• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद विघटन : प्रधानमन्त्रीसहितको लिखित जवाफ आएपछि कहिले हुन्छ मुद्दाको फैसला ? 

64x64
दुर्गा दुलाल सोमबार, पुस २०, २०७७  ०९:०१
1140x725

काठमाडौं–प्रतिनिधि सभा विघटनका विषयमा राष्ट्रपति  कार्यालय शितल निवास, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाले आ–आफ्नो जिकीरसहित लिखित जवाफ सर्वोच्चमा पेश गरेका छन्। उनीहरुले आइतबार ४ बजे महान्यायाधीवक्ता कार्यालयमार्फत् लिखित जवाफ पेश गरेका हुन्। सर्वोच्चले तोकेको समयमा लिखित जवाफ पेश गरेपछि अब मुद्दाको प्रक्रिया अघि बढेको छ। 

सर्वोच्चले बुधबारलाई (पुस २२) पेशी तोकेको छ। सर्वोच्चले उक्त दिन संवैधानिक इजलास तोकेर निरन्तर सुनुवाइ गर्ने यसअघि नै जनाएको छ। सर्वोच्चमा नेकपाको प्रचण्ड–नेपाल पक्षबाट देव गुरुङसहितका १३ थान निवेदन रहेका छन्। संवैधानिक इजलासमा अब हुने बहसले आगामी  दिनमा आउने फैसला निर्धारण गर्ने छ। 

नयाँ  संवैधानिक इजलास बन्ला  त?
पुस १० गते संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी  रहेका थिए। इजलाश गठनप्रति बहस हुनुअघि नै प्रश्न उठेको थियो। लिखित जवाफ माग्दै सकिएको  उक्त इजलासमा वरिष्ठ न्यायाधीशहरुको क्रमभंगता गरिएकोप्रति प्रश्न उठेको थियो। संवैधानिक कानुनको व्याख्या गर्नुपर्ने इजलासमा वरिष्ठतम न्यायाधीश तोकिनुपर्ने कानुन व्यवसायीहरुको माग थियो। 

उक्त दिन सबै विपक्षीसँग लिखित जवाफ मात्र मागेकाले अबको सुनुवाइमा कस्तो इजलास गठन होला भन्ने प्रश्न देखिएको छ। संवैधानिक इजलासको अभ्यास हेर्दा एक पटक गठन भएको इजलासले अर्को मुद्दाको सुनुवाइ गर्ने गरेको देखिँदैन। इजलास गठनको अधिकार प्रधानन्यायाधीशलाई हुने भएकाले उनले रोष्टरमा रहेकामध्ये चाहेका चार न्यायाधीशलाई तोक्ने छन्। रोष्टरमा १४ न्यायाधीश छन्। तीमध्ये प्रधानन्यायाधीश बाहेक अब ९ जना रहेका छन्। यीमध्ये चार जनालाई उनले नयाँ इजलासको सदस्य तोक्न सक्नेछन्। ती चार जना जो सुकै पनि हुनसक्ने देखिन्छ।

अब नयाँ तोकिने न्यायाधीशमा दीपककुमार कार्की, मिरा खड्का, इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंक मोक्तान रहेका छन्। वरिष्ठताक्रम नमिचिकन  इजलास तोकिएमा दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा  र आनन्दमोहन भट्टराई नयाँ संवैधानिक इजलासको सदस्य हुने देखिन्छ। तर प्रधानन्यायाधीशले पुरानै इजलास पनि गठन गर्न सक्ने छन्। 

कसरी हुन्छ सुनुवाइ? 
अबको बहसमा सर्वोच्चले फैसला पुनस्र्थापनाका बारेमा गर्ने कि संसद विघटनको निर्णयलाई सदर गर्ने भन्नेमा हुने छ। बहसमा निवेदकसँगै सरकारका प्रतिनिधि, विपक्षका कानुन व्यवसायी र एमिकस क्युरीका सदस्य उत्रनेछन्। सरकारका तर्फबाट महान्यायाधीवक्ता अग्नि खरेल आफैँ बहसमा उत्रने तयारी गरेका छन्।

 प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो बहसका लागि केही काननु व्यवसायी नियुक्त गर्ने तयारी गरेका छन्। यसरी बहसमा उत्रनेको संख्या आधा दर्जनभन्दा धेरै हुनेछन्। बहसका लागि वकालातानामा भने धेरै कानुन व्यवसायीको पर्ने देखिएको छ। १३ थान निवेदन भएकाले  कानुन व्यवसायीहरु धेरै हुने  देखिएको हो। सुरुमा निवेदकहरुले बहस गर्ने छन्। निवेदकका तर्फवाट बहस समाप्त भएपछि सरकारी वकिलको कार्यालयबाट बहस हुने छ। 

