• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के कोरोना संक्रमणमुक्त व्यक्तिले भ्याक्सिन लगाउन आवश्यक छ?

अपूर्वा मान्दविल्ली सोमबार, मंसिर २२, २०७७  १४:५५
1140x725

गत महिनाको अन्त्यतिर फाइजर र मोडेर्नाले कोरोनाविरुद्धको भ्याक्सिनको परिणाम सार्वजनिक गर्दा अमेरिकी सिनेटरसमेत रहेका फिजिसियन र्‍यान्ड पलले एक ट्विट लेखे।

रिपब्लिकन अफ केन्टुकीका पलले नयाँ भ्याक्सिनहरू एउटा ९० प्रतिशत र अर्को ९४.५ प्रतिशत प्रभावकारी रहेको बताउँदै एकपटक कोभिड-१९ लागिसकेपछि त्यसबाट ‘प्राकृतिक रूपमा प्राप्त’ इम्युन रेस्पोन्स ९९.९९८२ प्रतिशत प्रभावकारी हुने बताएका थिए।

‘उनको यस्तो अभिव्यक्तिले कोरोना संक्रमणलाई कसले सामना गर्न सक्छ त भन्ने प्रश्न उब्जाएको छ,’ युनिभर्सिटी अफ टोरोन्टोकी इम्युनोलोजिस्ट जेनिफर गोमरम्यानले भनिन्, ‘अरू सबै कुरालाई थाती राखेर भन्ने हो भने भ्याक्सिनको सट्टा संक्रमणलाई रोज्नु भनेको एकदमै नराम्रो निर्णय हो।’

‘भ्याक्सिनको अहिलेको प्राथमिक फाइदा भनेको प्रभावकारिता नै हो,’ उनले भनिन्, ‘यी भ्याक्सिनलाई शरीरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका अनुकुल बनाइएको हुन्छ।’ 

तर हामीलाई कोभिडबाट प्राकृतिक रूपमा प्राप्त इम्युन रेस्पोन्सभन्दा भरखर बनेका भ्याक्सिन राम्रा हुन् या होइनन् भन्ने बारेमा थाहा छ त? यदि कुनै व्यक्तिलाई एकपटक कोभिड भइसकेको छ भने फेरि भ्याक्सिन लगाउनुपर्छ कि पर्दैन? न्यूयोर्क टाइम्सले यस विषयमा विभिन्न विज्ञसँगको छलफलमा यी र यस्तै प्रश्न गरेको छ।

सबैभन्दा प्रभावकारी इम्युन रेस्पोन्स कसले प्रदान गर्छ : संक्रमणले कि भ्याक्सिनले?
यसको सबैभन्दा छोटो उत्तर- यो नै हो भन्ने थाहा छैन। तर, पहिले नै प्रयोगात्मक भइसकेकाले कोभिड-१९ विरूद्धका भ्याक्सिनले रोगहरूबाट बचाउने गर्छन् र तिनीहरू सुरक्षित पनि उत्तिकै हुने गर्छन्।

केही रोगजन्य भाइरस र ब्याक्टेरियाविरूद्ध लगाइने भ्याक्सिनले शरीरले अन्य समयमा प्राकृतिक रूपमा प्रदान गर्ने इम्युन रेस्पोन्सभन्दा राम्रो इम्युनिटी बढाइरहेको हुन्छ। भर्खरै प्राप्त भएका विभिन्न तथ्यहरूका अनुसार मोडेर्नाको भ्याक्सिन लगाएका स्वयंसेवकको शरीरमा एकपटक कोभिड भइसकेका व्यक्तिभन्दा बढी इम्युनिटी देखिएको थियो।

तर अरू केसमा भने प्राकृतिक संक्रमणबाट प्राप्त हुने इम्युनिटी भ्याक्सिनभन्दा बढी शक्तिशाली हुने गरेका छन्। उदाहरणका लागि पुरूषलाई बाँझोपनको समस्यासमेत दिन सक्ने हाडे रोगलाई पनि लिन सक्छौं। यो रोगविरूद्धको भ्याक्सिनको प्रयोग गर्नाले पनि पुनः संक्रमण भएको घटनाहरू पनि प्रशस्तै छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पलका अनुसार कोरोना भाइरसबाट प्राप्त प्राकृतिक इम्युनिटी धेरै शक्तिशाली छ। संक्रमण भएको ठूलो समुदायले यो एन्टीबडीको विकास गर्दछन् र पुनः कोरोना संक्रमण हुनबाट बँच्दछन्। अहिलेसम्म प्राप्त भएका तथ्यहरूले यस्तो इम्युनिटी वर्षौंसम्म पनि रहने र यस्ता गम्भीर संक्रमणबाट बचाउने (यदि पुनः संक्रमण नभएमा) देखाएका छन्।

‘जसलाई सामान्य प्रकारको संक्रमण भएको त्यस्ता व्यक्तिको शरीरमा रहेको एन्टिबडीले पुनः संक्रमण हुनबाट केही महिनामात्र बचाउन सक्छन्, त्यस्ता व्यक्तिका लागि भ्याक्सिनले अझ प्रभावकारी रूपमा काम गर्छ’ हार्वार्ड टी.एच. चान स्कूल अफ पब्लिक हेल्थका इपिडिमियोलोजिस्ट बिल ह्यानेजले भने।

हाम्रो शरीरभित्र कस्तो किसिमको रोग प्रतिरोधात्मक क्षमता छ भन्ने कुरा हाम्रो शरीरभित्र रहेका भाइरसका प्रकारले पनि निर्धारण गरिरहेको हुन्छ। ‘सबैलाई एकै किसिमका भ्याक्सिनका डोजहरू दिइन्छ भन्ने हामीलाई थाहा छ र भ्याक्सिनले पनि यसैअनुरूप काम गर्ने गर्छ,’ डा गोमरम्यान भन्छन्, ‘त्यसैले भ्याक्सिनको प्रयोग गरिसकेपछि संक्रमण रहँदैन।’

