• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

अबको राजनीतिक परिस्थिति ओलीको हातमा छैन : राम कार्की [अन्तर्वार्ता] 

64x64
नेपाल लाइभ मंगलबार, पुस २१, २०७७  २०:४६
1140x725

प्रतिनिधिसभा विघटन भएपछि नेपाल कम्युनिस्ट पार्टी दुई धारमा विभाजित भएको छ। विभाजनपछि यी दुवै खेमा एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन्। 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले ताजा जनादेशमा जानुपर्ने बताउँदै आएको छ भने पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्ष प्रतिनिधिसभा विघटनको निर्णय खारेज गरी पुनर्स्थापना गर्नुपर्ने पक्षमा छन्। 'प्रचण्ड-माधव पक्षलगायत कांग्रेस, जनता समाजवादीसहित अरु दलले ओलीको निर्णय संविधानमाथिकै हस्तक्षेप भएको भन्दै सडक तताइरहेका छन्।

प्रतिनिधिसभा विघटन भएपछि नेपालको कम्युनिस्ट आन्दोलन पश्चगमनतर्फ धकेलिएको केही वाम विश्लेषकहरूले बताउँदै आएका छन्। पछिल्लो राजनीतिक परिदृश्य, नेपालमा कम्युनिस्ट आन्दोलनको अवस्था र अबको बाटोलगायतका विषयमा नेकपाभित्र आलोचनात्मक चेत राख्ने नेताका रूपमा मानिएका राम कार्की 'पार्थ'सँग नेपाल लाइभका वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:

गत निर्वाचनमा तपाईंहरूले जनतासँग स्थिर सरकार र समृद्धिका लागि नेकपालाई भोट माग्नुभयो। अब बैसाखमा हुने निर्वाचनमा के दिन्छौँ भनेर भोट माग्नुहुन्छ?
नहुने चुनावको के नारा तय गर्नु? त्यसैले चुनावको झन्झट बैसाखमा आइपर्ने देखिँदैन। त्यसमा ढुक्क हुँदा हुन्छ। जुन नेताले आफ्नै पार्टीको सुविधाजनक बहुमतलाई विघटन गर्छन्, उनले हार्ने चुनाव पक्कै गराउँदैनन् होला। त्यसो हुँदा जित्ने चुनाव गराउनु पर्‍यो। उहाँको जितको सुनिश्चिता कसले गर्दिने? उहाँलाई चाहिने १३० देखि १४० सिट प्रत्यक्षमा र समानुपातिकका लागि ५० लाख भोट कसले ग्यारेन्टी गर्दिने? यदि कसैले त्यो पूरा गरिदिए उहाँले चुनाव गराउनुहुन्छ होला।

प्रतिनिधिसभा पुनर्स्थापना भएन भने चुनावबाहेक अरु विकल्प के हुन सक्छ र?  
चुनाव गर्ने भइदिएको भए अर्कै ढंगले समीक्षा गर्न सकिन्थ्यो। तर, यो चुनाव नगराउनका निम्ति गरिएको घोषणा मात्र हो। राजनीतिक रूपमा सामान्य ज्ञान भएको मान्छेका लागि बैसाखमा चुनाव गर्नका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेका होइनन् भन्ने कुरा बुझ्न गाह्रो छैन। 

२०१५ सालको निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्यायो। राजाले 'कू' गरेर पञ्चायती व्यवस्था ल्याए। २०४८ कांग्रेस, २०५१ को मध्यावधि निर्वाचनमा एमालेले बहुमत ल्याउँदा पनि उस्तै किचलो भयो। अहिले नेकपाले झन्डै दुई तिहाई मत ल्याउँदा उस्तै कचिंगल भयो।

