• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
फर्केर हेर्दा : ४-४-२ 
64x64
ऋग्वेद शर्मा सोमबार, मंसिर ८, २०७७  ११:४२
1140x725

काठमाडौं- फुटबल मैदानको खेल मात्रै होइन, मैदानबाहिरको दर्शन पनि हो। जसमा जोडिँदै आएका छन् विगतका लामा कथा। होनहार बुद्धि। दर्जनौँ सिद्धान्त। आधुनिक फुटबलको यो समयसम्म आइपुग्दा सयौँ तरिका प्रयोग भएका छन्। मैदानभित्र देखिने त्यस्तो शैलीको विकासमा मैदानबाहिरको परिश्रम ठूलो छ। 

यसैले जे नयाँ देखिएका छन्, ती नितान्त नयाँ होइनन्। पुराना केही विषयका सुधार हुन्। परिवर्तन जीवनको नौलोपन हो। जहाँ उत्सुकता आविष्कार बन्छ। उस्तै हुँदै गर्छ खेलमा पनि। तब त फेरिएका परिपाटीमा पुराना गुण चटक्कै बिर्सिदिनु अन्याय हुन जान्छ। मानव जीवनमा अन्तर्निहित परिवर्तन फुटबलमा २०औँ शताब्दीमा जति कहिल्यै भएन। 

तिनै परिवर्तन कला बने। अहिले फुटबलमा रमाइरहेका पुस्ताले यो सौम्य कलाको जरा भने नदेखेका हुन सक्छन्। त्यस्तै जरामध्येका एक आधुनिक फुटबलका आविष्कारक योहान क्रुफलाई धेरैले चिन्छन्। तर उनीभन्दा अघि पनि थिए फुटबलका एक प्राथमिक क्रान्तिकारी- भिक्टर मस्लो।  

फुटबल प्रवर्तकहरुको नाम लिँदा भिक्टरको नाम प्राय छुटिरहेको हुन्छ, युरोपमा ठूला भनिने लिगमा नभएकाले हो या रसियाको प्रभावमा दबिएको मस्कोबाट भएर हो। सोभियत फुटबलको इतिहास थाहा नहुनेलाई उनको योगदान थाहा नहोला। तर आजको फुटबलले चाहेर पनि उनलाई बिर्सिदिन सक्दैन। अहिले चिनिएको फुटबलको सुरुवाती विकासकर्ता हुन् उनी।

क्रान्तिको उथलपुथलमा अल्झिरहेको सोभियत युनियनमा भिक्टर सन् १९१० मा जन्मिएका हुन्। यसैले भिक्टर भिन्न खाले वातावरणमा हुर्किए। त्यो समय सोभियत रसियामा फुटबल खेल मात्र थिएन। त्यसका उद्देश्य निकै थिए। नागरिकमाथिको सत्ताको प्रभावसमेत फुटबल नै थियो, कुटनीतिक माध्यममार्फत। कतिपय अवस्थामा अवज्ञाको हतियारका रुपमा पनि। 

सोभियत युनियनमा फुटबलको विकास आर्मीसम्बद्ध खेलकुद कार्यक्रममार्फत भएको हो। जसमा ‘रेड आर्मी स्कुल’को भूमिका छ। जसमार्फत सबै चिजमा शासकको नियन्त्रण र उपलब्धीको जस लिने परिपाटी थियो। १९११ मा स्थापना भएको ‘सिएसकेए मस्को’ फुटबल टिम सोभियत आर्मीको आधिकारिक टिम थियो। यस्तै ‘डायनामो मस्को’ फुटबल टिम आन्तरिक मामिला मन्त्रालयअन्तर्गतको टिम थियो। 

भिक्टरको खेलाडी जीवन शानदार थिएन। खेलाडीका रुपमा उनी जति थिए त्यसले त्यस्ता प्रशिक्षक बन्लान् भन्ने बाटो देखिँदैन थियो। उनले खेल जीवनको सुरुवात आरडिपिके मस्को टिममा १९३० मा सुरु गरे। त्यसको एक वर्षपछि टोर्पेडो मस्को टिममा गएपछि उनले आफ्नो नाम केही चिनाए। मिडफिल्डर भिक्टर १९४२ सम्म टोर्पेडो मस्कोमा नै थिए। जहाँ १९३६ देखि १९३९ सम्म टिम कप्तान पनि रहे। दोस्रो विश्वयुद्ध भएसँगै उनले फुटबलमा उतिसाह्रो मन दिएनन्। केही समयमै सन्यास लिए।  

