• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

किन अवैध बाटो रोज्दैछन् महिला श्रमिक ? 

64x64
निर्मला घिमिरे शुक्रबार, असोज २३, २०७७  ०७:४०
1140x725

काठमाडौं–भूकम्पले भत्किएको घर बनाउँदा लागेको ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोककी सुक्रानी तामाङ ९वर्ष ३६० ले वैदेशिक रोजगारीमा जाने सोच बनाइन्। उनी श्रम स्वीकृति लिएर जोर्डन जाने सोचमा थिइन्। मेडिकल फेल भएपछि उनी जोर्डन जान पाइनन्। 

पासपोर्ट बनिसकेको थियो। जोर्डन जान भनेर काठमाडौं आइसकेकी सुक्रानीलाई फेरि सिन्धुपाल्चोक फर्कन मन लागेन। गाउँकै एक एजेन्टले मेडिकल फेल भए पनि भारत हुँदै कुवेत जान मिल्ने सुनाए। 

‘श्रीमान घरमै बस्ने हुँदा अरु आम्दानीको बाटो थिएन। ऋण लागेको छ के गर्नु? एक पटक विदेश जान पाए त ऋण तिरिन्थ्यो कि भन्ने लाग्यो। जान पाइन्छ भने त भारतबाट भए पनि जानुपर्छ भनेर हिडेँ’, उनले भनिन्। 

गत फागुन ५ गते सुक्रानी र उनकी १९ वर्षीया छोरीसमेत भारत हुँदै तेस्रो मुलुक जान तयार भए। 

भारत हुँदै कुवेत लैजाने भनेर उनलाई दलालले युएईस्थित स्थानीय म्यानपावर एजेन्सीमा बिक्री गरिदिएको थाहा भएपछि उनी त्यहाँबाट भागिन्। एनआरएएको सहयोगमा अहिले उनी स्वदेश फर्किएकी छन्। केही समय सम्पर्कविहीन रहेकी उनकी छोरीले भने युएईमै घरको काम पाएको खबर सुक्रानीले पाएकी छन्। 

शरणामती ६ झापाकी बबिता बराइली र उनका श्रीमानको उमेरमा करिब ३० वर्षको अन्तर छ। श्रीमानको उमेर ढल्किँदै गएपछि छोराछोरी हुर्काउने, पढाउने तथा घर खर्च चलाउने जिम्मा बबिताको काँधमा आइलाग्यो। त्यसका लागि गाउँघरमा उनले ज्याला मजदूरीको काम पनि गरिन्। 

‘जति दुःख गरे पनि घर खर्च चलाउनै पुगेन। छोराछोरी पनि पढाउनै प¥यो। त्यसपछि विदेश हिडेँ’ बबिता सुनाउँछिन् । 
२०७१ सालमा श्रम स्वीकृति लिएर घरेलु कामदारका रुपमा कुवेत पुगेकी बबिताको काम र कमाई ठिकै थियो। २ वर्षको करार अवधि सकियो। काम राम्रो भएकाले ३ वर्षसम्म उनले निरन्तर काम गरिरहिन्। त्यो घरको काम सकियो। २०७४ सालमा उनी कुवेतबाट नेपाल फर्किइन्। 

कुवेतबाट फर्किएपछि फेरि नेपालमै केही काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। काम खोजिन्। ५ महिना भौतारिँदा काम केही मिलेन। त्यसपछि फेरि उनले विदेश जाने सोचिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अरु काम त सकिँदैन। पहिलेकै जस्तो घरको काम सजिलो पनि हुने। पैसा पनि हुने भएर त्यही कामका लागि श्रम लिएर जाने भनेको मिल्दैन पो भने। बन्द भयो अब जान पाइँदैन भनेपछि एजेन्टसँग कुरा मिलाएर भारतहुँदै कुवेत आएँ,’ बबिताले सामाजिक सञ्जालमार्फत् सुनाइन्।  

कुवेतको एक विद्यालयमा क्लिनरको काम गर्दै आएकी बराइलीको रोजगारी कोरोनाका कारण करिब ९ महिनादेखि ठप्प छ। स्वदेश फर्कन पनि समस्या भएपछि त्यहीँका स्थानीयका घरमा कहिले भाडा माझ्ने त कहिले कपडा धुने लगायत काम गरिरहेकी छन्।  

