• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

सरकारको बेवास्ताले मलेसियामा कार्यरत नेपाली श्रमिकहरु सामाजिक सुरक्षाबाट वञ्चित 

64x64
निर्मला घिमिरे मंगलबार, असोज २०, २०७७  ०७:२३
1140x725

काठमाडौं– मलेसिया सरकारले सन् २०१९ जनवरी १ देखि सम्पूर्ण आप्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्‍यो। १ जनवरी २०२० देखि उक्त कार्यक्रम कार्यान्वयनमा समेत आइसकेको छ। 

उक्त कार्यक्रमअन्तर्गत मलेसियाली रोजगारदाता कम्पनीले आप्रवासी श्रमिकहरुलाई मलेसियाको सामाजिक सुरक्षा संस्था (सोसल सेक्युरिटी अर्गनाइजेशन) सोक्सोमा दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ। 

सोक्सोमा आप्रवासी कामदार दर्ता गराएपछि रोजगारदाताले नै कामदारको मासिक आधारभूत पारिश्रमिकको एक दशमलव २५ प्रतिशत बराबर रकम सोक्सोमा तिर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त रकम श्रमिकको पारिश्रमिकबाट कटाउन पाइने छैन। गत १ जनवरीदेखि रोजगारदाताहरुले श्रमिकहरुलाई अनिवार्य सोक्सोमा दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ। 

उक्त संस्थामा दर्ता भएका आप्रवासी श्रमिकहरुले स्वास्थ्य उपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, मृत्यु भएमा शव व्यवस्थापन सुविधा, अन्तिम संस्कार तथा भत्तालगायत सुविधा पाउने व्यवस्था छ। आप्रवासी श्रमिकहरुको सामाजिक सुरक्षा सुनिश्चितताका लागि मलेसियाले पाकिस्तान तथा इन्डोनेशियाबीच समझदारी गरिसकेको छ। अन्य मुलुकसँग पनि सम्झौताको तयारी गरेको छ। नेपालसँग सम्झौताका लागि पटक–पटक प्रस्ताव आए पनि सहमती जुटेको छैन। 

सरकारको बेवास्ताले नेपालीहरु सामाजिक सुरक्षाबाट बञ्चित 
मलेसिया सरकारले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको १० महिना बितिसकेको छ। तर नेपाल सरकारले बेवास्ता गर्दा अधिकांश नेपाली श्रमिकहरु सामाजिक सुरक्षाको अधिकारबाट बञ्चित हुनु परेको पाइएको छ। 

सामाजिक सुरक्षा कार्यक्रम ल्याएलगत्तै नेपाली श्रमिकहरुलाई समेट्ने गरी समझदारी गर्न मलेसिया सरकारले नेपाल सरकारलाई पटक–पटक प्रस्ताव गरेको थियो। त्यसबेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा गोकर्ण विष्ट थिए। विष्टले नै मलेसिया सरकारको पटक–पटकको प्रस्तावलाई बेवास्ता गर्दा नेपाली श्रमिकहरु सामाजिक सुरक्षाबाट अझैसम्म बञ्चित रहनु परेको मन्त्रालय स्रोत बताउँछ। 

‘मलेसिया सरकारले अघि सारेको यो व्यवस्था हाम्रा श्रमिक तथा उनीहरुको परिवारका लागि पनि निकै राम्रो हो। तर त्यसबेला गोकर्ण विष्टले हठ छाडेनन्। अझै सम्झौता हुन सकेकोे छैन’ स्रोतले भन्यो। 

तत्कालीन मन्त्री विष्टले मलेसिया जाने कामदारमाथि अत्याधिक आर्थिक शोषण भएको भन्दै विनाकूटनीतिक पहल करिब १५ महिना मलेसिया रोजगारी ठप्प पारेका थिए। मलेसियाली भेण्डर कम्पनीहरुले सिण्डिकेट खडा  गरी शोषण गरेको आरोपमा कारबाही प्रकृयासमेत अगाडि  बढाएका विष्टले पछि तिनै भेण्डरकम्पनीमार्फत् कामदार पठाउने गरी सम्झौता पत्रमा हस्ताक्षर गरे। त्यसयता झनै चर्को शुल्क बुझाएर नेपाली श्रमिकहरु मलेसिया जान बाध्य छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

हाल श्रम मन्त्रालयको नेतृत्व फेरिइसकेको छ। मन्त्री रामेश्वर राय यादवले श्रम मन्त्रालयको कार्यभार सम्हालेको १ वर्ष बित्नै लाग्दा पनि समस्या भने ज्यूँका त्यूँ छ। मलेसियामा कार्यरत नेपाली  श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने सम्झौताको प्रकृयासमेत टुंगोमा पुग्न सकेको छैन। 

बोर्डले पठायो नीतिगत सहमतीका लागि प्रस्ताव 
मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई सोक्सोमा समेट्न आबश्यक नीतिगत सहमतिका लागि वैदेशिक रोजगार बोर्डले श्रम मन्त्रालयमा प्रस्ताव पेश गरेको जनाएको छ। 

