• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २८, २०८२ Sun, Dec 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बा, म राजनीति गर्छु [कथा]

राजु मार्मिक सोमबार, कात्तिक १०, २०७७  ०७:३३
1140x725

माघको चिसो मौसममा आँगनको डिलमा बसेर बाले चोया काट्दै हुनुहुन्थ्यो। भान्छामा खाना बनाउन व्यस्त हुनुहुन्थ्यो आमा। मचाहिँ बाको फाटेको टोपी र सात ठाँउमा टालेको खद्दर कोटमा नजर लगाइरहेको थिएँ। चोया काटेको आवाजमा लय मिलाउँदै राजनीति सोचिरहेको थिएँ।

बाआमाको एकमात्र छोरो। त्यो पनि पाँच-पाँच दिदीहरुपछि शिवपुराण गरेर जन्मेको म। दिदीहरुको धनी तर खाटी बेरोजगार घनश्याम म। गाउँमा धेरैले घने भन्थे। बाआमाले घनु भनेर बोलाउनुहुन्थ्यो। किनकि, उहाँहरुको म सर्वाधिक प्रिय पात्र थिएँ। दाइहरु नभएका होइनन् तर कोही संसार देखेर र कोही संसारै नदेखी परमधाम भएको कुरा मैले जान्ने बुझ्ने भएपछि थाहा पाएँ।

घरबाट मलाई कामको  दबाब थिएन। इच्छाएको र सकेको काम गरे मलाई हुन्थ्यो। पुर्ख्यौली जायजेथा नै बाँच्ने आधार थियो। पुर्ख्यौली पेशा कृषि भएकाले समय खर्चिनु परिवारका सबैको बाध्यता र कर्तव्य थियो।

एक तमासले आफ्नै परिवेशमा घोत्लिरहेको आमाको आवाज कानमा ठोक्नि पुग्यो।

‘घनु, भोक लाग्यो होला। बासी रोटी रहेछ तताइदिऊँ?'

‘हुन्छ आमा’, मैले भनें।

बाले चोया बजार्नुभो। केही साउती गर्दै खुर्पेटो बाँध्दै आमातिर फर्किएर कराउनुभयो, ‘यसलाई दूधसँग रोटी किन?’

आमालाई झपार्दै बाको आक्रोश मतिर थियो।

Ncell 2
Ncell 2

बाको आक्रोश अझै रोकिएन, ‘यसले शत्रु कमाएको छ।’ 

राजु मार्मिक

म अवाक भएँ। मेरो विरुद्ध बाको रुखो बोली पहिलो पटक थियो। बाको रिस र आवेग चुलिएको थियो। मप्रति बाले देखाएको आक्रोशले मेरो सातो गयो, मुटुले ढ्यांग्रो हान्यो। लुगलुग जाडोको महिनामा खलखली पसिना निस्क्यो। बाको आवेग किन? म अनभिज्ञ  थिएँ। 

उमेरले २४ वर्ष काट्यो। आम्दानीको बाटो अहिलेसम्म छैन। पढाइमा अब्बल मेरो अध्ययन बढाउन राजधानीको बाटो तय गर्नु नै थियो। स्नातकोत्तर पढ्ने तयारीमा परिस्थितिले साथ दिएको थिएन। बाले आँट गरेर ‘जा’ भन्न पनि सक्नुभएको थिएन। मैले हिम्मत गरेर 'जान्छु' भन्न पनि सकेको थिइनँ। उमेरले सात दशक पार गरेका बा तथा  दम र उच्च रक्तचापको रोगी आमालाई छोडेर राजधानी बाटो तय गर्न मेरा लागि सहज थिएन।

२०६६ सालको माघ २३ गते। तत्कालीन गाविस कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम हुँदै थियो। स्थानीय निकायको राजनीति तीनदलीय संयन्त्रको नियन्त्रणमा थियो। विकास निर्माण, पूर्वाधार निर्माणमा भ्रष्टाचार र अनियमितताको खबर चौतारादेखि चिया पसलसम्म छरपस्ट थिए। बृद्दभत्ता वितरणमा समेत चरम लापरबाही भएको गुनासो मेरा कानसम्म आइपुग्थे। खानेपानी परियोजनामा ठुलै घोटाला भयो रे। बैठक तालिमका नाममा फजुल खर्च रे। ‘रे’ यथार्थमा परिणत हुन्थे। निर्माण कार्य सम्पन्न नभई बजेट निकासाका लागि कागजी प्रक्रिया मिलाएर आफ्नो भागमा पार्नेहरु थिए।

काम गर्दा गर्दै भ्रष्टाचार भएको भन्दा पनि भ्रष्टाचार गर्नलाई काम भएको देखिन्थ्यो। समाजका यी यावत कुरामा मेरो चासो थियो तर राजनीतितिर मेरो वितृष्णा थियो। समाज विकास र परिवर्तनमा युवा भूमिका सुन्थे तर कोही युवाले भूमिका निभाएको देखिएन। कार्यक्रमहरुमा युवा सहभागिता देखिए पनि उनीहरुको हस्तक्षेपकारी भूमिका थिएन।

