• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

आधा क्षमतामा पनि उडेनन् वाइडबडी, व्यवस्थापनको लापरबाहीदेखि कोरोनाको चपेटासम्म

64x64
उत्तम काप्री मंगलबार, पुस २१, २०७७  १५:४३
1140x725

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का २ वटा वाइडबडीले विगत साढे २ वर्षयता आधा क्षमतामा पनि उडान भर्न नसकेको पाइएको छ। व्यवस्थापन र नेतृत्वमा रहेका कर्मचारीहरू कमिसनको खेलमा लाग्दा र कोरोनाको चपेटाका कारण निगमका बाइडबडी क्षमताको आधा पनि उड्न नसकेका हुन्। 

अन्तर्राष्ट्रिय उडानका लागि भन्दै झन्डै साढे २ वर्ष अगाडि खरिद भएका २ वटा वाइडबडी जहाजले अहिलेसम्म फुलफेजमा उडान गर्न सकेका छैनन्। कोरोना महामारी सुरु भएयता जहाज थन्किएकै अवस्थामा पुगेका छन्। 

प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलर खर्चेर खरिद गरिएका वाइडबडी जहाजले फुलफेजमा उडान गर्न नपाउँदा निगम निरन्तर घाटामा समेत जान थालेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा झन्डै २ अर्ब घाटा व्यहोरेको नेपाल एयरलाइन्सले आर्थिक वर्ष ०७६/७७ मा झन्डै ५ अर्ब घाटा व्यहोरेको अनुमान गरिएको छ। यद्यपि, घाटा विवरण अझै सार्वजनिक गरिएको छैन। २ वटा वाइडबडीको दैनिक उडान क्षमता १५ घण्टासम्म भएपनि अहिलेसम्म अधिकतम १० देखि ११ घण्टाभन्दा बढी उड्न सकेका छैनन्।

वाइडबडी फुलफेजमा उडान नहुँदा त्यसको प्रत्यक्ष असर जहाज खरिदका लागि लिइएको २५ अर्ब ऋणको किस्ता र ब्याजसमेत समयमै भुक्तानी हुन सकेको छैन। त्यही ऋण बढेर ३० अर्ब रुपैयाँ पुग्न लागिसकेको छ। निगमले झन्डै १० प्रतिशत ब्याजमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण लिएको थियो। 

निगमले पहिलो वाइडबडी ‘अन्नपूर्ण’ २०७५ असार १४ गते र  दोस्रो वाइडबडी साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको थियो। तर, व्यावसायिक उडान भने दुवै जहाज नेपाल आएको एक महिनापछिबाट सुरु  भएको थियो। पहिलो  वाइडबडी अन्नपूर्णले पहिलो व्यावसायिक उडान कतारको दोहाबाट सुरु गरेको थियो।

यसरी उडान सुरु भएको जहाजले अहिले साढे २ वर्षको अवधिमा सरदर प्रतिजहाज ६ हजार घण्टा उडान भरेका छन्। जसमा ‘अन्नपूर्ण’ले २०२० को डिसेम्बर १८ सम्म ५ हजार ८ सय ३१ घण्टा उडान भरेको छ भने १ हजार ६ सय १७ वटा उडान तथा अवतरण गरेको छ। जुन उडान गर्न सक्ने क्षमताको ४० प्रतिशत पनि नभएको। नेपाल एयरलाइन्सका वरिष्ठ पाइलटहरु बताउँछन्।

‘अन्नपूर्ण’को व्यावसायिक उडान भने २०७५ साउन १६ गतेबाट सुरु गरेको थियो। ‘नाइन एन एएलवाई’ कलसाइन दिइएको अन्नपूर्ण वाइडबडी ए३३०–२०० जहाजले २९ महिनामा निरन्तर रुपमा फूल फेजमा उडान गर्न पाएको भए १३ हजारघण्टा भन्दा बढी उडान गर्न सक्थ्यो। यो उडान घण्टा दैनिक १५ घण्टाको क्षमताको आधारमा हिसाब गरिएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

यसैगरी, साउन १० गते नेपाल आएको दोस्रो वाइडबडी ‘मकालु’ ले भने भदौ १६ गतेबाट व्यावसायिक उडान सुरु गरेको थियो। ‘कलसाइन नाइन एन एएलजेट’ दिइएको मकालुले अहिलेसम्म ६ हजार २८ घण्टा उडान भरेको छ। साथै १ हजार ७ सय १२ पटक उडान तथा अवतरण गरेको छ। जुन अन्नपूर्णकोभन्दा केही बढी हो। तर, यो पनि उडान क्षमताको ५० प्रतिशत मात्रै हो। मकालुको उडान अवधि पनि डिसेम्बर १८ सम्मको हो। मकालुले व्यावसायिक उडान सुरु गरेको २८ महिना भइसकेको छ। २८ महिनामा फुलफेजमा यसले उडान भर्न पाएको भए १२ हजार ६ सय घण्टा उडान भर्न सक्थ्यो। 

किन फुलफेजमा उडेनन् वाइडबडी?
लामो दूरीको अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्न भन्दै ल्याइएका २ वटै वाइडबडीले फुलफेजमा उडान गर्न नसक्नुको कारण सरकारी लापरबाहीदेखि निगम व्यववस्थापनको कमजोरी हो। तर, पछिल्लो १० महिना भने विश्वमा आएको कोरोना महामारी पनि अर्को कारण हो।

