काठमाडौं- सरकारले परराष्ट्र नीति २०७७ स्वीकृत गरेको छ। गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र नीति स्वीकृत गरेको हो।
यस्तै सोही बैठकले नेपाल रेडक्रस सोटाइटीको म्याद एक वर्ष थप गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
यस्तै धानको न्यूनतम समर्थन मूल्य तोक्नका लागि कार्यविधि समेत मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। यसमा न्यूनतम समर्थन मूल्यमा धान किन्ने सहकारीलाई ११२ रुपैयाँ अनुदान दिने व्यवस्था उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।