• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

उत्साहित कमल, निराश पुष्पकमल

64x64
भानु बोखिम मंगलबार, मंसिर २३, २०७७  १७:०३
1140x725

वर्तमान राजनीतिको परिदृश्यमा दुई कमल विपरीत अनुभुति लिएर बाँचिरहेका छन्। एक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा राजावादीको र्‍यालीले उत्साहित छन्। अर्का नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल आफ्नै सहअध्यक्षको हर्कत र राजावादीको उत्साहले निराश देखिएका छन्।

थापा र दाहाल दुवै राजनीतिका चतुर खेलाडी हुन्। तर राजनीतिमा चतुर्‍याईंले मात्र पनि काम गर्दैन। समय र परिस्थितिले पनि साथ दिनुपर्छ। राजनीतिमा परिस्थितिले साथ दिएमा अरुको योगदानले आफूलाई फाइदा मिल्छ। कमल थापाले पञ्चायती व्यवस्थाबाट राजनीति सुरु गरेर आजसम्म पनि यात्रा जारी राखेका छन्।

पञ्चायतले राजालाई महान् देखाउने प्रयत्न गर्‍यो। राजालाई महान देखाउने नाममा विश्वेश्वरप्रसाद कोइरालाजस्तो नेतालाई अनेकौं किसिमले हिलो छ्याप्यो। अर्को पञ्चायतले हिन्दूधर्मलाई शासन सत्ताको आधार बनायो। कमल थापाको राजनीतिक दर्शन, सोच यहि पञ्चायतले महिमा गाएको राजतन्त्र र हिन्दूवादसँग जोडिएको छ।

अर्कोतिर पुष्पकमल दाहाल १० वर्ष लामो सशस्त्र युद्धको पृष्ठभुमिमा स्थापित नेता हुन्। माओवादी युद्धसँगै गणतन्त्र र धर्मनिरपेक्षता जोडिएर आएका हुन्। माओवादी आन्दोलनको प्रस्थानमा धर्मनिरपेक्षता र गणतन्त्रको मुद्दा थियो कि थिएन? यो बहसको विषय होला तर बैठानको समय गणतन्त्र र धर्मनिरपेक्षता सघन मुद्दा बनिसकेको थियो। आज माओवादी आन्दोलनले बोकेका मूल मुद्दा समेटेर लेखिएको संविधान छ, तर तिनै आन्दोलनको नेतृत्व गरेर आएका पुष्पकमल दाहाल निराश छन्। राजतन्त्र फर्किने सम्भावना न्यून छ, तैपनि कमल थापा उत्साहित देखिन्छन्। 

अहिले कमल थापाको उत्साह थप्नमा केशरबहादुर विष्टको भूमिका छ। विष्ट तिनै पात्र हुन् जसको राजनीति पञ्चायतको पृष्ठभुमिका फल्यो, फुल्यो। कमल थापासँगै एउटा पार्टीमा रहेर साझा उद्देश्यका लागि काम पनि गरे। अहिले कमल थापाले गणतन्त्रवादी संविधानको मातहतमा मन्त्री भएको भन्दै विष्टले पार्टीबाट अलग भएका छन्। उनै विष्टले राजावादीको र्‍याली अगुवाइपनि गरेका छन्। सारमा भन्दा आफैसँग विमति रहेर अलग भएका मित्रले कमल थापालाई उत्साहित पारेका छन्। ठिक विपरित, सहकार्यका लागि अंकमाल गरेको मित्रले नै पुष्पकमललाई चरम निराशामा पुर्‍याएका छन्। अहिलेको समयमा हरतरहले प्रचण्डको उदासिनताको श्रोत प्रधानमन्त्री केपी शर्मा ओली हुन्। 

सरकारको प्रस्तुति कमजोर भएकै कारण अहिलेको शासनसत्ताप्रति जनतामा निराशा बढ्दो छ। जनतामा छाएको यही निराशाको फाइदा उठाउने कोसिसमा छन् राजावादीहरू। 

आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न पुष्पकमल दाहालले केपी ओलीसँग अंकमाल गरे। यही उदेश्यले तत्कालीन एमाले र माओवादीको चुनावी मोर्चाले पार्टी एकता गर्‍यो र नेकपा बन्यो। स्वार्थजडित नेकपाको मिलनले सुरुसुरुमा प्रेमिल गतिविधि मञ्चन गर्ने प्रयास गरे। तर यथार्थको रहस्योद्घाटन हुन समय लागेन। दाहाल र ओलीको घृणाको प्रदर्शन अहिले चरम बिन्दुमा छ। प्रधानमन्त्री ओली सकेसम्म दाहाललाई दपेट्ने सोचमा छन्। यसले दाहालको राजनीतिक भविष्यमा अनिश्चितता छाएको छ। अर्कोतिर दाहाल सरकारको कामकाजबाट पनि खुशी छैनन्। सरकारको प्रस्तुति कमजोर भएकै कारण अहिलेको शासनसत्ताप्रति जनतामा निराशा बढ्दो छ। जनतामा छाएको यही निराशाको फाइदा उठाउने कोसिसमा छन् राजावादीहरू। 

