• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

बिजुलीले सुस्तावासीमा ल्याएको खुशी

64x64
रासस शनिबार, मंसिर २०, २०७७  १४:५०
1140x725

नवलपरासी- वर्षौंदेखि राज्यको उपेक्षा र छिमेकी भारतको पेलाइ सहँदै आएका सुस्तावासीका लागि यस वर्षको दीपावली जीवनको अविस्मरणीय दिन बन्न पुग्यो। अहिलेसम्म केन्द्रीय प्रशारण लाइनको पहुँचबाट निकै टाढा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी पारि रहेको परासीको सुस्ता क्षेत्रका बासिन्दा पहिलोपटक दीपावलीको दिन सौर्य ऊर्जाबाट विद्युत् सुविधा प्राप्त गरेपछि रातभर नाचगान र खुसियालीमा बिताएको बताउँछन्।

मटितेलको टुकी र सोलारको सानो टुकी बाल्दै आएकी सकिला खातुन ठूलो क्षमताको सोलार बत्ती बाल्न पाउँदा हर्षले गद्गद् हुँदै भन्छिन्, ‘जीवनमा पहिलोपटक यति उज्यालो देख्न पाउँदा मलाई त रात पनि दिनजस्तै भएको छ।’ राम्ररी नेपाली भाषा बोल्न पनि असजिलो मान्ने उनलाई अहिले हरेक दिन दीपावली जस्तै लागेको छ।

पहिलोपटक गाउँमा बिजुली बलेका अवसरमा स्थानीयवासीले बाजागाजासहित खुशियाली मनाएका थिए। ‘विद्युत् नहुँदा धेरै समस्या थियो, अन्धकारमा जीवन गुजार्दै आएका थियौँ,’ सुस्ताका अरबिन्द कुर्मीले भने, ‘बिजुली बलेपछि गाउँ नै झलमल भएको छ, सबैमा खुशियाली छाएको छ।’ बिजुली आएसँगै विद्युतीय काम गर्न धेरै सहज हुने कुर्मीले बताए। विद्युत् नभएकै कारण टेलिभिजन हेर्न नपाउने, अन्य विद्युतीय काम गर्नसमेत नसकिनेजस्ता समस्या रहेकामा अब भने सहज हुने उनको भनाइ छ। उपभोक्ताले प्राधिकरणकै दरमा महशुल तिर्न सक्नेछन्।

हिजो अन्धकारले ढाकिएको यो क्षेत्र घरघरमा जडान भएका बत्ती र सडक, गल्लीमा पनि निर्माण गरिएको सडक बत्तीले सुस्तालाई टाढैबाट शहर बजारजस्तै झलमल्ल देख्न सकिन्छ। रातको समयमा सीमावर्ती गाउँबाट आउने चोर, तस्करहरुको सास्ती भोग्दै आएका उनीहरु उज्यालोसँगै सुरक्षित भएको अनुभव गर्न थालेका छन्। रातको समयमा सर्पको टोकाइको समस्या पनि कम हुने विश्वास गर्छन् स्थानीय शंसे आलम खाँ। उनी भन्छन्, ‘सौर्य विद्युतीकरणले उज्यालोको सुविधाका साथै विभिन्न स–साना उद्योगधन्दा सञ्चालन गरेर युवालाई गाउँमै रोजगारीको अवसर मिलेको छ।’

पटकपटक भारतीय अतिक्रमणमा परेर चर्चामा रहँदै आएको सुस्तामा नारायणी नदीका कारण राष्ट्रिय प्रशारण लाइन पुर्‍याउन असहज हुँदा यहाँका नागरिक वर्षौंदेखि टुकीको भरमा जीवन बिताउँदै आएका छन्। आफ्नै भूमिमा जान पनि भारतीय भू–भाग प्रयोग गरी नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्रा गरेर मात्र जानुपर्ने बाध्यता छ। परियोजनाबाट उत्पादित विद्युत्ले गाउँपालिकाका सम्पूर्ण घरधुरीमा विद्युतीकरण हुनुका साथै सर्पदंश उपचार केन्द्र तथा अन्य उत्पादनशील ऊर्जा उपयोगका क्षेत्रमा समेत विद्युत्को व्यावसायिक उपयोग गरिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

विद्युत‌्‌को सुविधापछि घरधन्दा गर्न सजिलो भएको, छोराछोरीले लेखपढ गर्न पाएको र रातको समयमा अन्य आयमूलक काम गर्न पाएकामा खुशी हुँदै द्रपति जैसवाल भन्छन्, ‘वर्षौंदेखि अनेक असुविधा र कठिनाइ झेल्दै आएका हामीलाई सौर्य विद्युतीकरणले विकासको अनेक सम्भावना देखाएको छ।’ जनता दलित आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत सत्यन्दर कुर्मी घरमा सोलार जडानपछि राति अबेरसम्म अध्ययन गर्न सहज भएको बताउँछन्।     

