• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

रोजगारीको आशले दलालको पासोमा युवा

64x64
निर्मला घिमिरे सोमबार, मंसिर २२, २०७७  ०८:५१
1140x725

काठमाडौं-रसुवाकी सोममाया तामाङ (नाम, ठेगाना परिवर्तन) लाई बेरोजगारी समस्याले निकै सताएको थियो। कामको खोजीमा भौतारिइरहेकी उनले कुवेतमा आकर्षक काम र कमाइ भएको सुनिन्। त्यसपछि उनीसहित ४ महिलाहरू भारत हुँदै कुवेत जान तयार भए। तर उनीहरुलाई कुवेत पुर्‍याउने भन्ने व्यक्ति मोरङ कटहरी गाउँपालिका- ९ स्थायी घर भएका राज चौधरी भन्ने राजेशकुमार चौधरीले सोममायासहित ४ जनालाई भारतको दिल्लीस्थित एक होटलमा लगेर राखे।

त्यहाँ उनीहरुको शारीरिक तथा मानसिक शोषणसमेत गरे। अनि उनीहरु त्यहाँबाट भागेर स्वदेश फर्किए। मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिएपछि प्रतिवादी राजेशकुमार चौधरीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ। 

कोरोना महामारीका कारण बेरोजगारी समस्याले पिल्सिएका मकवानपुरकी सुस्मिता घले (नाम, ठेगाना परिवर्तन) सहित ३ जना रोजगारीको खोजी गरिरहेका थिए। कामको खोजिमा भौतारिइरहेका उनीहरुले विदेशमा आकर्षक काम पाउने सुने। कमाइ पनि आकर्षक हुने भएपछि उनीहरु रोजगारीका लागि विदेश जान तयार भए।

दलालमार्फत् गैरकानुनी प्रकृया अपनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र खाडी मुलुक (कतार, युएई) हुँदै दक्षिण अफ्रिका पुगे। दक्षिण अफ्रिका पुर्‍याएर दलालमार्फत् उनीहरुलाई बिक्री गरियाे। त्यहाँ उनीहरुलाई बन्धक बनाएर शारीरिक शोषण गरियो। करिब ५ महिना बन्धक जीवन बिताएका उनीहरु कोही नभएको मौका छोपी भागेर स्वदेश फर्किए। उनीहरुलाई दक्षिण अफ्रिका पठाउन सक्रिय ताप्लेजुङ मेरिङदेन गाउँपालिका ४ स्थायी घर भएका गणेशकुमार लोेंवालाई प्रहरीले पक्राउ गरी कारबाही प्रकृया अगाडि बढाएको छ। 

पोर्चुगल छिरेर टन्न कमाइ गर्ने सपनामा चुर्लुम्म डुबेका रुपन्देहीका दुई जना युवाहरु पनि दलालको पासोमा परेका छन्। रोजगारीका लागि पोर्चुगल जान पाउने आशामा उनीहरुले दलाललाई १६ लाख २५ हजार २ सय ५० रुपैयाँ बुझाइसकेका थिए। तर लामो समयसम्म पनि आफूहरुलाई पोर्चुगल नपठाएपछि सोधखोज गर्दा अफरलेटर तथा भिसा लगायत डकुमेन्टहरु नै नक्कली भएको पत्ता लाग्यो। पोर्चुगल रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने रुपन्देही ओमसतिया गाउँपालिकाका शिवनारायण चौधरी यतिबेला प्रहरीको फन्दामा परेका छन्। 

पछिल्लो समय कोरोना महामारीका कारण रोजगारी गुमाएर समस्यामा परेका युवाहरुलाई रोजगारीको प्रलोभनमा पारेर दलालहरुले ओसारपसार तथा बेचबिखन गर्ने क्रम बढेको पाइएको छ। कतिपय युवाहरुलाई आर्थिक शोषण गरेर देशमै अलपत्र पार्ने क्रमसमेत बढेको पाइएको छ।  

अवैध प्रकृयामार्फत् ओसारिँदै युवा 
देशमा बेरोजगारी समस्याले सताएको मौकामा दलालहरु सलबलाएका छन्। यही क्रममा रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा युवाहरुलाई विभिन्न मुलुक छिराउने तथा अलपत्र पार्ने क्रम बढेको छ। यस्तो अनधिकृत काममा व्यक्ति तथा वैदेशिक रोजगारीमा कामदार पठाउनका लागि इजाजत पाएका संस्था (म्यानपावर) हरु नै सक्रिय रहेको पाइएको छ।

केही दिनयता मात्रै वैदेशिक रोजगार विभागले अनधिकृत रुपमा कामदार पठाउने सक्रिय रहेका आधादर्जनभन्दा बढी म्यानपावर कम्पनीहरुमा छापा मारी कागजातसमेत जफत गरेको छ। यस्ता अनधिकृत काममा संलग्न म्यानपावर कम्पनीमाथि छानबिन तथा कारबाही प्रकृया अगाडि बढाइएको विभागले जनाएको छ।

