मस्को- रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड- १९ विरुद्धको खोप लगाएका छन्। रूसले गतअगस्ट महिनामा नै कोभिड-१९ का विरुद्धको खोप स्पुतनिक-भी निर्माण गरिसकेको थियो।
सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो। गत अगस्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो। यसरी रूस कोभिड- १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ। रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले सो कुराको जानकारी दिएका छन्। साथै उनले रुसले यहाँका नागरिकलाई सो खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएको छ।
गएको महिनामात्र सो खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको थियो। सो अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो। रूसमा पनि पछिल्लो समयमा कोभिड-१९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार यहाँ २३ लाखभन्दा बढी नागरिक यसका संक्रमित रहेका पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।