काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय ‘रअ’ प्रमुखलाई भेटेको समाचारप्रति खेद प्रकट गरेका छन्।
बिहीबार अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले विज्ञप्ति जारी गर्दै केही अनलाईन मिडियाले प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गोप्य रुपमा भेटेको भनी लेखेको समाचारप्रति खण्डन गरेका हुन्।
‘केही अनलाईनले प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबारमात्रै दिल्ली फर्कने शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ। यस्तो संवेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न प्रचण्डले अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।