• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधिसभा विघटन : सर्वोच्चमा विचाराधीन मुद्दा प्रभाव पार्ने गरी ओलीका वक्तव्य शृंखला

64x64
दुर्गा दुलाल मंगलबार, पुस २१, २०७७  ०९:०५
1140x725

काठमाडौँ-विघटित प्रतिनिधिसभाका आफूनिकट सदस्यहरुसँग पुस ६ गते छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए। '६४ प्रतिशत जनमत लिएको विघटन गरेको हो। अदालतले उल्टाउन सक्दैन,’ उनको भनाइ थियो। 

पुस ६ गते नै देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुनः उही आशय दोहोर्‍याएका थिए।

पुस ७ गते बालुवाटारमा आफूनिकट नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्यहरूसँग प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने आशय दोहोर्‍योए। 'प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भनेर हुइँया मच्चाएका छन्। पुनर्स्थापना हुँदैन। तपाईंहरू चुनावको तयारी गर्नोस्,’ उनले भनेका थिए। 

केन्द्रीय कमिटीको बैठक पुस ९ पनि निरन्तर जारी रह्यो। आफूपक्षीय केन्द्रीय कमिटी बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै उनले फेरि उही कुरा दोहोर्‍याए, 'संसद् विघटन भयो। अदालतले उल्टाउन सक्दैन। अब निर्वाचनमा होमिन तयार हुनुस्।'

पुस १५ गते काठमाडौं उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई कार्की ब्यांकेटमा सम्बाेधन गर्दै उनले फेरि अदालतले उल्टाउन नसक्ने कुरा दोहोर्‍याए।

सो भेलालाई  सम्बोधन गर्दै उनले भने, '६४ प्रतिशत बहुमतप्राप्त सरकारले विघटन गरेको हो। अहिले जो जहाँ गए पनि विघटन हुँदा ६४ प्रतिशत थियो। अब अरुको सरकार बन्दैन। संविधानमा पनि त्यो व्यवस्था नै छैन। बाँकी ३६ प्रतिशतले सरकार बनाउने अवस्था नभएकाले अबको विकल्प चुनाव नै हो। मैले बहुमतले संसद विघटन गरेको हुँ। अदालतले सरकारको पक्षमा फैसला गर्छ। बहुमत ल्याउने गरी चुनावमा होमिनु होला।' 

पुस १९ मा कार्की ब्याकेटमा आफूपक्षीय अनेरास्वियुको भेलामा पनि उनले उही कुरा दोहोर्‍याए।

'मरेको संसद् बौराइ पाऊँ भनेर सर्वोच्च अदालतमा धेरै फिरादपत्र दर्ता गराएका छन्। परशुरामका बाबुको पालामा जस्तो मरेकी आमा बौराइ पाउँ (अहिले) हुँदैन। संविधान कानुनले मिल्दैन। त्यसकारण विघटित संसद् बौरिँदैन,' उनको भनाइ थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्री ओली यतिमै रोकिएनन्। संविधान र कानुनको व्याख्या पनि गरिदिए। 'संविधानको धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि मिति तोक्नेछ भन्ने उल्लेख छ,' ओलीको प्रश्न थियो, 'किन छैन संवैधानिक?' 

000

प्रधानमन्त्री ओलीका यी अभिव्यक्ति प्रतिनिधिसभा विघटन भएपछि सार्वजनिक रूपमा नेता तथा कार्यकर्ताहरूलाई गरिएका सम्बोधन हुन्। प्रतिनिधिसभा विघटनलगत्तै सर्वोच्च अदालतमा त्यसका विरुद्ध रिट पुगेर पनि सर्वोच्चले सुनुवाइ गरिरहेको छ। विचाराधीन मुद्दा प्रभाव पार्ने गरी संविधानले कार्यकारी हैसियत प्रदान गरेको प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसीन ‌ओलीले कानुन र संविधानको धज्जी उडाएको उडायै छन्। 

प्रतिनिधिसभा विघटन अनुमोदन गर्ने राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर सरकारविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भए। सबै रिटहरु पुस ८ गते सवैधानिक इजलासमा पठाउने आदेश गर्‍यो।

संवैधानिक इजलासले पुस १० गते लिखित जवाफ मगाउने १९ गतेसम्म लिखित जवाफ पेस गर्दै 'एमिकस क्युरी' मगाउने र  २२ पुसदेखि यो मुद्दामा नियमित सुनुवाइ तोक्यो।  

सर्वोच्चको आदेश अनुसार आइतबार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाले लिखित जवाफ पेस गरे। अबको दुई दिनपछि यो मुद्दामा अन्तिम फैसलाका लागि सुनुवाई हुने छ। 

