• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
'नहुने' चुनावमा देउवाको आशक्ति
64x64
लिलु डुम्रे बिहीबार, पुस १६, २०७७  ०७:१२
1140x725

काठमाडौं- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको ‘दुस्साहसी’ कदमलाई राष्ट्रपति विद्या भण्डारीले अनुमोदन गरेपछि देश दुई विचारमा विभक्त छ।

पुस ५ मा चालिएको ‘संविधानमाथिको 'कू’का विरुद्ध नेकपाको एउटा समूह सडकमा छ। जनता समाजवादी पनि चरणबद्ध आन्दोलनमा छ। उनीहरु प्रतिनिधिसभाको पुनर्बहालीको मागमा एकमत छन्। 

अर्कोतिर, प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम ठहर गरेको कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा भने प्रष्ट छैन। पार्टीभित्रको एक पक्ष प्रतिनिधिसभा पुनर्स्थापनामा जोड दिइरहेकाे छ। सभापति शेरबहादुर देउवा भने त्यस विषयमा चुप छन्। बरु आगामी निर्वाचनको तयारी गर्नुपर्ने बताइरहेका छन्।

निर्वाचन मोहका कारण
देउवामा निर्वाचनको मोह सिर्जना हुनुको लहरो २०७४ सालको चुनाव र कांग्रेसका तत्कालीन बैठकसम्म जोडिन्छ। त्यतिबेलामा वक्तव्यबाजी, बैठकका ताता बहस, गुटगत भेला, समूहगत प्रतिवेदनमा दुई थरी निष्कर्ष थिए। देउवा इतर समूहका नेताहरू भन्थे- पराजयको कारण देउवा हुन्, उनले जिम्मा लिनुपर्छ। देउवा पक्षका नेताहरु भन्थे- आफूले हारेको दोष देउवालाई लगाउन मिल्दैन। देउवा पक्षको ठहर थियो- एमाले र माओवादी मिलेकाले कांग्रेसको सिट कम आयो।

देउवाका निम्ति पार्टीको सिट संख्या बढाउनुपर्ने बाध्यता छ। सभापतिको रुपमा आफूलाई असफल भएको भाष्य स्थापित हुन नदिन उनका दृष्टिबाट बैसाखमा हुने भनिएको निर्वाचन सुअवसर हो।

000

‘प्रतिपक्ष दल निर्वाचनका लागि तयार रहनु स्वाभाविक हो। सत्तामा रहेको दल फुटेको छ। प्राविधिक र गणितीय दुवै हिसाबले प्रमुख प्रतिपक्ष दललाई लाभ हुने भएकाले संसारका सबै प्रतिपक्ष दल निर्वाचनकै पक्षमा हुन्छन्’, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘सरकार अलोकप्रिय छ। विभाजन भएको पनि छ।’

चुनाव नै होस् भन्ने चाहना राखेकाले केन्द्रीय समिति बैठकदेखि सडकको प्रदर्शनसम्ममा देउवाले संसद पुनर्स्थापनाका विषयमा मुख खोलेका छैनन्। प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भन्दै आए पनि अदालतमा विचाराधीन विषयमा नबोल्ने देउवाले बताइसकेका छन्ए। सोमबार पार्टीले गरेको सडक प्रदर्शनमा देउवाको भनाइ थियो, ‘विचाराधीन मुद्दामा अदालतलाई ‘यो गर, त्यो गर’ भन्न मिल्दैन।'

Ncell 2
Ncell 2

देउवाकै लाइनको बोली उनी पक्षीय अन्य नेताको पनि छ। कतिपय त प्रतिनिधिसभा पुनर्स्थापनाको विपक्षमै खुलेका छन्। त्यसो भएमा पुनः दुई वर्ष कम्युनिस्ट शासन व्यहोर्नुपर्ने उनीहरूको तर्क छ।

सोमबारको कांग्रेसले देशभर गरेको विरोध प्रदर्शनमा पनि प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा पार्टीको दुई धारका धारणा अभिव्यक्त भए।

निर्वाचनको पक्षमा हुनु स्वाभाविक भए पनि संवैधानिक संकट सिर्जना हुनसक्ने प्रति कांग्रेस सचेत हुनुपर्ने विश्लेषक शर्माको सुझाव छ। ‘बैसाखमा निर्वाचन हुन नसक्ने संभावना पनि उत्तिकै  रहेकाले संसद् पुनर्स्थापनाको मागलाई कांग्रेसले पहिलो प्राथमिकतामा राख्नुपर्छ,' उनी भन्छन्।

