काठमाडौं- दोस्रो बजार सूचक नेप्सेले रेकर्ड बनाउने क्रम बुधबार पनि कायमै रहेको छ। नेप्सेले गत बिहीबार इतिहासकै धेरै उचाइ कायम गरेको थियो। बिहीबारदेखिको सर्वाधिक नयाँ रेकर्ड बनाउने क्रममा बुधबार २०७१.०२ अंक कायम भएको छ। बिहीबार नेप्सेले चार वर्ष चार महिना अगाडिको सर्वधिक रेकर्डलाई उछिनेको थियो।
बिहीबारको सुधारमा वाणिज्य बैंकको पनि केही योगदान रहेको छ। वाणिज्य बैंकको सूचक ५ अंकले सुधार भए पनि नेप्से सूचक भने ७०.६२ अंकले वृद्धि भएको छ। बुधबार २२ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जम्मा २०१ कम्पनीको सेयर कारोबार हुँदा ११७ वटा कम्पनीको मूल्य बढेको छ भने ४१ वटा कम्पनीको मूल्यमा सुधार भएको छ।
बुधबार व्यापारको सूचकबाहेक सम्पूर्ण सूचकमा सुधार देखिएको छ। सूचकमा नयाँ रेकर्ड बनेपनि कारोबार रकममा भने बनेन। बुधबार दोस्रो बजारमा ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ। आज लघुवित्तको सेयरमा उछाल आएको छ। लघुवित्तको सूचक ७.९५ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।