सरकारको निर्णयको प्रतिरक्षामा उनीहरुको बहसपछि अन्य विपक्षीहरुको पालो आउने छ। अन्य विपक्षको रुपमा राष्ट्रपति कार्यालय शितल निवास, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाले कानुन व्यवसायी राखेमा उनीहरुले बहस गर्नेछन्। ती बहसपछि उठेका प्रश्नहरुमा जवाफ दिने समय पक्षका कानुन व्यवसायीले पाउने छन्। उनीहरुले बहसका क्रममा सरकारी पक्ष र विपक्षका निवेदकहरुले उठाएका प्रश्नमा जवाफ दिने छन् । धेरै थान मुद्दा भएकाले यसका लागि पनि समय लाग्ने देखिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पक्षमा,  सभामुख विपक्षमा 
यो बहसका क्रममा प्रधानमन्त्री ओली र राष्ट्रपति कार्यालय बचाउमा उत्रने छन् भने सभामुख सापकोटा  विपक्षमा उभिएका छन्। लिखित जवाफ पेश गर्ने क्रममै सापकोटाले निवेदनको समर्थन गरेका छन् भने ओली र राष्ट्रपति कार्यालयले बचाउ गरेका छन्। उनीहरुका कानुन व्यवसायी पनि यसैगरी बहसमा उत्रने छन्। सभामुख सापकोटाले संसद विघटन गैरसंवैधानिक भएको जिकीर गरेका छन्। तर प्रधानमन्त्री ओली र राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ र ८५ अनुसार भएको जिकीर गरेका छन् । 

एमिकस क्युरी कता ?
नेपाल बार एशोसियसन र सर्वोच्च बारबाट गरि पाँच जना वरिष्ठ अधिवक्ताहरुले एमिकस क्युरीको रुपमा प्रतिनिधित्व गरेका छन्। उनीहरुले संविधानको व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास र नजिरहरुको आधार आफ्नो स्वतन्त्र राय दिनेछन्। नेपाल बारवाट वरिष्ठ अधिवक्ताहरु बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली रहेका छन्।  यीमध्ये मैनालीले आफ्नो भनाइ सार्वजनिक रुपमा राखेका छन्। उनले प्रधानमन्त्री ओलीको समर्थन गरेका छन्। कार्की र मैनालीले खुलेर प्रतिक्रिया दिएका छैनन्। कार्की पूर्वमहान्यायाधीवक्ता समेत भएको र संवैधानिक कानुनका विज्ञ भएकाले उनले संधिवानको भावना मर्म र अन्तर्राष्ट्रिय अभ्यासका बारेमा इजलासलाई सुझाव दिने छन्।

 त्यस्तै मैनालीले पनि स्वतन्त्र राय र अन्तर्राष्ट्रिय अभ्यासको व्याख्या इजलासमा गर्ने देखिन्छ। सर्वोच्च बारबाट सिफारिस भएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र खगेन्द्रप्रसाद अधिकारीले बहस गर्नेछन्। शाक्य संवैधानिक कानुनका विज्ञ र चर्चित कानुन व्यवसायी हुन्। अधिकारी पनि सर्वोच्च बारका अध्यक्ष भएकाले उनको बहसले पनि संवैधानिक कानुनको व्याख्यालाई सहयोग हुने छ। 

कति समय लाग्छ फैसला हुन ?
संवैधानिक इजलासमा निरन्तर सुनुवाइ गर्ने भनेर यसअघि कै आदेशमा भनिएको छ।  संवैधानिक इजलाससम्वन्धी कार्यविधि अनुसार बुधबार र शुक्रबार दुई दिन बस्ने भनिएको छ। तर यो देशको गम्भीर सवैधानिक विवाद भएका कारण सुनुवाई नसकिदाँसम्म प्रधानन्यायाधीशले इजलास राख्न सक्ने देखिन्छ। यो विवाद छिटै निरुपण गर्ने कुराहरुमा सबै पक्ष सहमत भएमा यसले निरन्तर सुनुवाइको मौका पाउने छ। 

इजलास तोक्ने जिम्मेवारी प्रधानन्यायाधीश राणाको भएकाले उनले चाहेमा यो अघि बढ्ने छ। यसअघि पनि विभिन्न संवैधानिक विवादमा यसैगरी निरन्तर सुनुवाइ गरेको अभ्यास छ। पहिलो संविधान सभा विघटनदेखि अन्य विवादमा सर्वोच्चले यसैगरि सुनुवाइ गरेर निर्णय सुनाएको थियो। त्यस्तै शाही आयोग खारेजीलगायतका विवादमा पनि निरन्तर सुनुवाइ गरिएको थियो। यसरी निरन्तर सुनुवाइ भएमा यो विवाद दुई हप्तामा किनारा लाग्नेछ। यदि त्यसो हुन नसकेमा यसले लामै समय लिने देखिन्छ। बुधबार र शुक्रबारमात्र हेर्दाहेर्दै राखेर सुनुवाइ भएमा यसले केही महिना लिन सक्ने देखिन्छ। 
 

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्