• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
धमाधम परीक्षा लिँदै निजी विद्यालय, अनलाइनको पहुँचमा छैनन् आधाभन्दा बढी विद्यार्थी
64x64
प्रजु पन्त मंगलबार, असोज २०, २०७७  २०:०७
1140x725
सुर्खेतस्थित एक विद्यालयका विद्यार्थी अनलाइन कक्षा लिँदै। कोरोना महामारीका बेला अनलाइन कक्षा संचालन गरिए पनि अधिकांश विद्यार्थीको पहुँचमा पुग्न सकेको छैन। तस्बिर : सुरबहादुर सिंह

काठमाडौँ-  काठमाडौँ उपत्यकाका निजी विद्यालयहरुले दसैँअघि नै परीक्षा लिने तयारी थालेका छन्। शिक्षा विकास तथा समन्वय इकाई काठमाडाैँका प्रमुख नन्दलाल पौडेलका अनुसार अभिभावकबाट शुल्क उठाउनका लागि पनि निजी विद्यालयले परीक्षालाई माध्यमका रूपमा अघि सारेका हुन्। 

अनलाइन कक्षा सुरु गरेका विद्यालयहरूमा पनि धेरै विद्यार्थी अनलाइनको पहुँच बाहिर नै छन्। तर विद्यालयले भने अनलाइन कक्षा संचालन गरेकै दलील प्रस्तुत गर्दै परीक्षा समेत संचालन गरेका हुन्। निजी मात्र होइन, अनलाइन कक्षा संचालन गरेको देखाउने तर विद्यार्थीको सहभागिताको कुनै प्रवाह नगरी परीक्षा लिने विद्यालय सामुदायिक समेत छन्। 

सरकारले ल्याएको ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना,२०७७’ मा कार्तिक अन्तिमदेखि मूल्यांकन गर्न सकिने उल्लेख छ। मूल्यांकनका लागि अनलाइनमार्फत् परीक्षा लिएपनि विषयगत प्रोजेक्ट वर्क पनि दिन सकिने उल्लेख छ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडाैँका प्रमुख नन्दलाल पौडेल तत्काल विद्यार्थीको मूल्यांकन सम्भव नभएको बताउँछन्। ‘सामुदायिक होस् कि निजी होस्, आधाभन्दा बढी विद्यार्थी वैकल्पिक शिक्षण विधिको पहुँच बाहिर छन्,’ पौडेलले भने, ‘अहिले परीक्षा लिनु भनेको शैक्षिक विकृति भित्र्याउनु हो। धनि र गरिबबीचको खाडल झन् गहिरो बनाउनु हो। सबै विद्यार्थी सहभागी हुन नसक्ने परीक्षा गर्नु ठीक होइन।’ 

पौडेल निजी स्कुलले परीक्षा लिएर पैसा उठाउने मेसो गरेको उनको भनाइ छ। शतप्रतिशत विद्यार्थी वैकल्पिक शिक्षण सिकाइमा सहभागी हुन नसकेको उनको भनाइ छ।

धमाधम परीक्षा लिँदै निजी विद्यालय
एनप्याब्सनका अध्यक्ष  ऋतुराज सापकोटाका अनुसार अधिकांश निजी विद्यालयले बैसाखदेखि नै अनलाइन कक्षा संचालन गरेकाले केही विद्यालयले दसैँअघि परीक्षा लिने तयारी गरेका छन् भने केही विद्यालयले परीक्षा लिइसकेका समेत छन्।

‘शैक्षिक सत्रको सुरुवातदेखि नै अनलाइन पढाएका केही विद्यालयहरुले परीक्षा लिन थालेका छन्,’ सापकोटाले भने, ‘केही महिना पढाएपछि विद्यार्थीको मूल्यांकन गर्नु स्वभाविक पनि हो। केही भने परीक्षा लिने तयारीमा छन्।' 

छैन पहुँच
केही सामुदायिक विद्यालयले अनलाइनबाट पढाउन थाले पनि सबै विद्यार्थीको पहुँचमा अनलाइनको सुविधा नभएकाले समस्या परेको विद्यालय, शिक्षक तथा अभिवावकले गुनासो समेत गरेका छन्।

Ncell 2
Ncell 2

डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माका अनुसार औषतमा ५० प्रतिशत विद्यार्थी मात्रै अनलाइन कक्षा तथा वैकल्पिक माध्ययमा सहभागी भएका छन्।

'औषतमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनलाइन माध्यममा सहभागी हुन सकेका छैनन्। पढाइ नै राम्रो हुन नसकेकाले दसैँअघि सबै कक्षाको परीक्षा लिने सम्भावना छैन,' उनले भने, 'काठमाडाैँको सरकारी विद्यालयमा न्यून आय भएका बालबालिका पढ्छन्। हामीले फोन सम्पर्क गरेर विद्यार्थीलाई जे सुविधा छ सोही अनुसार त पढाएका छाैँ तर पर्याप्त हुन सकेको छैन।’

