• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओलीको अधिनायकवाद

64x64
भानु बोखिम मंगलबार, पुस ७, २०७७  २०:४२
1140x725

नेपाली राजनीतिको इतिहासमा बयलगाढाको छुट्टै विम्ब र अलंकार बन्नेछ। भविष्यमा यसको प्रतीकात्मक अर्थको व्याख्या र सम्झनामा बहालावाला प्रधानमन्त्रीको नामपनि सँगसँगै जोडिएर आउने निश्चितप्रायः छ। जसमा प्रधानमन्त्री खड्गप्रसाद ओलीको अधिनायकवादी चरित्र र कदमको स्मरण र विश्लेषण गरिनेछ। 

दोस्रो जनआन्दोलनताका तत्कालीन एमाले नेता खड्गप्रसाद ओलीले 'बयलगाढा चढेर अमेरिका पुगिँदैन' भनेपछि बयलगाढा नेपाली राजनीतिमा एउटा बिम्ब बन्यो। ओलीले आफैँ प्रधानमन्त्री भएपछि यसको आलंकारिक अर्थलाई प्रमाणित गरिदिए। अमेरिका समृद्धि, सम्पन्ता र लोकतान्त्रिक परिपाटीको उदाहरण हो। भलै विश्व राजनीतिमा अमेरिकाको अहमताले सृजित अमानवीय घटना भएका किन नहुन्।

प्रतीकात्मक रुपमा दोस्रो जनआन्दोलनको उद्देश्य उन्नत लोकतान्त्रिक अभ्यास गर्दै समृद्धि र सम्पन्नताको गन्तव्य तय गर्नु थियो। तेस्रो विश्वको परिचय बोकेको नेपालका लागि यस्तो यात्रा सुरम्य र सहज भने थिएन। यसको लागि निष्ठा, योजना र भिजन भएको नेता जरुरी थियो।

दुर्भाग्य भनौँ कि जनआन्दोलनलाई खिसीटिउरी गर्ने ओली जनताको नजरमा लोकप्रिय नेता बन्न पुगे। उनले देशलाई समृद्ध बनाउने सपना बाँडे। तर स्वास्थ्यको कारण प्रधानमन्त्रीले अधिकांश समय बालुवाटारको पर्खालभित्रै बिताए। उनी बालुवाटारको पर्खालले मात्र होइन, आफ्ना हनुमानको घेरामा पनि नराम्ररी फसे। परिणामतः देशको अवस्था र जनताको मनोविज्ञानको यथार्थ बुझ्न पाएनन्। आत्मगत भएर बालुवाटारमा गीत लेखे। बयलगाढाको गतिमा बढिरहेको देशलाई बुलेट ट्रेनमा हुँइकिएको जस्तो ठाने। 

यथार्थ नबुझ्ने वा बुझ्न नचाहनेहरु दिग्भ्रमित हुन्। भ्रमले व्यक्तिभित्रको अधिनायकवादी सोच मौलाउँदै जान्छ र लोकतान्त्रिक व्यवहार हराउँछ। आफ्नो आसेपासेको लहलहैमा ओलीले लोकप्रिय नेताको छविलाई धुलिसात बनाएर अधिनायकवादी चरित्र देखाएका छन्। सत्तारोहण गरेको वर्ष दिन नपुग्दै प्रधानमन्त्री ओलीको आलोचना बढ्न थाल्यो। सत्तामा पुग्ने जो कोहीको पनि लोकप्रियता घट्दै जानु सामान्य घटना हो। तर प्रधानमन्त्री ओलीको लोकप्रियता द्रुत गतिमा खस्कियो। उनले चालेका कदम र कामको पार्टीभित्र र बाहिर दुवैतिरबाट आलोचना भयो।

ओली एकामनावादी भएकै हुन्। उनको यही चरित्रका कारण पार्टी र सरकारमा उनको विकल्प खोजी सुरु भएको थियो। तर ओलीले आफूलाई निर्विकल्प ठानिरहे।

आलोचना चरम बिन्दुमा पुगेपछि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेका छन्। आफ्नो आलोचनाको बदलामा अरुलाई नेतृत्व लिने मौका नदिनु व्यक्तिवादी चरित्र हो। व्यक्तिवादी चरित्रले लोकतन्त्रिक मूल्यमान्यतालाई निस्तेज गरेर अधिनायकवादी कदम चाल्न उक्साउँछ। उनले संविधानले व्यवस्था नगरेको कदम चालेर अधिनायकवाद देखाइसकेका छन्।  