मलेसियाले सम्झौताका लागि पठाएको प्रस्तावअनुसार आबश्यक खाका तयार गरी मन्त्रालयमा पेश गरिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए। 

‘प्रस्तावमा नीतिगत सहमति भयो भने सम्झौता पत्रमा हस्ताक्षर हुन धेरै समय लाग्दैन। त्यसपछि कार्यान्वयन प्रकृया सुरु हुन्छ। नीतिगत सहमति छिट्टै होला भन्ने अपेक्षा छ’, कार्यकारी निर्देशक श्रेष्ठले नेपाल लाईभसँग भने। 
सोक्सोमा आबद्ध श्रमिक दुर्घटनामा परे, बिरामी भए वा मृत्युवरण गरेमा मलेसियामै हुने आवश्यक प्रकृया सोक्सो आफैँले गर्नेछ। तर श्रमिक स्थायी रुपमा अशक्त भएर स्वदेश फर्कनुपर्ने भएमा, हकवालालाई रकम पठाउनु पर्ने सन्दर्भमा वा शव व्यवस्थापनका लागि स्वदेश ल्याउनुपर्ने सन्दर्भमा वैदेशिक रोजगार बोर्डले सहजीकरण गर्नुपर्ने प्रस्ताव मलेसियाको छ। 

श्रमिक तथा हकवालाको आबश्यक विवरण प्रमाणीकरण गरेर बोर्डले पठाएपछि मात्रै सोक्सोले सेवासुविधा सिधै श्रमिकको हकवाला तथा स्थायी अशक्तता भएर फर्किएका श्रमिकको खातामा जम्मा गरिदिने व्यवस्था रहेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु कार्यस्थल दुर्घटनामा परी अंगभंग हुने, बिरामी पर्ने, तथा अकालमा ज्यान गुमाउनुपर्ने लगायत समस्या भयावह बन्दै गएकाले सामाजिक सुरक्षा कार्यक्रम निकै उपयुक्त हुने कार्यकारी निर्देशक श्रेष्ठले विश्वास व्यक्त गरे।

सोक्सोमा आबद्ध श्रमिकलाई के–के छन् सुविधा ? 
श्रम स्वीकृति लिएर मलेसिया जाने श्रमिकहरुलाई रोजगारदाताले सोक्सोमा अनिवार्य सूचीकृत गराउनुपर्नेछ। त्यसपछि श्रमिकको आधारभूत पारिश्रमिकको १ दशमलव २५ प्रतिशत बराबर रकम प्रत्येक महिना रोजगारदाताले सोक्सोमा जम्मा गरिदिनुपर्नेछ। 

सोक्सोमा सूचीकृत भएका श्रमिकहरु कार्यअवधि भित्र कार्यास्थल दुर्घटनामा परे, अंगभग तथा बिरामी भएमा सोक्सोले नै उपचार खर्च गर्ने व्यवस्था छ। अस्थायी अशक्तता भए निको नहुन्जेलसम्म सोक्सो आफैँले सम्पूर्ण उपचार खर्च बेहोर्ने कानुनी प्रावधान छ। त्यस्तै स्थायी अशक्त भएर काम गर्न नसक्ने अबस्थामा पुगी स्वदेश फर्कनुपर्ने भएमा पनि सोक्सोले त्यस्ता श्रमिकलाई आजीवन मासिक रुपमा निश्चित रकम खातामा जम्मा गरिदिनेछ। 

त्यस्तै श्रमिकको मृत्यु भएको हकमा मलेसियामै अन्त्येष्टि गर्नुपर्ने अबस्थामा सोक्सोले आफैँ श्रमिकको अन्त्येष्टि गरी २ हजार मलेसियन रिंगेट मृतको परिवारलाई उपलब्ध गराउँछ। शव व्यवस्थापनका लागि नेपालमै पठाउनुपर्ने हो भने शव ढुवानी तथा व्यवस्थापन खर्च भनेर सोक्सोले मृतकका हकवालालाई ६ हजार ५ सय मलेसियन रिंगेट उपलब्ध गराउँछ। 

मृतक श्रमिकका हकवाला (श्रीमान, श्रीमती, आमाबुबा, छोराछोरी (२१ वर्ष ननाघेको हकमा मात्र) लाई श्रमिकले पाइरहेको पारिश्रमिकको ९० प्रतिशत रकम मासिक रुपमा सोक्सोले पठाउँनेछ। मृतकका हकवाला (श्रीमान्, श्रीमती, आमाबुबा) ले यो सुविधा आजीवन पाउने व्यवस्था छ। 

नेपालले मलेसियासँग सम्झौता नगरे पनि केही श्रमिकलाई रोजगारदाताले सोक्सोमा सूचीकृत गराउन सुरु गरेको उल्लेख गरिएको छ। सम्झौतापश्चात् यो कार्यक्रममार्फत् मलेसियामा कार्यरत ४ लाखभन्दा बढी नेपाली श्रमिकहरु लाभान्वित हुने अपेक्षा लिइएको छ। 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  ०७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्