• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
किन अवैध बाटो रोज्दैछन् महिला श्रमिक ? 
64x64
निर्मला घिमिरे शुक्रबार, असोज २३, २०७७  ०७:४०
1140x725

काठमाडौं–भूकम्पले भत्किएको घर बनाउँदा लागेको ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोककी सुक्रानी तामाङ ९वर्ष ३६० ले वैदेशिक रोजगारीमा जाने सोच बनाइन्। उनी श्रम स्वीकृति लिएर जोर्डन जाने सोचमा थिइन्। मेडिकल फेल भएपछि उनी जोर्डन जान पाइनन्। 

पासपोर्ट बनिसकेको थियो। जोर्डन जान भनेर काठमाडौं आइसकेकी सुक्रानीलाई फेरि सिन्धुपाल्चोक फर्कन मन लागेन। गाउँकै एक एजेन्टले मेडिकल फेल भए पनि भारत हुँदै कुवेत जान मिल्ने सुनाए। 

‘श्रीमान घरमै बस्ने हुँदा अरु आम्दानीको बाटो थिएन। ऋण लागेको छ के गर्नु? एक पटक विदेश जान पाए त ऋण तिरिन्थ्यो कि भन्ने लाग्यो। जान पाइन्छ भने त भारतबाट भए पनि जानुपर्छ भनेर हिडेँ’, उनले भनिन्। 

गत फागुन ५ गते सुक्रानी र उनकी १९ वर्षीया छोरीसमेत भारत हुँदै तेस्रो मुलुक जान तयार भए। 

भारत हुँदै कुवेत लैजाने भनेर उनलाई दलालले युएईस्थित स्थानीय म्यानपावर एजेन्सीमा बिक्री गरिदिएको थाहा भएपछि उनी त्यहाँबाट भागिन्। एनआरएएको सहयोगमा अहिले उनी स्वदेश फर्किएकी छन्। केही समय सम्पर्कविहीन रहेकी उनकी छोरीले भने युएईमै घरको काम पाएको खबर सुक्रानीले पाएकी छन्। 

शरणामती ६ झापाकी बबिता बराइली र उनका श्रीमानको उमेरमा करिब ३० वर्षको अन्तर छ। श्रीमानको उमेर ढल्किँदै गएपछि छोराछोरी हुर्काउने, पढाउने तथा घर खर्च चलाउने जिम्मा बबिताको काँधमा आइलाग्यो। त्यसका लागि गाउँघरमा उनले ज्याला मजदूरीको काम पनि गरिन्। 

‘जति दुःख गरे पनि घर खर्च चलाउनै पुगेन। छोराछोरी पनि पढाउनै प¥यो। त्यसपछि विदेश हिडेँ’ बबिता सुनाउँछिन् । 
२०७१ सालमा श्रम स्वीकृति लिएर घरेलु कामदारका रुपमा कुवेत पुगेकी बबिताको काम र कमाई ठिकै थियो। २ वर्षको करार अवधि सकियो। काम राम्रो भएकाले ३ वर्षसम्म उनले निरन्तर काम गरिरहिन्। त्यो घरको काम सकियो। २०७४ सालमा उनी कुवेतबाट नेपाल फर्किइन्। 

कुवेतबाट फर्किएपछि फेरि नेपालमै केही काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। काम खोजिन्। ५ महिना भौतारिँदा काम केही मिलेन। त्यसपछि फेरि उनले विदेश जाने सोचिन्। 

Ncell 2
Ncell 2

‘अरु काम त सकिँदैन। पहिलेकै जस्तो घरको काम सजिलो पनि हुने। पैसा पनि हुने भएर त्यही कामका लागि श्रम लिएर जाने भनेको मिल्दैन पो भने। बन्द भयो अब जान पाइँदैन भनेपछि एजेन्टसँग कुरा मिलाएर भारतहुँदै कुवेत आएँ,’ बबिताले सामाजिक सञ्जालमार्फत् सुनाइन्।  

कुवेतको एक विद्यालयमा क्लिनरको काम गर्दै आएकी बराइलीको रोजगारी कोरोनाका कारण करिब ९ महिनादेखि ठप्प छ। स्वदेश फर्कन पनि समस्या भएपछि त्यहीँका स्थानीयका घरमा कहिले भाडा माझ्ने त कहिले कपडा धुने लगायत काम गरिरहेकी छन्।  

