• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

बुढीगण्डकी आयोजनामा अनेक झिनाझम्टी

गेजुवालाई आयोजना सुम्पन सरकार आफैंले गरेको अध्ययनको बेवास्ता
64x64
हेमन्त जोशी बिहीबार, कात्तिक १३, २०७७  १४:४३
1140x725

काठमाडौं- केहि समयअघि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एउटा अभिव्यक्ति दिए– ‘बुढीगण्डकीमा मलाई थाहा छ, ९ अर्ब रुपैयाँ केपी ओली, शेरबहादुर देउवा र प्रचण्डले बाँडेर खानु भएको छ।'

सत्तारुढ नेकपाका दुवै अध्यक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभापतिबाट आर्थिक अनियमितता भएको भट्टराईको उक्त अभिव्यक्तिपछि बुढीगण्डकी आयोजनामा सबैतिरबाट चासो बढ्यो। दुवै राजनीतिक दलले आर्थिक अनियमिताको आरोप पुष्टि गर्न चुनौती सहितका विज्ञप्ति निकाले। पूर्व प्रधानमन्त्री भट्टराईले यस विषयमा आफूसँग प्रमाण भएरै बोलेको भन्दै बिस्तृत छानबिन गरिनुपर्ने र आफूले अनुसन्धानमा सघाउने बताउँदै आएका छन्।

तर राजनीतिक दाउपेचको चंगुलमा परेको यो आयोजनामा व्यक्ति र दल विशेषकै स्वार्थका कारण दशकौंदेखि अनिश्चितता कायम रहेको विषयमा भने कसैको दुईमत छैन। आयोजना पहिचान भएको लामो समयसम्म पनि बुढीगण्डकी राजनीतिक खिचातानीकै कारण अलपत्र परेको छ।

२०६६ सालपछि गठन भएका सबैजसो सरकारले बुढीगण्डकी आयोजनाका सम्बन्धमा आफू अनुकूलकै निर्णय गरे। अघिल्ला सरकारले गरेका निर्णय कार्यान्वयन नगर्ने र आफ्ना फाइदाका लागि अनुकूलका निर्णय गर्ने शैली अहिले दूई तिहाईको सरकारका पालामा पनि निरन्तरता पाइरहेको छ।

बुढीगण्डकीमा कसरी भित्रिएको थियो गेजुवा?
२०७३ सालमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा सरकारले आयोजना निर्माणको जिम्मा चीन सरकारको स्वामित्वमा रहेको कम्पनी ‘चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी’ (सिजिजिसी) लाई अनुमति दिने निर्णय गर्‍यो। सरकारले आयोजनामा गेजुवा आफैंले लगानी गर्ने तथा निर्माणको काम पनि गर्ने गरी लगानी–खरीद–इन्जिनियरिङ र निर्माण (आइपिसिएफ) मोडेलमा सम्झौता गरेको थियो। तर, गेजुवाले वर्षौंसम्म पनि काम अगाडि बढाएन। त्यसको निरन्तरता अहिले पनि जारी छ।

प्रचण्ड सरकारले विद्युत ऐन २०४९ को दफा ३५ अनुसार आयोजना निर्माणको जिम्मा गेजुवालाई दिने निर्णय गरेको जनाएको थियो। तर, विघठित संसदको सार्वजनिक लेखा समितिले बिना प्रतिस्पर्धा सिजिजिसीलाई जिम्मा दिइएको भन्दै उक्त निर्णय खारेज गर्न सरकारलाई निर्देशन दियो। लेखा समितिको निर्देशनपछि २०७४ कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सिजिजिसीसँगको सम्झौता रद्द गर्‍यो।

बुढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता सम्बन्धमा उर्जा मन्त्रालय तथा चाइना गेजुवा ग्रुप कम्पनीबीच २०१७ जुन १७ मा भएको सम्झौता मन्त्रिपरिषदको उक्त निर्णयले खारेज भएको देखिन्छ। उक्त निर्णयसँगै सरकारले आयोजना अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा विशिष्टीकृत आयोजना कार्यान्वयन इकाइ स्थापना गरी आयोजना अगाडि बढाउने निर्णय गरेको थियो।

केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै देउवा नेतृत्वको सरकारले गरेका २०७४ भदौ पछिका सबै निर्णयहरु निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै खारेज गर्‍यो। त्योसँगै बुढीगण्डकीका विषयमा भएको निर्णय पनि उल्टियो। गेजुवाले नै आयोजनामा काम गर्ने अर्को मौका पायो। 

nimb
nimb
Ncell 2
Ncell 2

सिजिजिसीलाई लगानी, खरीद, इन्जिनियरिङ र निर्माण लगायतका सबै कामहरु जिम्मा दिने गरी इपिसिएफ मोडलमा आयोजना निर्माणका लागि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो। तर हालसम्म पनि सिजिजिसीसँग आयोजना निर्माणको विस्तृत सम्झौता भने भइसकेको छैन।

स्वदेशी लगानी मोडालिटीको बेवास्ता
देउवा नेतृत्वको सरकारले गेजुवासँगको सम्झौता तोडिएपछि आयोजना स्वेदशी लगानीमा कसरी बनाउन सकिन्छ भनेर विस्तृत अध्ययन गर्न लगाएको देखिन्छ। तत्कालीन उर्जामन्त्री कमल थापाले गेजुवाले काम गर्न नचाहेको र नेपालले आफैं आयोजना बनाउन सक्ने भन्दै त्यसको विकल्प अघि सारेका थिए। जसका लागि अर्थ मन्त्रालय, उर्जा मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरणले संयुक्त अध्ययन गरेका थिए।

प्राधिकरणमार्फत् इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्याक्ट विथ फाइनान्स (इपिसिएफ) मोडलमा आयोजना निर्माणका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको छ। उक्त मोडल अनुसार प्राधिकरणले आयोजनाको सम्पूर्ण लागत जुटाउने र निर्माण समेत गर्ने प्रस्ताव गरिएको थियो।

आयोजना निर्माणका लागि तोकिएको इपिसिएफ मोडलका विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउन मन्त्रिपरिषद्ले समितिसमेत गठन गरेको थियो। उक्त समितिमा राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष, अर्थ सचिव, उर्जा सचिव, उर्जा मन्त्रालय नीति महाशाखा प्रमुख, नेपाल राष्ट्र बैंकका गभर्नर, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य थिए।

यो अध्ययन समितिले संयुक्त रुपमा अध्ययन गरी तयार पारेको ‘बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धमा लगानीको खाका तयार गर्न गठित समितिको प्रतिवेदन’ अनुसार २ खर्ब ७० अर्ब रुपियाँ बराबरको स्वदेशी लागतमा आयोजना निर्माण गर्न सम्भव छ। त्यसका लागि लगानीको मोडालिटी पनि उक्त कार्यदलले तयार पारेको थियो।

उक्त अध्ययनले आयोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने विकल्प सहितको सुझाव दिएपछि देउवा सरकारले आयोजनामा गेजुवासँगको सम्झौता तोडेको थियो। सरकारले वार्षिक बजेटमार्फत, सम्झौतित बचत गर्ने संस्थाहरुको लगानी र पेट्रोलियम तथा कार्बनमा लाग्ने करमार्फत आयोजना लागत जुटाउन सकिने समितिको सुझाव थियो।

त्यसअघि तत्कालीन कृषि तथा जलश्रोत समितिले बुढीगण्डकी आयोजना नेपाली लगानीमा बनाउन सकिने भन्दै स्रोत सुनिश्चितता सहितको प्रस्ताव अघि सारेको थियो। समितिका तत्कालीन सभापति गगन थापाले आयोजना सम्पन गर्न आवश्यक पर्ने २ खर्ब ५० अर्ब रुपैयाँ पुँजी जुटाउने प्रस्ताव अघि सारेका थिए।

