• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

हुन्डाई कोनामा आगलागी समस्या : कति जोखिममा छन् २२३ कारका नेपाली उपभोक्ता?

64x64
शिव बोहरा बुधबार, असोज २८, २०७७  १४:५७
1140x725

काठमाडौं- दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले उत्पादन गरेको विद्युतीय कार कोनामा आगलागी समस्या देखिएको छ। कम्पनीले कोरियासँगै युरोप, अमेरिका, चीन तथा अन्य बजारमा बिक्री भएका हजारौँ कोना विद्युतीय कार फिर्ता लिने निर्णय गरेको छ। 

नेपाली बजारमा पनि हुन्डाईका विद्युतीय कार कोना बिक्री हुँदै आएको छ। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले २०७५ फागुनमा कोना इलेक्ट्रिक कार सार्वजनिक गरेको थियो। नेपाली बजारमा त्यसयता २२३ वटा कोना बिक्री भएको तथ्यांक छ। 

लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका दुई इलेक्ट्रिक कार आयोनिक र कोना नेपाल भित्र्याएको हो। २०१८/१९ मा १३ वटा र २०१९/२० मा १० वटा आयोनिक कार नेपाल आएका थियो। आयोनिक सेडान सेगमेन्टको इलेक्ट्रिक कार हो। यसमा समस्या देखिएको छैन। 

यो पनि पढ्नुहोस्

आगलागीको समस्या बढेसँगै कोरियापछि युरोप र अमेरिकाबाट ५१ हजार हुन्डाई कोना फिर्ता गरिँदैमंगलबार, असोज २७, २०७७

तर कोनामा भने आगलागीको उच्च जोखिम भएको निष्कर्ष कोरियाली मन्त्रालयले निकालेको हो। नेपाली बजारमा २०१८/१९ मा ४३ वटा हुन्डाई कोना भित्र्याइएको तथ्यांक छ। पहिलो वर्ष कम ल्याएको भए पनि दोस्रो वर्ष २०१९/२० मा १ सय ८० वटा कोना आयात भएको तथ्यांक छ। नेपाल आयात भएको कोनामा समस्या छ वा छैन हालसम्म यकिन भएको छैन। 

हुन्डाईको कोना भारतमा भन्दा निकै अघि नेपाल भित्रिएको हो। सरकारले आर्थिक ऐन २०७७ मा निजी प्रयोजनका विद्युतीय कारमा भन्सार बढाउने र अन्तःशुल्क लगाउने निर्णय गरेसँगै कुनै पनि विद्युतीय कार भन्सार जाँचपास भएर नेपाल भित्रिएका छैनन्। 

मन्त्रिपरिषद्ले केही साताअघि निजी प्रयोजनका लागि ल्याइने विद्युतीयका कारमा लाग्ने अन्तःशुल्क ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेपछि भने विद्युतीय कार आयातकर्ताहरू भन्सार जाँचपास गराउन तातेका छन्। भारतीय बजारमा हुन्डाईका कोना २०१९ को जुलाईमा मात्र सार्वजनिक भएको थियो। 

हुन्डाईले २०२० जुन ३० सम्ममा विश्वभर १ लाख ३ हजारभन्दा बढी कोना बिक्री गरिसकेको छ। आगलागीको उच्च जोखिममा रहेको कोरिया सरकारको विवरण प्राप्त भएपछि हुन्डाईले सोमबार उत्तर अमेरिका, युरोप, चीन र अन्य बजारबाट समेत फिर्ता ल्याउने बताएको थियो। अघिल्लो साता हुन्डाईले कोनामा प्रयोग भएको ब्याट्रीका कारण आगो लाग्ने उच्च जोखिम देखिएको भन्दै कोरियामै बिक्री भएका कोना फिर्ता लिने घोषणा गरेको थियो। 

