buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सूर्यविनायकमा ५०, मकवानपुर, तनहुँ र झापामा १५ शय्याका अस्पताल शिलन्यास

64x64
रासस सोमबार, मंसिर १५, २०७७  १४:३१
1140x725

काठमाडौं- सूर्यविनायक नगरपालिका–८ जगातीमा ५० शय्याको अस्पताल निर्माण शुरुवात भएको छ। सांसद महेश बस्नेतले सोमबार अस्पतालको शिलान्यास गर्दै कोभिड–१९ लाई लक्षित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि २०० शय्यासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘सरकारले केही गरेन भन्नेले हेरे हुन्छ, सूर्यविनायक नगरपालिकामा मात्रै होइन, सरकारले चालू आर्थिक वर्षमा एकैसाथ ३९६ स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल बनाउँदैछ। तीमध्ये करिब २५० पालिकामा एकैसाथ अस्पतालको शिलान्यास भएको छ।’

सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णय गरेको थियो। यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो। अहिले ७५३ पालिकामध्ये १०४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन्। अस्पताल नरहेका ६४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ। सरकारले चालू वर्षमा ३९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माण सुरू हुने बताइएको छ।       

सांसद विकास कोष र  सूर्यविनायक नगरपालिकाको संयुक्त साझेदारीमा शुरुमा एक करोड ५० लाख रूपैयाँको लगानीमा निर्माण हुन लागेको सो अस्पताल बढीमा दुई महिनाभित्र सञ्चालनमा आउने जनाइएको छ। 

सरकारकोतर्फबाट थप दुई करोड रुपैयाँ आउने चरणमा रहेको बताइएको छ। तत्काल सात शय्याको सघन उपचार कक्ष, पाँच शय्याको भेन्टिलेटर, नौ शय्याको क्याबिन र ३० शय्याको जनरल वार्डको अस्पताल सञ्चालनमा आउने छ। 

यस अस्पताल सूर्यविनायकका बासिन्दाका लागि मात्रै नभई अरनिको राजमार्गसँग जोडिएकाले पूर्वबाट आउने बिरामीले  समेत सेवा पाउनेछन्।  

कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमा रहनुभएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीका लागि अस्पताल वरदान सावित हुने बताए।    

उपप्रमुख जुना बस्नेतले अस्पताल छिटोभन्दा छिटो सञ्चालनमा आउने बताए। त्यसअवसरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का अध्यक्ष किरण थापाले जगातीस्थित इँटा तथा टायल उद्योग प्रालीले सरकारसँग भाडामा लिएको २६० रोपनी जग्गामध्ये भूकम्पपछि टिम्बर कर्पोरेशनलाई डिपो सञ्चालनका लागि दिइएको भवनसहित तत्काल २५ रोपनी क्षेत्रमा अस्पताल बनाउन सुरु गरेको जानकारी दिए।

nimb
nimb
Ncell 2
Ncell 2

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले अस्पतालका लागि तत्काल नयाँँ जनशक्ति नराखी नगरपालिकासँग रहेको चिकित्सक र अन्य स्वाथ्यकर्मीसहित ४० जना जनशक्तिलाई यस अस्पतालमा परिचालन गरिने बताए। 

दुई वर्षभित्र २०० शय्याको सुुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्दै तत्काल पिसिआर प्रयोगशालासहित, अन्य प्रयोगशाला, आफ्नै फार्मेसी, सिटीस्क्यान, एक्स–रे, प्रसूति सेवा, शल्याक्रियासहित सामान्य चिकित्सा सेवा सञ्चालन गरिनेछ। 

मकवानपुर– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा जिल्लाको पाँच स्थानीय तहमा  पाँचदेखि १५ शय्याको अस्पताल भवनको छुट्टाछुट्टै शिलान्यास गरिएको छ। 

थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५/१५ शय्याको अस्पतालको शिलान्यास भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ। जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा १०/१० शय्याको र इन्द्रसरोवर गाउँपालिकामा पाँच शय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ।

सङ्घीय सरकारको लागनीमा निर्माण गर्न लागिएको ती अस्पतालका लागि चालू आर्थिक वर्ष ०७७/७८ मा थाहामा एक करोड, मनहरीमा ८५ लाख, राक्सिराङ  तथा कैलाशमा ८५ लाख र इन्द्रसरोवर गाउँपालिकामा ७० लाख बजेट विनियोजित भइसकेको  समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए। 

थाहा र मनहरीमा निर्माण गर्न लागिएको अस्पतालका लागि कूल १८ करोड ६ लाख ८२ हजार ,कैलाश र राक्सिराङमा १० करोड ८३ लाख ३६ हजार  तथा इन्द्रसरोवरमा रु सात करोड ११ लाख ९८ हजार लागत अनुमान गरिएको छ।

थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले रासससँग कुरा गर्दै अस्पताल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन निर्माणको काम सम्पन्न भइसकेको र हप्ता दिनभित्रै बोलपत्र आह्वान गरी निर्माणको कामलाई तीव्रता दिइने जानकारी दिए।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रुपमा निर्माण गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरेको भए पनि गाउँपालिकाले ५० शय्याको अस्पताल निर्माण  गर्ने जानकारी दिए।

