• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

ओझेलमा नेपालीको युरोप रोजगारी

64x64
निर्मला घिमिरे मंगलबार, मंसिर ३०, २०७७  ०७:५४
1140x725

काठमाडौं- काम, कमाइ तथा सुरक्षाका हिसाबले समेत नेपाली श्रमिकहरुका लागि आकर्षक हुन सक्ने युरोप रोजगारी ओझेलमा परेको छ। युरोप रोजगारीबाट हजारौँ संख्यामा नेपाली युवाहरु लाभान्वित हुन सक्ने अवसर भए पनि सरकारले चासो नदेखाउँदा नेपाली श्रमिकहरु अवसरबाट वञ्चित छन्।

खासगरी युरोपमा उच्च पारिश्रमिक तथा आकर्षक सेवासुविधा भएकै कारण बाटो असहज हुँदा पनि युरोप छिर्ने युवाहरुको लर्को लाग्ने गरेको छ। अवैध बाटो तथा प्रकृयामार्फत् युवाहरु ज्यानै माया मारेर युरोप यात्रा तय गरिरहेकै छन्। म्यानपावर तथा दलालहरुलाई चर्को रकम थमाएरसमेत ढुक्कले युरोप पुग्न सक्ने अवस्था छैन। श्रम स्वीकृति लिएर सहज रुपमा युरोप छिर्ने वातावरण नहुँदा चरम आर्थिक शोषणमा परेर उनीहरु भिजिट भिसामार्फत् युरोप छिर्ने गरेका छन्।

पछिल्लो समय युरोपमा नेपाली श्रमिकहरुको माग बढ्दै गएको तर सरकारको बेवास्ताले गर्दा आकर्षक मागहरु समेत ल्याउन नसकिएको म्यानपावर व्यवसायीहरु बताउँछन्। युरोप रोजगारीका मागपत्र प्रमाणीकरणमा सहज नहुँदा नेपाली युवाहरु चर्को रकम गुमाउनुपर्ने तथा शारीरिक तथा मानसिक शोषणमा पर्ने वा ज्यानै माया मार्नुपर्ने अवस्था सिर्जना भएको अधिकांश म्यानपावर व्यवसायीहरु बताउँछन्। वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ पनि सरकारले सहजीकरण नगरिदिँदा युरोप रोजगारीका लागि अर्को मूलुकको रुट प्रयोग गरेर जोखिमपूर्ण यात्रा तय गर्न बाध्य भएको बताउँछन्। 

युरोप रोजगारीको मागपत्र प्रमाणीकरणमा सहजीकरण गर्नुपर्ने तथा युरोपियन मुलुकका रोजगारीका अवसरमा नेपाली श्रमिकहरुलाई सामेल गराउन कूटनीतिक नियोगहरुको सक्रियता आवश्यकता रहेको उनको भनाइ छ। पोल्याण्ड लगायतका नेपाली श्रमिकहरुका आकर्षक गन्तव्य मुलुकहरुमा कूटनीीतक नियोग नहुँदासमेत त्यहाँको रोजगारीमा नेपालीहरुको पहुँच सहज हुन नसकेको उनको तर्क छ। ‘युवाहरु भिजिट भिसा तथा अन्य अनधिकृत प्रकृयामार्फत् किन रोजगारीमा जान बाध्य छन्? यसको जबाफ सरकारले दिनुपर्छ,’ उनले भने। 

चर्को रकम तिरेर जोखिमपूर्ण यात्रा 
आकर्षक काम र कमाइकाे लोभमा परेर युरोप हिडेकाहरु कतिको बाटैमा ज्यानै गएको छ भने कतिपयलाई दलालहरुले गन्तव्यसम्म नपुर्‍याइदिँदा रित्तो हात फर्कनु परेका घटना बढ्दै गएका छन्। यसरी युरोप छिर्न चर्को रकम बुझाएर पनि गन्तव्यमा पुगिन्छ भन्ने ग्यारेन्टी नै नहुँदा पनि युवाहरु युरोप छिर्ने लोभमा मानव तस्करको चुंगलमा पर्ने गरेका छन्। भर्खरै सार्वजनिक भएको नेदरल्याण्डस्थित ट्रेड युनियनको अध्ययन प्रतिवेदनलेसमेत ज्यानै माया मारेर युरोप छिर्नेहरुको निकै दर्दनाक अवस्था चित्रित गरेको छ।