श्रीमानसँग सम्बन्ध चिसिएसँगै एक्लिएकी गोरखाकी मन्जु घलेले जीवन गुजारा गर्न वैदेशिक रोजगारीलाई सहारा बनाउन थालिन्। कम्पनीको काममा खाडी जाने सोच बनाएकी उनलाई इराकमा रहेकी गाउँकी काकी पर्ने बिनिता तामाङले खाडी जानुभन्दा इराकमा घरको काममा राम्रो कमाई हुने भन्दै एजेन्ट शंकर तामाङसँग सम्पर्क गराइन्। 

छ्यामाको कुरा ठिकै लागेकाले मन्जु घलेले रोजगारीका लागि इराक नै जाने सोच बनाइन्। 

नेपालबाट इराक जान प्रतिवन्ध छ। सिधै इराक जान नपाइने हुँदा भारतको बाटो हुँदै जानुपर्छ। उनी त्यसरी नै इराक जान तयार भइन्। 

मन्जु यसअघि पनि इराकको स्लेमानीया भन्ने ठाउँमा २ वर्ष घरेलु कामदारका रुपमा काम गरेर फर्किएकी थिइन् ।
‘पहिले पनि म २ वर्ष इराकमा घरको काम गरेर फर्किएको, काम राम्रो थियो। गएको पहिलो वर्ष मासिक कमाई ३ सय डलर थियो। वर्षदिनपछि बढाएर ४ सय डलर बनाइदिएको थियो,’ उनी भन्छिन्, ‘यो उमेरमा नकमाएपछि के गर्ने भन्ने हुन्छ। सक्ने बेला यहि हो भनेर म निस्किएँ।’ 

एजेन्टलाई ५० हजार बुझाएर निस्किएकी उनी भारतमै ९ महिना रोकिइन्। त्यसपछि उनलाई युएई पु¥याइयो। कोरोनाका कारण लकडाउन भयो। युएईबाट मञ्जु इराक छिर्न पाइनन्। 

दुबईमा उनलाई बंगाली एजेन्टले रिसिभ गरेको थियो। त्यो बंगाली एजेन्टले इराक पठाउने भन्दाभन्दै महिनौं बित्यो। तर इराक पठाउन सकेन। एजेन्टले उनलाई त्यही घरको काम लगाउनेसमेत भनेको थियो। त्यो पनि नमिलेपछि बन्धक बनाएर राख्न थाल्यो। 

१५ हजार दिराम तिरेमात्रै त्यहाँबाट निस्कन पाउने भन्दै थुनिएको थियो। उनीसँगै अन्य नेपाली महिलाहरु पनि थिए। एजेन्ट नभएको मौकामा उनीहरु त्यहाँबाट भागे र एनआरएन युएईको सहयोगमा मन्जु पनि नेपाल फर्किएकी छन्। 

यसरी आर्थिक समस्या, बेरोजगारी तथा पारिवारिक जिम्मेवारी आफैँ सम्हाल्नुपर्ने अवस्थाका महिलाहरु वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ। त्यस्तै विबाह गरेर श्रीमानसँग सम्बन्ध राम्रो नभएका महिलाहरु पनि वैदेशिक रोजगारीमा जाने गरेका छन्। नेपालबाट वैदेशिक रोजगारीमा जाने अधिकांश महिला श्रमिकहरु घरेलु कामदारका रुपमा जाने गरेको विभिन्न अध्ययनले देखाएको छ। खास गरी कुवेत, साउदी, कतार, युएई, बहराइन, मलेसियालगायत मुलुकमा घरेलु कामदारका रुपमा जान श्रम स्वीकृति नपाइने भएपछि अधिकांश महिलाहरु जोखिम मोलेरै अवैध बाटो भारत हुँदै जाने क्रम बढेको छ। 

‘सरकारको प्रतिबन्धकै कारण महिला श्रमिक अवैध बाटो रोज्न बाध्य’ 
सरकारले घरेलु कामदारका रुपमा ती गन्तव्य मुलुकमा जान प्रतिबन्ध लगाएसँगै ठूलो हिस्सामा घरेलु कामदारका रुपमा जाने महिला अवैध बाटो अँगाल्न बाध्य भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यसमेत रहेका एलपी सावाँ लिम्बु बताउँछन्। 

