• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

धमाधम परीक्षा लिँदै निजी विद्यालय, अनलाइनको पहुँचमा छैनन् आधाभन्दा बढी विद्यार्थी

64x64
प्रजु पन्त मंगलबार, असोज २०, २०७७  २०:०७
1140x725
सुर्खेतस्थित एक विद्यालयका विद्यार्थी अनलाइन कक्षा लिँदै। कोरोना महामारीका बेला अनलाइन कक्षा संचालन गरिए पनि अधिकांश विद्यार्थीको पहुँचमा पुग्न सकेको छैन। तस्बिर : सुरबहादुर सिंह

काठमाडौँ-  काठमाडौँ उपत्यकाका निजी विद्यालयहरुले दसैँअघि नै परीक्षा लिने तयारी थालेका छन्। शिक्षा विकास तथा समन्वय इकाई काठमाडाैँका प्रमुख नन्दलाल पौडेलका अनुसार अभिभावकबाट शुल्क उठाउनका लागि पनि निजी विद्यालयले परीक्षालाई माध्यमका रूपमा अघि सारेका हुन्। 

अनलाइन कक्षा सुरु गरेका विद्यालयहरूमा पनि धेरै विद्यार्थी अनलाइनको पहुँच बाहिर नै छन्। तर विद्यालयले भने अनलाइन कक्षा संचालन गरेकै दलील प्रस्तुत गर्दै परीक्षा समेत संचालन गरेका हुन्। निजी मात्र होइन, अनलाइन कक्षा संचालन गरेको देखाउने तर विद्यार्थीको सहभागिताको कुनै प्रवाह नगरी परीक्षा लिने विद्यालय सामुदायिक समेत छन्। 

सरकारले ल्याएको ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना,२०७७’ मा कार्तिक अन्तिमदेखि मूल्यांकन गर्न सकिने उल्लेख छ। मूल्यांकनका लागि अनलाइनमार्फत् परीक्षा लिएपनि विषयगत प्रोजेक्ट वर्क पनि दिन सकिने उल्लेख छ।

शिक्षा विकास तथा समन्वय इकाई काठमाडाैँका प्रमुख नन्दलाल पौडेल तत्काल विद्यार्थीको मूल्यांकन सम्भव नभएको बताउँछन्। ‘सामुदायिक होस् कि निजी होस्, आधाभन्दा बढी विद्यार्थी वैकल्पिक शिक्षण विधिको पहुँच बाहिर छन्,’ पौडेलले भने, ‘अहिले परीक्षा लिनु भनेको शैक्षिक विकृति भित्र्याउनु हो। धनि र गरिबबीचको खाडल झन् गहिरो बनाउनु हो। सबै विद्यार्थी सहभागी हुन नसक्ने परीक्षा गर्नु ठीक होइन।’ 

पौडेल निजी स्कुलले परीक्षा लिएर पैसा उठाउने मेसो गरेको उनको भनाइ छ। शतप्रतिशत विद्यार्थी वैकल्पिक शिक्षण सिकाइमा सहभागी हुन नसकेको उनको भनाइ छ।

धमाधम परीक्षा लिँदै निजी विद्यालय
एनप्याब्सनका अध्यक्ष  ऋतुराज सापकोटाका अनुसार अधिकांश निजी विद्यालयले बैसाखदेखि नै अनलाइन कक्षा संचालन गरेकाले केही विद्यालयले दसैँअघि परीक्षा लिने तयारी गरेका छन् भने केही विद्यालयले परीक्षा लिइसकेका समेत छन्।

‘शैक्षिक सत्रको सुरुवातदेखि नै अनलाइन पढाएका केही विद्यालयहरुले परीक्षा लिन थालेका छन्,’ सापकोटाले भने, ‘केही महिना पढाएपछि विद्यार्थीको मूल्यांकन गर्नु स्वभाविक पनि हो। केही भने परीक्षा लिने तयारीमा छन्।' 

छैन पहुँच
केही सामुदायिक विद्यालयले अनलाइनबाट पढाउन थाले पनि सबै विद्यार्थीको पहुँचमा अनलाइनको सुविधा नभएकाले समस्या परेको विद्यालय, शिक्षक तथा अभिवावकले गुनासो समेत गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माका अनुसार औषतमा ५० प्रतिशत विद्यार्थी मात्रै अनलाइन कक्षा तथा वैकल्पिक माध्ययमा सहभागी भएका छन्।

'औषतमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनलाइन माध्यममा सहभागी हुन सकेका छैनन्। पढाइ नै राम्रो हुन नसकेकाले दसैँअघि सबै कक्षाको परीक्षा लिने सम्भावना छैन,' उनले भने, 'काठमाडाैँको सरकारी विद्यालयमा न्यून आय भएका बालबालिका पढ्छन्। हामीले फोन सम्पर्क गरेर विद्यार्थीलाई जे सुविधा छ सोही अनुसार त पढाएका छाैँ तर पर्याप्त हुन सकेको छैन।’

