• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओलीको संकीर्णतामा देउवाको दाउ

64x64
भानु बोखिम मंगलबार, पुस २१, २०७७  १८:०३
1140x725

प्रधानमन्त्री केपी ओलीले सनकमा प्रतिनिधिसभा विघटनको कदम चालेपछि यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। राजनीतिज्ञ, नेता तथा कानुनविदहरूले यसको विरोध गरिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोमनमा छन्। देउवाले विरोध जनाए जस्तो गरेका छन्, तर चाहना निर्वाचनमै केन्द्रित छ।

प्रतिनिधिसभा विघटनको सवालमा धेरै दलको आ-आफ्नै दाउ छ, संविधानको मर्ममा टेक्ने कि आफ्नो स्वार्थ अनुसार अघि बढ्ने? अहिले देउवा पनि यही दोमनमा अल्झिरहेका छन्। देउवा प्रतिसभासभा विघटनमा आफ्नो नाफाघाटाको जोडघटाउ गरिरहेका छन्। देउवाले निर्वाचन परिणाम पछि जुन अप्ठ्यारा र आरोपको सामना गरिरहेका थिए, त्यसबाट निकास पाउने बाटो यही प्रतिनीधिसभा विघटनमा देखिरहेका छन्। उनलाई यो अवसर प्रधानमन्त्री ओलीको सनक र संकीर्णताले दिएको हो।

अधिकांश राजनीतिज्ञलाई राष्ट्रवाद प्यारो शब्दावली हो। भलै यसका सबै परिणाम प्रियकर हुँदैनन्। आफ्नो स्वार्थलाई प्राथमिकतामा राख्नु मानवीय गुण हो। मानव हुनुको नाताले यो स्वार्थ नेतामा नहुने कुरै भएन। आफ्नो स्वार्थलाई सर्वाेपरि ठान्ने काममा तेश्रो विश्वका राजनीतिज्ञहरु अझ अगाडि छन्। यसमा शेरबहादुर देउवा अछुतो रहने कुरै भएन। ओलीको राष्ट्रवादमा धमिरा लागिसकेको बेला देउवाले निर्वाचन, सत्ता राजनीति र पार्टी दुवैमा रजगज गर्ने मौकाको रूपमा हेरेका छन्। 

'राष्ट्रवाद' व्यवहारमा उति लाभदायी नभएपनि मौका पाउन नेताले यसको प्रयोग गर्छ नै। संविधान निर्माणको बेला दक्षिणी छिमेकी रुष्ट थियो। परिणामतः नेपालमा नाकाबन्दी लाग्यो। कतिपयलाई यो नाकाबन्दी होइन भन्ने पनि लाग्छ। यसलाई दृष्टिकोण र बुझाईको भिन्नता ठान्नु उचित हुनेछ। यथार्थ यो हो कि संविधान निर्माणमा असन्तुष्ट भारतले नेपाललाई दुःख दिएकै हो। नेपाली जनताले दुःख भोग्दै गर्दाै तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अत्यधिक मुनाफा भयो। राष्ट्रवादको नाममा उनको लोकप्रियताको ग्राफ निकै माथि पुग्यो। 

ओलीको राष्ट्रवादमा धमिरा लागिसकेको बेला देउवाले निर्वाचन, सत्ता राजनीति र पार्टी दुवैमा रजगज गर्ने मौकाको रूपमा हेरेका छन्। 

ओलीको लोकप्रियताले उनको दललाई पहिलो स्थान दिलाउन सक्थ्यो। तर सत्तामा विराजमान गराउने सुनिश्चितता थिएन। यो यथार्थ ओली स्वयंले बुझेका थिए। आफ्नो लोकप्रियताका बाबजुद तात्कालीन एमालेले बहुमत ल्याउँदैन भनेर माओवादीसँग चुनावी एकता गरे। माओवादी र एमालेको संयुक्त लगानीले फल राम्रै दियो। पार्टी एकता गरेपछि उनले लामो समयसम्म दुई तिहाईको धमास दिइरहेका थिए। तर ओली यति संकीर्ण भए कि बिरुवा रोप्न साथ दिनेसँगै फल बाँड्न चाहेनन्। जब अर्काे पक्षले जबर्जस्ती हिस्सा खोज्यो, ओलीले फलको सिंगो रुख नै ढालिदिए। उनको प्रहारले नेकपालाई त कमजोर बनायो नै, संविधानले पनि मजबुत हुने मौका पाएन। 

हरेक संविधानहरू निर्माणताका उत्कृष्ट भएको दाबी गरिन्छ। तर संविधानको उत्कृष्टता र मजबुति त्यसपछि शासन गर्ने राजनीतिक दल र नेताहरूको गतिविधिले तय गर्छ। साशकले संविधान सबैको हितमा प्रयोग गर्न खोज्छ वा आफ्नो व्यक्तिगत स्वार्थको निम्ति मात्र? संविधानको आयु र उत्कृष्टता यसैले निर्धारण गर्छ।

२०४७ सालको संविधानको आफ्नै सीमा थिए। यसले सबैलाई समेट्न सकेको थिएन। संसारको त्यस्तो कुनै आदर्श संविधान नहोला जसले समाजको सबै वर्ग, समुदाय, लिंग, धर्म वा पक्षहरुलाई सन्तुष्ट पारेको होस्। वर्तमान संविधान पनि सबै नेपालीको लागि स्वीकार्य छैन। समयक्रममा संसोधन गरेर सबैको लागि स्वीकार्य बनाउँदै जानुपर्छ। तर ओलीले त्यसको निम्ति ध्यान दिएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