भिक्टर यस्तो समय फुटबलमा नयाँपन ल्याउँदै थिए, जतिबेला फुटबल मैदानको हारसमेत सहजै माफीयोग्य मानिँदैन थियो। १९५२ ओलम्पिकको कुरा हो। सोभियत युनियनको खेल युगोस्लाभियासँग थियो। पहिलो लेग ५-५ को बराबरीमा सकिएको खेलमा दोस्रो लेग सोभियत युनियनले ३-१ ले हार्न पुग्यो। त्यही हारपछि सोभियत शासक जोसेफ स्टालिनले रिषको आवेगमा सिएसकेए मस्को टिम नै भंग गरिदिए। किनभने राष्ट्रिय टिमका धेरै खेलाडी सिएसकेए मस्कोबाट नै थिए। 

विश्वयुद्धका कारण खेलाडी जीवनबाट सन्यासपछि भिक्टरको सोच प्रशिक्षकका रुपमा बढिहाल्ने थिएन। तर अलिकति पनि समय खेर नफाली उनी टोर्पेडो मस्कोमा १९४२ मा नै प्रशिक्षक बनिहाले। उनी प्रशिक्षक बनेको पहिलो दुई वर्ष विश्वयुद्धकै कारण लिग फुटबल भएन। त्यसपछि पनि उनको शैली उति राम्ररी बाहिर देखिएन। १९४८ मा क्लबले प्रशिक्षकबाट बर्खास्त गरेको समाचारसमेत उनले सफाइ कर्मचारीबाट सुनेका थिए। तर त्यसपछि सात सिजन फरक तीन क्लबमा रहेपछि उनी पुनः टोर्पेडो मस्कोमा नै बोलाइए। 

टोर्पेडो मस्कोमा दोस्रो कार्यकाल उनको सुखद रह्यो। १९५९-६० को त लिग उपाधि नै जिताए। त्यससँगै दुई कप उपाधि जिताएका उनले नयाँ उचाइ पाउन थाले। टोर्पेडो मस्कोपछि उनी एसकेए रोस्तोभ अन डन क्लबमा प्रशिक्षक बने। जुन क्लब १९६६ मा सोभियत माथिल्लो लिगमा उपविजेता बन्यो। भिक्टरको कामहरु मैदानमा देखिन थालेकाले नै उनलाई डायनामो किभले उनलाई प्रशिक्षकका लागि बोलायो। 

फुटबल शैली दशकको अन्तरमा नै यताउति भइरहेका छन्। जहाँ १९६० को दशक पनि भिन्न भएन। भिसेन्टे फेओलाको ब्राजिल टिमले १९५८ को विश्वकप जित्यो। जतिबेला ब्राजिल टिमको फर्मेसन थियो ४-२-४, दुई ‘वाइड विंगरसहित। त्यसबेला सोभियत युनियन पनि गाभरिल कचालिनको प्रशिक्षणमा ठीक उस्तै फर्मेसनमा थियो। त्यही फर्मेसन धेरै क्लबको पनि रोजाइँमा परिरहेको थियो। 

१९६२ को विश्वकपमा त्यही फर्मेसन सोभियतका लागि रणनीतिक प्रवाहमा राम्ररी बढ्न सकेन। कचालिनपछि प्रशिक्षक कन्स्टान्टिन बेस्कोभले पनि त्यही ४-२-४ को शैली नै अपनाइरहे। किनभने ब्राजिलले १९६२ को विश्वकप पनि त्यही शैलीमा जितेको थियो। तर त्यहीँ प्रशिक्षक भिक्टर भने भिडमा मिसिएर बढ्ने शैलीमा देखिएनन्। 