नेपाल भित्रकै लगानीमा नागरिक लगानी कोषबाट स्किम सञ्चालन गरी ७५ अर्ब, टेलिकमबाट स्किम सञ्चालन गरी ५० अर्ब, संस्थागत लगानीकर्ताबाट २५ अर्ब, नेपाल सरकारको इक्विडिटी ६० अर्ब, सर्वसाधारण सेयर जारी गरी १० अर्ब, वाणिज्य बैंकहरुबाट १० अर्ब, सार्वजानिक संस्थानहरुबाट १५ अर्ब, अर्थमन्त्रालय तथा अन्यबाट ५ अर्ब रुपैयाँ संकलन गरी आयोजना निर्माण गर्न सकिने प्रस्ताव भएको थियो। तर, अहिलेको सरकारले भने उक्त प्रतिवेदनलाई पूर्ण रुपमा बेवास्ता गरेको छ।

सरकारले आयोजना निर्माणको प्रारम्भिक चरणका कामहरु जग्गा अधिग्रहण र मुआब्जा वितरणका लागि पेट्रोलियम पदार्थमा पूर्वाधार कर भने उठाउँदै आएको छ। पेट्रोलियम पदार्थमा लगाइएको करबाट हालसम्ममा ५० अर्ब रुपैयाँभन्दा बढी संकलन भइसकेको छ। यसरी राष्ट्रिय गौरवका रुपमा रहेको मुलुककै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बुढीगण्डकी आफैं बनाउने भन्दै लगानीसमेत जुटाउने प्रयास भए पनि यो सरकारले आयोजनामा फेरि गेजुवाकै मुख ताकेर बसेको छ।

राजनीतिक दाउपेचमा परेको आयोजना
सरकार चाहन्छ– बुढीगण्डकीमा चाइना गेजुवाले नै काम गरोस्। गेजुवा पनि चाहन्छ, उसको हातबाट बुढीगण्डकी नखुस्किओस्। दुवैको चाहना एउटै जस्तो देखिन्छ। तर, दुवै चाहनामा दुईथरी स्वार्थ छन्।

बुढीगण्डकीमा गेजुवालाई नै राख्नुपर्ने गरी सरकारको स्वार्थ बुझ्न एउटा उदाहरण काफी छ। २०७६ जेठ २० गते राष्ट्रिय सभाको राष्ट्रिय हित तथा सरोकार समितिमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा चासो देखाइरहेको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी (सिजिजिसी) पछिल्लो ६ महिनायता सम्पर्कमा नरहेको जानकारी गराए। 

तर त्यसको करिब २ हप्तापछि अर्थात असार ३ गते संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिमा उर्जामन्त्री पुनले गेजुवा फेरि सम्पर्कमा आएको जानकारी दिए। ‘पछिल्लो समय चिनियाँ कम्पनी हामीसँग सम्पर्कमा थिएन। त्यही कुरा मैले संसदीय समितिमा बोलेको थिएँ। तर अहिले हामी भागेको छैनौं है भनेर पत्र पठाएको छ', उनले भनेका थिए।

लामो समय सम्पर्कविहीन रहेको गेजुवालाई आयोजनामा फर्काउन यही बीच नयाँ समीकरण बनेको बुझ्न गाह्रो छैन। बुढीगण्डकीमा यसरी गेजुवाको प्रवेश र बाहिरिने प्रक्रिया नेपाली राजनीतिको दाउपेचकै वरिपरि घुमेको देखिन्छ।

यो पनि पढ्नुहोस्

बूढीगण्डकीमा सरकारको गेजुवा मोह, सम्पर्क स्थापना गर्दै विच्छेद गर्दै गेजुवाबिहीबार, असार ५, २०७६

गेजुवाको स्वार्थ 
सन् १९७० को दशकमा गण्डकी बेसिनको अध्ययनका क्रममा पत्ता लागेको उक्त आयोजनामा विभिन्न समयमा विभिन्न मुलुकका कम्पनीले निर्माणको चासो देखाए। तर, काम सुरु गरिहाल्ने आँट कसैले गरेनन्।

