• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

विदेशिनै पर्ने बाध्यता बोकेर जोखिममाथि चक्कर लगाइरहेकाहरु 

64x64
निर्मला घिमिरे मंगलबार, मंसिर २३, २०७७  ०७:०३
1140x725


काठमाडौं–राहदानी विभागअगाडि हातमा झोला च्यापेर उभिइरहेको अवस्थामा भेटिए रसुवाका सोमबहादुर तामाङ। मध्यान्ह १२ बजिसकेको थियो। राहदानी (पासपोर्ट) नवीकरणका लागि विभागमा आएका उनी थकित मुद्रामा पालो कुरिरहेका थिए।

विदेश जाने चक्करमा केही दिनदेखि उनी काठमाडौंमा भौतारिइरहेका छन्। कहिले म्यानपावर त कहिले एजेन्टहरुसम्म दौडधूप बढेको छ। म्यानपावर तथा एजेन्टहरुले पनि तानातान गरिरहेको अवस्था छ। तर उनको पासपोर्टको काम बाँकी नै रहेकाले बाँकी प्रकृया अगाडि बढेको छैन। 

पासपोर्टको काम सकिएपछि राम्रो काममा पठाउनेलाई त्यो पासपोर्ट थमाउने योजना छ सोमबहादुरको। देशमै केही गर्छु भन्ने सोचले ५ वर्षअघि मलेसियाबाट फर्किएका उनले केही सीप नचलेपछि फेरि वैदेशिक रोजगारीमा जाने सोच बनाएका हुन्।  ‘मलेसियामा १० वर्ष पसिना बगाएर फर्किएँ। यहीँ केही गरौँ भनेर काम थालियो। एक दिन काम पाए ५ दिन बेरोजगार बस्नुपर्छ। यसरी त के गर्नु ?,’ सोमबहादुर गलेको स्वरमा सुनाउँछन्। 

मलेसियाबाट फर्किएर घर निमार्णसम्बन्धी काम थालेका उनी यो काम निरन्तर नपाएपछि फेरि विदेशिने चक्करमा लागेका हुन्। ‘अब कुन देश जाने भन्ने टुंगो भने लागिसकेको छैन। जता काम पाउँछ उतै जाने त हो नि,’उनी भन्छन्, ‘मजदूरी बाहेक अरु काम जानेको छैन । अब एक डेढ लाख पैसा बुझाएपछि काम राम्रै ठाउँमा पठाउलान्।’ 

०००

पहिलो पटक वैदेशिक रोजगारीमा जाने तरखरमा रहेका एक तराईमूलका  युवा पनि राहदानी विभागमै भेटिए। उनले आफ्नो नाम, ठेगाना केही बताउन चाहेनन् । रोजगारीका लागि आफू जाने देश र काम भने पासपोर्ट नबनाउँदै टुंगो लागिसकेको उनले बताए । ‘सबै फिक्स भइसक्यो । अब पासपोर्ट मात्र बनाउन बाँकी छ,’ यति बोलेर ती युवा त्यहाँबाट तर्किए।

०००

Ncell 2
Ncell 2
nimb
nimb

विभागको गेटै नेर फोनमा कुरा गरिरहेका थिए मकवानपुरका सुरेश रुम्बा । उनीसहित २५ युवाहरु ड्राइभिङ कामका लागि कुवेत जाँदैछन् । ‘फ्री भिसा, फ्री टिकट हो। एक जनाको ६० हजार लाग्छ भनेको छ । काम भए पनि नभए पनि सुरुमा १ सय ५० केडी दिने र बिस्तारै काम हुने भनेको छ,’ उनले सुनाए । उनकाअनुसार उनीहरु एजेन्टमार्फत् कुवेत जाँदैछन् । कुवेतको सो कम्पनीबाट एक जना नेपाली उनीहरुलाई लैजान एक हप्ताभित्र आउँदैछन्। 

‘यहाँ काम गर्‍यो गर्‍यो केही बँच्दैन। त्यही भएर कुवेत जानु प¥यो भनेको। राम्रो हुन्छ भनेको छ। अब दलालले पैसा खाइदिने हो कि भनेर बस्दा जान पाइँदैन । नेपालमा काम छैन के गर्नु त । कुरा सुन्दा त फसाउने हो कि भनेर अलिअलि शंका पनि लागेको छ। हामी पुरै एउटै गाउँका केटाहरु छौँ,’ उनले गुनासो गरे। 

०००

पर्साका राजेश चौधरीसहित केही युवाहरु विभागबाहिर सडकपेटीमा झुण्ड भएर गफिइरहेका थिए । उनीहरुको कुराकानी सुन्दा उनीहरु मलेसिया रोजगारीमा जान गाउँबाटै एजेन्टसँग कुरा मिलाएर काठमाडौं आएको बुझिन्थ्यो । तर यसबारे बुझ्न खोज्दा उनीहरु बोल्न चाहेनन्। त्यहीसमूह मध्येका एक युवाले उल्टै प्रश्न तेस्र्याए, ‘तपाइँलाई सबै कुरा सुनाएपछि हामी विदेश जान पाएनौँ भने तपाइँ हामीलाई काम दिनुहुन्छ ?’ एजेन्टमार्फत् सेटिङमा विदेश जान तयारी गरिरहेका उनीहरु अरुलाई कुरा सुनाएपछि जान नपाइने हो कि भन्ने त्रासमा थिए। 