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा गाउँपालिकामा निर्माण गरिएको १०० किलोवाट क्षमताको सौर्य मिनीग्रिड परियोजनामार्फत् यहाँका २६६ घरधुरीका बासिन्दाले विद्युत् सुविधा प्राप्त गरेका हुन्। कूल आयोजना लागत चार करोड, ८० लाख ९२ हजार २६८ रहेको सो आयोजनामा केन्द्रको अनुदान दुई करोड ८८ लाख ५५ हजार ३६१ (६० प्रतिशत), तराई–मधेश समृद्धि कार्यक्रमको एक करोड ७५ लाख (३६ प्रतिशत) तथा गाउँपालिकाको १७ लाख ३६ हजार ९०७ (४ प्रतिशत) रूपैयाँ लगानी रहेको छ। विश्वस्तरीय स्मार्ट प्रविधि प्रयोग गरी निर्माण गरिएको यस आयोजनाबारे मोबाइलबाटै जुनसुकै स्थानबाट जानकारी लिन सकिने केन्द्रका सहायक निर्देशक डा लक्ष्मणप्रसाद घिमिरे बताउँछन्। सुस्ता क्षेत्र भौतिक, सामाजिक, स्वास्थ्य र शैक्षिकलगायतका पक्षले अत्यन्तै दुर्गम मानिन्छ। कृषि उत्पादनको दृष्टिकोणले उर्वरभूमि रहे पनि ऊर्जाको पहुँच नहुँदा किसान परम्परागत प्रणालीमा निर्भर रहनुपरेको छ। केन्द्रको सहयोगमा सुस्तामा आठ वटा सौर्य पम्प जडान गर्न लागिएको छ।

नेपाल सरकारद्वारा उज्यालो नेपाल अभियानअन्तर्गत विद्युतीकरण हुन बाँकी रहेका देशका सम्पूर्ण क्षेत्रमा विद्युतीकरण गरी आगामी तीन वर्षभित्र सबै नेपालीका घरघरमा विद्युत्को पहुँच पुर्‍याउने लक्ष्यअनुसार यस सौर्य मिनिग्रीड परियोजना निर्माण गरिएको हो। सोही अभियानअन्तर्गत सुस्तामा मिनी ग्रिड निर्माण गरिएको केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले बताए। यस आयोजनाबाट विद्युतीकरणसँगै अन्य उद्योगधन्दा सञ्चालन गर्न सकिने र भविश्यमा ऊर्जा अपुग भएमा थप समेत गर्न सकिने उनको भनाइ छ। सुस्तालाई नमूना ऊर्जा गाउँका रुपमा विकास गर्नको लागि गाउँपालिकासँग सहकार्य गरिने बताउँदै यस्ता परियोजनालाई देशका अन्य भागहरुमा पनि कार्यान्वयन गर्ने केन्द्रको लक्ष्य रहेको उनको धारणा छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

परियोजनाबाट गत वैशाखभित्रै बिजुली बाल्ने लक्ष्य रहे पनि कोभिड– १९ का कारण केही समय ढिलाइ भएको परियोजना निर्माणको जिम्मा पाएको टपसन इनर्जी प्रालीका कार्यकारी निर्देशक किरण गौतमले बताए। परियोजनाको २०७६ कात्तिक ५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गरेका थिए। परियोजनाबाट उत्पादित विद्युत्को पहुँच पुगेपछि यस क्षेत्रमा केही लघुउद्यमसमेत सञ्चालनको तयारीमा छन्।

हालै यस आयोजनाको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्युतीकरणसँगै अब सुस्तामा विकासको लहर सुरु भएको बताएका थिए। ‘राष्ट्रिय प्रसारण लाइन लैजान सम्भव नरहेको यस ठाउँमा सौर्य ऊर्जामार्फत विद्युत् सुविधा प्राप्त गर्नु सुस्तावासीका लागि आजको दिन एक ऐतिहासिक दिन हो,’ उनले भने। पटकपटक भारतीय अतिक्रमणमा परेर चार्चामा रहेको सुस्तामा नारायणी नदीका कारण राष्ट्रिय प्रशारण लाइन पुर्‍याउन असहज हुँदा यहाँका नागरिक वर्षौंदेखि टुकीको भरमा जीवन बिताउँदै आएका थिए। आफ्नै भूमिमा जान पनि भारतीय भूभाग प्रयोग गरी नारायणी नदीमा डुङ्गाको जोखिमपूर्ण यात्रा पार गरेर मात्र जानुपर्ने बाध्यता छ।

भारतले सीमावर्ती सुस्ता नजिक विहार राज्यको चक्रदवामा यसअघि नै २५ किवाको सौर्य प्रणाली जडान गरी आफ्ना नागरिकलाई विद्युत् सुविधा दिँदै आएको छ। पहिले छिमेकीको घरमा दैनिक साँझमा जम्मा दुई/तीन घण्टा विद्युत् देख्दा निराश बनेका सुस्तावासी अहिले भने चौबिसै घण्टा निर्वाधरुपमा विुद्युत् उपभोग गर्न पाउने भएका छन्। स्थानीयवासी सत्यन्द्र कुर्मी भन्छन्, ‘पहिले उनीहरुको विद्युत् हेरेर चित्त दुखाउँथ्यौँ, अहिले हाम्रोतिर झलमल्ल भएको देख्दा उनीहरु छक्क पर्छन्। विकासको पूर्वाधारले पनि दुई देशका नागरिकको अवस्था झल्काउने रहेछ।’

यस मिनीग्रिड विशेष कार्यक्रमअन्तर्गत विशेषगरी नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी राष्ट्रिय प्रशारण लाइन तत्काल पुग्न नसक्ने र राष्ट्रिय प्रशारण लाइन पुर्‍याउन खर्चिलो र झन्झटिलो हुने क्षेत्रमा मिनीग्रिड विशेष कार्यक्रममार्फत् विद्युतीकरणमा केन्द्रले जोड दिएको छ। यस कार्यक्रमअन्तर्गत रोल्पा जिल्लाको थवाङ्ग गाउँपलिकामा १५० किलोवाट क्षमताको सौर्य मिनीग्रिड आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य विकास साझेदारको सहयोगमा विभिन्न स्थानमा सौर्य मिनीग्रिड परियोजनाहरु सञ्चालनको क्रममा छन्। सरकारले तीन वर्षमा कम्तीमा ६०० मिनीग्रिडको लक्ष्य राखेको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्