विदेशी कम्पनीले आयोजनामा काम गर्न नचाहनुको मुख्यतया तीन कारण छन्। पहिलो– जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम नटुंगिनु। दोस्रो– जलाशयमा आधारित उक्त आयोजनाको उत्पादन लागत अरु आयोजनाका तुलनामा बढी देखिनु। र, तेश्रो– नेपालको राजनीतिक दाउपेचमा अल्झिरहने उक्त आयोजनामा लगानी गर्दा लगानीकर्ताले आफ्नो लगानी सुरक्षित भएको महसुस गर्न नसक्नु।

गेजुवा बुढीगण्डकी आयोजना गुमाउन पनि चाहँदैन, अहिलेकै अवस्थामा काम गर्न पनि चाहँदैन। उसलाई आयोजनाका तत्काल बनाइहाल्ने भन्दा पनि उसले पाएको अनुमति नेपालले तत्काल खारेज गर्नबाट कसरी रोक्ने भन्ने चासो छ। बुढीगण्डकीमा विगतमा २ पटकसम्म राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा लगानी गर्नका लागि नेपालले आह्वान गरे पनि गेजुवा बाहेक अरु कुनै कम्पनीले चासो देखाएनन्। सोही कारण पनि सरकारले गेजुवाको विकल्प फेला पारेन भने गेजुवाले पनि नेपालसँग ‘बार्गेनिङ’ गर्ने गतिलो आधार पायो।

नेपालको राजनीतिक खिचातानीका कारण गेजुवाको हातबाट बुढीगण्डकी फुत्कन नपाए पनि उक्त कम्पनीले आयोजना अगाडि बढाउने विषयमा भने कहिल्यै कुनै चासो देखाएन। सरकारले विभिन्न चरणमा गेजुवासँग छलफलका प्रयास गर्‍यो। तर गेजुवाले भने त्यसको वास्ता गरेन। बरु उल्टै आयोजना बनाउने हो भने उत्पादन क्षमता घटाइनुपर्ने लगायतका माग राख्न थाल्यो।

बुढीगण्डकी आयोजना सन् ७० को दशकमा गण्डकी बेसिनको अध्ययनका क्रममा पत्ता लागेको थियो। समयक्रममा आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट अध्ययन हुने तथा निर्माणको प्रतिवद्धता आए पनि काम सुरु भने अझै भइसकेको छैन। २०६६ सालको बजेटमार्फत सरकारले बुढीगण्डकी आयोजना अघि बढाउने भनेर सरकार लागिपर्‍यो। त्यसपछिका हरेक वर्ष बुढीगण्डकीका नाममा बजेट विनियोजन भइरहेको छ।

मुआब्जा वितरणको सकस
बुढीगण्डकीमा जग्गा अधिग्रहण र मुआब्जा वितरणमा देखिएको सकस टुंग्याउन सरकारलाई हम्मेहम्मे परिरहेको छ।

हाल आयोजना प्रभावित क्षेत्रमा मुआब्जा वितरणको काम भइरहेको छ। उर्जा मन्त्रालयका अनुसार हालसम्ममा ३० अर्ब रुपैयाँभन्दा माथि मुआब्जा वितरण भइसकेको छ। ६४ हजार जना विस्थापित हुनुपर्ने उक्त आयोजनामा अझै १३ हजार रोपनी जग्गाको मुआब्जा वितरण भने हुन सेकेको छैन। प्रभावित क्षेत्रमध्ये अन्तिममा मुआब्जा वितरण गर्ने भनेर राखिएका खहरे, आरुघाट र आर्के बजारमा अझै पनि अधिग्रहणको काम सुरु भइसकेको छैन। 

