काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी महासचिव एवं अर्थ मन्त्री विष्णु पौडेललाई भेटे लगत्तै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई भेटिरहेका छन्। पार्टी कार्यालयमा ओली पक्षका नेतासँग एकपछि अर्को गर्दै भेटिरहेका उनले 'परिस्थिति गम्भीर' रहेको प्रतिक्रिया दिएका छन्।
नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबीच विवाद बढ्दै गएको छ। उक्त विवादका कारण कार्यकर्तासमेत विभाजित हुन थालेका छन्। यस्तो परिस्थितिमा प्रचण्डले दोस्रो तहका नेताहरुसँगको भेटघाट तीव्र बनाएका हुन्।
सामान्यतया यस्ता भेटघाट आफ्नो निवास खुमलटारमै गर्ने गरेका प्रचण्डले यसपल्ट पार्टी कार्यालय रोजेका छन्। प्रचण्डसँगको भेटपछि महासचिव पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै गम्भीर समयको स्वभाविक भेटघाट भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।