हुन्डाईले उत्तर अमेरिका, युरोप, चीन तथा अन्य बजारबाट करिब ५१ हजार वटा कोना फिर्ता लिने बताएको थियो। त्यस्तै कोरियामा बिक्री भएका २५ हजार ५ सय ६४ वटा कोना इलेक्ट्रिक कार फिर्ता लिन निर्णय गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

दक्षिण कोरियाको यातायात मन्त्रालयका अनुसार कोना कारमा प्रयोग भएका हाई–भोल्टेज ब्याट्रीमा आगो लाग्ने जोखिम उच्च रहेकाले कम्पनीले फिर्ता मगाएको हो। हाई भोल्टेज खराब ब्याट्री प्रयोग भएकाले कारमा आगलागीको जोखिम बढाउने हुन्डाईले जनाएको छ। आगलागीको जोखिम बढ्नुका कारण पत्ता लगाएर उपभोक्तालाई सम्बोधन गरिने हुन्डाईको भनाइ छ। 

कोना इलेक्ट्रिकमा आगलागीका १३ वटा कारण औंल्याइएको छ। हुन्डाई कोनामा एलजी चेमले बनाएको ब्याट्री प्रयोग गरिँदै आएको छ। तर ब्याट्री उत्पादकले भने ब्याट्री सेलका कारण आगलागीको जोखिम नबढाएको दाबी गरेको छ। यसको कारण पत्ता लगाउन भविष्यमा हुन्डाईसँग अनुसन्धानमा लाग्ने एलजी चेमले जनाएको छ। हुन्डाईले सेप्टेम्बर २०१७–मार्च २०२० मा बनेका कोनामा आगलागीको उच्च जोखिम देखिएपछि फिर्ता लिने बताएको हो। 

नेपाली बजारमा भित्रिएका सबै २ सय २३ वटा कोना इलेक्ट्रिक सोही अवधिमा बनेका हुन्। २ सय २३ कोना इलेक्ट्रिकका उपभोक्ता कत्तिको सुरक्षित छन् भन्ने प्रश्न उठेको छ। कम्पनीले चीनलगायत बजारमा बिक्री भएका कार फिर्ता गर्ने भनेकाले ‘लगायत' शब्दले नेपाल पनि समावेश हुने बताइएको छ। 

हुन्डाईले युरोपबाट ३७ हजार ३ सय ६६ वटा र उत्तर अमेरिकाबाट ११ हजार १ सय ३७ वटा कोना इलेक्ट्रिक फिर्ता लिने जनाएको छ। चीनलगायत अन्य बजारबाट फिर्ता लिने कोना इलेक्ट्रिकको संख्या भने हुन्डाईले खुलाएको छैन। नेपाल आयात भएका कारहरू फिर्ता भएको पाइँदैन। 

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

आगलागीको उच्च जोखिम देखिएपछि हुन्डाईले फिर्ता माग्यो साढे २५ हजार कोना इलेक्ट्रिक कारशनिबार, असोज २४, २०७७

विश्व बजारबाट ठूला कार उत्पादकहरुले आफूले उत्पादन गरेका सवारी साधनमा समस्या देखिए फिर्ता मगाएर मर्मत गरेर पुनः पठाउने गरेका छन्। तर नेपाल आएका कारमा समस्या नै नहुने गरेको हो वा कार आयातकर्ताले उपभोक्ताको जिउज्यानमा खेलवाड गरेका हुन् त्यो यकिन रूपमा भन्न सकिने अवस्था छैन। 

विद्युतीय कारमा आगो लाग्नेसम्मको उच्च जोखिम देखिएको कोरियाली मन्त्रालयले बताइसकेको र त्यस लगत्तै कार उत्पादक हुन्डाई मोटर कम्पनीले ७७ हजारभन्दा बढी कोना इलेक्ट्रिक फिर्ता लिने निर्णय गरिसकेको छ।

नेपालमा बिक्री भएका २२३ वटा हुन्डाई कारमा आगलागीको जोखिम के-कति भनेर निर्धारण नभएकाले यी कार फिर्ता हुने हुन् वा होइनन् यकिन छैन। 

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्