• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

फूल ढकमक्क, व्यवसायी मख्ख

64x64
निर्मला घिमिरे आइतबार, कात्तिक २३, २०७७  ०९:४६
1140x725

काठमाडौं–इलामकी पुष्प व्यवसायी गीता गोलेको बगैँचामा यतिबेला सयपत्री र मखमली फूलहरु ढकमक्क फूलेका छन्। कोरोना महामारीका कारण यो वर्ष फूल खेर जाने हो कि भन्ने चिन्तामा रहेकी गीता हिजोआज आफ्नो बगैंचाको सबै फूलले बजार पाउनेमा आशावादी भएकी छन्।  

‘यो वर्ष भारतबाट फूल आयात नगरिने भन्ने सुनिएको छ। भारतबाट नल्याउँदा त आफ्नै बारीको फूलले बजार पाउला भन्ने आशा छ,’ उनले भनिन्। 

२५ हजार लगानी गरेर पुष्प व्यवसायमा जमेकी गीताले अघिल्ला वर्षहरु पनि फूलबाट मनग्य आम्दानी गर्दै आएकी थिइन्। फूलबाट तिहारको समयमा मात्रै उनले ५० हजारसम्म कमाइ गर्दै आएकी छन्। उनले बगैँचामा खास गरेर गर्लिन अरेन्ज जातको सयपत्री र थोरै मखमली लगाएकी छन्। उनका अनुसार यो वर्ष फूल उत्पादन अघिल्लो वर्षको जति भने छैन।

धादिङका पुष्प व्यवसायी रुपेन्द्र बस्नेतले ५ कठ्ठा जमीनमा लगाएको कलकत्ते जातको सयपत्री पनि ढकमक्क भइसकेको छ। अब फूलका गुच्छाहरु चाँडै बजारमा बिक्रीका लागि पुर्‍याउने दिन पनि नजिकिएको छ। 

‘यो वर्ष तिहारमा त्यति रौनक छैन। फूल बिक्री हुँदैन कि भन्ने चिन्ता पनि निकै बढेको थियो। यो वर्ष माग घटे पनि भारतबाट फूल आयात नहुने हुँदा बारीको सबै फूल खपत होला,’ उनी आशावादी छन्। 

४ वर्षदेखि फूल खेतीमा रमेका बस्नेतले अघिल्लो वर्ष पनि आफ्नो बगैँचाका सबै फूल बिक्री गरेका थिए। फूल बिक्री नभएर फाल्नु परेको अनुभव उनीसँग छैन। 

उनी पनि अघिल्लो वर्षभन्दा यसपालिकोे तिहारमा फूल उत्पादन खस्किएको बताउँछन्। तुलनात्मक रुपमा यस वर्ष तिहार ढिला परेकाले सोहीअनुसार ठिक्क तिहारमा फूल्ने हिसाबले फूल रोप्दा पनि फूलको उत्पादन राम्रो हुन नसकेको उनको भनाइ छ। 

‘सधै झैँ ठिक्क सिजनमा भएन। त्यसमाथि पानी धेरै प¥यो जसले गर्दा कतिपय फूलका बोट नै कुहिए। राम्रो उत्पादन पनि हुन सकेन,’ उनले भने । 

Ncell 2
Ncell 2
nimb
nimb

फूलैफूलको पर्व तिहार आउन अब केही दिनमात्रै बाँकी छ । यस वर्षको तिहार अघिल्ला वर्षहरुमा भन्दा केही समय पछाडी परेकाले तिहार आउनुअगावै घर, आँगन तथा बारीमा सयपत्री र मखमली फूलहरु ढकमक्क फूलिकेका छन्। 

मुलुक कोरोना महामारीको चपेटामा रहेको यो वर्षको तिहारमा फूलको व्यापार नहुने हो कि भन्ने चिन्तामा रहेका पुष्प व्यवसायीहरुमा भने झिनो आशा पलाएको छ। 

यस वर्ष बजारमा फूलको माग कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मूलुक भारतबाट फूल आयात नगरिने निर्णय भएसँगै आफ्नो उत्पादनले बजार पाउने आशा व्यवसायीहरुमा थपिएको हो।

गत वर्षको तिहारमा २५ लाख सयपत्री माला खपत भएको भए पनि यो वर्ष १५ लाख मालाको मात्रै माग रहेको फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ। विशेषगरी तिहारमा अत्याधिक माग हुने सयपत्री, मखमली तथा  गोदावरी फूलमध्ये सयपत्री फूल भारतबाट ल्याइँदै आएको छ। गत वर्षको तिहारमा ३ लाख माला भारतबाट आयात गरिएको थियो। 

Xtrem

Xtrem

तर यस वर्षको तिहारमा भारतबाट सयपत्री फूल आयात नगरी स्वदेशी सयपत्रीको फूलमाला नै प्रयोग गरिने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए। 

‘यसवर्षको तिहारमा सयपत्री १२ लाख र मखमली ३ लाख गरी कुल १५ लाख मालाको माग छ । कोभिडका कारण गत वर्षको तुलनामा माग घटेकाले यो वर्ष स्वदेशी उत्पादनले नै धान्छ,’ अध्यक्ष श्रेष्ठले भने। 

माग कम रहेका कारण मालाको मूल्य पनि ६० देखि ७० रुपैयाँको हाराहारीमा मात्रै रहने उनको भनाइ छ। पछिल्लो समय सयपत्रीफूलको खेती विस्तार हुँदै गएका कारण आत्मनिर्भरताको अवस्थामा पुगेको उनले बताए। उनका अनुसार भारतबाट खासगरी कलकत्ते प्रजातिको सयपत्रि आउने गथ्र्यो। तर त्यसको नेपालमै खेती सुरु भइसकेको छ भने थाइल्याण्डको प्रजातिको पनि खेती सुरु भएको छ। 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसी कृषक, व्यवसायी सरकारलगायत सबै सरोकारवाला निकायको प्रयासबाट सयपत्रीफूलमा नेपाल आत्मनिर्भरोन्मुख अवस्थामा पुगेको दावी गर्छन्। सरकारले जारी गरेको पुष्प प्रवद्र्धन नीति, पुष्पमहोत्सवमा सहयोग, सयपत्रीफूल खेती प्रवद्र्धनजस्ता कार्यक्रमका कारण टेवा पुगेको उनको भनाइ छ। 

पूर्ण आत्मनिर्भरताका लागि साना किसानमार्फत् देशैभरिसयपत्रि फूलको खेती विस्तारमा जोड दिनुपर्ने पनि उनले बताए। 

नेपालमा लगभग १ सय ५७ हेक्टर क्षेत्रफलमा ७ सयभन्दा बढी व्यवसायीले फूल खेती गर्दै आएका छन्। व्यावसायिक रुपमा ४५० प्रजातिका फूल उत्पादन हुने गरेका छन् । तर तिहारमा विशेष गरी सयपत्री, मखमली र गोदावरीको प्रयोग हुनेगर्दछ। 

नेपालमा विस २००७ देखि व्यावसायिक रुपमा सुरु भएको फूल खेतीमा पछिल्लो समय युवा आकर्षण बढ्दै गएको छ। विशेषगरी काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, चितवन, इलामलगायत ४० भन्दा बढी जिल्लामा व्यावसायिकरुपमा पुष्प व्यवसाय सुरु भइसकेको छ। 

तर उपयुक्त अध्ययन, अनुसन्धान तथा प्रविधिको प्रयोगको अभावमा नेपालमा फूल खेती फस्टाउन नसक्दा अझै आत्मनिर्भर बन्न नसकिएको सरोकारवालाहरु बताउँछन् । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्