काबुल- अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिवानहरुले १४ जना सुरक्षाकर्मीको हत्या गरेका छन्। तालिवानहरुले गरेको आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको हो। कुन्दुजको सुरक्षा निकायका अनुसार कुन्दुज प्रान्तको बला हिसारमा रहेको एक सुरक्षा चौकीमा आक्रमण गरेर ती सुरक्षा अधिकारीको हत्या गरेका थिए।
कुन्दुज प्रान्तको साहिब जिल्लाको सो सैनिक क्याम्पमा उनीहरुले बिहीबार राति आक्रमण गरेका थिए। त्यस क्रममा सो क्याम्पमा रहेका सुरक्षा अधिकारीको मृत्यु भएको हो। त्यसक्रममा १२ जना सुरक्षाकर्मी मारिएका थिए भने दुई जना प्रहरी सो जाँच चौकीबाट घर जाने क्रममा तालिवानको आक्रमणमा परी मारिएका हुन्।
सो आक्रमणमा कम्तीमा पनि १० जना तालिवान मारिएका वा घाइते भएका बताइएको छ। तर यस विषयमा तालिवानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन्। उता शुक्रबार नै काबुलमा पनि तालिवानीहरुले आक्रमण गरेर दुई जना सर्वसाधारणको हत्या गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।