सम्भावित अवसर
नेकपाको विभाजन र ओलीको असंवैधानिक कदमका बीच हुने चुनावमा कांग्रेसलाई मुद्दाको खाँचो पर्ने छैन। केही सिट बढ्ने अपेक्षा पनि कांग्रेसलाई छ। 

नियमित रूपमा चुनाव हो भने अझ दुई वर्ष कुर्नुपर्छ। प्रतिनिधिसभा विघटन भएकाले दुई वर्ष नकुरीकनै चुनावमा जान पाइने र यो चुनावमा आफू नेतृत्वमै रहने भएकाले कांग्रेसको सिट संख्या बढे त्यसको जश आफूले बढी लिन पाइने देउवाको बुझाइ छ। साथै आफूलाई व्यक्तिगत रूपमा पनि लाभ हुने धारणा देउवाको छ। मुख्यगरी सरकारको पछिल्लो कदम तातो विषयको रुपमा छँदैछ। अर्कोतिर, नेकपाका विभाजित भएको अवस्थामा चुनावमा उत्रिएकाले विभाजित पार्टीले एक अर्का विरुद्ध नै सम्पूर्ण ऊर्जा खर्च गर्ने र त्यसको फाइदा कांग्रेसलाई हुने उनको विश्लेषण छ।

पार्टीको सिट संख्या बढ्ने सम्भावना देखेका उनले यसलाई अवसरका रूपमा बुझेका छन्। विगतको ट्रेन्ड पछ्याउँदा कांग्रेस नै ठूलो पार्टी बन्न सक्ने संभावना पनि छ। त्यस्तो भएमा उनी प्रधानमन्त्रीकै सम्भावित पात्र बन्न सक्नेछन्। अवसर यतिमै सकिँदैनन्। उनी पुनः पार्टी सभापति बन्न पनि सजिलो पर्नेछ। राजनीतिक माहोल परिवर्तन नभएका अवस्थामा सभापतिमै दोहोरिन मुस्किल पर्ने देउवाका लागि वैशाखमै चुनावमा भएमा अवसरै अवसरको सम्भावना छ।

यसरी बैसाखमा नै चुनाव भएमा आफ्नो सफलताको कथा पनि सुनाउन पाइने, थप अवसरको मुखमा पनि पुगिने देउवा रणनीति छ। यति सहज परिस्थतिको आँकलन देउवाले नगर्ने कुरै छैन। त्यसैले संसद् पुनः स्थापनालाई भन्दा चुनावलाई नै जोड गरिरहेका छन् उनी।

देउवा पक्षीय नेता मोहन बस्नेत भन्छन्, ‘असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उत्रन्छौं। तर, कांग्रेस निर्वाचनबाट भाग्ने पार्टी होइन।’

चुनावबाट भाग्न मिल्दैन भन्दै गर्दा, लोकतान्त्रिक पार्टी हौं भन्दै गर्दा देउवा र उनीपक्षीय नेताहरुले संविधानमा लागेको चोट महसुस गर्न सकेका छैनन्। केवल अवसर मात्रै देखिरहेका छन्। त्यसैले पार्टीको नियमित महाधिवेशनको वास्ता नगर्ने देउवा तर हुने/नहुने चुनावप्रति आशक्ति देखाउनु देउवाको कमजोरी भएको पार्टीकै कतिपय नेताहरूको विश्लेषण पनि छ।

अदालत कुर्ने बहाना
पुस ५ मा प्रतिनिधिसभा विघटित भएसँगै देउवाले आकस्मिक रुपमा शीर्ष नेताको बैठक बोलाए। बैठकमा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरिए पनि पुनर्स्थापना सम्बन्धमा निर्णय गरिएन। शीर्ष तहको बैठकमा संस्थापनइतरका नेताहरुले सडक संघर्षमा जानुपर्ने दबाब दिएका थिए। तर देउवाले सुन्नै चाहेनन्।

प्रतिनिधिसभा विघटन विरुद्धमा कांग्रेसले पुस ६ गते नेकपाको प्रचण्ड–माधव समूह र जसपासहितको बैठक बोलाएको थियो। उक्त बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा तीन पक्ष एक ठाउँमा उभिनुपर्ने मत आए पनि कांग्रेसको वक्तव्यमा उक्त मुद्दा परेन।