शर्माका अनुसार नेपाल टेलिकमले ल्याएको सुविधाले विद्यार्थीलाई केही राहत दिने भनेपनि विद्यालयले प्राप्त गर्न सकेको छैन। 

प्रर्दशनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालले भने दसैँअघि परीक्षा लिन नसकिने बताएको छ। पद्मोदय माविका सहायक प्रधानअध्यायपक नारायण गौतम अहिलेसम्म ६० प्रतिशत मात्रै विद्यार्थी कक्षामा सहभागी भएकाले परीक्षाबारे दसैँअघि लिन नसकिने बताए । ‘दसैँपछि कोरोनाको माहोल शान्त भयो भने भौतिक परीक्षा लिन सकिन्छ कि भन्ने छ,’ गौतमले भने, ‘सरकारले पनि कार्तिक अन्तिमदेखि परीक्षा लिने भनेको छ। त्यो बेलासम्म पर्खिन्छौँ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनअघि ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना,२०७७’ कार्यान्वयनमा ल्याएको छ। कार्ययोजनामा असोज दोस्रो हप्तासम्म विद्यार्थीको पायक पर्ने स्थानमा विवरण संकलन गर्ने, वैकल्पिक शिक्षण सिकाइमा विद्यार्थीको पहुँच अनुसार वर्गीकरण गर्ने, विद्यार्थी भर्ना गर्ने, शिक्षक कार्यस्थल पुग्ने, असोज मसान्त सम्म सार्वजनिक विद्यालयका शिक्षक र विद्यार्थी विच सम्पर्क गराउन मोबाइल उपलब्ध गराउने लगायतको योजना छन्।

त्यस्तै  इन्टरनेट सुविधा विद्यालयमा पुर्‍याउने, शिक्षक घरदैलो कार्यक्रम गर्ने र कात्तिकदेखि मूल्यांकन गर्ने कार्ययोजना छ। सरकारको यो कार्ययोजना भएपनि काठमाडाैँकै धेरैजसो सामुदायिक विद्यालयले सबै विद्यार्थीलाई राखेर पढाउनसमेत नसकेको शिक्षा विकास तथा समन्वय इकाई काठमाडाैँका प्रमुख नन्दलाल पौडेल बताउँछन्।

‘काठमाडौँका सामुदायिक विद्यालयमा न्यून आय भएकाहरु पढ्ने भएको हुँदा वैकल्पिक विधिबाट पढाउन सकस भएको छ,’ पौडेलले भने, ‘केही विद्यार्थी मात्रै वैकल्पिक विधिको सिकाइमा सहभागी भएको हुँदा परीक्षा अहिले नै लिने भन्ने कुरा हुँदैन।’

टंगालले लियो परीक्षा 
टंगालस्थित टंगाल माधयमिक विद्यालयले भने त्रैमासिक परीक्षा लिइसकेको जनाएको छ। टंगाल माविका प्रधानाध्यापक राजेन्द्र अधिकारीले अनलाइन सुविधा भएकालाई अनलाइनबाट परीक्षा लिएको र अनलाइन सुविधा नभएकालाई विषयगत प्रोजेक्ट वर्क गर्न दिएर परीक्षा लिएको बताए।

‘कक्षा १ देखि कक्षा १० सम्म पहिलो चरणको परीक्षा लिएका छौँ,’ अधिकारीले भने, ‘अनलाइनबाट सम्भव हुनेलाई अनलाइन र नभए अभिभावकको उपस्थितिमा प्रोजेक्ट वर्क दिएर परीक्षा लिएका हौँ।’ अधिकारीले टंगाल माविका ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा उपस्थित भएको उल्लेख गरे। 

नक्सालस्थित नन्दी माध्यमिक विद्यालयले भने मंसिर लागेपछि विषयगत परीक्षा लिने तयारी गरेको जनाएको छ। नन्दी माविका प्रधानाध्यापक बलराम पाण्डे अनलाइनको पहुँचमा ७५ प्रतिशत विद्यार्थी पुगेको र बाँकीको हकमा कसरी मूल्यांकन गर्ने समस्या भएको बताए।

‘घरयासी समस्या कम भएका विद्यार्थीलाई मूल्यांकन गर्न पनि सहज हुन्छ,’ पाण्डेले भने, ‘आधाभन्दा विद्यार्थीले गृहकार्य नै गरेका छैनन्। कसरी मूल्यांकन गर्ने समस्या भएको छ।’

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा... शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन्। आगलागीबाट ३५... शनिबार, जेठ २४, २०८२
नेपालगञ्जमा धुमधामले मनाइयो बकर इद इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ । इदगाहभित्रको स्थ... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने शनिबार, जेठ २४, २०८२
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री शनिबार, जेठ २४, २०८२
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक जारी शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्