• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

‘लाजले भोको पेट भरिँदैन’

64x64
निर्मला घिमिरे शुक्रबार, पुस ३, २०७७  ०९:५३
1140x725

काठमाडौं– ‘कोरोनाको महामारी त्यसमाथि सरसफाइको काम, कत्तिको डराउनु भएको छ?’ यो मेरो प्रश्न नयाँ बसपार्कमा सरसफाइको काम गर्दै भेटिएकी एक महिलाका लागि थियो। 

‘के को डर?’ उनले चर्को स्वर निकालिन्। जस्तो मैले उनलाई जिन्दगीकै सबैभन्दा रीस उठ्ने प्रश्न सोध्दैछु। 

‘त्यसो भए ढुक्कसँग काम गरिराख्नु भएको छ?,’ उनको रिसको झोकमाथि मैले यो प्रश्न थपिदिएँ। उनी नसुने झैँ काम गरिरहिन्। 

‘मैले त्यही प्रश्नलाई केही परिमार्जन गरेर दोहोर्‍याएँ, त्यसो भए कोरोनासँग त्यति धेरै डराउनु भएको छैन?’ 

‘डराएर पनि के गर्नु?, खानुपर्‍यो‚ छोराछोरी पाल्नुपर्‍यो। डराएर पैसा आउँदैन,’ यो पटक भने उनी मलिन स्वरमा बोलिन्।  

उनी अर्थात् दुर्गा नेपाली। उमेर ३४ वर्ष। शरीर हृष्टपुष्ट। सरकारी जागिरेकी श्रीमती। काम क्लिनर। 

No description available.

हामी अधिकांशलाई लाग्न सक्छ,‘कोही सरकारी जागिरेकी श्रीमती पनि सरसफाइको काम गर्लिन् र? कामलाई हेप्ने होच्याउने प्रवृति देख्दै र भोग्दै र त्यही प्रवृत्तिसँग घुलमिल हुँदै आएका तपाईं/हामी कतिपयको दिमागले यस्तै सोच्न भ्याउला। 

Ncell 2
Ncell 2
nimb
nimb

कतिपयले त उनलाई भन्छन् पनि रे, ‘टन्न कमाउँने पुलिस श्रीमान् हुँदाहुँदै त्यस्तो सरसफाईको काम पनि के गरेकी?’ 

हुन पनि हो अरुले भने भनेजस्तै दुर्गाका श्रीमान नेपाल आर्मीको जागिर खान्छन्। तर तपाईं/हामीले बाहिरबाट देखेको र सोचेको जस्तो सरल छैन दुर्गाको जिन्दगी। सोचाइ र देखाइभन्दा ठ्याम्मै अलग छ उनको भोगाइ। 

उनका श्रीमानको कमाइ महिनामा बढीमा ३५ हजार हुन्छ। त्यो कमाइले पाल्नुपर्ने परिवारको संख्या ठूलो छ। उनीहरुका सन्तानमात्रै ५ जना छन्। त्यसमाथि वृद्धावस्थामा पुगेका आमाबुबा। अनि भूकम्पले भत्किएको घर बनाउँदा लागेको ऋण। 

‘मैले कमाएको पैसाले काठमाडौंमा खान पुगे त बुढाले कमाएको पैसाबाट छोराछोरीलाई कापी कलम किन्न र ऋणको किस्ता हाल्न पनि पुग्छ भनेको तर खै कमाइ धेरै छैन,’एकछिन रोकिएर उनी लामो श्वास तान्छिन्।

उनी सरसफाइको कामबाट मासिक १३ हजार ५ सय कमाउँछिन्। तर बसभाडामै दैनिक ४० रुपैयाँका हिसाबले मासिक १२ सय सकिन्छ। खाजा कम अथवा कहिलेकाँही खाएर पैसा बचाउँछु भन्दा पनि महिनामा २/३ हजार त सकिन्छ। बाँकी पैसा कोठाभाडा तिर्दै ठिक्क हुन्छ। बाँकी घर खर्च उनका श्रीमानले कमाएको रकमबाट टार्दै आएका छन्। उनीहरुले मुस्किलले बच्यो भने साहुको ऋणको किस्ता पनि कहिलेकाँही त्यसैबाट घटाउँछन्। 