व्यवस्थापन संकाय पढेको हुनाले अर्थतन्त्र र बजेटसँग परिचित थिएँ। विकासमा चासो त राख्थे। मेरो चासो चौतारो र चिया पसलमा सीमित थियो। प्रशासनिक निकायमा पुगेर सवाल राख्ने हैसियत थिएन। मेरो मात्रै नियति होइन, अनियमितताको प्रश्न उठाउने आँट कसैमा थिएन। सर्वदलीय संयन्त्रका नाममा बनेका संयन्त्रको स्थानीय तहमा जबरजस्त प्रभाव थियो। अजंगको संयन्त्रलाई तल्लो तहका ‘चिनिएका’देखि उपल्लो तहका राजनीति नेताको आडभरोसा थियो। प्रशासनिक तथा सरकारी कामहरुमा कसैको नागरिकता बनाउन ,कसैको वृद्धभत्ता कार्ड बनाउन, कसैको सिफारिस बनाउन उनीहरुकै हैकम चल्थ्यो। प्रशासनिक प्रक्रिया झन्झटिलो भएकाले सोझा नागरिक उनीहरुप्रति आश्रित थिए।

हामी प्रताडित थियौं। शोषित थियौं। कागजे विकास हेर्न अभिशप्त थियौं। हामी मुकदर्शक थियौं। एउटै कामका लागि वर्षैपिच्छे बजेट विनियोजित भएको हेर्ने हामी निकम्मी थियौं। बोल्ने आँट थिएन। अनियमिततामा मुछिएकाको विरोध गर्ने र झक्झक्याउने खुबी हामीमा थिएन।

सार्वजनिक सुनुवाइ हुने अघिल्लो दिन साँझ गाउँका शिक्षक दाजु मेरो घरमा आउनुभयो। उहाँ छिमेकी दाजु भएकाले ‘सर’ नभनी उहाँ दाजुका रुपमा परिचित हुनुहुन्छ। जनयुद्धकालमा तत्कालीन विद्रोहीका सहयोगी पनि हुनुहुन्थ्यो। तत्कालीन संलग्नताप्रति उहाँलाई पश्चाताप पनि छ। सामान्य शिष्टतापछि आउनुको कारण सोधें।

‘तिमीसँग केही काम थियो घनश्याम’, शिक्षक दाजुले भन्नुभयो। गाविसभित्रका अनियमितता ,वेथिति, भ्रष्टाचारका अनगिन्ती फेहरिस्त सुनाउनुभयो। म सच्चा स्रोता भएँ। स्रोताको साथै समय समयमा जिज्ञासा पनि तेर्साएँ। तथ्य र प्रमाण सहित लेखापरीक्षणको बेलिबिस्तार लगाउनुभयो।

अनियमितताको प्रश्न उठाउन उहाँको आग्रह थियो। अपारदर्शीताको आँकडा देख्दा शासकप्रति क्रोध उत्पन्न भयो। अनगिन्ती अपारदर्शी परियोजनाका खर्च र संलग्नप्रति घृणा जाग्यो। बेथितिका विरुद्ध विद्रोहको ज्वाला अन्तर्मनबाट निस्क्यो। सार्वजनिक सुनवाइ गर्ने मञ्चलाई भरपुर उपयोग गर्ने सोच बनाए।

बिहान ११ बजे प्राङ्गणमा पुग्दा कार्यक्रमको चहलपहल बढेको थियो। केहीका अनुहारमा क्रोध र धेरैका अनुहारमा कान्ति  देखिन्थ्यो। पार्टीका गनिएका नेताले समयमाथि पनि भ्रष्टाचार गरे। कार्यक्रम ढिलो सुरु भयो। कार्यक्रमको अवधि छोट्याइयो। बोल्ने क्रम मेरो आयो। बेथिति, अनियमितता, अपारदर्शिताको प्रश्न उठाउँदा उपस्थितले साथ दिए। हौसला थप्दै गयो। अघिल्लो साँझ शिक्षक दाइले दिएका तथ्यले पनि बोल्ने हिम्मत बढेको थियो। 

आक्रोश बढेकै थियो। उपस्थितमा हेर्छु, हिजोका मास्टर दाइ देखिएनन्। स्थानीय नेता र सचिवसँग आँखा जुधे, मेरो बोलीको लय घट्यो। सार्वजनिक स्थानमा वाहीवाही पाएको मेरो बोली सम्बन्धित निकायमा स्थान नै पाएन। गुनासा र  प्रश्नलाई पूर्वाग्राही, मनगढन्ते र आधारहीन ठहराइयो।

मलाई अघिल्लो रात ढाडस दिने सर किन सार्वजनिक सुनुवाइमा पुगेनन्? प्रश्न मनमा खेलिरह्यो। तथ्य बाहिरियो। उनै सरको उठबस गाउँकै अर्कै महिलासँग रहेछ। घरवालीले थाहा पाइछन्। मेरो आदर्श बनेका दाइले स्थानीय नेता भलादमी पुकारेर रातारात कुरा मिलाएछन। सरको आदर्श अलिअघि नै केहीले थाहा पाइसकेका रहेछन्। मलाई किन उचाले? आफू किन कार्यक्रममै उपस्थित रहेनन्? मलाई मास्टर दाइप्रति थोरै दया र धेरै क्रोध जाग्यो। बुद्दि र ज्ञानमाथि नै प्रश्न गर्न मन लाग्यो।

