• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओलीको अधिनायकवाद

64x64
भानु बोखिम मंगलबार, पुस ७, २०७७  २०:४२
1140x725

नेपाली राजनीतिको इतिहासमा बयलगाढाको छुट्टै विम्ब र अलंकार बन्नेछ। भविष्यमा यसको प्रतीकात्मक अर्थको व्याख्या र सम्झनामा बहालावाला प्रधानमन्त्रीको नामपनि सँगसँगै जोडिएर आउने निश्चितप्रायः छ। जसमा प्रधानमन्त्री खड्गप्रसाद ओलीको अधिनायकवादी चरित्र र कदमको स्मरण र विश्लेषण गरिनेछ। 

दोस्रो जनआन्दोलनताका तत्कालीन एमाले नेता खड्गप्रसाद ओलीले 'बयलगाढा चढेर अमेरिका पुगिँदैन' भनेपछि बयलगाढा नेपाली राजनीतिमा एउटा बिम्ब बन्यो। ओलीले आफैँ प्रधानमन्त्री भएपछि यसको आलंकारिक अर्थलाई प्रमाणित गरिदिए। अमेरिका समृद्धि, सम्पन्ता र लोकतान्त्रिक परिपाटीको उदाहरण हो। भलै विश्व राजनीतिमा अमेरिकाको अहमताले सृजित अमानवीय घटना भएका किन नहुन्।

प्रतीकात्मक रुपमा दोस्रो जनआन्दोलनको उद्देश्य उन्नत लोकतान्त्रिक अभ्यास गर्दै समृद्धि र सम्पन्नताको गन्तव्य तय गर्नु थियो। तेस्रो विश्वको परिचय बोकेको नेपालका लागि यस्तो यात्रा सुरम्य र सहज भने थिएन। यसको लागि निष्ठा, योजना र भिजन भएको नेता जरुरी थियो।

दुर्भाग्य भनौँ कि जनआन्दोलनलाई खिसीटिउरी गर्ने ओली जनताको नजरमा लोकप्रिय नेता बन्न पुगे। उनले देशलाई समृद्ध बनाउने सपना बाँडे। तर स्वास्थ्यको कारण प्रधानमन्त्रीले अधिकांश समय बालुवाटारको पर्खालभित्रै बिताए। उनी बालुवाटारको पर्खालले मात्र होइन, आफ्ना हनुमानको घेरामा पनि नराम्ररी फसे। परिणामतः देशको अवस्था र जनताको मनोविज्ञानको यथार्थ बुझ्न पाएनन्। आत्मगत भएर बालुवाटारमा गीत लेखे। बयलगाढाको गतिमा बढिरहेको देशलाई बुलेट ट्रेनमा हुँइकिएको जस्तो ठाने। 

यथार्थ नबुझ्ने वा बुझ्न नचाहनेहरु दिग्भ्रमित हुन्। भ्रमले व्यक्तिभित्रको अधिनायकवादी सोच मौलाउँदै जान्छ र लोकतान्त्रिक व्यवहार हराउँछ। आफ्नो आसेपासेको लहलहैमा ओलीले लोकप्रिय नेताको छविलाई धुलिसात बनाएर अधिनायकवादी चरित्र देखाएका छन्। सत्तारोहण गरेको वर्ष दिन नपुग्दै प्रधानमन्त्री ओलीको आलोचना बढ्न थाल्यो। सत्तामा पुग्ने जो कोहीको पनि लोकप्रियता घट्दै जानु सामान्य घटना हो। तर प्रधानमन्त्री ओलीको लोकप्रियता द्रुत गतिमा खस्कियो। उनले चालेका कदम र कामको पार्टीभित्र र बाहिर दुवैतिरबाट आलोचना भयो।

ओली एकामनावादी भएकै हुन्। उनको यही चरित्रका कारण पार्टी र सरकारमा उनको विकल्प खोजी सुरु भएको थियो। तर ओलीले आफूलाई निर्विकल्प ठानिरहे।

