रेसले पठाएका नाम होइनन्। संवैधानिक निकायमा सिफारिस गरिएका केही नाम कांग्रेस नजिक हुँदैमा कांग्रेसले भागवण्डा लिएको भन्न मिल्दैन। 

तपाईंहरुको समर्थन नहुँदा नहुँदै सिफारिस हुँदा पनि किन विरोध गर्नुभएन त?
कांग्रेसले भागै नलिएको संवैधानिक परिषदको बैठकमा कांग्रेसले आफ्ना मान्छे राख्यो भने अफवाह फैलाइएको छ। अफवाहको के तात्पर्य छ? 

त्यसो हो भने,आफ्ना निकटलाई ती अंगमा गरिएको सिफारिसबाट किन फिर्ता बोलाउनु भएन?
जो जसलाई चित्त सभापतिसँग बुझ्दैन,सभापतिकै मिलेमतोमा भएको होला भन्ने प्रचलन छ। एउटा तप्का त्यसो भन्न रुचाइरहन्छ।त्यसको त कुनै उत्तर नै छैन। 

संस्थापन पक्षलाई निर्वाचन भयो भने दोहोरो लाभ हुने बुझाइ छ। निर्वाचनमा विजयी हुने तथा त्यसकै बलमा महाधिवेशनलाई सभापतिले आफ्नो पक्षमा पार्ने अवसरका रुपमा पनि लिएको बुझाइ छ नि?
यसमा कुनै पनि सत्यता छैन। न कोही अधिवेशनबाट भाग्न खोजेको छ। महाधिवेशन समयमा नहुनुमा कोरोनाले गर्दा हुन नसकेको हो। 

विपक्ष दलले निर्णयलाई तत्कालै स्वागत गरेर निर्वाचनमा जाउँ भन्नुपर्ने हो। तर,हामीले त्यसो गरेनौं। संविधानमा लेखिसकेपछि त्यसको कार्यान्वयन हुनुपर्दछ। व्यवस्थालाई कमजोर पार्नु हुन्न भनेर नै असंवैधानिक भनेका हौं। प्रधानमन्त्रीको कदमलाई समर्थन गर्नुहुँदैन भनि विरोध गरेका हौं।

निर्वाचनमा जाँदा आफ्नो संख्या बढ्दा हुँदा सामान्यतयाः विपक्ष दलले स्वागत गर्ने हुन्छ। मध्यावधि निर्वाचन हुँदा कतिपय देशमा विपक्षीले स्वागत गरेका हुन्छन्। सत्ताधारी दल असफल भयो, हामीलाई निर्वाचित गर्नुस् भनि प्रतिपक्ष दल जनतामा जानेगर्छ। त्यो स्वाभाविक पनि हो। हाम्रोमा व्यवस्था अलि फरक भएकाले कांग्रेसले विरोध गरेको हो। संविधानको व्यवस्थालाई कुल्चन हुँदैन भनि हामीले विरोध गरेका हौं।

तपाईहरु त खुसी नै हुने परिस्थितिको निर्माण भयो। सच्चिनु पनि कांग्रेस परेन। नेकपाकै कारण चुनाव जित्ने अवस्था पनि आउने भयो?
सच्चिने भनेको केलाई भन्ने?जसको संसदमा संख्या नै कम छ, हामी बहुमतमा छौं भनि छोड भन्न पनि मिल्ने होइन। सत्ता चलाए जस्तो गर्न त हामीले सक्ने अवस्था छैन नि।

सत्ताको बदमासीलाई हामीले पटक-पटक विरोध गरेका हौं। भ्रष्टाचार, दुरुपयोग,कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको कुरा उठाएकै छौं। जनताको चासो र चिन्ता सरकारलाई छैन। यी कुरा त हामीले उठाएको उठायै हो नि।

सुरुमा सरकारको विरोध गर्दा कांग्रेसले किन हतार गरेको भन्ने पनि जनतालाई लाग्यो। त्यो बेला जनताको उपस्थिति पनि कम थियो। मंसिर २९ मा सरकारको विरुद्धमा विरोध प्रर्दशन गर्दा व्यापक उपस्थिति रह्यो। विरोधको लागि पनि समय आउनुपर्ने रहेछ। जनतालाई पनि अतिचार नै भयो भन्ने लाग्यो। कम्युनिस्ट सत्ताको काम छैन भन्नेमा जनता पुगे। अहिले हामीले विरोध गर्दा जनताको व्यापक सहभागिता भयो। विरोध गर्न पनि हामीलाई लागेर मात्रै नहुने रहेछ। जनतालाई पनि सत्ताले बदमासी गरेको महसुस गर्न दिनुपर्ने रहेछ।

डा महतसँग नेपाल लाइभले गरेको भिडिओ अन्तवार्ताः 

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्