श्रीमानसँग सम्बन्ध चिसिएसँगै एक्लिएकी गोरखाकी मन्जु घलेले जीवन गुजारा गर्न वैदेशिक रोजगारीलाई सहारा बनाउन थालिन्। कम्पनीको काममा खाडी जाने सोच बनाएकी उनलाई इराकमा रहेकी गाउँकी काकी पर्ने बिनिता तामाङले खाडी जानुभन्दा इराकमा घरको काममा राम्रो कमाई हुने भन्दै एजेन्ट शंकर तामाङसँग सम्पर्क गराइन्। 

छ्यामाको कुरा ठिकै लागेकाले मन्जु घलेले रोजगारीका लागि इराक नै जाने सोच बनाइन्। 

नेपालबाट इराक जान प्रतिवन्ध छ। सिधै इराक जान नपाइने हुँदा भारतको बाटो हुँदै जानुपर्छ। उनी त्यसरी नै इराक जान तयार भइन्। 

मन्जु यसअघि पनि इराकको स्लेमानीया भन्ने ठाउँमा २ वर्ष घरेलु कामदारका रुपमा काम गरेर फर्किएकी थिइन् ।
‘पहिले पनि म २ वर्ष इराकमा घरको काम गरेर फर्किएको, काम राम्रो थियो। गएको पहिलो वर्ष मासिक कमाई ३ सय डलर थियो। वर्षदिनपछि बढाएर ४ सय डलर बनाइदिएको थियो,’ उनी भन्छिन्, ‘यो उमेरमा नकमाएपछि के गर्ने भन्ने हुन्छ। सक्ने बेला यहि हो भनेर म निस्किएँ।’ 

एजेन्टलाई ५० हजार बुझाएर निस्किएकी उनी भारतमै ९ महिना रोकिइन्। त्यसपछि उनलाई युएई पु¥याइयो। कोरोनाका कारण लकडाउन भयो। युएईबाट मञ्जु इराक छिर्न पाइनन्। 

दुबईमा उनलाई बंगाली एजेन्टले रिसिभ गरेको थियो। त्यो बंगाली एजेन्टले इराक पठाउने भन्दाभन्दै महिनौं बित्यो। तर इराक पठाउन सकेन। एजेन्टले उनलाई त्यही घरको काम लगाउनेसमेत भनेको थियो। त्यो पनि नमिलेपछि बन्धक बनाएर राख्न थाल्यो। 

१५ हजार दिराम तिरेमात्रै त्यहाँबाट निस्कन पाउने भन्दै थुनिएको थियो। उनीसँगै अन्य नेपाली महिलाहरु पनि थिए। एजेन्ट नभएको मौकामा उनीहरु त्यहाँबाट भागे र एनआरएन युएईको सहयोगमा मन्जु पनि नेपाल फर्किएकी छन्। 

यसरी आर्थिक समस्या, बेरोजगारी तथा पारिवारिक जिम्मेवारी आफैँ सम्हाल्नुपर्ने अवस्थाका महिलाहरु वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ। त्यस्तै विबाह गरेर श्रीमानसँग सम्बन्ध राम्रो नभएका महिलाहरु पनि वैदेशिक रोजगारीमा जाने गरेका छन्। नेपालबाट वैदेशिक रोजगारीमा जाने अधिकांश महिला श्रमिकहरु घरेलु कामदारका रुपमा जाने गरेको विभिन्न अध्ययनले देखाएको छ। खास गरी कुवेत, साउदी, कतार, युएई, बहराइन, मलेसियालगायत मुलुकमा घरेलु कामदारका रुपमा जान श्रम स्वीकृति नपाइने भएपछि अधिकांश महिलाहरु जोखिम मोलेरै अवैध बाटो भारत हुँदै जाने क्रम बढेको छ। 

‘सरकारको प्रतिबन्धकै कारण महिला श्रमिक अवैध बाटो रोज्न बाध्य’ 
सरकारले घरेलु कामदारका रुपमा ती गन्तव्य मुलुकमा जान प्रतिबन्ध लगाएसँगै ठूलो हिस्सामा घरेलु कामदारका रुपमा जाने महिला अवैध बाटो अँगाल्न बाध्य भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यसमेत रहेका एलपी सावाँ लिम्बु बताउँछन्। 

महिलाहरु संवेदनशील हुन्छन्, उनीहरुलाई सुरक्षा दिनुपर्छ भनेर वैदेशिक रोजगारीमा घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाउँदा नेपाली श्रमिकहरु अवैध बाटो रोज्न बाध्य बन्नु परेको उनी बताउँछन्। 