पछिल्लो समय कोरोना महामारीका कारण केही गन्तव्य मुलुकहरुले विदेशी कामदार भर्ना प्रकृया सुरु गरेका छैनन् । मलेसियाले कोरोना महामारीको अवस्था सामान्य भएपछि मात्रै विदेशी कामदार लैजाने उल्लेख गरेको छ । युएई, ओमानलगायत मुलुकले भने विदेशी कामदारको माग गर्न थालेका छन् । कतारले पनि केही क्षेत्रमा विदेशी कामदार लैजान थालेको छ। सबै गन्तव्य मुलुकमा रोजगारीका लागि जान सहज वातावरण नभएको मौकामा म्यानपावर तथा एजेन्टहरुले अवैधबाटो र प्रकृयामार्फत् युवाहरु विदेश ओसारिरहेको पाइएको छ। उनीहरुले भारत हुँदै तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध प्रकृयामार्फत् युवाहरु विदेश ओसार्ने प्रवृत्ति बढेको पाइएको हो। 

बुझेकै युवा अंगाल्दैछन् अवैध बाटो र प्रकृया
वैधानिक प्रकृयाबाट वैदेशिक रोजगारीमा जान सहज नभएपछि युवाहरु अवैध प्रकृया र बाटोमार्फत् वैदेशिक रोजगारीमा जान बाध्य छन्। अवैध बाटो अंगालेर विदेश जाँदा समस्यामा परिन्छ भन्ने जानकारी भएकै युवाहरु पनि देशमा रोजगारीको अवसर नहुँदा तथा वैधानिक प्रकृयामार्फत् विदेश जाने वातावरण सहज नहुँदा लुकिछिपी विदेश जान बाध्य छन्। यसरी जोखिममाथि पैताला राखेर विदेश जाने युवाहरुको भीड राहदानी विभागमा पनि निकै बाक्लिएको छ । विभागकाअनुसार दैनिक ५ सयभन्दा बढी युवाहरुले पासपोर्ट नवीकरण तथा नयाँ जारी भइरहेका छन्। 

अधिकांश मधेसी 
वैदेशिक रोजगारीका लागि काठमाडौं उपत्यकामा चक्कर लगाइरहेकामा अधिकांश मधेसी युवाहरु छन्। कोरोना महामारीपछि रोजगारी गुमेका तथा श्रम बजारमा आएका नयाँ युवाहरु विदेश जाने तरखरमा छन्।

वैदेशिक रोजगारीको चक्करमा उपत्यका छिरेकाहरु अधिकांश उदयपुर, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, पर्सा, बारालगायत जिल्लाका छन्। श्रम कार्यालय ताहाचलकाअनुसार दैनिक करिब ३ सयको हाराहारीमा युवाहरु श्रम स्वीकृति लिएर विदेशिएका छन्। 

राहदानी लिने र श्रम स्वीकृति लिनेहरुको तथ्यांक हेर्दा करिब २ सयको हाराहारीमा युवाहरु कता गइरहेका छन् त ? 

वैदेशिक रोजगारिका लागि भिजिट भिसा 
स्रोतले बताएअनुसार दैनिक करिब २ सयको हाराहारिमा युवाहरु भारत तथा भिजिट भिसामार्फत् विदेश छिर्ने गरेका छन्। अध्यागमन विभागका एक कर्मचारी भने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर दैनिक ६० देखि ७० को संख्यामा मात्र युवाहरु विदेश जाने गरेको बताउँछन्। 

‘बाहिर हल्ला भएजस्तो २ सयको हाराहारीमा भिजिट भिसामा युवाहरु गएका छैनन्, ‘अहिलेको समयमा दैनिक ६०, ७० को संख्यामा भिजिट भिसामा जानु भनेको पनि भयावह अबस्था हो,’ ती कर्मचारीले नेपाल लाईभसँग भने।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि कामदार पठाउन इजाजत लिएका म्यानपावरहरुले नै भिजिट भिसामा कामदार ओसार्न थालेका घटना बाहिरिन थालेका छन् । केही म्यानपावरहरुले पूर्व स्वीकृति नै नलिएका डिमाण्डहरु देखाएर युवाहरुसँग अनधिकृत अन्तर्वार्ता लिइरहेको अबस्थामा वैदेशिक रोजगार विभागले समेत फेला पारेको थियो । अनधिकृत प्रकृयामार्फत कामदार ओसार्ने प्रवृत्ति बढेकाले विभागले म्यानपावरमाथि निगरानी बढाएको विभागका निर्देशक एंव प्रवक्ता टिकामणी नेउपानेले बताए। ‘अनधिकृत काममा संलग्न म्यानपावरहरुमाथि कारबाही प्रकृया अगाडि बढाएका छौँ। र, अन्य म्यानपावरका क्रियाकलापमाथि समेत निगरानी बढाएका छौँ,’ उनले नेपाल लाईभसँग भने।

मानव तस्करी बढेसँगै भिजिट भिसामा कडाइ गर्ने सरकारको तयारी 
भिजिट भिसाको आवरणमा मानव तस्करी बढेसँगै सरकारले भिजिट भिसामा कडाइ गर्ने तयारी गरेको छ । भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै मानव तस्करहरुले युवा ओसार्ने प्रवृत्ति बढेपछि सरकारले भिजिट भिसामा कडाइ गर्ने तयारी गरेको हो। अध्यागमन कार्यविधि नै संसोधन गरेर भिजिट भिसामा कडाइ गरिने अध्यागमन विभागको तयारी छ । मानवतस्करहरुले अध्यागमनकै कर्मचारीहरुसँग साँठगाठ बढाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्कर गरिरहेको आशंकामा गृहमन्त्रालयले समेत छानबिन प्रकृया अगाडि बढाएको छ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्