अदालतको निर्णय कुर्ने देउवाको मनाशाय केन्द्रीय समितिको बैठकमा स्पष्ट झल्किन्छ। केन्द्रीय समितिबाट प्रतिनिधिसभा विघटन विरुद्धको निर्णय गर्न बैठक बोलाइए पनि देउवा अदालतको फैसलाको प्रतीक्षामा छन्। पुस ७ देखि बोलाइएको बैठकलाई लम्ब्याउने प्रयत्न संस्थापन पक्षको देखिन्छ। १ बजे बोलाउने बैठक ढिलो मात्रै सुरु गरिन्छ। बढीमा चार जना मात्र बोल्छन्। सोमबारको सडक प्रर्दशनको तयारी भन्दै बैठक बीचमै स्थगन गरियो। चार दिन चलेको केन्द्रीय समिति बैठकमा हालसम्म १५ जना मात्रैले धारणा राखेका छन्। बैठक लम्ब्याउने संस्थापनको ध्येय अदालतको फैसला प्रतीक्षा गर्ने भित्री चाह रहेको संस्थापनइतरका नेताहरु बताउँछन्।

वैशाखमा चुनाव हुने सम्भावना पनि नरहेकाले कांग्रेस सडकमै जानुपर्ने दबाब पार्टीमा छ। चुनाव गराउने उद्देश्य ओलीको नभएकाले केन्द्रीय समितिबाट सडक केन्द्रित विरोधका निर्णय गर्नुपर्ने नेता धनराज गुरुङले बताए।

संवैधानिक नियुक्तिमा मौन
संवैधानिक अंगमा ४५ जना रिक्त थिए। प्रधानमन्त्री ओलीले देउवालाई रिक्त स्थानमा पदपूर्तिका लागि पटकपटक बैठक गरे पनि भागबण्डाका कारणले संवैधानिक परिषदले नाम सिफारिस गर्न सकेको थिएन।

नेकपामा विवाद बढ्दै गएपछि सभामुख अग्निप्रसाद सापकोटा मंसिर ३० को संवैधानिक परिषद्को बैठकमा उपस्थित भएनन्। ओलीले अध्यादेशको बाटो रोजेर देउवा र सापकोटा बिना नै नामहरु सिफारिस गरे। अध्यादेशको विरोध गरेको कांग्रेस संवैधानिक परिषद्ले गरेका सिफारिसमा भने बोल्न चाहेन।

विगतमा संवैधानिक परिषदको बैठकमा आएका चर्चा आएका नामहरु सिफारिस हुँदा कांग्रेस बोलेन भन्न नमिल्ने प्रवक्ता विश्वप्रकाश शर्माको तर्क छ। प्रक्रियामै असहमति रहेपछि भागबण्डामा सहभागी भएको आरोपको उनले प्रतिवाद गरे। अख्तियारको आयुक्तमा सिफारिस जयबहादुर चन्द र राष्ट्रिय मानवअधिकार आयोगमा सिफारिस सूर्य ढुंगेल कांग्रेस निकट हुन्।

'शाही आयोग'का रुपमा भएको सिफारिसलाई पार्टीले अस्वीकार गर्नुपर्ने नेता गगन थापाले केन्द्रीय समितिको बैठकमा राखेका थिए। सत्तासँग अंशियार बनेको मूल नेतृत्वले सिफारिस फिर्ता गर्ने मागसहितको एउटा प्रेस वक्तव्य पनि निकालेको छैन।

सत्तासँग भागबण्डा गर्नु कांग्रेसको मूल नेतृत्वको चरित्र नै बनेको छ। त्यसअघि पनि न्यायाधीश, द्वन्द्वकालीन आयोग ‍र विश्वविद्यालयका पदाधिकारीमा भाग खाजिएकै थियो। कांग्रेस सरकारले विगतमा नियुक्त गरेका राजदूतलाई फिर्ता गरे पनि देउवाकी सासु प्रतिभा राणालाई जापानबाट फिर्ता नगर्नुलाई आन्तरिक मिलनकै रुपमा अर्थ्याउने गरिन्छ।

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०७:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताएका हुन्। शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रका लागि मात्रै नभएको भन्दै... शनिबार, जेठ २४, २०८२
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीनदिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्