न्युयोर्क- कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ। अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो २४ बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको छ।
कोरोनाबाट एकैदिन मृत्यु भएकाहरूको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरुले जनाएका छन्। यसअघि गतअप्रिल १५ मा एकैदिन सबैभन्दा धेरैको मृत्यु भएकोमा अहिले त्यसको २० प्रतिशत बढी भएको पनि उनीहरुले जानकारी दिएका छन्। त्यति बेला एकैदिनमा दुई हजार ६०३ जनाको मृत्यु भएको थियो।
अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख ७३ हजार ८३६ जनाको मृत्यु भएको छ भने एक करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। जोन हप्किन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार झण्डै एक लाख जना सङ्क्रमितहरू अझै पनि अस्पतालमै रहेका छन्।
अमेरिकी एम्बुलेन्स एसोशिएसनले दिएको जानकारीअनुसार बुधबारमात्रै आपतकालीन सेवाका लागि ९११ जनाको फोन आएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।