मञ्चमा बोलेको कुरा ठीक गरें वा बेठीक? आफैंमा छटपटी भयो। समाजका ‘ठालु’लाई प्रश्न उठाउने धृष्टता सार्वजनिक मञ्चबाट पहिलोपटक गरेको थिएँ। भित्रभित्र डर पनि थियो। बेथितिका विरुद्ध अठोट लिने, खुलेर राजनीति गर्ने, संस्कार र पद्धतीको रुपान्तरण गर्ने सोचेरै त्यो दिनको रात सकियो।

सार्वजनिक कार्यक्रममा मैले बोलेको बाले पनि थाहा पाउनुभएछ। नेताले बालाई झपारेछन्। आमाको नागरिकता बनाउँदाको सहयोगमा मेरो प्रस्तुति जोडिदिएछन्। कामका लागि भारतको सिलोङमा रहेको बेला हिमचिम बढेपछि बाले बिहे गरी मेरी आमा ल्याउनुभएको। विदेशबाट भित्रिएकी महिलालाई नागरिकता दिलाउन स्थानीय ठूलाबडाले ऊ बेला बालाई सहयोग गरेका रहेछन्।

बाको कुरा सुनेर मेरो होस हवास उत्रियो। के मैले गल्ती गरे? गल्ती  मैले गरे कि मास्टर सरले? बासँग म प्रतिक्रियाविहीन भएँ। 

‘गल्ती भयो भन, जे हो, जसले उचालेको हो, सबै गएर भन्’, बाको कडा निर्देशन थियो।

म सुनिरहें। बाको रिसको पारो उर्लिरहेको थियो।

‘राजनीतिले खान लाउन दिँदैन। धेरै बाठो बन्न नखोज्। बाठो कागले गु खान्छ’, बाको थप वचन थियो।

मेरो वाक्य फुटेन। 

मनमा बल्ल तरंग चल्यो राजनीतिको। के मेरो औकात राजनीति गर्ने छैन? के एक्लो छोराले राजनीतिमा लाग्नु हुन्न?आफैंलाई प्रश्न गरें। राजनीति पाखुरा हुने र ढाँटछल गर्नेहरुको लागि हो? राजनीतिको अनुभव नगरेको परिवारकोभित्र सुरुवात कठिन रहन्छ तर दासता स्वीकार्दिनँ। मनमा प्रश्नै प्रश्नको भुमरी घुम्न थाल्यो।

मप्रति बाको रिस साम्य भइसकेको थिएन। आर्जनको बाटोमा लाग्ने गरी उहाँको सल्लाह थियो, ‘अब विदेश जानुपर्छ। पासपोर्ट बनाउन सदरमुकाम जा।’

मन गहुँगो भयो। सार्वजनिक मञ्चमा प्रश्न उठाउन नहुने रहेछ कि लाग्यो। तर राजनीतिप्रति झन् चासो भने जागिरह्यो।

‘भ्रष्ट र ढोंगीहरु सँग झुक्नुहुन्न बा’, बालाई मेरो सुझाव थियो। सचेत युवाले डर र धम्कीबाट टाउको लुकाउने हो भने समाजमा किर्नाहरुको रजगज हुनेछ। रोजगारीको लागि विदेश नै धाइरहने कि विकास र परिवर्तन आफ्नै मुलुकमा गर्ने? बालाई मेरो प्रश्न थियो। हरेक नागरिकले आधारभूत आवश्यकता त नैसर्गिक अधिकारको लागि कानुनभन्दा माथि व्यक्ति पुज्न नपरोस्। बा, स्वास्थ्य, शिक्षा र सामाजिक रुपान्तरणका लागि मैले अब राजनीति गर्छु।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७  ०७:३३
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पहिचान र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने दुई युवा पक्राउ
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
सरकारलाई राष्ट्रपतिको सुझाव : निर्वाचन मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नुहाेला
सम्बन्धित सामग्री
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
पहिचान सम्मान काइँला र पहिचान युवा सम्मान राईलाई रु पाँच लाख दुई हजार दुई राशीका सम्मान वरिष्ठ साहित्यकार÷मुन्धुमविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलालाई प्रदान गर्... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
पहिचान र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने दुई युवा पक्राउ आइतबार, मंसिर २८, २०८२
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस आइतबार, मंसिर २८, २०८२
सरकारलाई राष्ट्रपतिको सुझाव : निर्वाचन मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नुहाेला आइतबार, मंसिर २८, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सन्दीप लामिछानेले बीपीएलमा राजशाही वारियर्सबाट खेल्ने आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले राखे छुट्टै अवधारणा पत्र आइतबार, मंसिर २८, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्