हाम्रो नेतृत्वमा आफ्नै शक्ति व्यवस्थापन गर्ने क्षमता नभएको हो?
विष र मह एकै ठाउँमा फलेजस्तै क्रान्ति र प्रतिक्रान्ति सँगसँगै अगाडि बढिराखेका हुन्छन्। क्रान्तिकारीहरु जब आफ्नो दायित्वबाट चिप्लन्छन्, उनीहरुको नैतिक बल कमजोर हुन्छ। त्यो स्थितिमा स्वभाविक रूपमा प्रतिक्रान्तिले टाउँको उठाइहाल्छ। यो सधैँ हुँदै आएको छ। राजनीतिक रुपमा परिवर्तन भइसकेपछि वा राजनीतिक क्रान्ति भइसकेपछि त्यो सँगसँगै सामाजिक, आर्थिक, शैक्षिक सबै क्षेत्रमा त्यसलाई विस्तार गर्नुपर्ने हुन्छ। यदि त्यो विस्तार गर्न क्रान्तिकारी वर्गले काम गरेन भने स्वभाविक रुपमा प्रतिक्रान्तिले सजिलै टाउँको उठाउँछ। 

नेपालको सन्दर्भमा यतिबेला जुन प्रतिक्रान्तिका लक्षण देखा परिराखेका छन्। यसको कारण के हो भने क्रान्तिका जुन अगुवा छन् वा प्रणेताहरू छन्, उनीहरूबाट नेपालमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता समावेशितालगायत धेरै उपलब्धि प्राप्त भए।

Ncell 2
Ncell 2
nimb
nimb

गणतन्त्र, संघीयतालगायतका उपलब्धिलाई सामाजिक जीवनको अरु पक्षमा फैलाउनु पर्ने, गोडमेल गर्नुपर्ने, विस्तार गर्नुपर्ने त्यो कामै गरेनन्। उनीहरूले विजयसँगसँगै आफू यति मुग्ध स्थितिमा पुगे, गणतन्त्रपछि जति सरकार प्रमुखहरू बने। उनीहरूले जुन नीतिहरु बनाए कार्यक्रमहरु बनाए। ती कार्यक्रममा कहीँ गणतन्त्रको हिफाजत गर्ने संघीयतालाई हिफाजत गर्ने जनतन्त्रको प्रवर्द्धन गर्ने कामै गरेनन्। न उनीहरूले कुनै नीति तथा कार्यक्रम ल्याउँन सके।

त्यो तपाईंले भनेको फरक सन्दर्भमा भयो। यो कचिंगल कांग्रेसले बहुमत ल्याउँदा पनि उस्तै देखियो? 
क्रान्ति टट्कारो रुपमा देखिसकेपछि प्रतिक्रान्तिकारीहरू पनि स्वभाविकै रुपमा प्रयत्न गर्छन्। नेपालमा चलिरहेको १५/२० वर्षदेखि नवउदारवादी पुँजीवाद निर्बाध रुपमा चलिराखेको छ। जस्तो शिक्षा, स्वास्थ्य बजारको जिम्मा दिने। समाजलाई चाहिने उपयोगी वस्तुहरु बजारलाई जिम्मा लगाइदिने। यसले केही कर्पोरेट हाउसहरु धनी भएका छन्। जो सत्ता र सरकारसँग नजिक छन् उनीहरुकै हालीमुहाली छ।

देशका ३/४ वटा कर्पोरेट हाउसको पहुँचमा हाईड्रोइलेक्ट्रिकल, टेलिकम, बिमा र बैंकिङको क्षेत्रलगायत सबै कब्जा गरेका छन्। उनीहरूको हिफाजत गर्ने काम सरकारले गर्दै आएको छ। त्यो स्थितिमा कम्युनिस्ट पार्टीको बहुमत भइसकेपछि पार्टीमा आबद्ध भएकाहरूबीच ठूलो छलफल गरेर यातायातलाई कसरी हामीले दलालबाट मुक्त गरेर सार्वजनिक सेवाको विषय बनाउने? जनस्वास्थ्यलाई कसरी विस्तार गर्ने? शिक्षालाई कसरी जनताको पहुचमा पुर्‍याउने? यतातिर ध्यान जाँदै गएन। यतातिर ध्यान नगएका कारण प्रतिक्रान्तिको लागि मलिलो वातावरण बन्यो। 

