लन्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पाकिस्तानको सरकारलाई आफ्ना नागरिकको मानवअधिकारको रक्षा गर्न आग्रह गरेका छन्।
उनले बुधबार बेलायतको संसदको बैठकमा बोल्ने क्रममा सो कुरा बताएका हुन्। उनले पाकिस्तान सरकारले आफ्ना नागरिकको लागि उनीहरुको आधारभूत अधिकारहरुको रक्षा गर्नुपर्ने बताएका थिए।
संसदमा यहाँका एक सांसदले सोधको प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।सो प्रश्नको जवाफमा प्रधानमन्त्री बोरिस जोनसनले भने‚ ‘हामीले पाकिस्तानको सरकारलाई यो भन्न चाहन्छौँ कि पाकिस्तानले आफ्ना नागरिकहरुको कम्तीमा पनि उनीहरुको आधारभूत अधिकारको रक्षा गर्नुपर्दछ।’
केही समयदेखि पाकिस्तानमा नागरिकहरुको अधिकार हनन हुने गरेको र यस्तो कार्य भइरहेको भए पनि यहाँका सरकारी अधिकारीहरुले नै बेवास्ता गर्ने गरेको भन्दै त्यसको विरोध हुँदै आएको थियो।
यसै विषयमा बेलायतको संसदमा पनि यहाँका प्रधानमन्त्री जोनसनलाई पो प्रश्न गरिएको थियो।
पाकिस्तानमा पछिल्ला केही समयमा यहाँका नागरिकहरुको गैरन्यायिक हत्या हुने गरेको आरोप लगाइएको छ। यस क्रममा विश्वका अरु देशले पनि मानवअधिकारको हनन् भएको भन्दै चासो लिने गरेका छन्।
तर पाकिस्तानले भने यहाँ यस्ता कार्यमा संलग्नहरुमाथि कारबाही गरिएको बताउने गरेको पनि समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।