Ncell 2
Ncell 2

यही मंसिर ८ र ९ गते युवाहरुलाई कतार रोजगारीमा पठाउने भन्दै अनधिकृत अन्तरवार्ता लिइरहेको भेटिएपछि ३ वटा म्यानपावर कम्पनीहरु ६ महिनाका लागि निलम्बनमा समेत परेका छन्। विभागका अनुसार एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्सेस र होप इन्टरनेशनल म्यानपावर निलम्बनमा परेका हुन्। विभागकाअनुसार अनधिकृत रुपमा युवा ओसार्न सकृय रहेका यी म्यानपावरले ६ महिनासम्म कामदार वैदेशिक रोजगारीमा पठाउन पाउने छैनन्। 

बेरोजगारी समस्याका कारण बढ्यो तस्करी 
पछिल्लो समय देशमा रोजगारीको अबसर नहुँदा नै युवाहरु तस्करी गर्ने क्रम बढेको पाइएको छ। प्रतिनिधि सभा सदस्य तथा छायाँ सरकारकी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डा. डिला संग्रौला पनि बेरोजगारी समस्याका कारण छट्पटिएका युवाहरुलाई सरकारले व्यवस्थापन गर्न नसक्दा युवाहरु दलालको फन्दामा पर्ने क्रम बढेको बताउँछिन्। 

‘देशमा रोजगारीका अवसर छैनन्। रोजगारीका लागि वैधानिक बाटोबाट जाने वातावरण पनि अहिले असहज छ। जसले गर्दा युवाहरु दलालहरुमार्फत् तथा अवैध प्रकृयामार्फत् वैदेशिक रोजगारीमा जान बाध्य छन्,’ डा. संग्रौला भन्छिन्। 

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी डा. देवबहादुर बोहरा पनि कोरोना महामारीका कारण निम्तिएको बेरोजगारी समस्याका कारण मानव बेचखिन तथा ओसारपसारका घटनाले बढवा पाएको बताउँछन्। 

‘अधिकांश मानव बेचबिखन तथा ओसारपसारका घटना हेर्दा बेरोजगारी समस्याकै कारण निम्तिएको देखिन्छ,’ एसएसपी डा. बोहरा भन्छन्, ‘महामारीपछि यस्ता घटना झन् बढ्दो क्रममा छन्।’

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ बेरोजगारी समस्याकै कारण अनधिकृत रुपमा जान युवाहरु बाध्य रहेको  बताउँछन्। बेरोजगारी समस्याले पिल्सिएका युवाहरुलाई ललाईफकाई अनधिकृत रुपमा वैदेशिक रोजगारीमा पठाउन विभिन्न व्यक्ति सक्रिय रहेको उनको भनाइ छ। पछिल्लो समय मागपत्र प्रमाणीकरणको प्रकृया सहज नहुँदा पनि केही म्यानपावर व्यवसायीहरु नै अनधिकृत रुपमा युवा ओसार्न सक्रिय रहको उनको बुझाइ छ। त्यस्ता व्यक्ति तथा संस्थाहरुमाथि सरकारले कडा निगरानी राखी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने उनको जोड छ।  

त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा तस्करी भइरहेको आशंकामा गृहले थाल्यो छानबिन 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सेटिङ मिलाएर मानव तस्करी भइरहेको हुनसक्ने आशंकामा गृह मन्त्रालयले छानबिन प्रकृया अगाडि बढाएको छ। महामारीका कारण लामो समय ठप्प रहेको अन्तर्राष्ट्रिय उडान सुरु भएसँगे मानव ओसारपसार तथा तस्करीका घटना बढेका छन्। याेसँगै गृहले छानबिन प्रक्रिया अगाडी बढाएको हो। गृह मन्त्रालयले उपसचिवस्तरीय समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाएको हो। अध्यागमनका कर्मचारीहरुको समेत मिलोमतोमा मानव तस्करी तथा ओसारपसारका घटना बढिरहेको गोप्य सूचनाका आधारमा गृहले छानबिन थालेको बताइएको छ। 

त्यस्तै म्यानपावर कम्पनीहरु समेत युवाहरु ओसारपसार तथा तस्करीमा सक्रिय पाइएपछि वैदेशिक रोजगार विभागले समेत निगरानी बढाएको छ। विभागमा वैदेशिक रोजगारीका नाममा ठगी तथा मानवतस्करीका उजुरी बढेसँगै निगरानी बढाएको विभागका महानिर्देशक कुमार दाहाले बताए। रोजगारीका नाममा मानव तस्करीका घटना बढ्दै गएकाले यसको न्यूनीकरणका लागि सम्बन्धित सबै सरोकारवालाहरुले सहकार्य गरी अगाडी बढ्नुपर्ने उनको जोड छ। युवाहरु स्वयं पनि सचेत हुनुपर्ने उनको भनाइ छ। 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्