Xtrem

Xtrem

प्रतिक्रान्तिको सुरुवात भइसकेपछि हिजो सत्तामा बसेकाहरुले विरोध गरी नै रहेका छन्। तर, नैतिक बल आइराखेको छैन। उनीहरुलाई जनताले साथ दिइराखेका छैनन्। हामीले कार्यकर्ता मात्रै विरोधमा उत्रेको देख्छौँ। अहिले यति ठूलो प्रतिगमनको कदम चालिएको छ। यसले विस्तारै दीर्घकालीन दुर्गामी असर देखा पर्दै जानेछन्। त्यो खराब स्थिति पैदा हुँदै जाँदा जनता अवश्य आउने छ। जनता फेरि विरोधमा आउँछ। यो स्थितिलाई जनताले अगाडि बढ्न दिँदैन। यो प्रतिक्रान्तिलाई फ्याकिदिन्छ। त्यसरी फ्याँक्दा के के फ्याँक्छ थाहा छैन। विकल्प ठिक ढंगले दिन सकेको भए यस्तो स्थिति हुने थिएन। नेकपाले नयाँ राजनीतिक कार्यक्रम नयाँ नेतृत्व अगाडि सारेर जाने हो भने नेकपाले नै विकल्प दिन सक्ने स्थिति बन्छ।  

प्रतिनिधिसभा विघटनको कदमलाई कसरी अर्थ्याउनु हुन्छ? 
नेपालमा ६०/७० वर्षदेखि चलिरहेको प्रजातान्त्रिक संघर्ष छ। पछि प्रजातान्त्रिक व्यवस्थामाथि प्रहार भएको छ। प्रजातन्त्र भनेको केवल भोट दिन मात्रै होइन। निर्बल मान्छेहरू आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा सबल बनाउने अभियान हो। त्यो सार्थक भएको स्थितिलाई हामी समाजवाद भन्छौँ। प्रतिनिधिसभा विघटन भएपछि त्यो पश्चगमनतिर जान थालेको छ। त्यो अग्रमनलाई ओलीजीले उल्टाइदिनुभयो।

अब राजनीति अनिश्चयतिर गयो। उल्टो दिशातिर गयो। अब बैसाखमा चुनाव हुँदैन। एकदमै निश्चित छ। किनभने यो बीचमा अरु खेलाडीहरू आइपुग्छन्। नेपाल स्थिर नबनोस्। नेपालमा स्थरता नआओस्। नेपाल एक सम्पन्न देश नबनोस्, शक्तिशाली नबनोस् भनेर चाहने सबै प्रतिगामीका मतियारहरू अब आउँछन्। र त्यो ओलीजीको हात मात्रै रहँदैन। 

हामी यसरी नै पश्चगमनतिर लाग्यौँ भने परिवर्तनका उपलब्धि उल्टिने सम्भावना कति देख्निुहुन्छ? गणतान्त्रिक व्यवस्था नै धरापमा परेको हो त?
राजतन्त्र आम जनताले भोगिसकेको व्यवस्था हो। आफूले चाखिसकेको परीक्षण भइसकेको नेताको पछाडि लाग्न अनकनाई राखेको अवस्था छ। यो हजारौँ साल भोगिसकेको राजतन्त्र पछाडि जनता किन लाग्ला र? उनीहरूकै मान्छेहरू दरबारमै पालित पोषित मान्छेहरुबाहेक अरु मान्छे त्यसको पक्षमा लाग्ने देखिँदैन।

त्यो माहोल फेरि देशैभर बढ्दै गएको देखिन्छ? 
शासकले आफ्नो संस्कृति फेर्न नसकेको कारणले यो भएको हो। आफ्नो उठाइबसाइ आफ्नो खुवाई बोलाई तमाम चिजहरु गणतन्त्रको जस्तो भएन। प्रजातान्त्रिक गणतन्त्रका शासकको जस्तो व्यवहार भएन। जस्तो उदाहरणको निम्ति हामीले देख्छौँ, राष्ट्रपति साइकल चढेका हुन्छन्। प्रधानमन्त्री सब्जी बजारमा किन्दै गरेको भेट्छौँ। 