संविधान संसोधनमा मधेशवादीको माग र चाहनालाई ओलीले सधै नजरअन्दाज गरे। तर आफ्नो स्वार्थको निम्ति संविधानमै नभएको धारा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरे। ओलीको यो कदमले संविधानको स्वीकार्यता बढाउने होइन, आफ्नो हितमा प्रयोग गर्ने मात्र देखिन्छ। आफ्नो हितमा मात्र प्रयोग गर्नु खोज्ने काम संविधानको पालन हैन, संविधानमाथिको प्रहार हो। प्रहार भइसकेको संविधानले भविष्यको शासन व्यवस्थालाई दिशानिर्देश गर्छ भन्नेमा सधै शंका रहन्छ। 

समग्रमा प्रतिनिधिसभा विघटन ओलीको अहम् र संर्कीणताको प्रतिफल हो। यसले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका पक्षधरहरू निराश छन्। ठिक विपरीत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अचाक्ली हौसिएका छन्। यस्तो बेला नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक दलले प्रतिनिधिसभा विघटनको खरो विरोध गर्नु पर्ने हो। तर यसमा कांग्रेसको मनोविज्ञान विभाजित छ। त्यसमा पार्टी सभापति देउवा प्रतिनिधिसभाको विघटनलाई आफ्नो हितमा प्रयोग गर्न खोजिरहेका छन्। उनी आफूमाथिको घेराबन्दी तोड्ने सुनौलो अवसरको रुपमा हेरिरहेका छन् प्रतिनिधिसभा विघटनलाई। 

शेरबहादुर देउवा प्रधानमन्त्री र पार्टी सभापति दुवैको रुपमा खरो सावित हुन सकेनन्। तर देउवा कुनै आदर्श नेता होइनन्, जो आफ्नो भूमिका कमजोर भएको कारण अर्काे पुस्तालाई मार्ग प्रशस्त गरून्। पाएको खण्डमा देउवाले नेपाली कांग्रेसबाट अरुलाई प्रधानमन्त्री हुन दिदैनन्। आफूलाई ज्योतिषीले ७ चोटी प्रधानमन्त्री हुन्छेस् भन्ने विगतको देउवाको उत्तिले यसलाई प्रमाणित गर्छ। उसमाथि पार्टी सभापतिमा शेरबहादुर देउवालाई दोहोरिने इच्छा तीव्र छ। तर आफ्नै गुटका विमलेन्द्र निधिले सभापतिको उम्मेद्वार बन्न खोजेपछि चुनौती थपिएको छ।

नियमहरु तोडिँदै जाँदा, त्यसले निम्त्याउने अप्ठ्यारोले अन्ततः सबैलाई गाँज्छ।

Xtrem

Xtrem

२०७४ को निर्वाचनमा धेरै अन्तरको साथ दोस्रो दल भएपछि कांग्रेसलाई कमजोर बनाएको आरोप देउवामाथि लाग्दै आएको छ। यो बेला उनलाई सभापति दोहोरिन निकै गाह्रो छ। सभापति हुन नपाएपछि कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएपनि देउवाले अवसर पाउँदैनन्। यो यथार्थ बुझेका देउवा जसरी पनि पार्टी सभापतिमा आफ्नो निरन्तरता चाहन्छन्।

नेपाली कांग्रेसको महाधिवेशन अगावै निर्वाचन भएमा कांग्रेसले पहिलेभन्दा धेरै स्थानमा जित हासिल गर्ने निश्चितप्राय छ। करिब तीन वर्षको ओली सरकार अति नै अलोकप्रिय रह्यो। उसमाथि नेकपा आफैमा विभाजित छ। यस्तो बेला स्वभाविक रुपमा कांग्रेसले बढी स्थानमा जित हासिल गर्छ। कांग्रेसले बढी स्थानमा जित हासिल गर्दा देउवाको मनोबल उच्न हुनेछ र उनले फेरि सभापतिको दाबी गर्नेछन्। आफ्नो गुटबाट सभापतिको दाबी गर्नेलाई व्यवस्थापन गर्ने अवसर पनि हुनेछ।

अन्ततः उनले सभापतिमा दोहोरिने सपना साकार हुन सक्छ। त्रिशंकु संसद गठन भएमा देउवाले अरु अवसर पनि प्राप्त गर्न सक्छन्। तसर्थ देउवाले प्रतिनिधिसभालाई आफ्नो हितमा प्रयोग गर्न खोजेका छन्। देउवा लोकलाजको निम्ति संसद पुनर्स्थापनाको कुरा गरिरहेका छन्, भित्री चाहना भने निर्वाचन नै हो।     

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थको निम्ति प्रधिनिधिसभा विघटन गर्दा, देउवाले त्यसमा आफ्नो स्वार्थ खोज्नु नौलो होइन। स्वार्थको भागदौडमा देउवाको चाहना पनि स्वभाविक हो। तर नियमहरु तोडिँदै जाँदा, त्यसले निम्तिने अप्ठ्यारोले अन्ततः सबैलाई गाँज्छ।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्