• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

रोजगारीको आशले दलालको पासोमा युवा

64x64
निर्मला घिमिरे सोमबार, मंसिर २२, २०७७  ०८:५१
1140x725

काठमाडौं-रसुवाकी सोममाया तामाङ (नाम, ठेगाना परिवर्तन) लाई बेरोजगारी समस्याले निकै सताएको थियो। कामको खोजीमा भौतारिइरहेकी उनले कुवेतमा आकर्षक काम र कमाइ भएको सुनिन्। त्यसपछि उनीसहित ४ महिलाहरू भारत हुँदै कुवेत जान तयार भए। तर उनीहरुलाई कुवेत पुर्‍याउने भन्ने व्यक्ति मोरङ कटहरी गाउँपालिका- ९ स्थायी घर भएका राज चौधरी भन्ने राजेशकुमार चौधरीले सोममायासहित ४ जनालाई भारतको दिल्लीस्थित एक होटलमा लगेर राखे।

त्यहाँ उनीहरुको शारीरिक तथा मानसिक शोषणसमेत गरे। अनि उनीहरु त्यहाँबाट भागेर स्वदेश फर्किए। मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिएपछि प्रतिवादी राजेशकुमार चौधरीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। 

कोरोना महामारीका कारण बेरोजगारी समस्याले पिल्सिएका मकवानपुरकी सुस्मिता घले (नाम, ठेगाना परिवर्तन) सहित ३ जना रोजगारीको खोजी गरिरहेका थिए। कामको खोजिमा भौतारिइरहेका उनीहरुले विदेशमा आकर्षक काम पाउने सुने। कमाइ पनि आकर्षक हुने भएपछि उनीहरु रोजगारीका लागि विदेश जान तयार भए।

दलालमार्फत् गैरकानुनी प्रकृया अपनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र खाडी मुलुक (कतार, युएई) हुँदै दक्षिण अफ्रिका पुगे। दक्षिण अफ्रिका पुर्‍याएर दलालमार्फत् उनीहरुलाई बिक्री गरियाे। त्यहाँ उनीहरुलाई बन्धक बनाएर शारीरिक शोषण गरियो। करिब ५ महिना बन्धक जीवन बिताएका उनीहरु कोही नभएको मौका छोपी भागेर स्वदेश फर्किए। उनीहरुलाई दक्षिण अफ्रिका पठाउन सक्रिय ताप्लेजुङ मेरिङदेन गाउँपालिका ४ स्थायी घर भएका गणेशकुमार लोेंवालाई प्रहरीले पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाएको छ। 

पोर्चुगल छिरेर टन्न कमाइ गर्ने सपनामा चुर्लुम्म डुबेका रुपन्देहीका दुई जना युवाहरु पनि दलालको पासोमा परेका छन्। रोजगारीका लागि पोर्चुगल जान पाउने आशामा उनीहरुले दलाललाई १६ लाख २५ हजार २ सय ५० रुपैयाँ बुझाइसकेका थिए। तर लामो समयसम्म पनि आफूहरुलाई पोर्चुगल नपठाएपछि सोधखोज गर्दा अफरलेटर तथा भिसा लगायत डकुमेन्टहरु नै नक्कली भएको पत्ता लाग्यो। पोर्चुगल रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने रुपन्देही ओमसतिया गाउँपालिकाका शिवनारायण चौधरी यतिबेला प्रहरीको फन्दामा परेका छन्। 

पछिल्लो समय कोरोना महामारीका कारण रोजगारी गुमाएर समस्यामा परेका युवाहरुलाई रोजगारीको प्रलोभनमा पारेर दलालहरुले ओसारपसार तथा बेचबिखन गर्ने क्रम बढेको पाइएको छ। कतिपय युवाहरुलाई आर्थिक शोषण गरेर देशमै अलपत्र पार्ने क्रमसमेत बढेको पाइएको छ।  

अवैध प्रकृयामार्फत् ओसारिँदै युवा 
देशमा बेरोजगारी समस्याले सताएको मौकामा दलालहरु सलबलाएका छन्। यही क्रममा रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा युवाहरुलाई विभिन्न मुलुक छिराउने तथा अलपत्र पार्ने क्रम बढेको छ। यस्तो अनधिकृत काममा व्यक्ति तथा वैदेशिक रोजगारीमा कामदार पठाउनका लागि इजाजत पाएका संस्था (म्यानपावर) हरु नै सक्रिय रहेको पाइएको छ।