मानिसहरू धेरै राजाभन्दा एउटा राजा ठिक भन्न थालेका छन्। यसो भन्नेहरू हिजोदेखिनै राजतन्त्रप्रति मोह राख्नेहरू हुन् भन्न सकिएला। तर राजनीतिक दलको गतिविधि र सरकारको कामकाजबाट निराश भएका मानिसहरूले पनि यो उक्ति दोहोर्‍याउन थालेका छन्। यसको अर्थ राजतन्त्र गणतन्त्रभन्दा उपयुक्त शासन व्यवस्था हो भन्ने होइन। तर वर्तमानमा चरम निराशा छाउँदा मानिसलाई अतीत नै मिठो लाग्नु स्वभाविक हो। गणतन्त्रकालमा राजतन्त्रको प्रसंशा गर्नु भनेको अतीतमोह मात्र हो। यो अतीतमोहमा नेताको स्वार्थ केन्द्रित राजनीति र सरकारको नाकामयावी जोडिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सत्तारोहणका सुरुवाती दिनमा सुशासनको नाटक मञ्चन गरेको सरकार अहिले सुस्ताएको छ। दुई तिहाइको शक्तिशाली सरकार अहिले कुहिरोको काग भएको छ। सरकार र सत्तारुढ दलका नेताहरू सुशासनको कुरा गरेर थाक्दैनन्। तर जनतालाई देशमा सुशासन बढेको होइन, घटेको भान भइरहेको छ। जनताको बुझाइमा, राजतन्त्र ढलेर ज्ञानेन्द्र त नागरिक भए तर नागरिकको प्रतिनिधि हौँ भन्ने धेरै नेताहरू राजामा परिणत भएका छन्। उनीहरूमा हुकुमी शैलीको विकास भएको छ। सम्पत्तिमोह र राजसी शैली उनीहरूमा दिनानुदिन बढ्दै गएको छ। उनीहरूको यो सोचको प्रत्यक्ष असर सर्वसाधारणको जीवनमा परेको छ। उनीहरू दैनिक जीवनमा प्रताडित हुन पुगेका छन्। प्रताडित भएका यिनै सर्वसाधारणले पुष्पकमल दाहाललाई पनि अर्को राजाको अवतारमा देखिरहेका छन्। 

व्यवस्था हाक्ने नेता ठिक भएनन् भने सिंगो व्यवस्थामाथि नै चुनौती खडा हुन सक्छ।

पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको आशा र चाहना अनुरुप काम गर्न नसकेको आरोप लगाइरहेका छन्। प्रधानमन्त्रीले आसेपासेको कुरा सुन्दा र उनीहरूलाई लाभको पद दिलाउन खोज्दा सरकारको काम प्रभावकारी हुन नसकेको दाहालको बुझाइ छ। नातावादको मोहमा डुबेको यथार्थ भने स्वीकार्दैनन्। उनी माओवादी सशस्त्र युद्ध हाक्ने जादुमयी प्रचण्ड होइनन्। सर्वहाराको नेता नभएर कसैको पिता, ससुरा वा आफन्तमा परिणत भइसकेका छन्। समाजवादको नारा फलाकेपनि संसदीय राजनीतिको भासमा डुबिसकेका छन् पुष्पकमल। उनलाई जनताको भोक-तिर्खाभन्दा पनि छोरीबुहारीको राजनीतिक करिअरले चिन्तित तुल्याउन थालेको छ। यही सोचको कारण प्रचण्ड धेरैको नजरमा नयाँ राजाको रुपमा परिणत भएका छन्। 

पुष्पकमल दाहाल उर्फ प्रचण्ड राजाको एउटा बिम्बमात्र हुन्। सारमा भन्ने हो भने हिजो परिवर्तनका लागि ज्यानको बाजी थापेर लडेका अधिकांश माओवादी नेताहरू दाहालपथमै छन्। अन्य पृष्ठभूमिबाट आएका नेताहरू त पहिले नै छलछाम र षड्यन्त्रको राजनीतिमा जानकार थिए। यसको सोझो असर राजनीतिक व्यवस्थामा परेको छ। यही कारण कमल थापा र उनीजस्ता नेताहरू यो व्यवस्था नै ठिक थिएन भनेर प्रमाणित भएको दाबी गर्दैछन्। लोकतान्त्रिक व्यवस्था कुनै पनि हालतमा बेठिक हुन सक्दैन। तर व्यवस्था हाक्ने नेता ठिक भएनन् भने सिंगो व्यवस्थामाथि नै चुनौती खडा हुन सक्छ। कमल थापाले गणतन्त्रमाथि औँला उठाउन उत्साहित हुनु, राजावादीहरूको र्‍यालीले सहर परिक्रमा गर्नु आफैँमा अहिलेको व्यवस्थामाथिको चुनौती हो। यो चुनौतीमा हाम्रै नेताहरूको सत्ताकेन्द्रित स्वार्थले बढी भुमिका खेलेको छ। 

Xtrem

Xtrem

आर्यघाटमा पुगेको राजसंस्था फर्किनुलाई ठुलै चमत्कार हुनुपर्छ। 'राजा आऊ, देश बचाऊ' भनेर दुईचार मान्छे सडकमा आउँदैमा राजतन्त्र पुन:स्थापित हुँदैन। तर गणतान्त्रिक नेपालमा पुष्पकमल निराश हुनुको आलंकारिक अर्थ हुन्छ जो शुभसंकेत होइन।  

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्