काठमाडौं- सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले छठ नेपालीलाई सांस्कृतिक रुपमा जोड्ने महत्वपूर्ण पर्व भएको बताएका छन्।
उनले छठ पर्वले तराईलाई पहाडसँग र पहाडलाई हिमालसँग सांस्कृतिक रुपमा जोडेको उल्लेख गरेका छन्।
प्रदेश नं २ सरकारको आयोजना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा बिहीबार वीरगञ्जमा सम्पन्न ‘प्रदेश नं २ को प्रमुख सांस्कृतिक पर्व छठको महत्वसम्बन्धी कार्यक्रम’ मा मन्त्री भट्टराईले छठले धार्मिक रुपले मात्र नभई वैज्ञानिकरुपले पनि मानव जीवन तथा प्रकृति संरक्षणका लागि महत्पवूर्ण सन्देश प्रवाह गर्दै आएको बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।