• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

न परदेश सोचेजस्तो भयो, न स्वदेश 

64x64
निर्मला घिमिरे शुक्रबार, मंसिर १९, २०७७  १०:२१
1140x725

काठमाडौं– हिजोआज भारी कुर्दाकुर्दै बिहान बित्छ। कुनै दिन भारी पाइहालिन्छ पनि। कुनै दिन त उनलाई एउटा भारी बोकेर २० रुपैयाँ पनि कमाउन मुस्किल पर्छ । धन्न कालीमाटी तरकारीका स्टल सफाइको काम पनि पाएका छन् र सिन्धुपाल्चोकका दीपेश तामाङलाई थोरै भए पनि राहत मिलेको छ । होइन भने त कति दिनसम्म पो भोकै बस्नुपर्ने हो के थाहा? 

‘आज यो बेलासम्म एउटा काम पनि आएन। अब स्टल सफा गर्दा साहुले पैसा दिए खान पाइन्छ, नत्र त के खानु खै ?’ बिहानको ११ बजिसक्दा पनि भारी नभेटेपछि दिपेशको रुन्चे स्वर सुनिन्छ । हुन पनि नियतिले यतिबेला उनलाई रुनु न हाँस्नु बनाइ दिएको छ। 

कोरोना महामारीअघि ज्यामी काम गर्दै आएका दीपेशको त्यो काम महामारी सुरु भएसँगै ठप्प भयो। काम मात्र ठप्प भएको भए त हुन्थ्यो, पेट भर्ने बाटो नै ठप्प हुन थाल्यो। त्यसपछि भोकले छटपटिएका उनले कालीमाटी तरकारी बजारमा भारी बोक्न थाले। अन्यत्रको रोजगारी ठप्प हुँदै गएपछि कालीमाटीमा भारी बोक्नेहरुको चाप बढ्दै गएको थियो। त्यसपछि उनले त्यहाँ भारी पनि मुस्किलले मात्र पाउन थाले। 

कति दिन त भारी पनि पाएनन्। भारी बोक्न नपाएपछि भोकसँगै छट्पटाए। सुरुमा भोकसँग जुध्न पनि उनलाई निकै कष्ट परेको थियो। तर पछि बिस्तारै बानी पर्दै गयो । हिजोआज त उनको भोकसँगै जिउने आदत बनिसकेको छ। 

कोरोना महामारीका कारण रोजिरोटी खोसिएकाहरुको साझा प्रतिनिधि बनेका छन् दीपेश। 

‘पैसा भए खाइहाल्ने। हुँदै नभएपछि त के खानु ख । लकडाउनको समयमा त कहिलेकाँही सडकमा (विष्णुमति खोलाको पुल छेउमा) खाना बाँडेको थियो र त्यहाँबाट ल्याएर पनि खाइयो,’ उनले भने, ‘कहिलेकाँही भोकै पनि सुतियो।’

कालीमाटी तरकारी बजारको धेरै वटा स्टल सफा गर्न पाए भने खाना खान पनि पैसा पुग्छ। कहिलेकाँही २० रुपैयाँ मात्र कमाइ भएको पनि अनुभव छ उनीसँग। यस्तो परिस्थितिमा उनले त्यही २० रुपैयाँले पनि भोक टारिदिएका छन्। ‘अलि पर एउटा पसल छ, २० रुपैयाँको ३ वटा रोटी दिन्छ। त्यति खाएर पनि बस्नुपर्छ,’ दीपेशको आवाज मसिनो सुनिन्छ । 

Ncell 2
Ncell 2
nimb
nimb

उनले एउटा भारी गेटबाहिर पु¥याउन पाए भने ५० रुपैयाँ कमाइ गर्छन् । गेटभित्रसम्म मात्रै भारी बोकेको २० रुपैयाँ पाउँछन् । कुनै दिन त बिहानको समयमा २÷३ सय कमाइ गर्छन् । कहिलेकाँही गाडी लोड–अनलोड गर्ने काम पाए भने एउटा गाडीमा सामान राख्ने वा झार्ने गर्दा २ सय कमाइ हुन्छ। तर काम बेलामौकामा मात्रै हुन्छ । ‘काम आइहाल्छ कि भनेर दिनभरि कुर्छु। पाए दुई छाक खान पनि पाइयो। नपाए त एक छाक खाने, एक छाक भोको पेट पनि बस्नुपर्ने हुन्छ के गर्नु ?,’ उनले गुनासो गरे ।