‘हाम्रा महिला श्रमिकहरु आफ्नै देशमा सुरक्षित छैनन्। यहाँ आज प्रत्येक दिन बलात्कारको घटना तपाईँहरुले सुनिरहनु भएको छ। यो लाजमर्दो स्थिति पैदा भएको छ,’ उनले भने, ‘खाली वैदेशिक रोजगारीमा गएका महिलाहरु मात्रै शोषित पीडित हुन्छन्। यौन शोषणमा पर्छन् भन्ने हाम्रो सोच छ त्यो गलत सोचले हामी कानुन निमार्ण गर्नेतर्फ अग्रसर हुन सकेका छैनौँ।’
तत्कालीन संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले २०७३ सालमा गन्तव्य मुलुकसँग घरेलु कामदारको सुरक्षाको ग्यारेन्टी हुने गरी सम्झौता गरेर मात्रै पठाउन सरकारलाई निर्देशन दिए पनि अझैसम्म सरकारले त्यसतर्फ ध्यान दिन नसक्दा लामो समयसम्म प्रतिवन्ध कायमै रहेको उनले बताए। 

अनुसन्धानकर्ता तथा आप्रवासन विज्ञ सरु जोशी पनि सरकारले वैधानिक बाटो प्रतिवन्ध लगाएकै कारण विशेष गरेर नेपाली महिला श्रमिकहरु अवैधबाटो रोज्न बाध्य रहेको बताउँछिन्। 

श्रम स्वीकृति लिएर जाने श्रमिकहरुकै हाराहारीमा श्रम स्वीकृति नलिई जानेको संख्या रहेको अनुमान गरिएको उल्लेख गर्दै घरेलु कामदारका रुपमा अवैधबाटो हुँदै डेढ लाखभन्दा बढी श्रमिकहरु पुगेको अनुमान रहेको विज्ञ जोशीले जानकारी दिइन्। 

‘सरकारले वैधानिक बाटोबाट वैदेशिक रोजगारीमा जानुपर्ने स्थिति छ। यसरी अवैधबाटो हुँदै जाने श्रमिकहरु राज्यको सेवासुविधाबाट समेत वञ्चित बन्नु परेको छ,’ विज्ञ जोशीले भनिन् । 

गन्तव्य देशसँग सम्झौता गरेर घरेलु कामदार खुल्ला गर्न समितिको निर्देशन 
मलेसिया तथा खाडीमा घरेलु कामदार पठाउन प्रतिवन्ध लगाइएको ४ वर्षपछि असोज १३ गते मंगलबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले घरेलु कामदार खुल्ला गर्न सरकारलाई निर्देशन दिएको छ। घरेलु कामदारसँग सम्बन्धित छुट्टै सेवा शर्त र सुरक्षा सम्बन्धमा ठोस कानुनी व्यवस्था भएका मुलुकहरुमा द्विपक्षीय सम्झौता गरेरमात्रै घरेलु कामदार खुल्ला गर्न समितिले निर्देशन दिएको हो। 

तर निर्देशन पालना गरेर सरकारले यसको छिट्टै टुंगो लगाउनेमा अझै विश्वस्त हुन सक्ने अवस्था नरहेको सांसद तथा समितिका सदस्य एलपी सावाँ लिम्बुको तर्क छ। 

‘यसअघि पनि तत्कालीन संसदको अन्तराष्ट्रिय श्रम सम्बन्ध समितिले २०७३ सालमा गन्तव्य मुलुकहरुमा भ्रमण गरी घरेलु श्रमिकहरुका सम्बन्धमा अध्ययन गर्दा श्रमिकहरु निकै जोखिममा रहेको पाइएपछि तत्काल बन्द गरी श्रम सम्झौता गरेर मात्रै घरेलु कामदार पठाउन सरकारलाई निर्देशन दिएको हो,’ उनले भने, ‘सरकारले अझैसम्म पनि निर्देशनको पालना नगरेपछि फेरि सोही विषयमाथि हाल उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गन्तव्य मुलुकसँग सम्झौता गरेर मात्रै घरेलु कामदार खुल्ला गर्न निर्देशन दिएका छौँ।’
 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जान... शनिबार, जेठ ३, २०८२
गण्डकीमा‘राइड सेयरिङ’ले पायो कानुनी मान्यता,दर्ता र नविकरण नगरे जरिवाना मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालत... बुधबार, वैशाख ३१, २०८२
ताजा समाचारसबै
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने शनिबार, जेठ २४, २०८२
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री शनिबार, जेठ २४, २०८२
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक जारी शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्