मेक्सिको सिटी- ग्वाटेमालामा आएको इटा नामको समुद्री आँधीबाट मृत्यु हुनेको संख्या ५० जना पुगेको छ। ग्वाटेमालाका राष्ट्रपति अलेक्जान्ड्रो जियामाटीले प्रकोपग्रस्त क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको बताएका छन्।
उनले बिहीबार अबेर आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘दुर्भाग्यबस, आजै चार जनाको मृत्यु भएको छ, र मृत्यु हुने व्यक्तिको संख्या ५० पुगेको छ।’
राष्ट्रपति जियामाटीले आँधी प्रभावित क्षेत्रबाट अझै एक हजार ५०० भन्दा बढी व्यक्तिलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको जनाउँदै तर यी क्षेत्रमा नदीको बहाव र सतह बढेकाले उद्धारमा कठिनाई भइरहेको बताएका हुन्।
जलवायु प्रक्षेपणहरुले ग्वाटेमालामा आगामी ४८ घण्टामा भारी वर्षा हुने जनाएका छन्। देशका नौ वटा सरकारी निकायहरुले यसअघि नै आपतकाल घोषणा गरिसकेका छन्।
ईटा नामको समुद्री आँधी हाल होन्डुरसतर्फ अघि बढ्दै क्यारेबियन क्षेत्रतर्फ लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।