• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सूर्यविनायकमा ५०, मकवानपुर, तनहुँ र झापामा १५ शय्याका अस्पताल शिलन्यास

64x64
रासस सोमबार, मंसिर १५, २०७७  १४:३१
1140x725

काठमाडौं- सूर्यविनायक नगरपालिका–८ जगातीमा ५० शय्याको अस्पताल निर्माण शुरुवात भएको छ। सांसद महेश बस्नेतले सोमबार अस्पतालको शिलान्यास गर्दै कोभिड–१९ लाई लक्षित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि २०० शय्यासम्मको अत्याधुनिक अस्पतालका रुपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले भने, ‘सरकारले केही गरेन भन्नेले हेरे हुन्छ, सूर्यविनायक नगरपालिकामा मात्रै होइन, सरकारले चालू आर्थिक वर्षमा एकैसाथ ३९६ स्थानीय तहमा कम्तीमा १५ शय्याको अस्पताल बनाउँदैछ। तीमध्ये करिब २५० पालिकामा एकैसाथ अस्पतालको शिलान्यास भएको छ।’

सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णय गरेको थियो। यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो। अहिले ७५३ पालिकामध्ये १०४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन्। अस्पताल नरहेका ६४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ। सरकारले चालू वर्षमा ३९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माण सुरू हुने बताइएको छ।       

सांसद विकास कोष र  सूर्यविनायक नगरपालिकाको संयुक्त साझेदारीमा शुरुमा एक करोड ५० लाख रूपैयाँको लगानीमा निर्माण हुन लागेको सो अस्पताल बढीमा दुई महिनाभित्र सञ्चालनमा आउने जनाइएको छ। 

सरकारकोतर्फबाट थप दुई करोड रुपैयाँ आउने चरणमा रहेको बताइएको छ। तत्काल सात शय्याको सघन उपचार कक्ष, पाँच शय्याको भेन्टिलेटर, नौ शय्याको क्याबिन र ३० शय्याको जनरल वार्डको अस्पताल सञ्चालनमा आउने छ। 

यस अस्पताल सूर्यविनायकका बासिन्दाका लागि मात्रै नभई अरनिको राजमार्गसँग जोडिएकाले पूर्वबाट आउने बिरामीले  समेत सेवा पाउनेछन्।  

कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमा रहनुभएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीका लागि अस्पताल वरदान सावित हुने बताए।    

उपप्रमुख जुना बस्नेतले अस्पताल छिटोभन्दा छिटो सञ्चालनमा आउने बताए। त्यसअवसरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ८ का अध्यक्ष किरण थापाले जगातीस्थित इँटा तथा टायल उद्योग प्रालीले सरकारसँग भाडामा लिएको २६० रोपनी जग्गामध्ये भूकम्पपछि टिम्बर कर्पोरेशनलाई डिपो सञ्चालनका लागि दिइएको भवनसहित तत्काल २५ रोपनी क्षेत्रमा अस्पताल बनाउन सुरु गरेको जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले अस्पतालका लागि तत्काल नयाँँ जनशक्ति नराखी नगरपालिकासँग रहेको चिकित्सक र अन्य स्वाथ्यकर्मीसहित ४० जना जनशक्तिलाई यस अस्पतालमा परिचालन गरिने बताए। 

दुई वर्षभित्र २०० शय्याको सुुविधा सम्पन्न अस्पतालका रुपमा विकास गर्दै तत्काल पिसिआर प्रयोगशालासहित, अन्य प्रयोगशाला, आफ्नै फार्मेसी, सिटीस्क्यान, एक्स–रे, प्रसूति सेवा, शल्याक्रियासहित सामान्य चिकित्सा सेवा सञ्चालन गरिनेछ। 

मकवानपुर– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा जिल्लाको पाँच स्थानीय तहमा  पाँचदेखि १५ शय्याको अस्पताल भवनको छुट्टाछुट्टै शिलान्यास गरिएको छ। 

थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५/१५ शय्याको अस्पतालको शिलान्यास भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ। जिल्लाको कैलाश र राक्सिराङ गाउँपालिकामा १०/१० शय्याको र इन्द्रसरोवर गाउँपालिकामा पाँच शय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सङ्घीय सरकारको लागनीमा निर्माण गर्न लागिएको ती अस्पतालका लागि चालू आर्थिक वर्ष ०७७/७८ मा थाहामा एक करोड, मनहरीमा ८५ लाख, राक्सिराङ  तथा कैलाशमा ८५ लाख र इन्द्रसरोवर गाउँपालिकामा ७० लाख बजेट विनियोजित भइसकेको  समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए। 

थाहा र मनहरीमा निर्माण गर्न लागिएको अस्पतालका लागि कूल १८ करोड ६ लाख ८२ हजार ,कैलाश र राक्सिराङमा १० करोड ८३ लाख ३६ हजार  तथा इन्द्रसरोवरमा रु सात करोड ११ लाख ९८ हजार लागत अनुमान गरिएको छ।