४-२-४ मा दुई वाइड विंगरलाई मिडफिल्डबाट बढाउने र एक विंगर मिडफिल्डमा नै फर्किएर खेल्ने शैलीमा परिवर्तन गर्दै भिक्टरले अरु विंगरलाई पनि मिडफिल्डरका रुपमा बढाउने गरी ४-४-२ को नयाँ शैली अपनाए। बेलायती पत्रकार जोनाथन विल्सन ४-४-२ शैलीको मुख्य आविष्कारक भिक्टरलाई नै मान्छन्। भिक्टरको त्यही शैलीले व्यक्तिगत रुपमा हुने खेल प्रभाव सामूहिकतामा बढेको चर्चा हुने गर्छ। 

भिक्टरको समयमा चिनिएका विंगर अहिले वाइड मिडफिल्डरका रुपमा छन्। जसले फुल ब्याकसँगको सहकार्यलाई बढाएका छन्। खेलको आक्रामक विकासमा प्रमुख माध्यम बनिरहेका छन्। पुरानो फुल ब्याक शैलीलाई बदलेर डिफेन्डरसमेत अट्याकिङ भूमिकामा बढ्ने शैली पनि भिक्टरले राम्ररी सुरुवात गरेका थिए। 

भिक्टरको शैलीमा मिडफिल्डर अट्याकमा बढ्न मात्र होइन चार फुल ब्याकको सहयोगी पनि हुन्। जसले बलमा लामो समय नियन्त्रण बनाएर ‘पोसेसन’ फुटबल खेल्ने शैलीको पनि विकास भयो। विपक्षी खेलाडीलाई बलबिनाको समयमा चेक गरेर अघि बढ्नबाट रोक्ने शैली बढिरह्यो। त्यसमा हरेक खेलाडीको फरक क्षेत्र रक्षणको शैली पनि विकास भयो। जसले बलबिना खेलाडी कहाँ रहँदा कसरी बढ्ने भन्नेमा भिक्टरले ठूलो काम गरे। त्यसले मैदानमा विपक्षीतर्फ अघि बढेर बल खोस्ने शैली विकास भयो। अहिले त्यस्तै शैली ‘प्रेसिङ’ फुटबलका रुपमा चिनिएकै छ। 

मोउरिसियो पोचेटिनो र योर्गेन क्लोप जस्ता प्रशिक्षकले अहिलेको समले अहिलेको समय ‘प्रेसिङ गेम’लाई महत्वका साथ प्रयोग गरिरहेका छन्। जसको सुरुवात दशकौँ अघिको समयमा देखिन्थ्यो। जसको सुरुवाती केही जस भिक्टरलाई नै जान्छ। त्यसबेला जति नै मजाक उडाइएको भए पनि त्यही शैली अहिले आधुनिक फुटबलको एक हटाउनै नसकिने हिस्सा बनिसकेको छ। डिफेन्स र अट्याकमा सन्तुलन बनाएर अघि बढिरहेको छ। 

भिक्टरको सोच सामान्य ४-४-२ को शैली मात्र थिएन, स्वतन्त्र प्रवाहमा बढ्न सक्ने मिडफिल्ड र अट्याकमा पनि खेलाडीले परस्पर स्थान परिवर्तन गर्न सक्ने शैलीमा नै थियो। उनले आफ्नै जीवनकालमा त्यसलाई राम्ररी फैलाउन नपाए पनि त्यो शैलीको विकास हुँदै गयो।

भिक्टरले खेलाडीलाई मैदानको शैलीमा मात्र होइन मैदानबाहिरको अवस्थामा पनि सुधारका कामहरु गरे। अभ्यासका साथै स्वास्थ्य र शारीरिक अवस्था राम्रो बनाउन उनले धेरै कुरामा विचार गर्न सुरु गरेका थिए। शारीरिक अभ्यासका साथै पौष्टिक र नियन्त्रित आहारम विशेष ध्यान दिन्थे। प्रेसिङ खेलका लागि फिटनेस राम्रो हुनुपर्ने आवश्यकता नै थियो। अहिले हरेक क्लबका लागि यी कुरा सामान्य भए पनि भिक्टरको समयमा नयाँ थियो। 