महिलाहरु संवेदनशील हुन्छन्, उनीहरुलाई सुरक्षा दिनुपर्छ भनेर वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाउँदा नेपाली श्रमिकहरु अवैध बाटो रोज्न बाध्य बन्नु परेको उनी बताउँछन्। 

‘हाम्रा महिला श्रमिकहरु आफ्नै देशमा सुरक्षित छैनन्। यहाँ आज प्रत्येक दिन बलात्कारको घटना तपाईँहरुले सुनिरहनु भएको छ। यो लाजमर्दो स्थिति पैदा भएको छ,’ उनले भने, ‘खाली वैदेशिक रोजगारीमा गएका महिलाहरु मात्रै शोषित पीडित हुन्छन्। यौन शोषणमा पर्छन् भन्ने हाम्रो सोच छ त्यो गलत सोचले हामी कानुन निमार्ण गर्नेतर्फ अग्रसर हुन सकेका छैनौँ।’
तत्कालीन संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले २०७३ सालमा गन्तव्य मुलुकसँग घरेलु कामदारको सुरक्षाको ग्यारेन्टी हुने गरी सम्झौता गरेर मात्रै पठाउन सरकारलाई निर्देशन दिए पनि अझैसम्म सरकारले त्यसतर्फ ध्यान दिन नसक्दा लामो समयसम्म प्रतिवन्ध कायमै रहेको उनले बताए। 

अनुसन्धानकर्ता तथा आप्रवासन विज्ञ सरु जोशी पनि सरकारले वैधानिक बाटो प्रतिवन्ध लगाएकै कारण विशेष गरेर नेपाली महिला श्रमिकहरु अवैधबाटो रोज्न बाध्य रहेको बताउँछिन्। 

श्रम स्वीकृति लिएर जाने श्रमिकहरुकै हाराहारीमा श्रम स्वीकृति नलिई जानेको संख्या रहेको अनुमान गरिएको उल्लेख गर्दै घरेलु कामदारका रुपमा अवैधबाटो हुँदै डेढ लाखभन्दा बढी श्रमिकहरु पुगेको अनुमान रहेको विज्ञ जोशीले जानकारी दिइन्। 

‘सरकारले वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा जानुपर्ने स्थिति छ। यसरी अवैधबाटो हुँदै जाने श्रमिकहरु राज्यको सेवासुविधाबाट समेत वञ्चित बन्नु परेको छ,’ विज्ञ जोशीले भनिन् । 

गन्तव्य देशसँग सम्झौता गरेर घरेलु कामदार खुल्ला गर्न समितिको निर्देशन 
मलेसिया तथा खाडीमा घरेलु कामदार पठाउन प्रतिवन्ध लगाइएको ४ वर्षपछि असोज १३ गते मंगलबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले घरेलु कामदार खुल्ला गर्न सरकारलाई निर्देशन दिएको छ। घरेलु कामदारसँग सम्बन्धित छुट्टै सेवा शर्त र सुरक्षा सम्बन्धमा ठोस कानुनी व्यवस्था भएका मुलुकहरुमा द्विपक्षीय सम्झौता गरेरमात्रै घरेलु कामदार खुल्ला गर्न समितिले निर्देशन दिएको हो। 

तर निर्देशन पालना गरेर सरकारले यसको छिट्टै टुंगो लगाउनेमा अझै विश्वस्त हुन सक्ने अवस्था नरहेको सांसद तथा समितिका सदस्य एलपी सावाँ लिम्बुको तर्क छ। 

‘यसअघि पनि तत्कालीन संसदको अन्तराष्ट्रिय श्रम सम्बन्ध समितिले २०७३ सालमा गन्तव्य मुलुकहरुमा भ्रमण गरी घरेलु श्रमिकहरुका सम्बन्धमा अध्ययन गर्दा श्रमिकहरु निकै जोखिममा रहेको पाइएपछि तत्काल बन्द गरी श्रम सम्झौता गरेर मात्रै घरेलु कामदार पठाउन सरकारलाई निर्देशन दिएको हो,’ उनले भने, ‘सरकारले अझैसम्म पनि निर्देशनको पालना नगरेपछि फेरि सोही विषयमाथि हाल उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गन्तव्य मुलुकसँग सम्झौता गरेर मात्रै घरेलु कामदार खुल्ला गर्न निर्देशन दिएका छौँ।’
 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्