स्टेभन लेभिट्स्की र डेनिएल जिब्लाटको सहलेखनमा तयार भएको पुस्तक हो, 'हाउ डेमोक्रेसिज डाई'। यस पुस्तकमा लेखकद्वयले निरंकुशताका केही सूचक तय गरेका छन्। ती सूचकको साझा चरित्र भनेको निरंकुशवादीले आफूलाई केन्द्रमा राखेर कानुनी व्यवस्थालाई चुनौती दिन्छ। प्रधानमन्त्री ओलीले यही चरित्र देखाएका छन्। उनी एकामनावादी भएकै हुन्। उनको यही चरित्रका कारण पार्टी र सरकारमा उनको विकल्प खोजी सुरु भएको थियो। तर ओलीले आफूलाई निर्विकल्प ठानिरहे।

nimb
nimb
Ncell 2
Ncell 2

लोकतन्त्रमा प्रतिपक्षको भूमिका अहम् रहन्छ। प्रतिपक्ष आफैँमा कति रचनात्मक रुपले प्रस्तुत हुन्छ? यो बहसको विषय होला, तर प्रतिपक्षविहीन वा फरक विचार नअटाउने व्यवस्था लोकतान्त्रिक हुँदैन। लोकतान्त्रिक व्यवस्थाअन्तर्गत देशको बागडोर सम्हाल्ने नेताले फरक विचारलाई ठाउँ दिनुपर्छ। तर प्रधानमन्त्री ओली फरक विचार र प्रतिपक्षप्रति कहिल्यै सहिष्णु भएनन्। प्रतिपक्षको प्रश्न र जिज्ञासालाई उडाउने वा प्रश्न गरेकै आधारमा होच्याउने काम जारी राखिरहेकै छन्। 

एउटा राजनीतिक दलमात्र मजबुत भएर लोकतन्त्र सुदृढ र संस्थागत हुँदैन। ओलीले प्रधानमन्त्री भएको लामो समयसम्म प्रतिपक्षी दललाई दुई तिहाइको दम्भ देखाइरहे। प्रधानमन्त्रीको दल दुई तिहाई नजिक हुँदा संख्यात्मक हिसाबले प्रतिपक्षी दल कमजोर थिए। राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर ती दललाई थप कमजोर बनाउने षड्यन्त्र रचे। प्रधानमन्त्रीको यो कदम आफैँमा लोकतान्त्रिक चरित्र र राजनीतिक स्थिरताको विपरीत थियो। अप्ठ्यारोमा परेर प्रधानमन्त्रीले यो अध्यादेश फिर्ता गरेका थिए।यद्यपि, प्रधानमन्त्रीको अध्यादेश मोह भने सकिएको थिएन।  संवैधानिक परिषदको बैठक आफूले सोचे अनुरुप नभएपछि पुन: अध्यादेश ल्याए र आफूले चाहे अनुरुप चलखेल गरे।

प्रधानमन्त्री ओलीको शक्ति एमाले र माओवादीको संयुक्त चुनावी मोर्चाको परिणाम थियो। तर ओली दुइतिहाइलाई मोर्चाको परिणामको रुपमा स्वीकार गर्न तयार भएनन्। आफ्नो लोकप्रियताको परिणाम भएको जिकीर गरिरहे। यही लोकप्रियताको घुमाउरो दलील संसद् विगठन गरेपछि देशवासीलाई गरेको सम्बोधनमा पनि उठाएका छन्। प्रधानमन्त्री ओली पार्टीले संसदीय दलको नेता चुनेपछि संसदले चुनेका प्रधानमन्त्री हुन्। तर उनले आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारीको रुपमा प्रस्तुत गर्न खोजिरहे। भलै पार्टीभित्र उठेको विरोधलाई साम्य पार्न बेलामौकामा अन्य नेतासँग नाटक मञ्चन गरे। 

राजनीति लिगमा गुडेको रेल जस्तो सहज हुँदैन। आफ्नै पार्टीबाट अप्ठ्याराहरू सृजना हुन्छन्।