आलोचना चरम बिन्दुमा पुगेपछि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेका छन्। आफ्नो आलोचनाको बदलामा अरुलाई नेतृत्व लिने मौका नदिनु व्यक्तिवादी चरित्र हो। व्यक्तिवादी चरित्रले लोकतन्त्रिक मूल्यमान्यतालाई निस्तेज गरेर अधिनायकवादी कदम चाल्न उक्साउँछ। उनले संविधानले व्यवस्था नगरेको कदम चालेर अधिनायकवाद देखाइसकेका छन्।  

स्टेभन लेभिट्स्की र डेनिएल जिब्लाटको सहलेखनमा तयार भएको पुस्तक हो, 'हाउ डेमोक्रेसिज डाई'। यस पुस्तकमा लेखकद्वयले निरंकुशताका केही सूचक तय गरेका छन्। ती सूचकको साझा चरित्र भनेको निरंकुशवादीले आफूलाई केन्द्रमा राखेर कानुनी व्यवस्थालाई चुनौती दिन्छ। प्रधानमन्त्री ओलीले यही चरित्र देखाएका छन्। उनी एकामनावादी भएकै हुन्। उनको यही चरित्रका कारण पार्टी र सरकारमा उनको विकल्प खोजी सुरु भएको थियो। तर ओलीले आफूलाई निर्विकल्प ठानिरहे।

Ncell 2
Ncell 2
nimb
nimb

लोकतन्त्रमा प्रतिपक्षको भूमिका अहम् रहन्छ। प्रतिपक्ष आफैँमा कति रचनात्मक रुपले प्रस्तुत हुन्छ? यो बहसको विषय होला, तर प्रतिपक्षविहीन वा फरक विचार नअटाउने व्यवस्था लोकतान्त्रिक हुँदैन। लोकतान्त्रिक व्यवस्थाअन्तर्गत देशको बागडोर सम्हाल्ने नेताले फरक विचारलाई ठाउँ दिनुपर्छ। तर प्रधानमन्त्री ओली फरक विचार र प्रतिपक्षप्रति कहिल्यै सहिष्णु भएनन्। प्रतिपक्षको प्रश्न र जिज्ञासालाई उडाउने वा प्रश्न गरेकै आधारमा होच्याउने काम जारी राखिरहेकै छन्। 

एउटा राजनीतिक दलमात्र मजबुत भएर लोकतन्त्र सुदृढ र संस्थागत हुँदैन। ओलीले प्रधानमन्त्री भएको लामो समयसम्म प्रतिपक्षी दललाई दुई तिहाइको दम्भ देखाइरहे। प्रधानमन्त्रीको दल दुई तिहाई नजिक हुँदा संख्यात्मक हिसाबले प्रतिपक्षी दल कमजोर थिए। राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर ती दललाई थप कमजोर बनाउने षड्यन्त्र रचे। प्रधानमन्त्रीको यो कदम आफैँमा लोकतान्त्रिक चरित्र र राजनीतिक स्थिरताको विपरीत थियो। अप्ठ्यारोमा परेर प्रधानमन्त्रीले यो अध्यादेश फिर्ता गरेका थिए।यद्यपि, प्रधानमन्त्रीको अध्यादेश मोह भने सकिएको थिएन।  संवैधानिक परिषदको बैठक आफूले सोचे अनुरुप नभएपछि पुन: अध्यादेश ल्याए र आफूले चाहे अनुरुप चलखेल गरे।

प्रधानमन्त्री ओलीको शक्ति एमाले र माओवादीको संयुक्त चुनावी मोर्चाको परिणाम थियो। तर ओली दुइतिहाइलाई मोर्चाको परिणामको रुपमा स्वीकार गर्न तयार भएनन्। आफ्नो लोकप्रियताको परिणाम भएको जिकीर गरिरहे। यही लोकप्रियताको घुमाउरो दलील संसद् विगठन गरेपछि देशवासीलाई गरेको सम्बोधनमा पनि उठाएका छन्। प्रधानमन्त्री ओली पार्टीले संसदीय दलको नेता चुनेपछि संसदले चुनेका प्रधानमन्त्री हुन्। तर उनले आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारीको रुपमा प्रस्तुत गर्न खोजिरहे। भलै पार्टीभित्र उठेको विरोधलाई साम्य पार्न बेलामौकामा अन्य नेतासँग नाटक मञ्चन गरे। 