हाम्रो देशमा चाहिँ गणतान्त्रिक शासकलाई कहीँ जानुपरे दुई घण्टा बाटो जाम गर्नुपर्ने? उसलाई लामो कारको ताती चाहिनुपर्ने भएपछि सांस्कृतिक रुपमा गणतन्त्र भएन। राजतन्त्रमा पनि त्यही थियो। गणतन्त्रमा पनि त्यहीँ हुन पुग्यो। राजतन्त्रका बेला त्यही भारी भयो भनेर  फ्याकेको होइन? आजपनि त्यहीँ संस्कृति पुर्नजीवित भईरहने हो भने जनतालाई यो मेरो सरकार भन्ने हुँदैन। 

शासकको स्वभाव र शैली परिवर्तन नभएपछि राजतन्त्र फर्किएर आउँछ कि भनेर अड्कलबाजी हुनु स्वभाविकै हो। तर, जे होस् नेकपा र कांग्रेसले आफू सच्चिएको भन्नुपर्ने हुन्छ। आम जनताका बीचमा गएर भन्नुपर्‍यो। हामीले गल्ती गरियौँ। विनम्रतापूर्वक जनता कहाँ गएर हामीलाई मौका दिनुस् भन्नुपर्‍यो। हामीले यस्तो गल्ती दोहोर्‍याउँदैनौँ भन्नुपर्‍यो। आम जनतालाई नयाँ कार्यक्रम दिनसक्नु पर्‍यो। त्यसपछि नेतृत्व पनि नयाँ देखिनुपर्छ। नेतृत्व नयाँ देखिनुपर्छ भनेको युवा देखिनुपर्छ भन्ने होइन, त्यो विचारमा युवा हुनु पर्‍यो। 

अहिलेको नेतृत्वमा भएका वा अरु नेतामा त्यस्तो विकल्प दिन सक्ने देखिँदैन। त्यो नहुँदासम्म क्रान्ति र प्रतिक्रान्तिको लडाईंको फैसला हुँदैन। प्रतिक्रान्तिलाई जित्न नेपालका यत्रो जागरण छ। जुन प्रकारले दलित जनजाति, महिलाहरू उठेका छन्। त्यसलाई कुल्चन प्रतिक्रान्तिकारीहरु लागेपनि सजिलो छैन। र क्रान्तिलाई अगाडि बढाउनको निम्ति स्वभाविक रुपमा नयाँ नेतृत्व नयाँ कार्यक्रम लिएर आउनुपर्छ। 

तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा सैद्धान्तिक-वैचारिक पक्षलाई बेवास्ता गरिएकाले एकता लामो समय नजाने आँकलन विश्लेषकहरूले गरेका थिए नि!
निश्चित रुपमा त्यो बीचमा लाखौँ कार्यकर्तालाई बाँध्ने वैचारिक-राजनीतिक कार्यक्रम हुनुपर्थ्यो। यदि त्यसो गरेको भए यो हालत यस्तो हुँदैनथ्यो होला। वैचारिक-राजनीतिक कार्यक्रमले नबाँधेपछि हुने हालत यस्तै हो। अहिले दाने गाईजस्तो भएको छ, जुनजुन गोठबाट दान गरेर ब्राह्मणकहाँ आइपुगेको थियो। ती नै गोठतिर फर्किएर जानेस्थिति जस्तो बनिराखेको छ। यस्तो हुनु राजनीतिक कार्यक्रमले एक ठाउँमा बाँधिराख्न राजनीतिक र वैचारिक कार्यक्रम भएन।

को कुर्सीमा ठूलो बस्यो? कसका भानिजलाई कहाँ नियुक्ति दिइयो? भन्ने कुराले कार्यकर्ता बाँधिदैन। मैले जुन भनेको थिएँ, अब वैचारिक-राजनीतिक ढंगले बाँधेनौं भने टिक्दैन भनेको थिएँ। नभन्दै आज त्यस्तै भयो। उहाँहरुले राजनीतिक-वैचारिक ढंगले विकसित तुल्याउने गर्नुभएन। त्यो स्वभाविकै रुपमा परिणाम हाम्रो अगाडि छ।

