• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कतारको भिजिट भिसामा युवा ओसार्न म्यानपावर सक्रिय

संघ भन्छ– यसभित्र निकै ठूलो चलखेल छ
64x64
निर्मला घिमिरे बुधबार, मंसिर १०, २०७७  १२:१५
1140x725
कतार रोजगारीका नाममा होप इन्टरनेशनल म्यानपावरले अवैध रुपमा सञ्चालन गरेको अन्तर्वार्ता दिन आएका युवाहरु (मूल तस्बिर) र सो म्यानपावरमा वैदेशिक रोजगार विभागको छापा।

काठमाडौं- केही दिनयता कतार रोजगारीमा अनधिकृत रुपमा कामदार पठाउने काममा म्यानपावरहरु नै सक्रिय देखिएका छन्। केही म्यानपावरहरुले पूर्वस्वीकृति नै नलिएको डिमाण्ड देखाएर कामदारहरुलाई अन्तर्वार्ता लिइरहेको पाइएको छ। 

सोमबार र मंगलबार दुई दिनमा मात्रै वैदेशिक रोजगार विभागले अनधिकृत रुपमा कामदारको अन्तर्वार्ता लिइरहेको अवस्थामा ३ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ। 

विभागले सोमबार एसओएस म्यानपावर र डीडी ह्युमन रिसोर्स म्यानपावरमा छापा मार्ने क्रममा करिब ८ सय युवाहरुलाई कतार पुलिसको काममा पठाउने भन्दै पूर्वस्वीकृति नै नलिएको डिमाण्ड देखाएर अन्तर्वार्ता लिइरहेको फेला पारेको थियो। मंगलबार होप इन्टरनेसनल म्यानपावरले समेत कतार रोजगारीका लागि पठाउने भन्दै पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिइरहेको अवस्थामा विभागको टोलीले छापा मारेको थियो। 

कानुनी व्यवस्थाअनुसार म्यानपावरले कामदारको मागपत्र विदेशस्थित नेपाली नियोगबाट प्रमाणीकरण गराउनुपर्दछ। प्रमाणीकरण भएर आएको मागपत्रमा वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिनुपर्छ। मागपत्रको पूर्वस्वीकृतिपछि मात्रै कामदारको अन्तर्वार्ताका लागि मिति तय गर्न सक्छ। यो सबै जानकारी वैदेशिक रोजगार विभागमा गराउनुपर्छ। तर म्यानपावरहरु आफूखुसी कामदारहरुको अन्तर्वार्ता लिँदै अवैध रुपमा ओसार्ने काममा सक्रिय रहेको पाइएको छ। 

अवैध रुट तथा भिजिट भिसामा कामदार पठाउँदै म्यानपावर 
अवैध रुपमा अन्तर्वार्ता लिएर म्यानपावरहरुले कामदारहरुलाई अवैध रुट तथा भिजिट भिसाको माध्यमबाट रोजगारदाता मुलुक छिराउने गरेको पाइएको छ। कतिपय म्यानपावरले श्रमिकहरुको अन्तर्वार्ता लिइसकेर सबै प्रकृयाका लागि लाग्ने रकमसमेत असुल गरी वैदेशिक रोजगारीमा नपठाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागका निर्देशक टिकामणी नेउपाने भन्छन्, ‘अवैध अन्तर्वार्ता लिएका श्रमिकहरुलाई म्यानपावरले अवैध रुट तथा भिजिट भिसामा गन्तव्य पठाउने गरेको आशंका हामीले गरेका छौँ। कतिपय श्रमिकहरुलाई म्यानपावरले बिचल्लीसमेत पारेका छन्।’ 

दूतावासको समेत मिलोमतो हुनसक्ने आशंका 
यतिबेला कतार रोजगारीका नाममा अवैध रुपमा केही म्यानपावर व्यवसायीहरु सक्रिय रहेकाले यसभित्र निकै ठूलो चलखेल रहेको आशंका गरिएको छ।

कतार रोजगारीका नाममा म्यानपावरको अनधिकृत काममाथि नेपालस्थित कतारी दूतावासको समेत मिलेमतो रहेको हुन सक्ने आशंका गरिएको छ।