ती क्षेत्रमा जग्गाको मूल्य आकाशिएको छ। सुरुमा ती तीनवटा बस्तीका लागि प्रतिआना साढे ५ लाख, साढे ७ लाख र साढे ८ लाख रुपैयाँ निर्धारण भएकोमा अहिले बढाएर प्रतिआना २५ देखि ४० लाख रुपैयाँसम्म पुर्‍याइएको छ।

देशको सबैभन्दा ठूलो जलाशययुक्त भनी प्रस्तावित गरिएको १२ सय मेगावाटको यो आयोजना गोरखा, धादिङ र नुवाकोटको करिब डेढ लाख रोपनी जग्गामा पर्दछ। यो आयोजनाले गोरखा जिल्लाको २ हजार ७ सय वर्ग किलोमिटर, धादिङको ९ सय वर्ग किलोमिटर र नुवाकोट ३५ वर्ग किलोमिटर ओगट्छ।

यो आयोजना बनाउँदा धादिङ जिल्लाको साबिकको सलाङ गाविसमा २ सय २५ मीटर अग्लो बाँध निर्माण गरिने प्रस्ताव गरिएको छ भने यसको जलाशयले २ दशमलब ७६ अर्ब घनमिटर बराबर पानी सञ्चित गर्ने क्षमता राख्दछ। आयोजनामा ठूलो क्षेत्रफलमा जलाशय निर्माण गरिने हुँदा विद्युत उत्पादनका दृष्टिकोणले मात्र नभई पर्यटन, माछापालन लगायतका व्यवसायहरु पनि सञ्चालन गर्न सकिने भएकाले पनि आयोजनाको निर्माणलाई थप महत्त्वका साथ हेरिएको छ।

बुढीगण्डकी करिडोरलाई पर्यटकीय केन्द्र बनाउने, एकीकृत जलाधार विकास कार्यक्रम सञ्चालन गर्ने, जलयातायातको विकास गर्ने तथा जलाशयको वरिपरि आधुनिक बस्तीको विकासका लागि पनि उक्त आयोजनाले ठूलो सम्भावना बोकेको छ।

यो पनि पढ्नुहोस्

बुढीगण्डकी : कसले र कहिले बनाउने अन्याेलमै अल्झिएको आयाेजनाबिहीबार, फागुन २, २०७५

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन ऊर्जामन्त्रीको निर्देशन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले औद्योगिक र व्यावसायिक गतिविधिका हिसाबले महत्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत ब... शनिबार, भदौ ६, २०८३
सडक सीमा खाली गराउने बाटो खुल्यो, टेलिकमको रिटमा अन्तरिम आदेश अस्वीकार अदालतको यो निर्णयसँगै यसअघि सडक विस्तारको काम रोक्न जारी गरिएको अल्पकालीन अन्तरिम आदेशसमेत निरन्तर नहुने भएको छ। शुक्रबार, भदौ ५, २०८३
तमोर करिडोर हुँदै ताप्लेजुङ–काठमाडौंका लागि लक्जरी बस सेवा सुरु जय पाथीभरा माता एसी बस सेवा प्रालिलको बिहिबारबाट प्लेजुङको सरमुकाम फुङ्लिङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुली—काठमाडौँसम्मका लागि ६... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
‘सम्पदा पुनर्निर्माण मात्रै होइन, पुस्तान्तरण पनि आवश्यक छ’ : सुनिता डंगोल शनिबार, भदौ ६, २०८३
बालेन सरकारलाई लक्षित गर्दै ओलीले भने– यी बारुलासँग म डराउँदिनँ शनिबार, भदौ ६, २०८३
‘देश संकटमा छ, संकटबाट पार लगाउन युवालाई अघि सार्नुपर्छ’ : झलनाथ खनाल शनिबार, भदौ ६, २०८३
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल शनिबार, भदौ ६, २०८३
गगनको घोषणा : प्रदीप गिरिको स्मृतिमा चार फेलोसिप, ‘मधेशदेखि प्रेमसम्म’ अध्ययन गरिने शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्