विचार र सिद्धान्तसहितका कम्युनिस्ट विप्लव, वैद्य र मोहनविक्रमको हालत जनताले हेरिरहेकै छन्। विचार र सिद्धान्त नभएका भनिएका ओली-प्रचण्ड नेतृत्वको सरकार हेरेपछि अब आमजनता कम्युनिस्ट पार्टीबाट पनि जनमुखी काम हुँदैनन् भन्ने भ्रमबाट मुक्त भए होला है?
जनता कहिँलेकाहीँ मात्रै महान हुन्छन्। सधैँभर जनता महान हुन्थ्यो भने त महान् महान् काम मात्रै हुन्थ्यो। मुख्य कुरा जनता कहिँलेकाँही मात्रै महान् हुन्छन्। त्यो महान भएको बेला इतिहासलाई पूरै परिवर्तन गर्छन्।

तपाईंले संकेत गर्नु भएजस्तै सिद्धान्तनिष्ठ मान्छेका पछाडि जनता लाग्ने रहेनछन्। त्यो बुझ्दै गएपछि जनताले साथ दिँदै जान्छन्। हिजो हामीलाई राष्ट्रिय राजनीतिमा प्लेटफर्म दिने काम मोहनविक्रम, मोहन वैद्यजस्तै मान्छेले गरेका हुन्। पुष्पलालहरुले गरेका हुन्।

उनीहरुले बनाएको प्लेटर्फममा उभिएपछि मात्रै हाम्रो परिचय राष्ट्रिय भएको थियो। त्यो ओली-प्रचण्ड-माधव नेपाल सबैको परिचय त त्यसरी नै बनेको हो। आज उनीहरुसँग संख्यात्मक रुपमा कम मान्छे होलान्। पार्टी सदस्यहरुको कम होलान। तर, बढी हुनेहरुले के गरे भन्ने स्वभाविकै रुपमा प्रश्न आइहाल्छ। मुख्य कुरा राजनीतिमा उदाहरण बन्ने हो। तपाईंसँग कति मान्छे छन् भन्ने कुरा होइन। जस्तो कांग्रेसका कृष्णप्रसाद भट्टराई जब उनकै पार्टीले विश्वास गरेनन्। त्यतिबेला उनले हात जोडेर साथीहरुसँग ममाथि विश्वास छैन। प्रधानमन्त्री रहिनँ भन्नुभयो। त्यसले कृष्णप्रसाद भट्टराईलाई सानो बनायो र? नेपालको प्रजातन्त्रको चर्चा परिचर्चा गर्दा कृष्णप्रसाद भट्टराईको यो उदाहरण जहिल्यै अगाडि आउँछ। त्यसैले कस्तो पोल्टिसिन बन्ने? पैसा घर-घडेरी आर्जन गर्ने पोल्टिसिन बन्ने कि? साढुभाईलाई, भान्जे-ज्वाईलाई ठूलो बनाउने राजनीति गर्ने भन्ने मूल प्रश्न हो। 

सत्ता बाहिर र भित्रै हुँदा पनि कम्युनिस्टले केही गर्न सकेको देखिएन। अब नेपाली कम्युनिस्ट आन्दोलनको विसर्जनको समय आयो भन्न सकिन्छ? 
विकल्प खोज्नैपर्छ। मार्क्सका पालामा कम्युनिस्ट पार्टीले काम नगरेपछि लेनिनको पालामा अर्कै कम्युनिस्ट पार्टी बन्यो। लेनिनको पालाको कम्युनिस्ट पार्टीले काम गरेन भनेरै माओले अर्कै ढंगको कम्युनिस्ट पार्टी बनाए। त्यसैले हरेक समयमा त्यो समयको ताकिताअनुसार त्यसको कन्टेक्समा नयाँ संगठन नयाँ पार्टी नयाँ कार्यक्रम ल्याउनै पर्छ।

यदि त्यस्तो स्थति भयो भने नेपालको कम्युनिस्ट आन्दोलन सकिने स्थितिमा पुग्छ?
स्वभाविकै रुपमा समय परिस्थितिअनुसार परिवर्तन गर्न नसक्नेहरू सबै खतम हुन्छन्। पृथ्वीबाट डाइनोसर किन खत्तम भयो? जुन खालको भूगोलमा हावापानीमा परिवर्तन आइराखेको थियो। त्यससँग समायोजन गर्न नसकेपछि डाइनोसर लोप भयो। जो परिस्थितिसँग अपडेट हुँदैन, त्योसँग समायोजन गर्दै नयाँ विकास गर्न सकेन भने कुनै राजनीतिक पार्टी समाप्त हुन सक्छ। 