केही दिनयता मात्रै वैदेशिक रोजगार विभागले अनधिकृत रुपमा कामदार पठाउने सक्रिय रहेका आधादर्जनभन्दा बढी म्यानपावर कम्पनीहरुमा छापा मारी कागजातसमेत जफत गरेको छ। यस्ता अनधिकृत काममा संलग्न म्यानपावर कम्पनीमाथि छानबिन तथा कारबाही प्रकृया अगाडि बढाइएको विभागले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यही मंसिर ८ र ९ गते युवाहरुलाई कतार रोजगारीमा पठाउने भन्दै अनधिकृत अन्तरवार्ता लिइरहेको भेटिएपछि ३ वटा म्यानपावर कम्पनीहरु ६ महिनाका लागि निलम्बनमा समेत परेका छन्। विभागका अनुसार एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्सेस र होप इन्टरनेशनल म्यानपावर निलम्बनमा परेका हुन्। विभागकाअनुसार अनधिकृत रुपमा युवा ओसार्न सकृय रहेका यी म्यानपावरले ६ महिनासम्म कामदार वैदेशिक रोजगारीमा पठाउन पाउने छैनन्। 

बेरोजगारी समस्याका कारण बढ्यो तस्करी 
पछिल्लो समय देशमा रोजगारीको अबसर नहुँदा नै युवाहरु तस्करी गर्ने क्रम बढेको पाइएको छ। प्रतिनिधि सभा सदस्य तथा छायाँ सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डा. डिला संग्रौला पनि बेरोजगारी समस्याका कारण छट्पटिएका युवाहरुलाई सरकारले व्यवस्थापन गर्न नसक्दा युवाहरु दलालको फन्दामा पर्ने क्रम बढेको बताउँछिन्। 

‘देशमा रोजगारीका अवसर छैनन्। रोजगारीका लागि वैधानिक बाटोबाट जाने वातावरण पनि अहिले असहज छ। जसले गर्दा युवाहरु दलालहरुमार्फत् तथा अवैध प्रकृयामार्फत् वैदेशिक रोजगारीमा जान बाध्य छन्,’ डा. संग्रौला भन्छिन्। 

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहरा पनि कोरोना महामारीका कारण निम्तिएको बेरोजगारी समस्याका कारण मानव बेचखिन तथा ओसारपसारका घटनाले बढवा पाएको बताउँछन्। 

‘अधिकांश मानव बेचबिखन तथा ओसारपसारका घटना हेर्दा बेरोजगारी समस्याकै कारण निम्तिएको देखिन्छ,’ एसएसपी डा. बोहरा भन्छन्, ‘महामारीपछि यस्ता घटना झन् बढ्दो क्रममा छन्।’

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ बेरोजगारी समस्याकै कारण अनधिकृत रुपमा जान युवाहरु बाध्य रहेको  बताउँछन्। बेरोजगारी समस्याले पिल्सिएका युवाहरुलाई ललाईफकाई अनधिकृत रुपमा वैदेशिक रोजगारीमा पठाउन विभिन्न व्यक्ति सक्रिय रहेको उनको भनाइ छ। पछिल्लो समय मागपत्र प्रमाणीकरणको प्रकृया सहज नहुँदा पनि केही म्यानपावर व्यवसायीहरु नै अनधिकृत रुपमा युवा ओसार्न सक्रिय रहको उनको बुझाइ छ। त्यस्ता व्यक्ति तथा संस्थाहरुमाथि सरकारले कडा निगरानी राखी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने उनको जोड छ।  

त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा तस्करी भइरहेको आशंकामा गृहले थाल्यो छानबिन 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सेटिङ मिलाएर मानव तस्करी भइरहेको हुनसक्ने आशंकामा गृह मन्त्रालयले छानबिन प्रकृया अगाडि बढाएको छ। महामारीका कारण लामो समय ठप्प रहेको अन्तर्राष्ट्रिय उडान सुरु भएसँगे मानव ओसारपसार तथा तस्करीका घटना बढेका छन्। याेसँगै गृहले छानबिन प्रक्रिया अगाडी बढाएको हो। गृह मन्त्रालयले उपसचिवस्तरीय समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाएको हो। अध्यागमनका कर्मचारीहरुको समेत मिलोमतोमा मानव तस्करी तथा ओसारपसारका घटना बढिरहेको गोप्य सूचनाका आधारमा गृहले छानबिन थालेको बताइएको छ। 

त्यस्तै म्यानपावर कम्पनीहरु समेत युवाहरु ओसारपसार तथा तस्करीमा सक्रिय पाइएपछि वैदेशिक रोजगार विभागले समेत निगरानी बढाएको छ। विभागमा वैदेशिक रोजगारीका नाममा ठगी तथा मानवतस्करीका उजुरी बढेसँगै निगरानी बढाएको विभागका महानिर्देशक कुमार दाहाले बताए। रोजगारीका नाममा मानव तस्करीका घटना बढ्दै गएकाले यसको न्यूनीकरणका लागि सम्बन्धित सबै सरोकारवालाहरुले सहकार्य गरी अगाडी बढ्नुपर्ने उनको जोड छ। युवाहरु स्वयं पनि सचेत हुनुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्