इंग्लिस फुटबलमा अहिले सामान्य जस्तो भइसकेको ४-४-२ फर्मेसन १९६६ मा इंग्ल्यान्डले विश्वकप जित्दासमेत नयाँ प्रयोग नै थियो। प्रशिक्षक अल्फ राम्सेले त्यही शैलीमा इंग्ल्यान्डलाई विश्वकप जिताएपछि ४-४-२ को प्रयोग ब्यापक बन्यो। कतिसम्म पनि यो फर्मेसनको जससमेत धेरैले अल्फ राम्सेलाई नै दिइरहे। तर उनीभन्दा अघि भिक्टरले गजवले त्यसको प्रयोग गरिसकेका थिए। 

सबै विचार गर्दा भिक्टरको सोच उनको समयभन्दा निकै अघिको थियो। त्यो सिद्धान्त उनकै प्रयोगमा उपाधिका हिसाबले ज्यादा उपयोगी सिद्ध हुन नसके पनि अहिलेसम्म आइपुग्दा विश्व फुटबलमा धेरै सफल भइसकेको छ। त्यही समय पनि भिक्टरको शैलीमा १९६६ देखि १९६८ सम्म डायनामो किभले तीन लिग उपाधि जितेर सोभियत फुटबल सत्ता मस्कोबाट किभतिर सारेको थियो। 

मैदानमा मात्र होइन मैदानबाहिर पनि सामूहिक भावनामा भिक्टरले गरेको विकास महत्वपूर्ण छ। त्यही सामूहिक भावनाको शैली हो जसले उनलाई अरुभन्दा भिन्न बनायो। राम्रो अर्थमा। खेलाडीहरुसँगको नियमति सामूहिक कुराकानी र प्रशिक्षण टिमसँगको सरसल्लाहमा उनी कहिल्यै हिचकिचाएनन्। हरेक खेलअघि सबै खेलाडीलाई एकै ठाउँमा राखेर कुराकानी गर्थे र सल्लाह सुझाव माग्थे। जसले टिम केन्द्रित रणनीतिमा उनलाई सहयोग भइरह्यो। 

भिक्टरको सोच सामान्य ४-४-२ को शैली मात्र थिएन, स्वतन्त्र प्रवाहमा बढ्न सक्ने मिडफिल्ड र अट्याकमा पनि खेलाडीले परस्पर स्थान परिवर्तन गर्न सक्ने शैलीमा नै थियो। उनले आफ्नै जीवनकालमा त्यसलाई राम्ररी फैलाउन नपाए पनि त्यो शैलीको विकास हुँदै गयो। भिक्टरको सुरुवाती कामले नै डायनामो किभमा प्रशिक्षक भालेरि लोभानोभ्स्कीको सफलताका साथै रिनस मिचेल र योहान क्रुफको ‘टोटल फुटबल’सम्म पुग्यो। 

१९७० मा डायनामो किभले लिग सातौँ स्थानमा सकाएपछि भिक्टर बर्खास्तमा परे। जसपछि टोर्पेडो मस्कोमा फर्किएका उनले डोमेस्टिक कपको उपाधि जिताए। त्यसपछि अरारत एरेभान क्लबको प्रशिक्षक बनेका उनले १९७५ मा सोभियत कपको उपाधि जिताउन सके। 

१९७७ मा ६७ वर्षको उमेरमा बित्नुअघि उनले विश्व फुटबलका लागि धेरै छाडिसकेका थिए। उनले सुरु गरेको ‘जोनल मार्किङ’ र ‘प्रेसिङ’ को फुटबल शैली आधुनिक फुटबलमा यसरी प्रयोग भइरहेको छ कि जुन उनले त्यो समय पक्कै चिताएका थिएनन्। भिक्टरले बुझाउन खोजेकै जस्तो अहिले सबैले मानिरहेका छन्- व्यक्तिभन्दा टिम पहिले। 

(यो सामग्री एसआई सकर, फुटबल टाइम्स र नाइन्टी मिनेटमा आधारित रहेर तयार पारिएको हो।)
 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
एसियन कप पुग्ने नेपालको सपना अधुरै, पेनाल्टीमा उच्वेकिस्तानसँग पराजित शनिबार, असार २१, २०८२
पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित शनिबार, असार २१, २०८२
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते शनिबार, असार २१, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्