म जवान, स्वस्थ छु र ममा कोभिडको जोखिम कम छ। यो नै मेरा लागि पर्याप्त हुँदैन र? मैले किन हतारमा भ्याक्सिन लगाउने?
यो विषयमा सबै विज्ञहरूको उत्तर एउटै थियो- कोभिड-१९ तुलनात्मक रूपमा धेरै नै जोखिमयुक्त विकल्प हो।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘कुनै व्यक्ति आफ्नो शरीरको तन्दुरूस्तताका कारण अन्य संक्रमितभन्दा छिटो निको हुन सक्छ, तर संक्रमण भइसकेपछि यसले धेरै नै जोखिमहरू निम्त्याउने गर्छ।’ सिटलस्थित युनिभर्सिटी अफ वासिंटनका इम्युनोलोजिस्ट म्यारियन पेप्परले भनिन्।

तुलनात्मक रूपमा कम उमेर भएका र महिलाहरूमा संक्रमणको जोखिम कम देखिएको छ तर डायबेटिजस्ता रोग लागेका व्यक्तिका लगि यो निकै नै घातक हो। १८-३४ वर्षका करिब ३ हजारभन्दा बढी अस्पतालमा भर्ना भएका कोरोना संक्रमितमा गरिएको एक अध्ययनका अनुसार २० प्रतिशत संक्रमितलाई आइसियूमा भर्ना गर्नुपरेको थियो भने कूलमध्ये तीमध्ये जम्मा ३ प्रतिशत संक्रमितको ज्यान गएको थियो।

‘कोभिडविरूद्धका भ्याक्सिनहरूको प्रयोगबाट धेरै नै कम जोखिम हुने गर्छ। त्यस्ता भ्याक्सिनहरू दशौं हजार मानिसमा परीक्षण गरेर उनीहरूमा कुनै प्रकारको नकारात्मक असर नदेखिएपछिमात्र संक्रमितलाई लगाइने गरिन्छ।’ डा ह्यानेज भन्छन्, ‘लाखौंमा लगाइएको भ्याक्सिनका साइड इफेक्ट ज्यादै कममा मात्र देखा पर्ने गर्छ। तर प्राकृतिक संक्रमणबाट देखापर्ने जोखिमभन्दा भ्याक्सिनको प्रयोगबाट धेरै नै कम जोखिम देखापर्ने हुन्छ।’

मलाई कोरोना संक्रमण भएको थियो। के अब मेरा लागि भ्याक्सिन लगाउनु सुरक्षित हुन्छ? यदि हुन्छ भने हामीले त्यो भ्याक्सिन कहिले प्राप्त गर्छौं?
विज्ञहरूका अनुसार यो सुरक्षित र एकपटक कोभिड भइसकेको व्यक्तिका लागि त सम्भवतः झनै फाइदाजनक पनि हुन्छ। ‘पहिलै भइरहेको इम्युन रेस्पोन्सलाई अझ अभिवृद्धि गर्दा त्यसले हानी गर्दैन,’ डा पेप्पर भन्छिन्, ‘भ्याक्सिनबाट प्राप्त इम्युन रेस्पोन्सले झनै राम्रो गर्छ।’

यदि कसैमा एकपटक कोरोना संक्रमण भइसकेको छ भने भ्याक्सिन लगाउनै उचित हुन्छ र त्यसका लागि केही समय कुर्नुपर्ने हुन्छ। डा पेप्परको टिमले गरेको अध्ययनअनुसार संक्रमणपछिका केही महिनाभित्रै शरीरले इम्युन रेस्पोन्स विकसित गर्न थाल्छ। तर एकपटक कोरोना संक्रमण भइसकेका व्यक्तिलाई भने त्यो समयलगत्तै पुनः संक्रमण हुने जोखिम धेरै नै कम हुन्छ।

‘हामीले त्यस्ता सबै व्यक्तिमा इम्युन रेस्पोन्समा वृद्धि भएको देखेका छौं,’ उनले भनिन्, ‘त्यसैले त्यस्ता व्यक्तिहरूले संक्रमणबाट संवेदनशील व्यक्तिको तुलनामा धेरै हतार गरेर भ्याक्सिन लगाउनु उचित हुन्छ जस्तो मलाई लाग्दैन।’

गत बुधबार भएको एक बैठकमा भ्याक्सिनको वितरणका बारेमा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनलाई सुझाव दिने एडभाइजरी कमिटी अन इम्युनिजेसन प्राक्टिसेस (एसिआइपी)ले कोरोना निको भएर ९० दिन नकटेका व्यक्तिलाई भन्दा कोरोना संक्रमण नै नभएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोभिड विरूद्धको भ्याक्सिन लगाउनुपर्ने सुझाव दिएको छ।

अब हामीले कोरोना निको भएका व्यक्तिका लागि निको भएको ९० दिनभित्र पुनः संक्रमण हुन्छ/हुँदैन भन्नेबारे ठोट निष्कर्ष निकाल्नुपर्ने हुन्छ,’ डा मलडोनाडोले भने। थोरै मात्रामा भ्याक्सिनमात्र निर्माण भएका कारण भरखरैमात्र कोरोना निको भएका व्यक्तिलाई भ्याक्सिन लगाइहाल्नु सम्भवतः पर्दैन। 

न्यूयोर्क टाइम्सबाट अनुवाद गरिएको

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १४:५५
  • #कोरोना-भ्याक्सिन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ शनिबार, असोज ३१, २०८३
युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्