• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १, २०८२ Tue, Dec 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कतारको भिजिट भिसामा युवा ओसार्न म्यानपावर सक्रिय

संघ भन्छ– यसभित्र निकै ठूलो चलखेल छ
64x64
निर्मला घिमिरे बुधबार, मंसिर १०, २०७७  १२:१५
1140x725
कतार रोजगारीका नाममा होप इन्टरनेशनल म्यानपावरले अवैध रुपमा सञ्चालन गरेको अन्तर्वार्ता दिन आएका युवाहरु (मूल तस्बिर) र सो म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा।

काठमाडौं- केही दिनयता कतार रोजगारीमा अनधिकृत रुपमा कामदार पठाउने काममा म्यानपावरहरु नै सक्रिय देखिएका छन्। केही म्यानपावरहरुले पूर्वस्वीकृति नै नलिएको डिमाण्ड देखाएर कामदारहरुलाई अन्तर्वार्ता लिइरहेको पाइएको छ। 

सोमबार र मंगलबार दुई दिनमा मात्रै वैदेशिक रोजगार विभागले अनधिकृत रुपमा कामदारको अन्तर्वार्ता लिइरहेको अवस्थामा ३ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ। 

विभागले सोमबार एसओएस म्यानपावर र डीडी ह्युमन रिसोर्स म्यानपावरमा छापा मार्ने क्रममा करिब ८ सय युवाहरुलाई कतार पुलिसको काममा पठाउने भन्दै पूर्वस्वीकृति नै नलिएको डिमाण्ड देखाएर अन्तर्वार्ता लिइरहेको फेला पारेको थियो। मंगलबार होप इन्टरनेसनल म्यानपावरले समेत कतार रोजगारीका लागि पठाउने भन्दै पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिइरहेको अवस्थामा विभागको टोलीले छापा मारेको थियो। 

कानुनी व्यवस्थाअनुसार म्यानपावरले कामदारको मागपत्र विदेशस्थित नेपाली नियोगबाट प्रमाणीकरण गराउनुपर्दछ। प्रमाणीकरण भएर आएको मागपत्रमा वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिनुपर्छ। मागपत्रको पूर्वस्वीकृतिपछि मात्रै कामदारको अन्तर्वार्ताका लागि मिति तय गर्न सक्छ। यो सबै जानकारी वैदेशिक रोजगार विभागमा गराउनुपर्छ। तर म्यानपावरहरु आफूखुसी कामदारहरुको अन्तर्वार्ता लिँदै अवैध रुपमा ओसार्ने काममा सक्रिय रहेको पाइएको छ। 

अवैध रुट तथा भिजिट भिसामा कामदार पठाउँदै म्यानपावर 
अवैध रुपमा अन्तर्वार्ता लिएर म्यानपावरहरुले कामदारहरुलाई अवैध रुट तथा भिजिट भिसाको माध्यमबाट रोजगारदाता मुलुक छिराउने गरेको पाइएको छ। कतिपय म्यानपावरले श्रमिकहरुको अन्तर्वार्ता लिइसकेर सबै प्रकृयाका लागि लाग्ने रकमसमेत असुल गरी वैदेशिक रोजगारीमा नपठाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागका निर्देशक टिकामणी नेउपाने भन्छन्, ‘अवैध अन्तर्वार्ता लिएका श्रमिकहरुलाई म्यानपावरले अवैध रुट तथा भिजिट भिसामा गन्तव्य पठाउने गरेको आशंका हामीले गरेका छौँ। कतिपय श्रमिकहरुलाई म्यानपावरले बिचल्लीसमेत पारेका छन्।’ 

दूतावासको समेत मिलोमतो हुनसक्ने आशंका 
यतिबेला कतार रोजगारीका नाममा अवैध रुपमा केही म्यानपावर व्यवसायीहरु सक्रिय रहेकाले यसभित्र निकै ठूलो चलखेल रहेको आशंका गरिएको छ।

कतार रोजगारीका नाममा म्यानपावरको अनधिकृत काममाथि नेपालस्थित कतारी दूतावासको समेत मिलेमतो रहेको हुन सक्ने आशंका गरिएको छ।

मंगलबार अनधिकृत रुपमा कामदारको अवैध अन्तर्वार्ता लिँदै गरेको अवस्थामा छापा मार्न पुगेको विभाग टोलीले म्यानपावर परिसरमै नेपालस्थित कतारी दूतावासको गाडी भेटेको थियो। होप इन्टरनेशनल म्यानपावर परिसरमा दूतावासका कर्मचारीले प्रयोग गर्ने गाडी भेटिएपछि यसमा दूतावासको समेत मिलोमतो हुन सक्ने आशंका गरिएको हो। विभागले यस सम्बन्धमा थप छानबिन गरेपछि वास्तविकता पत्ता लाग्ने विभागका निर्देशक टिकामणी नेउपानेले बताए। 