फुलफेजमा वाइडबडीको उडान हुन नसक्नुमा सरकार पनि दोषी छ। वाइडबडी जहाज आउँदासम्म निगम महाप्रबन्धको जिम्मवारीमा सुगतरत्न कंसाकार थिए। उनले नै जहाज उडानको लागि व्यवस्थापन गरिरहेका थिए। तर, जहाजले व्यवसायिक उडान सुरु भएको केही साता पनि नबित्दै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीलाई 'बाइपास' गरेर प्रधानमन्त्री केपी ओली शर्माले निगमका पूर्व 'भगौडा' महाप्रबन्धक मदन खरेलललाई कार्यकारी अध्यक्षको जिम्मेवारीमा ल्याए। 

खरेल जिम्मेवारीमा आएपछि जहाज उडानका लागि आवश्यक गन्तव्यको खोजी गर्नुको सट्टा अघिल्लो व्यवस्थापनले थालेको कामलाई समेत रद्द गर्दै अगाडि बढ्न थाले। खरेलले नयाँ गन्तव्यमा उडान सुरु गर्न सकेनन्। नयाँ गन्तव्यको उडान सुरु गर्दा पनि घाटाको गन्तव्य जापानको ओसाकामा सुरु गरे। यो विवादितसमेत भयो। 

त्यति मात्रै नभई जहाज उडानका लागि खरेलले पाइलट व्यवस्थापन गर्न पनि सकेनन्। खरेलले जहाज उडानका लागि नेपालकै जनशक्ति उत्पादनको सट्टा कमिसनको खेलमा विदेशी पाइलट भित्र्याउने खेलमा लागे। 

अन्तत खरेलले २०७६ माघमा निगम कार्यकारी अध्यक्ष पदबाट राजिनामा दिए। त्यसपछि केही समय निगम नेतृत्व बिहीन हुन पुग्यो। नयाँ गन्तव्यको खोजीमा निमगले ध्यान दिन सकेन। नेतृत्वविहीन अवस्थामा निगमले पुरानै गन्तव्यमा वाइडबडीबाट उडान गरिरह्यो। २०७६ चैतबाट सरकारले कोरोना रोकथामका लागि भन्दै अन्तर्राष्ट्रिय उडान बन्द गर्‍यो। भएका २ वटै वाइडबडीको उडान केही दिन बन्द भयो। 

कोरोना सुरु भएपछि नै नेतृत्वविहीन नेपाल एयरलाइन्समा सरकारले पूर्वपर्यटन सचिव सुशील घिमेरिलाई कार्यकारी अध्यक्षमा नियुक्ति गर्‍यो। तर, घिमिरेले उक्त समयमा जहाज उडान गरेर आम्दानी गर्न सक्ने अवस्था नै रहेन। तैपनि, कोरोनाको समयमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजले अष्ट्रेलिया तथा युरोपका मुलुकसम्म चार्टर उडान गर्न पायो। त्यस्तो उडान सिमित मात्रै थियो।

कोरोनाकै समयमा बोकेका सामानको समेत सरकारले अहिलेसम्म भुक्तानी गरेको छैन। स्वास्थ्य मन्त्रालयले विवादास्पद खरिद प्रक्रियामा ओम्नीको सामान बोकेको करिब २ करोड रुपैयाँ निगमलाई तिरेको छैन।

कोरोनाकै समयमा सरकारले विदेशमा अलपत्र परेका नागरिक नेपाल ल्याउन उडान अनुमति दियो। तर, त्यसरी उडान अनुमति दिँदा पनि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्सको व्यापार खोसेर हिमालयलाई नै बढी उडान अनुमति दिइएको थियो।

जहाज खरिदका लागि लिइएको २५ अर्ब ऋणको किस्ता र ब्याजसमेत समयमै भुक्तानी हुन सकेको छैन। त्यही ऋण बढेर ३० अर्ब रुपैयाँ पुग्न लागिसकेको छ।

दसैँपछि केही समय यात्रु पाएपनि निगमले यात्रु अभावमा कतारको दोहामा उडान गर्न वाइडबडी प्रयोग गर्न छोडेर एयरबस ३२० प्रयोग गर्न थालेको छ। भारतको दिल्लीमा पनि अहिले एयरबबल उडान भएको छ। उक्त गन्तव्यमा पनि पहिले निगमले वाइडबडी प्रयोग गर्ने गरेको थियो। यात्रु अभावका कारण खर्च धान्न नसक्ने अवस्थामा भएपछि त्यहाँ पनि एयरबस ३२० नै उडान गर्दै आएको छ।

वाइडबडीको अर्को गन्तव्य हङकङमा पनि कोरोना परीक्षणमा ल्याबको लापरबाहीका कारण ४ पटकसम्म १५/१५ दिनसम्मको उडान प्रतिबन्ध खेप्न निगम बाध्य भयो। अहिले भने निगमले हङकङमा एक सातामा एक उडान गर्दै आएको छ। यो उडानमा वाइडबडी प्रयोग हुँदै  आएको छ।

यसैगरी, निगमले वाइडबडी जहाजमार्फत् जापानको नारितामा उडान गर्दै आएको छ। नारिताका लागि सातामा एक उडान गर्दै आएको निगमले अहिले भने २ वटा उडान गर्न थालेको छ। निगमले वाइडबडीका लागि नयाँ गन्तव्य खोजी कार्यलाई तीव्रता दिएको छ। 

कोरोना महामारीको असर कम भएसँगै निगमले चीन, कोरिया र साउदी अरबका केही गन्तव्यमा वाइडबडीमार्फत् उडान गर्ने तयारी थालेको छ। निगमले योसँगै पछिल्लो समय वाइडबडीको उडान खर्च पनि क्रमशः कटौती गर्दै लगेको छ। कुनै बेला १८ जना विदेशी पाइलटलाई प्रतिव्यक्ति २० लाखभन्दा बढी तलब दिँदै आएको निगमले अहिले ४ जना मात्रै विदेशी पाइलट वाइडबडी उडानमा राखेको छ। उनीहरुको तलब पनि निगम नयाँ नेतृत्वले घटाइसकेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्