• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

विदेशबाट फर्किएका युवाप्रति सरकारको आश्वासन मीठो, व्यवहार तितो 

64x64
निर्मला घिमिरे शनिबार, कात्तिक १, २०७७  ०८:१८
1140x725

काठमाडौं–रोजगारीका लागि युएई पुगेका तनहुँका दिलबहादुर परियार कोरोना महामारीका बीच अलपत्र परेर स्वदेश फर्किए। गएको ६ महिनासम्म पनि काम नपाएर अलपत्र परेपछि आफन्तसँग टिकट किन्ने पैसा मगाएर स्वदेश फर्किएका उनले वैदेशिक रोजगार बोर्डबाट पाउने शोधभर्नाको रकम पनि पाएका छैनन्।

विदेशमा अलपत्र परेर फर्किएका दिलबहादुर अब आफ्नै माटोमा पसिना बगाउन चाहन्छन्। विदेशबाट समस्या परेर फर्किएका युवाहरुलाई सरकारले देशमै रोजगारी दिने भन्ने भाषण सुनेका दिलबहादुर मनभरि आशा बोकेर वडा कार्यालयको ढोका ढक्ढक्याउन पनि पुगे । तर वडाले केही कार्यक्रम नभएको भनेर फर्काइदियो। 

‘विना धितोको ऋण पाइन्छ रे भन्ने पनि सुनेको थिएँ,  वडाले त्यस्तो केही छैन भनेर पठायो,’ उनले सुनाए। 

साउदी अरबमा ८ वर्ष काम गरेर फर्किएका सिन्धुपाल्चोकका कुवेर सिलवालको कथा पनि दिलबहादुरको जस्तै नै छ। अब उनलाई आफ्नै माटोमा नंग्रा खियाउन मन छ। तर अब के काम गर्ने, कसरी गर्ने भन्ने अलमलमा छन् उनी। 

‘म साउदीबाट फर्किएको ३५ दिन भयो। कोरोनाका कारण समस्या परेर म फर्किएका । अब आफ्नै देशमा केही गर्ने मन छ,’ उनी भन्छन्, ‘सरकारले विदेशबाट फर्किएकाहरुलाई आश्वासनमात्र होइन देशमै केही गर्न बाटो देखाइदिए हुन्थ्यो भन्ने म चाहन्छु। अहिलेसम्म त्यस्तो केही जानकारी पाएको छैन।’ 

केही समयअगाडि संयुक्त अरब इमिरेट्स् युएईबाट फर्किएका सिरहाका सतेन्द्रकुमार यादवको गुनासो पनि दिलबहादुर र कुवेरको जस्तै छ। 

विदेशबाट समस्या परेर फर्किएकालाई सरकारले विशेष प्राथमिकताका साथ रोजगारी दिन्छ भन्ने सुनेका उनले सरकारले भनेजस्तो रोजगारी पाएका छैनन्। नत उनले सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई दिने भनेको सहुलियत कर्जा नै पाउन सकेका छन्। 

‘सरकार काम दिने भन्छ। वडामा गयो फारम भर्ने भन्छ । फारम भरेर झण्डै वर्ष दिन जति कामका लागि कुर्दा पनि कति दिनको काम पाउने केही टुंगो छैन। ऋण कसरी पाउने हो भनेर बैंकमा बुझ्न गयो हामीलाई थाहा छैन भन्ने जवाफ आउँछ उनी प्रश्न गर्छन्,’ ‘सरकारले हामीलाई आश्वासन मात्रै दिएर किन झुलाउन खोजेको ?’

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार विभिन्न मुलुकमा समस्यामा परेका १ लाखभन्दा बढी नेपालीहरु कोरोनाका कारण समस्या परेर स्वदेश फर्किएका छन । स्वदेश फर्कनेमा ९० प्रतिशतभन्दा बढी खाडी तथा मलेसिया गरी प्रमुख श्रम गन्तव्य मुलुकबाट छन् । कोरोना महामारीकाबीच कतिपय मुलुकहरुले श्रम बजार क्षेत्रलाई चलायमान बनाउन रोजगारीका कार्यक्रम सुरु गरिसकेका छन् । तर नेपाल सरकारले भने त्यतातिर ध्यान दिन सकेको छैन । 