शर्माका अनुसार नेपाल टेलिकमले ल्याएको सुविधाले विद्यार्थीलाई केही राहत दिने भनेपनि विद्यालयले प्राप्त गर्न सकेको छैन। 

प्रर्दशनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालले भने दसैँअघि परीक्षा लिन नसकिने बताएको छ। पद्मोदय माविका सहायक प्रधानअध्यायपक नारायण गौतम अहिलेसम्म ६० प्रतिशत मात्रै विद्यार्थी कक्षामा सहभागी भएकाले परीक्षाबारे दसैँअघि लिन नसकिने बताए । ‘दसैँपछि कोरोनाको माहोल शान्त भयो भने भौतिक परीक्षा लिन सकिन्छ कि भन्ने छ,’ गौतमले भने, ‘सरकारले पनि कार्तिक अन्तिमदेखि परीक्षा लिने भनेको छ। त्यो बेलासम्म पर्खिन्छौँ।’

Xtrem

Xtrem

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही दिनअघि ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना,२०७७’ कार्यान्वयनमा ल्याएको छ। कार्ययोजनामा असोज दोस्रो हप्तासम्म विद्यार्थीको पायक पर्ने स्थानमा विवरण संकलन गर्ने, वैकल्पिक शिक्षण सिकाइमा विद्यार्थीको पहुँच अनुसार वर्गीकरण गर्ने, विद्यार्थी भर्ना गर्ने, शिक्षक कार्यस्थल पुग्ने, असोज मसान्त सम्म सार्वजनिक विद्यालयका शिक्षक र विद्यार्थी विच सम्पर्क गराउन मोबाइल उपलब्ध गराउने लगायतको योजना छन्।

त्यस्तै  इन्टरनेट सुविधा विद्यालयमा पुर्‍याउने, शिक्षक घरदैलो कार्यक्रम गर्ने र कात्तिकदेखि मूल्यांकन गर्ने कार्ययोजना छ। सरकारको यो कार्ययोजना भएपनि काठमाडाैँकै धेरैजसो सामुदायिक विद्यालयले सबै विद्यार्थीलाई राखेर पढाउनसमेत नसकेको शिक्षा विकास तथा समन्वय इकाई काठमाडाैँका प्रमुख नन्दलाल पौडेल बताउँछन्।

‘काठमाडौँका सामुदायिक विद्यालयमा न्यून आय भएकाहरु पढ्ने भएको हुँदा वैकल्पिक विधिबाट पढाउन सकस भएको छ,’ पौडेलले भने, ‘केही विद्यार्थी मात्रै वैकल्पिक विधिको सिकाइमा सहभागी भएको हुँदा परीक्षा अहिले नै लिने भन्ने कुरा हुँदैन।’

टंगालले लियो परीक्षा 
टंगालस्थित टंगाल माधयमिक विद्यालयले भने त्रैमासिक परीक्षा लिइसकेको जनाएको छ। टंगाल माविका प्रधानाध्यापक राजेन्द्र अधिकारीले अनलाइन सुविधा भएकालाई अनलाइनबाट परीक्षा लिएको र अनलाइन सुविधा नभएकालाई विषयगत प्रोजेक्ट वर्क गर्न दिएर परीक्षा लिएको बताए।

‘कक्षा १ देखि कक्षा १० सम्म पहिलो चरणको परीक्षा लिएका छौँ,’ अधिकारीले भने, ‘अनलाइनबाट सम्भव हुनेलाई अनलाइन र नभए अभिभावकको उपस्थितिमा प्रोजेक्ट वर्क दिएर परीक्षा लिएका हौँ।’ अधिकारीले टंगाल माविका ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा उपस्थित भएको उल्लेख गरे। 

नक्सालस्थित नन्दी माध्यमिक विद्यालयले भने मंसिर लागेपछि विषयगत परीक्षा लिने तयारी गरेको जनाएको छ। नन्दी माविका प्रधानाध्यापक बलराम पाण्डे अनलाइनको पहुँचमा ७५ प्रतिशत विद्यार्थी पुगेको र बाँकीको हकमा कसरी मूल्यांकन गर्ने समस्या भएको बताए।

‘घरयासी समस्या कम भएका विद्यार्थीलाई मूल्यांकन गर्न पनि सहज हुन्छ,’ पाण्डेले भने, ‘आधाभन्दा विद्यार्थीले गृहकार्य नै गरेका छैनन्। कसरी मूल्यांकन गर्ने समस्या भएको छ।’

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्