त्यसो भए आमजनताको झरझराउँदो कम्युनिस्ट पार्टी बनाउन के-के गर्नुपर्‍यो? 
मुख्य कुरा सिद्धान्तमाथि निष्ठा राख्नुपर्‍यो। सिद्धान्तनिष्ठले नै कर्तव्यपरायण बनाउँछ। तपाईं सिद्धान्तप्रति निष्ठावान् हुनुभएन भने कर्तव्यपरायण बन्न सक्नुहुन्न। तपाईं नैतिक बन्नुहुन्न। तपाईं अनैतिक बन्नुहुन्छ।

आफूमा कर्तव्यबोध नभएको मान्छेले देश र समाजलाई अगाडि लान सक्दैन। त्यसैले सिद्धान्तनिष्ठ हुनुपर्‍यो। सिद्धान्तनिष्ठ भएर नेपालका निम्ति आगामी २०-२५ वर्षका लागि चाहिने विकास मौलिक रणनीति तयार गर्नुपर्‍यो। त्यो कुरा जनताको अगाडि राख्नुपर्‍यो। ती भनाइ लेखाइमा र डकुमेन्टमा व्यवहारिक रूपमा प्रतिबद्ध बन्नुपर्‍यो। जति सकिन्छ त्यति बन्ने प्रयास गर्नुपर्‍यो।

अक्षरमा देखिए जत्ति प्रतिबद्ध बन्न नसकिएला। तर जति सकिन्छ कोसिस गर्नुपर्‍यो। नसकेका कुराहरुमा जनतासँग स्पष्ट भन्नुपर्‍यो। जस्तो म बुढो भएपछि बसमा उभिएर यात्रा गर्न सक्दिनँ। मलाई कारमा चढ्नुपर्ने भयो। मलाई कारको व्यवस्था गरिदेऊ, होइन भने म हिड्न सक्दिनँ भनेर स्पष्ट रुपमा भन्नुपर्‍यो। सबै कुरा पारदर्शी हुनुपर्‍यो। म जे खान्छु, जे लगाउँछु, म जसरी बस्छु त्यो कुरा पारदर्शी हुनुपर्‍यो। डेमोक्रेसी भनेको पादर्शीता पनि हो। जुन प्रकारको जीवनशैली यहाँ नेताहरुले अपनाउन खोजे। त्यो कुरालाई लिएर काफी रुपमा पत्रपत्रिका मार्फत बाहिर आयो। त्यसले एक प्रकारले जनतामा वितृष्णा जगाउने काम गर्‍यो। अहिले जो सत्तामा छन्। तिनीहरुको जुन व्यवहार छ। त्यो व्यवहारले स्वभाविकै रुपमा उनीहरु मात्रै होइन। आउने पुस्ता पनि दण्डित हुनुपर्ने खालको वातवारण बन्दैछ।

नेपालबाट कम्युनिस्ट आन्दोलन सिद्धिने स्थितिमा पुगेको भन्न मिल्छ? 
कम्युनिस्ट आन्दोलन फेरि नयाँ संस्करणमा आइहाल्छ। त्यो आउनैपर्छ। अहिले पश्चिम-युरोपमा देखिएको संकटले कम्युनिस्ट व्यवस्थाको खोजी गर्न थालेको छ। अहिले नेपालमा आएको संकट सिस्टममै आएको संकट हो। नेपालमा जुन सिस्टम लागू भएको छ। त्यो समाजवादी होइन। त्यसमा एकदम स्पष्ट हुनुपर्‍यो। तपाईंले गहिरो गरी विचार गरिदिनुस्। नेपालमा जुन खालको व्यवस्था लागू भइराखेको छ। यसमा समाजवादसँग कुनै साइनो छैन। यो नवउदारवादी पुँजीवादी व्यवस्था हो। नवउदारवादी व्यवस्थामा संसारभर संकट आएको छ। त्यो संकट यहाँ पनि देखापर्‍यो।