विचाराधीन मुद्दामा बलमिच्याइँ 
कामचलाउ प्रधानमन्त्री बनेका ओलीले अदालतमा विचाराधीन विषयलाई प्रभाव पार्ने गरी लगातार अभिव्यक्ति दिन थालेपछि अदालतमा समेत सेटिङ भएको हो वा फैसला गर्ने न्यायाधीशमाथि दबाब सिर्जना हो भन्ने अन्योल सिर्जना भएको छ। विचाराधीन मुद्दामा कार्यकारीको जिम्मेवारी सम्हालेका ओलीले यसरी सार्वजनिक अभिव्यक्ति दिनु अदालतमाथि प्रभाव र दबाब पनि भएको कानुनका जानकारहरू बताउँछन्। 

अदालतमा विचाराधीन विषयमा सार्वजनिक रूपमा मुद्दालाई प्रभाव पार्ने गरी अभिव्यक्ति दिनु हुँदैन भन्ने चेतना प्रधानमन्त्रीमा नभएको पनि होइन। तर निरन्तर उनी बलमिच्याईं गरिरहेका छन्।

सर्वोच्चमा दायर भएका रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुस १९ गतेसम्म लिखित कारण पेस गर्न भनेको थियो। त्यसको जवाफमा ओलीले 'प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले सो विषयमा अदालतले प्रवेश गर्न मिल्दैन' भन्ने भाषा प्रयोग गरेका छन्। यसले पनि उनी जबर्जस्ती बलमिच्याइँ गरिरहेको पुष्टि गर्छ।

प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री ओलीले पुस १० गते मन्त्रिपरिषद् विस्तार पनि गरेका छन्। निर्वाचनको मिति तोकिसकेपछि सरकार कामचलाउ भएको अवस्थामा पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुले पनि वैधानिकता नपाउने बताएका छन्। मन्त्रिपरिषद् विस्तारविरुद्धका दुई रिट विचाराधीन छन्।

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा विचाराधीन रहेको छ। संवैधानिक इजलासले गर्ने फैसलाले नेकपाको भविष्य, प्रधानमन्त्री र राष्ट्रपतिको पदसमेत निर्धारण गर्ने देखिन्छ।

प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिचेको हो वा होइन भन्ने यो फैसलासँगै टुंगिनेछ। यो फैसला नभएसम्मका लागि ओली मुद्दाको एउटा पक्ष भएकाले उनले आफ्नो पक्षमा अदालतबाट यस्तो फैसला हुन्छ भन्नु गलत भएको कानुनविदहरुको तर्क छ।

अदालतले सुनाउने फैसला पहिल्यै नै यस्तो हुन्छ भनी कुनै पक्षले भन्न मिल्दैन। त्यो अदालतको अवहेलनासरह हुन्छ। तर प्रधानमन्त्रीको तहमा रहेका ओलीले आम कार्यकर्तामाझ आश्वस्त तुल्याउन गरेको यो भाषणले झन् विचाराधीन मुद्दामाथि दबाब दिएको ठहर हुने कानुनविदको बुझाइ छ। दबाब दिने उद्देश्यले वा सार्वजनिक रुपमा कार्यकर्तालाई मनाउन भनी गरेको भएपनि यो गलत काम भएको उनीहरुको बुझाइ छ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले मुद्दाको एक पक्ष भएकाले यसरी बोल्न नमिल्ने बताए। सर्वोच्च आफैँ स्वतन्त्र निर्णय गर्न सक्ने भएकाले दबाब त नमान्ला तर ओलीको अभिव्यक्ति गलत भएको उनको बुझाइ छ।

पूर्वसभामुख एवम् वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले पनि अरूलाई बारम्बार सम्झाउने व्यक्तिले न्यायालयमा विचाराधीन मुद्दा प्रभावित हुने गरी बोल्न नमिल्ने बताए। आफूले गरेको काम गलत कि सही अब अदालतले निर्णय दिने भएकाले सफाइ दिएर दबाब दिन जरुरी नहुने उनको बुझाई छ। उनले सामाजिक सञ्जाल ट्विटरमा पनि यस्तै अभिव्यक्ति सार्वजनिक गरेका छन्। संवैधानिक कानुनविद विपिन अधिकारीले अदालतलाई तर्साउने, धम्क्याउने वा पुल्पुल्याउने अभिव्यक्तिले स्वतन्त्र न्यायालयको पक्षपोषण नगर्ने बताए। 

सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसी भन्छन्-
देशको जिम्मेवार व्यक्ति र मुद्दाको एक पक्ष भएकाले यसरी बोल्न मिल्दैन। पक्षसमेत भएकाले आफ्नो पक्ष आफैले यसरी बोल्न हुँदैन। अभिव्यक्ति स्वतन्त्रमा होला। तर स्वतन्त्रताको प्रयोग गर्दा अदालतको मुद्दा प्रभावित हुने गरी बोल्न मिल्दैन। कार्यकारी पदमा रहेको व्यक्तिले झन् यस्तो अभिव्यक्ति आस गर्न सकिँदैन।

 संवैधानिक कानुनविद् विपिन अधिकारी भन्छन्-
विवादबारे निर्णय गर्ने अधिकार केवल सर्वोच्च अदालतको हो। अदालतलाई तर्साउने, धम्क्याउने वा पुल्पुल्याउने अभिव्यक्तिले स्वतन्त्र न्यायालयको पक्षपोषण गर्दैन। 

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्