मंगलबार अनधिकृत रुपमा कामदारको अवैध अन्तर्वार्ता लिँदै गरेको अवस्थामा छापा मार्न पुगेको विभाग टोलीले म्यानपावर परिसरमै नेपालस्थित कतारी दूतावासको गाडी भेटेको थियो। होप इन्टरनेशनल म्यानपावर परिसरमा दूतावासका कर्मचारीले प्रयोग गर्ने गाडी भेटिएपछि यसमा दूतावासको समेत मिलोमतो हुन सक्ने आशंका गरिएको हो। विभागले यस सम्बन्धमा थप छानबिन गरेपछि वास्तविकता पत्ता लाग्ने विभागका निर्देशक टिकामणी नेउपानेले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

केही महिना अगाडिदेखि कतार रोजगारीका लागि सीमित म्यानपावर कम्पनीहरुले नेपालस्थित कतारी दूतावास र कतार भिसा सेन्टरसँगको मिलोमतोमा सिण्डिकेट खडा गर्न खोजेको आरोपसमेत लाग्दै आएको छ। सो आरोप पुष्टि हुन भने सकेको छैन। कतार सिण्डिकेटको चलखेलमा रहेको आरोप लागेका विभिन्न १७ म्यानपावर कम्पनीमाथि अनुगमनका लागि श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा समिति गठन गरेको छ। समितिले यसमा आवश्यक छानबिन प्रकृया अगाडि बढाएको विभागले जनाएको छ। 

यसभित्र निकै ठूलो चलखेल छ : संघ 
कतार रोजगारीमा सिण्डिकेट खडा गर्न केही व्यवसायीहरू अझै पनि सक्रिय रहेको र यिनै सिण्डिकेट खडा गर्न लागि परिरहेका म्यानपावरहरु मिलोमतोमा अनधिकृत रुपमा कामदार ओसार्ने काम भइरहेको वैदेशिक रोजगार व्यवसायी संघले आशंका गरेको छ। नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहेको कतारमा सन् २०२२ का मा हुने विश्वकप फुटबल प्रतियोगिताका कारण कतारमा सेक्युरिटी गार्ड, निर्माणलगायत विभिन्न क्षेत्रमा ठूलो संख्यामा कामदारको माग रहेको अबस्थामा केही महिनादेखि नै सीमित म्यानपावर व्यवसायीहरुले सिण्डिकेट खडा गर्न लागेको संघको आशंका छ। 

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले कतार रोजगारीमा सिण्डिकेट खडा गर्न लागिएको आरोप लागेकै केही म्यानपावर कम्पनीले अनधिकृत अन्तर्वार्ता लिइरहेको पाइएपछि यसमा आपत्ति जनाएका छन्। महासचिव श्रेष्ठले नेपालमा सञ्चालित ८५४ व्यवसायीले नै कतार रोजगारीमा कामदार पठाउन पाउनुपर्ने उल्लेख गरे।

सिण्डिकेट खडा गर्न सक्रिय रहेको आरोप लागेका म्यानपावरमध्ये केहीले अनधिकृत रुपमा कतार रोजगारीका लागि अवैध अन्तर्वार्ता लिइरहेको पाइएकाले यसमा थप छानबिन हुनुपर्ने उनको भनाइ छ।

‘अनधिकृत अन्तर्वार्ता लिने म्यानपावरहरु नै सिण्डिकेटका लागि सक्रिय म्यानपावर हुन्।  यसभित्र निकै ठूलो चलखेल छ,’ संघका सदस्य प्रकाश बोहोराले भने। 

यी हुन सिण्डिकेट खडा गर्न सक्रिय रहेको आरोप लागेका म्यानपावर 
होप इन्टरनेशनल, एसओएस म्यानपावर, अल ताउक्वेट ओभसिस्,  एसओएस म्यानपावर सर्भिस प्रालि, डीडी ह्युमन रिसोर्स प्रालि, राज ओभसिस्, अल रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन्, कैलाश इन्टरनेशनल म्यानपावर, न्यू पाथिभरा प्लेसमेन्ट सर्भिस्, धर्म ओभर्सिस, डेभिड फरिजन रिक्रुटमेन्ट एजेन्सी, साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि, कन्चन ह्युमेन रिसोर्स म्यानेजमेन्ट, इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट। यीमध्येकै केही म्यानपावरहरुले युवाहरुलाई कतार रोजगारीमा आकर्षक कमाइको प्रलोभन देखाएर अवैध रुपमा कतार छिराउने गरेको पाइएको हो। 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : विश्वकर्मा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्