ओलीको चाहना र बाहनाबीचको बेमेलले पार्टीका अन्य नेताहरूसँग द्वन्द्व बढाउँदै लग्यो। द्वन्द्व चरम रुपमा पुगेपछि प्रधानमन्त्री इतर गुटका नेताहरू अविश्वासको प्रस्ताव दर्ता गरे। अविश्वासको प्रस्ताव दर्ता विधिसम्मत भएपनि प्रधानमन्त्रीलाई स्वीकार्य भएन। संसदको यो कार्यकालभित्र आफूबाहेक अरु प्रधानमन्त्री हुनै हुँदैन भन्ने सोच ओलीमा देखियो। आफ्नो एकामनावादी सोच अनुरुप चल्न नपाएपछि ओलीले संविधानले परिकल्पना नगरेको कदम चाले। सरकारलाई घेराबन्दी गरेर काम गर्न नदिएको दलील पेस गरेका छन्।

प्रधानमन्त्रीकै अक्षमताको कारण सरकार असफल भएको जगजाहेर छ। यसको लागि चुनावी घोषणापत्र र ओलीले प्रधानमन्त्री भएपछि गरेका प्रतिबद्धता नियाले काफी हुन्छ। तर अक्षमताको बावजुद आफूलाई मात्र उपयुक्त्त देख्नु र अरुको निम्ति ढोका बन्द गर्नु आफैमा निरंकुश चरित्र हो जो प्रधानमन्त्रीले देखाएका छन्। 

गुडेको रेलजस्तो सहज राजनीति लिक हुँदैन। आफ्नै पार्टीबाट अप्ठ्याराहरू सृजना हुन्छन्। सत्ताको राजनीतिमा दाउपेच चल्दा गिरिजाप्रसाद र शेरबहादुर देउवाजस्तो कदम चाल्ने वा कृष्णाप्रसाद भट्टराई जस्तो निष्ठा देखाउने? निश्चय नै निष्ठा देखायो भने विधि र प्रणाली एउटा व्यक्तिको सनक र स्वार्थको बन्दी हुँदैन। गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले आफ्नै पार्टीबाट भएको असहयोग र अप्ठ्यारोले संसद विघटन गरेका थिए। तर पार्टीले अप्ठ्यारो र असहयोग गर्दा पनि कृष्णप्रसाद भट्टराईले संसद् विघटन गरेनन्।

निरंकुशवादीले आफूलाई केन्द्रमा राखेर कानुनी व्यवस्थालाई चुनौती दिन्छ। प्रधानमन्त्री ओलीले यही चरित्र देखाएका छन्।

नेपाली कांग्रेस कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर ०५६ सालको निर्वाचनमा होमिएको थियो। कांग्रेसले बहुमत ल्याएपछि भट्टराई प्रधानमन्त्री भए। तर राजनीतिक चलखेलको कारण उनी १४ महिना जति मात्र प्रधानमन्त्री भए। भट्टराईले मेरो नाममा आएको बहुमत हो भनेर संसद् विघटन गरेनन्। तर ओलीले मेरो नाममा आएको दुइतिहाई हो भन्दै संसद् विघटन गरेका छन्। उनले आफूलाई केन्द्रमा राखेर विधि र प्रणालीलाई धुलिसात पार्ने काम गरेका छन्। प्रधानमन्त्रीको यो कदम असंवैधानिक त छ नै, साथै नेपाली राजनीतिले आदर्शभन्दा षड्यन्त्रबाट बढी निर्देशित भएको भान दिन्छ। 

आफूलाई केन्द्रमा राखेर मध्यवाधि निर्वाचन घोषणा गर्ने देउवा र कोइराला दुवैले दुष्परिणाम भोगेका थिए। प्रधानमन्त्री ओलीलै यिनै पूर्वप्रधानमन्त्रीको पथ अँगालेका छन्। भविष्यले प्रधानमन्त्री ओलीलाई पनि देउवा र कोइरालालाई भन्दा फरक परिणाम नदेला। 

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  २०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
निजी स्वास्थ्य र शिक्षाको ‘समता कर’ हटाउने मन्त्रिपरिषदको निर्णय बुधबार, साउन ६, २०८३
आत्मदाहबाट ज्यान गुमाएका गणेश नेपालीको घटनामा सरकारले बनायो छानबिन समिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्