कोरोना महामारीको सुरुवात चरणदेखि नै सरकारले पटक–पटकको विदेशबाट फर्किएका युवाहरुलाई देशभित्रै आकर्षक रोजगारी उपलब्ध गराई पुनः वैदेशिक रोजगारीमा जाने बाध्यताको अन्त्य गर्ने उद्घोष गरेको थियो ।  तर कोरोना महामारीका कारण विदेशमा रोजिरोटी गुमाएर फर्किएका युवाहरुलाई रोजगारी दिने भन्ने सरकारको उद्घोष शव्दमा मात्रै सीमित बनेको छ । सरकारको बेवास्ताले देशमै केही गर्ने सोच बोकेर फर्किएकाहरु अलमलमा परेका छन्। रोजगारी त परको कुरा, सरकारले उनीहरुलाई परामर्शसमेत दिएको छैन । 

हुन त सरकारले ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्ने उद्घोष गरेको नै ३ वर्ष बितिसकेको छ । तर त्यसका लागि देशभित्रै दीर्घकालीन रोजगारी तथा सीपमूलक कार्यक्रमहरु कार्यान्वयनमा आउन सकेका छैनन् । विदेशबाट फर्किएका युवाहरुका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रमको समेत प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । युवाहरुलाई देशमै प्रोत्साहन गरी बाध्यकारी वैदेशिक रोजगारीे अन्त्य गर्ने भन्दै सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम समेत झारा टार्ने कार्यक्रममात्रै हुँदा देशमै रोजगारी सिर्जना गर्ने विषय पनि ‘छेपारोको कथा’ जस्तै भएको छ। 

केन्द्र सरकारले प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर विदेशबाट फर्किएका श्रमिकहरुलाई पुनर्एकीकरण गर्नुपर्ने विज्ञ तथा अधिवक्ता सोम लुइँटेल बताउँछन्। 

रोजगारी तथा सीप विकासका कार्यक्रम प्रशस्तः सरकार 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतमणि पाण्डे विदेशबाट फर्किने श्रमिकहरुका लागि सरकारले अघि सारेका रोजगारी तथा सीप विकासका कार्यक्रमहरु प्रशस्त रहेको बताउँछन्। 

‘सरकारले युवाहरुलाई देशभित्रै आकर्षित गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि कार्यक्रमको व्यवस्था गरेको छ,’ उनी भन्छन्, ‘चालु आर्थिक वर्षमा मात्रै २ लाखलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी दिने कार्यक्रम छ । त्यस्तै अन्तरमन्त्रालय तथा स्थानीय सरकारसँग मिलेर सीप विकास लगायतका कार्यक्रम अघि सारिएको छ ।’

सरकारले कोरोनाका कारण रोजगारी गुमाई तत्कालै रोजगारी सिर्जना भई पुनरुत्थान हुन नसक्ने ५० हजार श्रमिकका लागि रोजगारी सिर्जना हुने गरी सीप तथा तालिम सञ्चालन गर्ने व्यवस्था बजेटमा भएको प्रवक्ता तथा सहसाचिव पाण्डेले जानकारी दिए । 
संघ तथा प्रदेशस्तरमा उत्पादन तथा सेवाका क्षेत्रहरु हस्तकला, प्लम्बिङ, ब्युटीपार्लर, कालिगढ, सिकर्मीलगायतका सीप विकास तालिम सञ्चालन गरी रोजगारी सिर्जना गर्ने ब्यवस्था बजेटमा छ। 

परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरे पनि युवाहरुलाई देशभित्रै आकर्षित गर्ने रोजगारीका कार्यक्रम सरकारले अघि सारेको बताउँछन्। यी कार्यक्रमको कार्यान्वयनमा स्थानीय सरकारले समेत जोड दिनुपर्ने उनको भनाइ छ। 

विदेशबाट सीप तथा पुँजी लिएर फर्किएकाहरुलाई प्रोत्साहन गर्न उत्पादन क्षमता बढाउन तथा बजारीकरणको सुनिश्चितता गर्नसमेत स्थानीय सरकारले सहयोग गर्नुपर्ने सहसचिव घिमिरेले बताए। 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्