थाहा नगरपालिकाका प्रमुख लबशेर विष्टले रासससँग कुरा गर्दै अस्पताल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन निर्माणको काम सम्पन्न भइसकेको र हप्ता दिनभित्रै बोलपत्र आह्वान गरी निर्माणको कामलाई तीव्रता दिइने जानकारी दिए।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रुपमा निर्माण गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरेको भए पनि गाउँपालिकाले ५० शय्याको अस्पताल निर्माण  गर्ने जानकारी दिए।

तनहुँका पाँच स्थानीय तहमा अस्पताल निर्माण सुरु
जिल्लाका पाँच स्थानीय तहमा अस्पताल भवन निर्माण शुरुवात भएको छ।  भीमाद , शुक्लागण्डकी नगरपालिका, म्याग्दे, देवघाट र ऋषिङ गाउँपालिकामा एकैसाथ अस्पताल भवन शिलान्यास गरिएको छ। भीमादको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा, शुक्लागण्डकीको राईपुर स्वास्थ्यचौकीमा, म्याग्देको थर्पु स्वास्थ्यचौकीमा, देवघाटको देवघाट स्वास्थ्यचौकीमा र ऋषिङको भिरकोट स्वास्थ्यचौकीमा अस्पताल निर्माण हुनेछ। भानुको पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा भने शिलान्यास कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ।

भीमाद र शुक्लागण्डकीमा १५/१५ र म्याग्दे, देवघाट र ऋषिङमा १०/१० शय्याको अस्पताल निर्माण हुनेछ। पन्ध्र शय्याको अस्पताल निर्माणका लागि १८ करोड ६ लाख ८२ हजार‚ १० शय्याको अस्पताल निर्माणका लागि १० करोड ८३ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ।

दश शय्याको अस्पतालमा दुई जना मेडिकल अधिकृत १७ जना र १५ शय्याको अस्पतालमा तीन जना मेडिकल अधिकृत २७ स्वास्थ्यकर्मी खटिनेछन्। सबै अस्पतालबाट आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा दिने सरकारको तयारी छ। शुक्लागण्डकी –११ राइपुरमा निर्माण शुरु भएको अस्पतालको सांसद आशा कोइरालाले शिलान्यास गरे। 

भीमाद –६ मा निर्माण शुरु भएको अस्पतालको सांसद केदार सिग्देलले शिलान्यास गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति भएको बताए। भीमाद नगर प्रमुख मेखबहादुर थापाले अस्पताल निर्माणसँगै यहाँका बासिन्दालाई स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने बताए। प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाका अनुसार १२ रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण हुनेछ।

देवघाट –५ मा निर्माण शुरु भएको अस्पतालको सांसद कृष्णकुमार श्रेष्ठले शिलान्यास गर्दै  वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताए। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य लगायतले समयमै अस्पताल निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए।

ऋषिङ–४ स्थित भिरकोट स्वास्थ्यचौकीमा निर्माण हुन लागेको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शिलान्यास गरे। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार १० रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण गरिनेछ। म्याग्दे –४ स्थित थर्पुमा आज आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अस्पताल भवनको शिलान्यास गरिन्। म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दुई वर्षभित्र अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने जानकारी दिए। 

भानुमा शिलान्यास स्थगित
भानु नगरपालिकामा भने अस्पताल शिलान्यास कार्यक्रम स्थगित भएको छ। जग्गाको व्यवस्थापन भइसके पनि अन्तिम समयमा आएर शिलान्यास कार्यक्रम स्थगित भएको नगरपालिकाले जनाएको छ।  नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले तयारी नपुगेकाले शिलान्यास गर्न नसकिएको जानकारी दिए। बैठक बसेर छिट्टै अस्पताल शिलान्यास गरिने उनले बताए।

झापाको मेची नगरपालिकामा पनि सोमबार १५ शय्याको आधारभूत अस्पताल शिलान्यास भएको छ। नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले मेचीनगर नगरपालिका– १० को धुलाबारीमा भवनको शिलान्यास गरे। सरकारले अस्पताल नभएका देशैभरका पालिकामा एकैदिन १५ वा पाँच शय्याको आधारभूत अस्पताल शिलान्यास गर्न निर्देशन दिएको मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले जानकारी दिए। 

मेची नगरसहित १०७ पालिकामा १५ शय्याको र २८९ पालिकामा पाँच शय्याको अस्पताल शिलान्यास हुँदैछ। मेचीनगरसहित जिल्लामा बन्ने हरेक अस्पतालको लागत १८ करोड ६८ लाख रूपैयाँ रहेको छ। 

यसअघि मेचीनगरमा प्राथमिक स्वास्थ्य केन्द्र र दातृ निकायको सहकार्यमा आम्दा मेची अस्पताल सञ्चालनमा छ। दमक र भद्रपुरमा यसअघि नै ठूला अस्पताल सञ्चालनमा छन्। जिल्लाको ११ वटा पालिकामा आधारभूत अस्पताल शिलान्यासको कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए।

गौरादह, झापा, बुद्धशान्ति, विर्तामोड, कनकाई, मेचीनगर, शिवसताक्षी, कचनकबल, कमल, गौरीगञ्ज र हल्दिबारीमा अस्पतालको शिलान्यास हुनेछ। 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली... बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान भएको घटनामा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको हो। मृतक नेपालीको परिचय खुला... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै बिहीबार, कात्तिक ५, २०८३
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्