तनहुँका पाँच स्थानीय तहमा अस्पताल निर्माण सुरु
जिल्लाका पाँच स्थानीय तहमा अस्पताल भवन निर्माण शुरुवात भएको छ।  भीमाद , शुक्लागण्डकी नगरपालिका, म्याग्दे, देवघाट र ऋषिङ गाउँपालिकामा एकैसाथ अस्पताल भवन शिलान्यास गरिएको छ। भीमादको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा, शुक्लागण्डकीको राईपुर स्वास्थ्यचौकीमा, म्याग्देको थर्पु स्वास्थ्यचौकीमा, देवघाटको देवघाट स्वास्थ्यचौकीमा र ऋषिङको भिरकोट स्वास्थ्यचौकीमा अस्पताल निर्माण हुनेछ। भानुको पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा भने शिलान्यास कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ।

भीमाद र शुक्लागण्डकीमा १५/१५ र म्याग्दे, देवघाट र ऋषिङमा १०/१० शय्याको अस्पताल निर्माण हुनेछ। पन्ध्र शय्याको अस्पताल निर्माणका लागि १८ करोड ६ लाख ८२ हजार‚ १० शय्याको अस्पताल निर्माणका लागि १० करोड ८३ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ।

दश शय्याको अस्पतालमा दुई जना मेडिकल अधिकृत १७ जना र १५ शय्याको अस्पतालमा तीन जना मेडिकल अधिकृत २७ स्वास्थ्यकर्मी खटिनेछन्। सबै अस्पतालबाट आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा दिने सरकारको तयारी छ। शुक्लागण्डकी –११ राइपुरमा निर्माण शुरु भएको अस्पतालको सांसद आशा कोइरालाले शिलान्यास गरे। 

भीमाद –६ मा निर्माण शुरु भएको अस्पतालको सांसद केदार सिग्देलले शिलान्यास गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति भएको बताए। भीमाद नगर प्रमुख मेखबहादुर थापाले अस्पताल निर्माणसँगै यहाँका बासिन्दालाई स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने बताए। प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाका अनुसार १२ रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण हुनेछ।

देवघाट –५ मा निर्माण शुरु भएको अस्पतालको सांसद कृष्णकुमार श्रेष्ठले शिलान्यास गर्दै  वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य लगायतले समयमै अस्पताल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए।

ऋषिङ–४ स्थित भिरकोट स्वास्थ्यचौकीमा निर्माण हुन लागेको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शिलान्यास गरे। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार १० रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण गरिनेछ। म्याग्दे –४ स्थित थर्पुमा आज आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अस्पताल भवनको शिलान्यास गरिन्। म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दुई वर्षभित्र अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने जानकारी दिए। 

भानुमा शिलान्यास स्थगित
भानु नगरपालिकामा भने अस्पताल शिलान्यास कार्यक्रम स्थगित भएको छ। जग्गाको व्यवस्थापन भइसके पनि अन्तिम समयमा आएर शिलान्यास कार्यक्रम स्थगित भएको नगरपालिकाले जनाएको छ।  नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले तयारी नपुगेकाले शिलान्यास गर्न नसकिएको जानकारी दिए। बैठक बसेर छिट्टै अस्पताल शिलान्यास गरिने उनले बताए।

झापाको मेची नगरपालिकामा पनि सोमबार १५ शय्याको आधारभूत अस्पताल शिलान्यास भएको छ। नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले मेचीनगर नगरपालिका– १० को धुलाबारीमा भवनको शिलान्यास गरे। सरकारले अस्पताल नभएका देशैभरका पालिकामा एकैदिन १५ वा पाँच शय्याको आधारभूत अस्पताल शिलान्यास गर्न निर्देशन दिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए। 

मेची नगरसहित १०७ पालिकामा १५ शय्याको र २८९ पालिकामा पाँच शय्याको अस्पताल शिलान्यास हुँदैछ। मेचीनगरसहित जिल्लामा बन्ने हरेक अस्पतालको लागत १८ करोड ६८ लाख रूपैयाँ रहेको छ। 

यसअघि मेचीनगरमा प्राथमिक स्वास्थ्य केन्द्र र दातृ निकायको सहकार्यमा आम्दा मेची अस्पताल सञ्चालनमा छ। दमक र भद्रपुरमा यसअघि नै ठूला अस्पताल सञ्चालनमा छन्। जिल्लाको ११ वटा पालिकामा आधारभूत अस्पताल शिलान्यासको कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए।

गौरादह, झापा, बुद्धशान्ति, विर्तामोड, कनकाई, मेचीनगर, शिवसताक्षी, कचनकबल, कमल, गौरीगञ्ज र हल्दिबारीमा अस्पतालको शिलान्यास हुनेछ। 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कक्षा १२ को नतिजा सार्वजनिक बोर्डका अनुसार, सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई लाख ६८ हजार १९० छ । कुल उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६४.१३... शुक्रबार, असार ५, २०८३
आज हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हि... शुक्रबार, असार ५, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने हालसम्म एकीकृत रूपमा पोसाक खरिदका लागि टेन्डर हुँदै आएकोमा अब नगद दिने व्यवस्था गर्न लागिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए। बिहीबार, असार ४, २०८३
ताजा समाचारसबै
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
बर्ड फ्लुको विषय गुपचुप राखेको भन्दै चिडियाखाना प्रमुख साह छानबिनमा शुक्रबार, असार ५, २०८३
कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते हुने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्