हाम्रा नेताहरुको जीवनशैलीमा जुन स्खलन आएको छ। त्यो स्खलनले पनि अझबढी जटिल बनाइदियो।यसलाई अझ भल्गर बनाइदियो। नवउदारवाद पुँजीवादमा त्यसै संकट आइराखेको छ। जस्तो सबै ठाउँमा लोकप्रियतावाद देख्छौँ। सबै संवैधानिक निकाय संकुचन हुँदै गइराखेका छन्। न्यायालयले न्याय दिन्छ भनेर आम जनताले भन्न सकिरहेका छैनन्। यो भनेको कति खतरनाक स्थिति हो प्रजातान्त्रिकहरुका लागि निम्ति उस्तै हो। 

त्यसो भए नेकपामा आएको संकट नवउदारवादी पुँजीवादमा आएको संकट हो?
निश्चित रूपमा होइन। नेकपाले त्यही नवउदारवादी पुँजीवादलाई नै कार्यान्वयन गरी राखेको हुनाले नेकपामा पनि आइपुग्यो। यदि नेकपाले समाजवादी बाटो लिन खोजेको भए यो संकटलाई छल्न सक्थ्यो। अहिले पनि यो संकटबाट जोगिँदै अगाडि बढ्नको निम्ति नेकपाले समाजवादी कार्यक्रम लिनैपर्छ। 

पार्टी विभाजन हुनुभन्दा अघि भारतीयहरू लाइन लागेरै काठमाडौं आए। विभाजनपछि चिनियाँहरू उसै गरी लाइन लागे। यसरीलाई कसरी व्याख्या गर्नुहुन्छ?
स्वभाविकै रूपमा हामीले व्याख्या गर्नुभन्दा पनि भारतीय बुद्धिजीवीहरूले लेखिराखेका छन्। हामीले हिन्दूस्तान टाइम्स, टाईम्स अफ इन्डियालगायत अरु पत्रिकाहरुका लेखहरु हेर्दा पनि पछिल्लो समय ओलीजी भारततिर फर्किनु भएको छ। यो भारतीय कूटनीतिकज्ञहरूले लेखिराखेको कुरा हो, मैले लगाएको आरोप होइन।

त्यसपछि उताबाट दनादन मान्छेहरु काठमाडौँ आएका हुन्। त्योभन्दा अगाडि बोलचालै बन्द भएको स्थिति थियो। भारतीय कुटनीतिज्ञहरूले नै भन्दै छन्। यसले भारतलाई धेरै नाफा हुँदैन भन्ने खालको लेखहरू आइराखेका छन्। के देखिन्छ त भन्दा भारत आफ्नो मिसनमा सफल भएको देखिन्छ। त्यसैगरी, चिनियाँहरु आए। उनीहरू प्रारम्भिक गृहकार्यका लागि मात्रै आएका हुनजस्तो लाग्छ।

त्यो भए अब प्रधानमन्त्री ओलीको राष्ट्रवाद छर्लंगै भयो है? 
बुझ्ने मान्छेलाई को कति राष्ट्रवादी हो भन्ने थाहा थियो। महाकालीको पानी स्याटेलाइटबाट बेचेर अर्बौं पैसा कमाउन सकिन्छ भन्नेपनि सुनेकै हौँ। यस्ता तिता कुराहरु मान्छेले आफ्ना गल्ती सुधारेर अगाडि बढ्ला भनेको त्यस्तो देखिएन। 

यो राजनीतिक अस्थिरताले विदेशहरु चलखेल गर्ने मैदान बन्ने भयो?
स्वभाविक रूपमा आफ्नै घरमा लडाई गर्न थाल्यौ, चिथोराचिथोर गर्न थाल्यौँ भने छिमेकीले कति चोट लाग्यो भनेर छामछुम पार्ने नै भयो। तिमीलाई यसरी कुटेछ है, कुट्न नहुने हो, कस्तो पापी रहेछ भन्न थालिहाल्छ नि! अर्को थरीलाई तिमीले ठीक गर्‍यौ तह त लागाउनु पर्‍यो नि भन्छ। यो बढ्दै जाने देखिन्छ घट्ने संकेत देखिएको छैन। 

भिडियो

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  २०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्