ऋणले थिचेका दुई दम्पति दिनरात खट्दा पनि छाक टार्न मुस्किल छ। अरु आधारभूत आवश्यकता पुरा गर्ने त कता हो कता? बिरामी भए भने उपचारका लागि ऋण लिनुपर्ने अवस्था छ। 

५ जना छोराछोरीलाई काठमाडौंमा राखेर पढाउन सम्भव नदेखेपछि उनीहरुले छोराछोरी गाउँमै छाडेका छन्। जसोतसो कापिकलम खर्च जुटाएर सामुदायिक विद्यालयमा पढाएका छन्। 

No description available.

दुई जना मिलेर काम गर्‍यो भने घर बनाउँदा लागेको ऋण तिर्न सकिन्छ कि भनेर दुर्गा पनि कस्सिएकी छन्। खर्चमा थपथाप पार्नका लागि आफूले गरेको कामलाई जोडेर अरुले आफूलाई होच्याए पनि उनी बेपरवाह बनिदिएकी छन्। नसुनेझैँ गरेर आफ्नो कामलाई निरन्तरता दिएकी छन्। 

‘अरुले के भन्छन् भनेर काम गर्न लाज मानेर त भोको पेट भरिँदैन। आफूले पढेलेखेको छैन,’ उनी भन्छिन्, ‘जसले जे भने पनि आफ्नो बलले भ्याएसम्मको काम गर्न कुनै मलाई कुनै अप्ठ्यारो लाग्दैन।’

यसअघि देखि नै उनी ज्याला मजदूरी नै गर्थिन्। काठमाडौं  छिर्नुभन्दा अगाडि गाउँकै नेपाली कागज कारखानामा काम गर्थिन्। जति काम गर्न सक्यो त्यति कमाइ हुन्थ्यो। उनी भने महिनामा १२ हजारसम्म कमाइ गर्थिन्। 

तर त्यहाँ धेरै पानीमा रहेर काम गर्नुपर्थ्यो। पानीमा काम गर्दा उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो। 

‘त्यहाँ पानी धेरै चलाउनुपर्थ्यो। पानीका कारण मेरा हातखुट्टाहरु सुनिन थाले। डाक्टरलाई देखाउँदा धेरै पानी नचलाउन सल्लाह दिनुभयो। त्यसपछि त्यो काम छाडेर अहिले यो थालेको।’

No description available.

बसपार्कमा सरसफाइको काम पनि उनले गत वर्षको फागुन महिनादेखि मात्रै थालेकी हुन्। उनले काम थालेको केही समयमै कोरोना महामारी फैलियो।

त्यसपछि लकडाउनमा सरसफाइको काम पनि ठप्प भयो। पछि यातायात सञ्चालनमा सरकारले अनुमति दिएपछि बल्ल उनको काम सुरु भयो। 

उनले बल्लतल्ल पाएको काम पनि कोरोनाले झण्डै खोसिदिएको। नत्र काठमाडौंमा काम पाउँन थोरै मुस्किल पर्छ। कमाई थोरै भए पनि दुईजनाले मिलेर गर्दा घरखर्च टार्न केही सहज हुने भएपछि उनी सक्दो खटेकी छन्। तर दिनभरी खटेको कमाइले उनी एक्लै मात्रैलाई पनि ढुक्कले दुई छाक खान पुग्ने अवस्था छैन। राज्यले श्रमको मूल्य बुझ्न नसक्दा थुप्रै दुर्गाहरुले पसिनाको बदलामा अपमान खेप्नुपर्ने अवस्था छ। 

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  ०९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्