राजनीति लिगमा गुडेको रेल जस्तो सहज हुँदैन। आफ्नै पार्टीबाट अप्ठ्याराहरू सृजना हुन्छन्।

Xtrem

Xtrem

ओलीको चाहना र बाहनाबीचको बेमेलले पार्टीका अन्य नेताहरूसँग द्वन्द्व बढाउँदै लग्यो। द्वन्द्व चरम रुपमा पुगेपछि प्रधानमन्त्री इतर गुटका नेताहरू अविश्वासको प्रस्ताव दर्ता गरे। अविश्वासको प्रस्ताव दर्ता विधिसम्मत भएपनि प्रधानमन्त्रीलाई स्वीकार्य भएन। संसदको यो कार्यकालभित्र आफूबाहेक अरु प्रधानमन्त्री हुनै हुँदैन भन्ने सोच ओलीमा देखियो। आफ्नो एकामनावादी सोच अनुरुप चल्न नपाएपछि ओलीले संविधानले परिकल्पना नगरेको कदम चाले। सरकारलाई घेराबन्दी गरेर काम गर्न नदिएको दलील पेस गरेका छन्।

प्रधानमन्त्रीकै अक्षमताको कारण सरकार असफल भएको जगजाहेर छ। यसको लागि चुनावी घोषणापत्र र ओलीले प्रधानमन्त्री भएपछि गरेका प्रतिबद्धता नियाले काफी हुन्छ। तर अक्षमताको बावजुद आफूलाई मात्र उपयुक्त्त देख्नु र अरुको निम्ति ढोका बन्द गर्नु आफैमा निरंकुश चरित्र हो जो प्रधानमन्त्रीले देखाएका छन्। 

गुडेको रेलजस्तो सहज राजनीति लिक हुँदैन। आफ्नै पार्टीबाट अप्ठ्याराहरू सृजना हुन्छन्। सत्ताको राजनीतिमा दाउपेच चल्दा गिरिजाप्रसाद र शेरबहादुर देउवाजस्तो कदम चाल्ने वा कृष्णाप्रसाद भट्टराई जस्तो निष्ठा देखाउने? निश्चय नै निष्ठा देखायो भने विधि र प्रणाली एउटा व्यक्तिको सनक र स्वार्थको बन्दी हुँदैन। गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले आफ्नै पार्टीबाट भएको असहयोग र अप्ठ्यारोले संसद विघटन गरेका थिए। तर पार्टीले अप्ठ्यारो र असहयोग गर्दा पनि कृष्णप्रसाद भट्टराईले संसद् विघटन गरेनन्।

निरंकुशवादीले आफूलाई केन्द्रमा राखेर कानुनी व्यवस्थालाई चुनौती दिन्छ। प्रधानमन्त्री ओलीले यही चरित्र देखाएका छन्।

नेपाली कांग्रेस कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर ०५६ सालको निर्वाचनमा होमिएको थियो। कांग्रेसले बहुमत ल्याएपछि भट्टराई प्रधानमन्त्री भए। तर राजनीतिक चलखेलको कारण उनी १४ महिना जति मात्र प्रधानमन्त्री भए। भट्टराईले मेरो नाममा आएको बहुमत हो भनेर संसद् विघटन गरेनन्। तर ओलीले मेरो नाममा आएको दुइतिहाई हो भन्दै संसद् विघटन गरेका छन्। उनले आफूलाई केन्द्रमा राखेर विधि र प्रणालीलाई धुलिसात पार्ने काम गरेका छन्। प्रधानमन्त्रीको यो कदम असंवैधानिक त छ नै, साथै नेपाली राजनीतिले आदर्शभन्दा षड्यन्त्रबाट बढी निर्देशित भएको भान दिन्छ। 

आफूलाई केन्द्रमा राखेर मध्यवाधि निर्वाचन घोषणा गर्ने देउवा र कोइराला दुवैले दुष्परिणाम भोगेका थिए। प्रधानमन्त्री ओलीलै यिनै पूर्वप्रधानमन्त्रीको पथ अँगालेका छन्। भविष्यले प्रधानमन्त्री ओलीलाई पनि देउवा र कोइरालालाई भन्दा फरक परिणाम नदेला। 

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्