सो अध्ययनले नेपालीहरु अवैध प्रकृया र बाटोमार्फत् युरोप छिर्ने प्रवृत्ति बढ्दै गएको देखाएको छ। अध्ययनअनुसार नेपालीहरु पोल्याण्डको बाटो प्रयोग गरेर फ्रान्स, जर्मनी, स्पेन, बेल्जियम, नेदरल्याण्ड, पोर्चुगल, रोमानिया, माल्टा, ग्रिसलगायत मुलुकमा पुग्ने गरेका छन्। सो अध्ययनले युरोप रोजगारीका लागि जाने नेपाली श्रमिकहरु अत्याधिक आर्थिक शोषणमासमेत पर्ने गरेको उल्लेख गरेको छ। सरकारले तोकेभन्दा कयौँ गुणाबढी रकम बुझाएर श्रमिकहरु युरोपअन्तर्गतका मुलुक गइरहेको अध्ययनले देखाएको छ। जस्तैः पोल्याण्ड रोजगारीमा जान नेपाल सरकारले ८० हजार ४ सय लागत तोकेको छ। तर नेपालीहरु ८ लाखदेखि १२ लाखभन्दा बढी रकम बुझाएर पुगिरहेका छन्। अन्य युरोपिन मुलुकहरुमा छिर्नेहरुले पनि उस्तै गरी चर्को रकम तिर्न बाध्य छन्। 

बढ्दै युरोप छिर्ने नेपालीहरू 
सरकारले युरोप रोजगारी सहजीकरण नगरिदिए पनि भिजिट भिसा तथा अन्य प्रकृयामार्फत् युरोप छिर्ने नेपालीहरुको संख्या बढ्दै गएको छ। युरोप छिरेका अधिकांश नेपालीहरु अस्थायी आवासीय अनुमति तथा कार्य अनुमति (वर्क पर्मिट) लिएर बसेकाहरु छन्। कतिपयले स्थायी आवासीय अनुमति समेत प्राप्त गरेका छन्। केही नेपालीहरु शरणार्थीका रुपमा समेत बस्दै आएका छन्।

नेदरल्याण्डस्थित ट्रेड युनियनको अध्ययनले सन् २००० देखि २००७ सम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी युरोपका पोर्चुगल, स्पेन, पोल्याण्डलगायत मुलुकमा नेपालीहरुको आकर्षण बढ्दै गएको देखाएको छ। वैदेशिक रोजगार विभागकाअनुसार सन् २०१६–०१७ मा ३ हजारभन्दा बढी युवाहरु श्रम स्वीकृति लिएर युरोप गएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१८–०१९ मा नेपालबाट ७ हजार ७ सयभन्दा बढी नेपालीहरु श्रम स्वीकृति लिएर युरोप गएका छन्। युरोपमा पनि पोल्याण्ड जानेको संख्या अत्यधिक छ। बोर्डर गार्डकाअनुुसार युरोपिन मुलुक पोल्याण्डमा मात्रै सन् २०१७ मा २ हजार २ सय ७५ नेपाली प्रवेश गरेको देखिएको छ। त्यस्तै २०१८ मा ४ हजार ४ सय ३२ नेपाली प्रवेश गरेका छन्। २०१९ को करिब ६ महिनाको समयमा पोल्याण्ड प्रवेश गर्ने झण्डै ४ हजार छ।

श्रम स्वीकृति लिएरभन्दा पनि नलिई भारत तथा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमार्फत भिजिट भिसाको आवरणमा रोजगारीका लागि युरोप छिर्नेहरुको संख्या निकै ठूलो छ। वैधानिक रुपमा युरोप छिर्ने अवस्था नहुँदा भिजिट भिसाको आवरणमा रोजगारीमा युरोप छिर्नेहरुको संख्या बढ्दै गएको छ। 

नीतिगत सहजीकरण आवश्यक : कुमार दाहाल, महानिर्देशक, वैदेशिक रोजगार विभाग 
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल हाल युरोप रोजगारीमा नेपाली श्रमिकहरु पठाउने सन्दर्भमा असहज अवस्था रहेको स्वीकार गर्छन्। 

‘युरोपमा भनेका ठाउँमा दूतावास छैनन्। पोल्याण्ड, रोमानियाँजस्ता मुलुकहरुबाट धेरै मागहरु आइरहेको छ। माग आए पनि बुझ्दै नबुझी कामदार पठाउन मिल्दैन,’ उनी भन्छन्, ‘मागपत्र प्रमाणीकरणको विषय बुझेर सयमा सहजीकरण गर्न आबश्यक छ।’ 

युरोप रोजगारीमा राम्रा अवसर रहेकाले ति अवसर रोक्न नहुने उनको जोड छ। युरोप रोजगारीमा देखिएको प्राविधिक तथा नीतिगत समस्यामाथि सहजीकरण गर्न आफूहरु परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर अगाडी बढ्ने महानिर्देशक दाहालको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्