काठमाडौं- महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाप्सा खातुनको हत्या विरोधमा प्रर्दशनमा प्रहरीले बल प्रयोग गर्दा घाइते भएका एक जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ।
प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपानेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। प्रहरी गोली लागेर न्यौपानेसँगै अफताब आलम र श्याम कार्की घाइते भएका थिए। दुई घाइतेको भने बर्दिबासमै उपचार भइरहेको छ।
बालिकाको हत्या आरोपमा महोत्तरीको गौशाला–५ का अरुणकुरमा साह पक्राउ परेका छन्। आइतबार साँझ हराएकी बालिका गुलाप्साको शव सोमबार राति घर नजिकैको एक झाडीमा फेला परेको थियो।
चक्लेट किन्न साहको पसल गएकी बालिका गुप्तासालाई साहले पसलमै तौलियाले घाँटी कसी हत्या गरेका थिए। हत्याको बिरोधमा मंगलबार बिहानैदेखि बर्दिबास तनावग्रस्त छ।
आक्रोशित स्थानीयले सडकमा प्रर्दशन गर्नुका साथै अभियुक्तको घरमा समेत आगो लगाएका थिए। अहिले भने स्थिति सामान्य बन्द्र गएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।