Ncell 2
Ncell 2

केही महिना अगाडिदेखि कतार रोजगारीका लागि सीमित म्यानपावर कम्पनीहरुले नेपालस्थित कतारी दूतावास र कतार भिसा सेन्टरसँगको मिलोमतोमा सिण्डिकेट खडा गर्न खोजेको आरोपसमेत लाग्दै आएको छ। सो आरोप पुष्टि हुन भने सकेको छैन। कतार सिण्डिकेटको चलखेलमा रहेको आरोप लागेका विभिन्न १७ म्यानपावर कम्पनीमाथि अनुगमनका लागि श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले यसमा आवश्यक छानबिन प्रकृया अगाडि बढाएको विभागले जनाएको छ। 

यसभित्र निकै ठूलो चलखेल छ : संघ 
कतार रोजगारीमा सिण्डिकेट खडा गर्न केही व्यवसायीहरू अझै पनि सक्रिय रहेको र यिनै सिण्डिकेट खडा गर्न लागि परिरहेका म्यानपावरहरु मिलोमतोमा अनधिकृत रुपमा कामदार ओसार्ने काम भइरहेको वैदेशिक रोजगार व्यवसायी संघले आशंका गरेको छ। नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको कतारमा सन् २०२२ का मा हुने विश्वकप फुटबल प्रतियोगिताका कारण कतारमा सेक्युरिटी गार्ड, निर्माणलगायत विभिन्न क्षेत्रमा ठूलो संख्यामा कामदारको माग रहेको अबस्थामा केही महिनादेखि नै सीमित म्यानपावर व्यवसायीहरुले सिण्डिकेट खडा गर्न लागेको संघको आशंका छ। 

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कतार रोजगारीमा सिण्डिकेट खडा गर्न लागिएको आरोप लागेकै केही म्यानपावर कम्पनीले अनधिकृत अन्तर्वार्ता लिइरहेको पाइएपछि यसमा आपत्ति जनाएका छन्। महासचिव श्रेष्ठले नेपालमा सञ्चालित ८५४ व्यवसायीले नै कतार रोजगारीमा कामदार पठाउन पाउनुपर्ने उल्लेख गरे।

सिण्डिकेट खडा गर्न सक्रिय रहेको आरोप लागेका म्यानपावरमध्ये केहीले अनधिकृत रुपमा कतार रोजगारीका लागि अवैध अन्तर्वार्ता लिइरहेको पाइएकाले यसमा थप छानबिन हुनुपर्ने उनको भनाइ छ।

‘अनधिकृत अन्तर्वार्ता लिने म्यानपावरहरु नै सिण्डिकेटका लागि सक्रिय म्यानपावर हुन्।  यसभित्र निकै ठूलो चलखेल छ,’ संघका सदस्य प्रकाश बोहोराले भने। 

यी हुन सिण्डिकेट खडा गर्न सक्रिय रहेको आरोप लागेका म्यानपावर 
होप इन्टरनेशनल, एसओएस म्यानपावर, अल ताउक्वेट ओभसिस्,  एसओएस म्यानपावर सर्भिस प्रालि, डीडी ह्युमन रिसोर्स प्रालि, राज ओभसिस्, अल रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन्, कैलाश इन्टरनेशनल म्यानपावर, न्यू पाथिभरा प्लेसमेन्ट सर्भिस्, धर्म ओभर्सिस, डेभिड फरिजन रिक्रुटमेन्ट एजेन्सी, साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि, कन्चन ह्युमेन रिसोर्स म्यानेजमेन्ट, इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट। यीमध्येकै केही म्यानपावरहरुले युवाहरुलाई कतार रोजगारीमा आकर्षक कमाइको प्रलोभन देखाएर अवैध रुपमा कतार छिराउने गरेको पाइएको हो। 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कोरियामा ई–७ भिसामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा रोक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत अदक्ष श्रमिक पठाउँदै आएको छ । त्यसबाहेक म्यानपावर कम्पनीमार्फत ई–७ भिसाअन्तर्गत... मंगलबार, भदौ ३१, २०८२
पछिल्लो एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका ११८० जना बाकसमा फर्किए बिहीबार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । उनले गत आवमा अघिल्लो वर्षको... बिहीबार, साउन १५, २०८२
श्रमिकको न्यूनतम ज्याला २२५० बढाउनुपर्ने, १९ हजार ५५० कायम गर्न सरकारलाई सिफारिस श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्युन्तम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था छ । यसअघि श्रमिकक... बिहीबार, साउन १, २०८२
ताजा समाचारसबै
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
इजरायलमा अवैध रुपमा घुसपैठ गरी बसिरहेका ५१३ जना प्यालेस्टिनी पक्राउ मंगलबार, पुस १, २०८२
प्रलोपाको केन्द्रीय समितिको पहिलो बैठक जारी मंगलबार, पुस १, २०८२
प्रदीप पौडेलको दाबी : ‘प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ’ मंगलबार, पुस १, २०८२
मधेस प्रदेशमा जनमत पार्टीले दियो सरकार छाड्ने चेतावनी मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्