गुनासो पनि केसँग? अनि कति गर्नु ? उनलाई जता गए पनि नियतिले चिमोट्न छाडेको छैन। ‘मैले त कतै गए पनि सुख पाइँन । सुख खोज्न भनेर कहाँ कहाँ पुगिनँ? कतार गएँ, कुवेत गएँ,’ उनी पुरानो दुःख तिर बहकिन थाले। टन्न पैसा कमाउने सोचले कतारको एउटा कन्स्ट्रक्सन कम्पनीमा लेवर कामका लागि भनेर गएका थिए। ८ घण्टा काम, कमाई १ हजार कतारी रियाल भनिएको थियो । त्यहाँ काम त कन्स्ट्रक्सन कम्पनीमा नै थियो । तर सप्लाई कम्पनीमा भएकाले कहिले कता त कहिले कता डुलाईरहन्थ्यो । १२ घण्टा काम गर्दा मात्र १ हजार कतारी रियाल कमाइ हुन्थ्यो। पछि त्यही कम्पनी पनि बन्द भयो । कतार गएको २९ महिनामा उनी फर्किए । 

‘भनेको जस्तो कम्पनी भइदिएको भए म अलि समय त्यहीँ काम गर्थेँ। तर सप्लाई कम्पनी परेछ । काम पनि धेरै गाह्रो थियो,’ उनी सम्झिन्छन्, ‘हामी २७ जनामध्ये सुरुमै कम्पनीले १९ जनालाई कामबाट निकालिदिएको थियो । धन्न म बचेको थिएँ, तर पछि कम्पनी नै टाट पल्टियो।’

कतारबाट फर्किएर म्यानपावरलाई ८० हजार बुझाएर दीपेश फेरि कुवेत हान्निए। कुवेतमा पनि निर्माण कम्पनीमा लेवरको काम भनिएको थियो। तर त्यहाँ पनि सप्लाई कम्पनीमा पु¥याइयो । काम पनि नदिएर अर्को कम्पनीले उनलाई बिचल्ली बनायो । गएको २ महिनामै उनी पुनः नेपाल फर्किए। 

कुवेतमा समस्या परेर फर्किएपछि उनले आफ्नै देशमा केही गर्ने सोच बनाएका थिए। तर उनी कुवेतबाट फर्किएपछि श्रीमती विदेशिइन्। ‘म कुवेतबाट फर्किएको ७ वर्ष भयो । मेरी श्रीमती कुवेत गएको ६ वर्ष भयो,’ उनले सुनाए। 

कवेत गएकी श्रीमती दीपेशसँग फोन सम्पर्कमा छिन् । काम पनि ठिकै भएको बताउँछिन्। तर पैसा भने पठाएकी छैनन् । ‘श्रीमतीसँग फोनमा कहिलेकाहीँ कुरा हुन्छ । काम ठिकै छ भन्छ । पैसा चाहिँ पठाएको छैन,’ उनले भने। 

कुवेतमा बिचल्ली परेर २ महिनामै फर्किएका दीपेशले आफ्नै गाउँमा केही गर्ने सोच बनाएका थिए। तर श्रीमती विदेशिएपछि उनलाई गाउँमा एक्लै बस्न मन लागेन । हुन त उनका दुई छोरीहरु पनि थिए । तर श्रीमतीले छोरीहरु माइतमा राखेकी थिइन् । अहिले त उनकी जेठी छोरीको बिहे भइसक्यो । हिजोआज पनि कान्छी छोरी मामाघरमै बस्छिन् । ‘म एक्लो ज्यान कहिले यता काम गर्छु कहिले उता गर्छु । कहिले खान्छु कहिले भोकै पनि बस्छु,’ आफ्नो छेवैमा रहेका धनुषाका सुवास मगरतिर देखाउँदै भने, ‘बरु काम गर्ने ठाउँमै यी यस्ता साथीहरु भेटिन्छन् । जिन्दगी यसरी नै चलिरहेको छ ।’ 

विदेशबाट फर्किएर देशमा ७ वर्ष पसिना बगाइसक्दा पनि उनले एक रुपैयाँ पनि बचत भने गर्न सकेका छैनन् । जति काम ग¥यो खानमात्र ठीक्क छ। 

‘यस्तो जडौरी लगाएको छु । खान ठीक्क पनि के भन्नु ? मन लागेको टन्न खान्छु भन्ने हो भने एक महिनाको कमाइले त नपुग्ला,’ गलेको स्वरमा उनले भने। 

कहिले परदेश त कहिले घरदेशमा भौतारिँदा भौतारिँदै गलेका दीपेशको उमेरले ३ दशक नाघिसकेको छ। दीपेशजस्ता थुप्रै युवाहरुको ऊर्जाशील उमेर काम र मामको भोकले भौतारिँदा भौतारिँदै यसैगरी सकिँदैछ। तर दीपेशजस्तै काम र मामको भोकले छट्पटिनेहरुको लेखाजोखा कसले गर्‍यो र? यसको लेखाजोखा न राज्यले गर्‍यो, न छट्पटिनेहरु स्वयंले। दीपेश आफैँले पनि गरेका छैनन् । न काम र मामको भोकले छट्पटिएका अरु दीपेशहरुले नै यसको लेखाजोखा गरेका छन्।  
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्